साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १५५

  • २० श्रावण २०८३, बुधबार ०७:४८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चवन्नौंमा हामी पुगेका छौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८३/०३/११

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५५[एकसय पचपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    पञ्चाङ्ग:०१

    फूललाई जहाँपनि फुल्नु पर्ने रहेछ

    यही जीवन जगतमा डुल्नु पर्ने रहेछ

    भित्रभित्र रोएर बाहिर खुसी देखिनु,

    आफ्नो पीडा लुकाएर खुल्नु पर्ने रहेछ

    चारैतिर वास्ना छर्न खुल्नु पर्ने रहेछ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    आहा!सुन्दर फूल फुलेको देखियो

    बोटमा दुई रङ्ग खुलेको देखियो

    प्रकृतिको सुन्दर नि:शुल्क देन,

    डाली नै लटरम्म झुलेको देखियो

    बगैंचामा भमरा डुलेको देखियो ।

    -शोभा आचार्य गौतम

    काठमाडौँ

    पञ्चाङ्ग:०३

    रङ्गीचङ्गी फूल साथी

    प्रकृति हाे मूल साथी

    सबैलाई मनपर्ने ,

    सफा पानी मूल साथी

    कुफतले शूल साथी ।

    प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०४
    राम्रो फूल बीच बस्न मन छ
    काम गर्दै घुँडा धस्न मन छ
    हेर्दै सुन्दर लाग्ने कस्तो फूल,
    हावा स्वच्छ लिन पस्न मन छ
    फूलको बीचमा खस्न मन छ।
    -ह्यारिस

    पञ्चाङ्ग-०५
    फूलको जीवन काँडा बीच पनि फुली दिने
    छरेर सुवास अरूलाई आफू खुली दिने
    पिडा त होला नि उसलाई पनि कति कति,
    तर दुनियाँलाई हेर्दै हाँसेरै भुली दिने
    बरु थोरै दुःख अरूकै पनि असुली दिने।
    -पशपती राई खोटाङ ।