
त्रिवेणी साहित्य मञ्च अमेरिकाद्वारा मिति २०८३/०४/२९ गते सञ्चालित झिल्का कविता लेखन अभ्यासमा प्रेषित झिल्का कविताहरू-

त्रिवेणी साहित्य मञ्च अमेरिकाद्वारा मिति २०८३/०४/२९ गते सञ्चालित झिल्का कविता लेखन अभ्यासमा प्रेषित झिल्का कविताहरू-

झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमको २०० औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा कार्यक्रममा कृतिका सम्पादकसमेत रहनुभएका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गर्नुभएको थियो ।
समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्वपूर्ण दस्तावेज हो भन्नुभयो । आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिनुहुँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । पाण्डेका हरेक सृजना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताउनुभयो । पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्गसंघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेकोे उल्लेख गर्नुभयो ।
एउटा हिन्दी भाषाको सहित ३ वटा लघुकथासङ्ग्रह, २ वटा गजल सङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू प्रकाशित छन् । ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो ।
कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिका बारेमा बोल्नुभएको थियोे । साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिनुभएको थियोे ।
कार्यक्रममा पदम प्रसाद शर्मा, डा.टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत ३ दर्जन बढी साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियोे ।

परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी. गर्नुभएको थियोे ।

क)
दिलमा हानेर छुरा
गयौ दूर तिमी
स्वार्थीको के कुरा !
ख)
बाँच्दिनँ भन्थ्यौ पहिले
भयौ टाढा मबाट
सम्झिनै छाड्यौ अहिले ।
✍️
वसन्त अनुभव
क)
बोकेर चिसो मन
हिँड्दैछन् अनेकन् यात्री
कमाउन कालो धन ।
ख)
पढिकन पुरै मुनामदन
लेखौँ प्रेमको कथा
मिलाई शैली आफ्नोपन !
✍️
नारदप्रसाद आचार्य ‘सुदामा’
क)
बोकेर सत्यकाे विचार
बदलिँदैछ समाज हाम्रो
फैलाएर मीठो प्यार ।
ख)
पढेर असल ज्ञान
खुलाए मार्ग जीवनकाे
बन्छ उज्यालो पहिचान ।
✍️
डि पी शर्मा खनाल
श्रावण बनी आउनू
मेरो मनको संसारमा
उज्यालो भई छाउनू ।
✍️
अम्बिका राणा
क)
फूल झरेको नहेरौँ
हेरौँ मालीको मेहनत
व्यर्थै मन नफेरौँ ।
ख)
मानमर्दन अविवेकी निर्णयले
हुन्छ हरदम हामीमा
जलन आत्ना पश्चात्तापले ।
✍️
क)
खुला संसारमा बसेर
चलाउँछ दिमाग सानो
नकाब खरानी घसेर ।
ख)
खुसी अनुहारमा बोक्छ
अहम्ता अधिक पहुँचको
देखाउन चरित्रले रोक्छ ।
✍️
क)
मनको पीडा बुझेनौ
मेरो नुनिलो पानीले
तिमी कहिल्यै रुझेनौ l
ख)
भाग्यमै रहेछ साउन
सकेनौ मेरो आँसुमा
बिराम चिन्ह लगाउन l
✍️
बाबुराम गौतम
क)
फालेर मनको मैलो
सफा राखौँ सधैँ
मन्दिरको त्यो दैलो ।
ख)
राख्नुहुन्न मनमा पाप
निष्पक्ष हुनुपर्छ सधैँ
अदालती न्याय निसाफ ।
✍️
साबित्री प्याकुरेल
क)
बालेर आगोको राप
सदैव अगाडि बढ्नू
लिएर मनमा ताप ।
ख)
बारीमा रोप्नू बाली
राम्ररी खनजोत गरेर
ताछ्दै कुना आली।
✍️
बिबा तामाङ
क)
तिम्रो विश्वास टुट्दा
रोयो मेरो मन
फेरि सम्बन्ध छुट्दा।
ख)
तिम्रा आँखा रसाउँदा
मेरो मुटु पोल्यो
साथ दिन नपाउँदा ।
✍️
सतीश पण्डित
क)
कसले कति कमाए
थाहा भएन कति ?
बेचेर पसिना रमाए ।
ख)
कुविचारहरू अन्त्य गरौँ
सत्य जोगाउनका लागि
एकताको सन्देश भरौँ ।
✍️
क्षितिज बिरु राना
क)
मन टाल्न गाह्रो
गरौँ मनको नियन्त्रण
चञ्चल नबनाई साह्रो ।
ख)
नराखौँ मनमा खोट
जित हुन्छ सत्यको
दुष्टलाई मिल्छ चोट ।
✍️
कार्की डिबी माकुम
क)
सद्भावको घोडा चढी
नेपाली सबै मिलेर
जानुपर्छ अघि बढी ।
ख)
सम्प्रदाय धर्म भनी
झगडा विवाद नगरौँ
बसौँ सभ्य बनी ।
✍️
रामकृष्ण ढकाल
क)
पवित्र बनाउँदै मन
आफैँले परिश्रम गरी
जिउन कमाऔँ धन ।
ख)
सत्यकाे बाटो हिँड्नू
दुश्मनी यत्तिकै गरेर
कसैको मन नगिँड्नू ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
क)
लेखिएका जीवनका कथा
खोतल्दै गर्दा विगत
बल्झिन्छन् भित्री व्यथा ।
ख)
रङ उडेको देह
आशाभित्र छ निराशा
बीभत्स देख्छु गेह ।
✍️
तोयानाथ चापागाईं
क)
मानेर यत्तिकै दिक्दार
नछाड्नुहोस् कर्म गर्नलाई
पाइन्छ एकदिन रोजगार ।
ख)
गर्नुहोस् नेपालको राजनीति
स्वार्थबाट टाढा रहेर
बुझेर जनताको परिस्थिति ।
✍️
लक्ष्मी रेग्मी ‘शब्दयात्री’
क)
गरौँ मेहनत आज
सफलता मिल्नेछ पक्कै
यही समाज माज ।
ख)
फुल्यो ढकमक्क फूल
सुगन्ध छायो जताततै
फुटाई प्रकृतिको मूल ।
✍️
ध्रुव खड्का
क)
सहेर अनेकौँ चोट
आखिर भेटाएँ साथी
जीवनमा दिने ओट ।
ख)
जीवनमा बालेको दियो
निभायो हुरी आई
समयले हिसाब लियो ।
✍️
मिना मल्ल
क)
सर्दी लागेको बेला
पिऊँ मन्दतातो पानी
नहोस् रोगको रेला ।
ख)
प्रशस्त रुपैयाँ कमाएँ
गरेर मेहनत मजदुरी
आमाको हातमा थमाएँ ।
✍️
विद्युत गुरुङ
क)
अक्षरको खेती गरौँ
साहित्यलाई माया गर्दै
कविताले पाना भरौँ ।
ख)
देशमा खुसी आओस्
हटून् जुलुस नारा
सर्वत्र शान्ति छाओस् ।
✍️
प्रेम शर्मा “एकान्त प्रेमी”
क)
छोरा विदेश गयो
वृद्ध बाआमा छोडी
घरमा बेहाल भयो ।
ख)
श्रीमतीको भाग्य कस्तो�
एउटा श्रीमानको यात्रा
मसानघाट नै भएजस्तो।
✍️
रिमेन आलोक
क)
सोचभित्र नयाँ चेतना
विचारको सानो झिल्काले
रोप्ने गर्दछ सृजना ।
ख)
मौलिकता नै मेरो
सच्चा सम्पत्ति बनोस्
छोपेर ती चौघेरो ।
✍️
कृष्ण ब रावत
क)
आएन भनेर नरुनू
पहिरोले बाटो रोक्यो
उदास पनि नहुनू।
ख)
अलि पछि आउँला
परिवार सबै मिलेर
कतै घुम्न जाउँला ।
✍️
अरुण कुमार भुजेल
क)
छुट्टै छ सान
विश्वलाई चिनाउँदा आहा
हाम्रो यो पहिचान ।
ख)
गुरुको सम्मान गरिन्छ
आफू त कृतज्ञता
ज्ञापन गर्नेमा परिन्छ ।
✍️
कला ढकाल
क)
शारीरिक व्यायाम गर्नू
स्फूर्ति आउँछ शरीरमा
औषधीको भर नपर्नू ।
ख)
अल्छी गर्नु हुँदैन
नियमित व्यायाम गरे
कुनै रोगले छुँदैन ।
✍️
शोभाकान्त रेग्मी
क)
सकेजति सम्बन्ध टालेँ
चित्त नदुखोस् भनी
नराम्रो थुप्रोलाई फालेँ ।
ख)
सूर्य भए पुग्छ
चाहिन्न तारा यहाँ
अँध्यारो सधैँ नुग्छ ।
✍️
सुनिता निरौला पौडेल
क)
आहा! झिल्के मजुर
अलि नजिक आइदेऊ
मेरा प्यारा हजुर !
ख)
पीपलको शीतल छायाले
मलाई बिगार्यो हजुर
उनको लोभी मायाले ।
✍️
क)
खेल समयको थियो
सँगै बाँच्ने, मर्ने
मायाले धोका दियो ।
ख)
हाँसेर जीवन बिताउनुपर्ने
सबैका लागि यहाँ
आफन्तले भलो चिताउनुपर्ने ।
✍️
हिरा बुढा मगर ‘अमृत’
क)
गुलियाे चाट्ने नगराैँ
पछि तीताे नपच्ला
झुटको पछि नसरौँ ।
ख)
जिन्दगी हाम्राे छाेटाे
हावामा नफालाैँ कसैले
पारेर यसै खोटो ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
क)
बर्खे झरीको भेल
जाम छ बाटोघाटो
हेर प्रकृतिको खेल ।
ख)
बाटोघाटो राम्रो छैन
आउजाउ गर्न गाह्रो
उड्यो मनको चैन ।
✍️
रमा गुरुङ्ग
क)
निस्वार्थ आमाको मायामा
चल्छ परिवारको जिन्दगी
निर्धक्क बाबाको छायामा ।
ख)
मायाले भरिएको घरसंसार
दुःखकष्ट हमेसा आइपर्दा
सहजै हुन्छ पार ।
✍️
नम्रत प्रधान
तकदाह, दार्जिलिङ
आज तिम्रै कारणले
भएँ जिउँदो लास ।
ख)
बेरोजगारी झोला बोकेर
थिएँ परदेश हिँडेको
आँखाका आँसु रोकेर ।
✍️
पुरुषोत्तम फुयाल
क)
सफा रहेछ मन
दुनियाँलाई माया दियौ
नभए पनि धन ।
ख)
मनको कुरा खोल
होइन अरूका लागि
आफ्नो हितमा बोल ।
✍️
निमा छिरिङ भोटिया
क)
जोगाउँदै नेपाली सान
विश्वको सामु चिनाऔँ
हाम्रो मौलिक पहिचान ।
ख)
मान्छे सफल हुन्छ
निरन्तर मेहनत गरेमा
सबैको मन छुन्छ ।
✍️
राजेश भण्डारी, रुरुक्षेत्र ५ गुल्मी
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय सन्ताब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९७——-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०४/०४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
पछाडिबाट छुरा हान्ने धेरै छन्
बाहिरी इसारा नै मान्ने धेरै छन्
मानव, किन?बन्छौं दानव यहाँ,
गलत कुरा सही ठान्ने धेरै छन्
सही गर्नेको खुट्टा तान्ने धेरै छन्।
-सुशीला पौडेल
पञ्चाङ्ग::०२
सत्य कर्म गर्नु पर्छ
आफ्नो भर पर्नु पर्छ
अरूले खेदो खने नि,
दुःखलाई हर्नु पर्छ
सुखी बीज छर्नु पर्छ।
-ह्यारिस
पञ्चाङ्ग:०३
मान्छेबाट मान्छे खस्याे , भीर थाह छैन
अमूल्य याे जीवन हाे , बाँच्ने चाह छैन
दुष्कर्मकाे चाप बढ्याे , जतासुकै यहाँ ,
अशान्तिकाे ज्वाला दन्क्याे , खुसी आह छैन ।
नदुःखाेस कैल्यै पनि , त्यस्ताे माह छैन ।
-तीर्थराज जोशी
पञ्चाङ्ग:०४
फुलका थुँगाले सबैलाई माेहनी लगाउने छ मित्र
विरक्तिएकाे मानिसकाे नि वैराज्ञ भगाउने छ मित्र
प्रकृतिबाट मनुष्यले पाएकाे अमुल्य उपहार हाे,
फूलकाे वासना साँच्चै माहुरीलाई जगाउने छ मित्र
वरपर वातावरण नै सुन्दर सगाउने छ मित्र ।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग-०५
मैले मानेपछि उसले पनि मान्छ अवश्य
मैले हानेपछि उसले पनि हान्छ अवश्य
यहाँ रिस हो मान्छेको सबभन्दा ठुलो शत्रु,
रिसले पारो चढ्दा आवेगले तान्छ अवश्य
एकछिन रोक्न सके त्यो आफैं जान्छ अवश्य ।
-पशपती राई खोटाङ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय अन्ठाउन्नौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०३/३२
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५८[एकसयअन्नठाउन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
भवानी घिमिरे
पशपती राई
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
हरियालीको बीचमा घर देखियो
मानिसहरूको बस्ने भर देखियो
आहा कति सुन्दर ठाउँ हेर्दा राम्रो,
प्रकृति हरियो हुने कर देखियो
शहर भन्दा गाउँमा डर देखियो।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
पहाडकाे फेदीमा प्राकृत सुन्दर ठाउँ हजुर
नेपालकाे कुन चाहिँ जिल्ला के हाेला नाउँ हजुर
प्राकृतिक हरियाली हेर्न डुल्न, छुन मन लाग्याे,
स्वच्छ वातावरण के नाम हाेला याे गाउँ हजुर
प्राकृतिक साैन्दाैर्य विश्वमा पहिलो साउँ हजुर ।
प्रधुम्न चालिसे
पञ्चाङ्ग-
भो जागिरै चाहिन्न अब खेती नै थाले नि हुन्छ
जङ्गल नजिकै छ गाइबाख्रा नै पाले नि हुन्छ
कति उर्वर छ माटो गरौं क्यै विदेशिनु साटो,
विकासे मल चाहिन्न गोबर नै हाले नि हुन्छ
किन चाहियो र ग्याँस दाउरा नै बाले नि हुन्छ।
-पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछपन्नौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०३/१८
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५६[एकसयछपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
भवानी घिमिरे
पशपती राई
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
हरियाली जङ्गलमा बस्न मन छ।
प्रेमील संसारलाई कस्न मन छ।
रमाइलो लाग्ने अति सुन्दर ठाउँ,
वातावरणमा घुँडा धस्न मन छ।
रुख माथिबाट तल खस्न मन छ।
सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
आहा कति राम्रो हरियो वन साथी।
आहान नेपालकाे ठुलो धन साथी ।
स्वच्छ र सुन्दर मनमाेहक दृश्य ,
घुम्न जाँदा त! राेमाञ्चित मन साथी।
प्राकृति वैभव प्रफुल्ल जन साथी।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
हरियाली बीच बस्न मन छ ।
काम गर्दै घुँडा धस्न मन छ।
हेर्दै सुन्दर लाग्ने वन कस्तो,
स्वच्छ हावा लिन पस्न मन छ।
जङ्गल बीचमा खस्न मन छ।
ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय चौरानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९४———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/१५
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१
असार पन्ध्र पानी परेको छ
मानिस सबै बेशी झरेको छ
मानो रोपेर मुरी फलाउने,
त्यसैको लागि काम गरेको छ
खान नपाई कोही मरेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग :०२
असार पन्ध्र दही, चिउरा खाएर मनाइयो
धान राेपियाे असारे गीत गाएर मनाइयो
बाउसे गर्ने दाजुभाइ गाउँमा नहुँदा आज ,
आफ्नो शुर र धुनमा रम्दै आएर मनाइयो
खेती गर्न गाउँबाट बेँसी धाएर मनाइयो ।
-भवानी घिमिरे (सद्भावना )
सर्लाही ।
पञ्चाङ्ग :०३
अभावको पाेल्टाे भरेपछि बाटाे माेडिदाे रहेछ
आफ्नाे स्वार्थ पुरा भएपछि नाताे ताेडिदाे रहेछ
बाँचिरहे के के देख्न पाइन्छ भन्थे ठ्याक्कै बुझियाे,
तिघ्रामा तागत् भरिएपछि पाटाे छाेडिदाे रहेछ
खाेलाबाट पानी बगेपछि ठाँटाे फाेडिदाे रहेछ ।
-प्रधुम्न चालिसे
पञ्चाङ्ग:०४
बीउ गाेडेर हामीले
रोप्छौं छोडेर हामीले
धान दिवसको दिन,
बाटो मोडेर हामीले
गर्छौं जोडेर हामीले।
-ह्यारिस।
पञ्चाङ्ग-०५
रोपाइँ गर्ने भन्दा रमाइलो गर्ने आए धेरै
दही चिउराको साथमा केरा पनि खाए धेरै
आज असार पन्ध्रमा एकछिन यसो हिलो छोएर,
भाका अलि बिगारे नि असारे गीत पनि गाए धेरै
हाम्रो देश कृषिप्रधान देश हो भन्दै कराए धेरै ।
-पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चवन्नौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०३/११
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५५[एकसय पचपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
पञ्चाङ्ग:०१
फूललाई जहाँपनि फुल्नु पर्ने रहेछ
यही जीवन जगतमा डुल्नु पर्ने रहेछ
भित्रभित्र रोएर बाहिर खुसी देखिनु,
आफ्नो पीडा लुकाएर खुल्नु पर्ने रहेछ
चारैतिर वास्ना छर्न खुल्नु पर्ने रहेछ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
आहा!सुन्दर फूल फुलेको देखियो
बोटमा दुई रङ्ग खुलेको देखियो
प्रकृतिको सुन्दर नि:शुल्क देन,
डाली नै लटरम्म झुलेको देखियो
बगैंचामा भमरा डुलेको देखियो ।
-शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०३
रङ्गीचङ्गी फूल साथी
प्रकृति हाे मूल साथी
सबैलाई मनपर्ने ,
सफा पानी मूल साथी
कुफतले शूल साथी ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०४
राम्रो फूल बीच बस्न मन छ
काम गर्दै घुँडा धस्न मन छ
हेर्दै सुन्दर लाग्ने कस्तो फूल,
हावा स्वच्छ लिन पस्न मन छ
फूलको बीचमा खस्न मन छ।
-ह्यारिस
पञ्चाङ्ग-०५
फूलको जीवन काँडा बीच पनि फुली दिने
छरेर सुवास अरूलाई आफू खुली दिने
पिडा त होला नि उसलाई पनि कति कति,
तर दुनियाँलाई हेर्दै हाँसेरै भुली दिने
बरु थोरै दुःख अरूकै पनि असुली दिने।
-पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय त्रियानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९३———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/०८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल
======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मिलेर माया र प्रीति गाँसेर जाउँ
दुष्टकाे दुष्ट्याइ सबै मासेर जाउँ
चाेथाले मुखले नपार्नु ठिक्क अब,
तिताे बाेल्नेकाे त्याे बाेली नासेर जाउँ
हातेमालो गर्दै प्रिय हाँसेर जाउँ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
नर र पशुमा प्रकृत कुरा सबै मिल्छ साथी
जीवकाे सद्भाव र प्रेमले संसार खिल्छ साथी
प्रकृति एउटै हुन्छ विश्वमा परिवेश भिन्नै ,
पशुले खाने र नखाने छुट्यएर निल्छ साथी
जस्तै समस्या आए नि सहने दिलछ साथी ।
-प्रद्युम्न चालिसे
भक्तपुर ,कटुञ्जे ।
पञ्चाङ्ग:०३
सपनाले तिमीलाई माग्छ सधैँभरि
रात भरिको निदरि भाग्छ सधैँ भरि
प्रकृति नै दोषी होकि बन्यो मन दोषी ,
किन किन तिम्रो माया लाग्छ सधैँ भरि
अब सम्झनाले सिमा नाग्छ सधैँ भरि।
मोरङ
पञ्चाङ्ग :०४
हिँड्दैछन् बटुवा उकालाे वनको बाटो भएर हाेला
माटोले सम्झिन्छ सधैं नै पूर्खाको टाटो भएर हाेला
परिचित बाेटबिरुवाले हात हल्लाइ स्वागत गरे,
निर्धक्क हिँड्छन् बटुवा आफ्नो गाउँकाे बाटो भएर हाेला
हरियाली चौर , मुस्कुराएकाे दृश्य पाटाे भएर हाेला ।
भवानी घिमिरे (सद्भावना )
सर्लाही ।
पञ्चाङ्ग:०५
खुसीको बीज छर्दै आऊ
मनका पीडा हर्दै आऊ
डाह गर्नेले गरून् सधैं,
मेरो मायामा पर्दै आऊ
सुखी कामना गर्दै आऊ।
-ह्यारिस
पञ्चाङ्ग-०६
धान दिवस खुब मनाउने चलन छ नेपालमा
किसान बन्न पो अन्कनाउने चलन छ नेपालमा
पछि मङ्सिरमा चामल चाहिँ पारीबाट नै ल्याएर,
देश कृषिप्रधान भनाउने चलन छ नेपालमा
किसानलाई मुर्गा बनाउने चलन छ नेपालमा।
-पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकान्नौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०२/२१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५२[एकसयबाउनौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग::०१
धरतीमा रङ्गीन फूल फुलेको छ
सबैको खुसी त्यतैतिर झुलेको छ
सुन्दर बिहानी घामले ल्यायो खुसी,
खुसीले गर्दा दुःख जति भुलेको छ
सुन्दर दृश्यले अशान्ति घुलेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
प्रकृतिमा फुलेको फूल देखे माहुरी हुन्छ दङ्ग साथी
हिमालयबाट आएका दुई नदि मिलेर सङ्ग साथी
सृष्टि विचित्रको छ एउटै बगैँचमा फूल रङ्गिचङ्गी,
फूल जति सुन्दर त्यति नै चाँडो रूप हुन्छ भङ्ग साथी
जीवमा श्रेष्ठ मनुष्यले कदापि गर्न हुन्न जङ्ग साथी ।
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग::०३
रङ्गिन फूलमा बस्न मन छ
काम गर्दै घुँडा धस्न मन छ
हेर्दै सुन्दर लाग्ने फूल कस्तो,
स्वच्छ फूल लिन पस्न मन छ
फूलको बीचमा खस्न मन छ।
-ह्यारिस
पञ्चाङ्ग-०४
फूल पनि मुस्कुराउदै छ तिम्रो जवानी देखेर
सुवास छर्दै हावामा तिम्रो चंचले बानी देखेर
जवानी भन्दा पनि झन् जवानीको हेराई राम्रो अरे,
लट्ठियो ऊ नशाले झैं तिम्रो आँखाको नानी देखेर
अर्पित भो तिमीमा अपार मायाको खानी देखेर ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग-०५
फूलै फूलको बारी छ
हिउँ पहाड पारी छ
सुन्दर छ देश मेरो,
कर्मठ हात नारी छ
विशाल छ यो भारी छ।
-भवानी घिमिरे ( सद्भावना )
सर्लाही ।