• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०९

  • ६ मंसिर २०८०, बुधबार २३:१३ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १०९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    राहत बाड्ने बहानामा उठाएर चन्दा,
    बन्नुपर्छ है  मालामाल चलाएर धन्दा ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    खोजीखोजी आफ्नामान्छे कार्यकर्ता पोसौँ,
    वास्तविक   पीडितको    अधिकार   खोसौँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    वास्तविक कुरा मोडी चलाउॅंने गर्छन् धन्दा,
    सधैँ आफू नै पीडित बनी  उठाएर चन्दा ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    ३)
    तिम्रो भ्रष्ट मति पनि रहेछ है काइदा,
    अरूलाई दु:ख पर्दा उठाउने फाइदा ।
    ✍️
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    ४)
    हदैसम्मको  लालायित  नेता  पर्‍यौ गन्धा,
    कति गर्छौ कालो कर्तुत मागी मागी चन्दा ।
    बेदु न्यौपाने
    काठमाडौँ

    ५)
    उता जनता रुँदा पनि यता बसी हाँसौँ,
    काम गरे जस्तो गरी सबै नियम मासौँ ।
    ✍️
    सञ्जना शर्मा दाङ लमही न.पा.५

    ६)
    आँखा गाड्यो राहतमा विपत हुँदा चन्दामा,
    मानव हो कि दानव, निर्दयी हुन्छ धन्दामा ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा

    ७)
    वास्तविक पीडितले राहत पाउने हैन,
    आफ्नामान्छे पोसेर यिनले गरेका छन् चैन ।
    ✍️
    सरिता सेढाई धादिङ

    ८)
    पीडितलाई सहयोग भनी उठाएर चन्दा,
    कमाएछौ राम्रैसँग धन त गरी कालाे धन्दा ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी  ५ संगम काेलाेनी भक्तपुर ।

    ९)
    आडभरको  उपाय  नै  हो  राहत उठाउने,
    उठाएपछि हो धेरै जसो आँफैले लुकाउने ।
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹

    १०)
    उठाएर चन्दा गरी कालो धन्दा राख कुहाएर,
    धेरै  खुशी भएको हौला पिडितलाई रुवाएर ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    ११)
    आउँछ  विदेशबाट  नि राहतको धन,
    पक्ष विपक्षको आज पनि उतै छ मन ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    १२)
    भुकम्प पीडित परे रामे श्यामे काले,
    राहत दिनेले आफ्नै पार्टी हेर्न थाले ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    १३)
    पीडामा पनि यहाँ राजनीति हाबी मात्रै चल्छ,
    प्रकोपले  गरिब नै  मार्ने  दिन  ठगको बल्छ ।
    ✍️
    शंकर कार्की,
    थाहा नगरपालिका ३ मकवानपुर।

    १४)
    पीडितले नि  राहत पाउने दिनहरू गए,
    चन्दा भनी उठाउनेहरू पाे धनी बन्दै गए।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    १५)
    मेरै नामको बहानाले सोर्‍यो चन्दा उसले,
    पाल्यो आफ्ना आफन्तलाई जन्ता लुटी घुसले !
    ✍️
    समुद्र
    जल्जला ७ गण्डकी

    १६)
    राहत बाँड्दा छलछाम गर्ने होऊन् रोगी,
    जाली कर्म गर्नेले जानुपर्छ फल भोगी ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    १७)
    दिनेले जति दिए पनि गरिबको सधैँ छ खाली पेट र रित्तो हात,
    माया हैन पहुँचको भरमा पाइने राहत धनीकै घरमा खात ।
    ✍️
    सुशीला  शिखा
    काठमाडौं  कागेश्वरी

    १८)
    राहतको  बहानामा  भित्र्या’कोछु  पाल,
    भूकम्पमा काम लाग्ला फेरि अर्को साल !
    ✍️
    कमला  देवकोटा, पाल्पा

    १९)
    सेवा गर्नेको  हातहरूमा प्रेम चाहिन्छ,
    प्रेमको बास हुने दिल पो कहाँ पाइन्छ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    २०)
    मर्द रुन्छ नामका लागि किन काममा रुन्न ?
    नेता भए  साेचका गरिब  पढी लेखी हुन्न ।
    ✍️
    जी.वि.चिन्तन
    घाेराही-१४ दाङ

    २१)
    आँखा तानी हेर्छ पीडित राहत आउला भनी
    होहल्ला अधिक सुनिन्छ आउँदैन केही पनि ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    २२)
    राहतको प्रतीक्षा पनि कस्तो ?
    बाँचेर पनि मरेतुल्य जस्तो ।
    ✍️
    मोती सुब्बा

    २३)
    पीडामा मलम लगाऊ नछर्क खुर्सानी नुन,
    राहत पनि खान थाल्यौ नेताजी नपुगी सुन ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    २४)
    दुःख लाग्छ एकातिर भूकम्पले चर्केको छ घाउ,
    विडम्बना अर्कोतिर कत्तिलाई कमाउने दाउ !
    ✍️
    विवश पारदर्शी
    झापा,

    २५)
    राहत बाँड्ने सुनौलो मौका भूकम्पले ल्यायो,
    टन्न खाऊ है  दुधभात  गोरुले  बाच्छो पायो ।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २६)
    चुनावमा भोट अर्कैलाई दिएछन् क्यारे,
    त्यसैले  राहत सामग्री  अर्कोतिर सारे ।
    ✍️
    नागेन्द्रप्रसाद यादव, दाङ

    २७)
    उठाएर केवल  राहतका कुरा,
    गर्छन् आफ्ना स्वार्थ यही बेलामा पूरा ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची

    २८)
    भूकम्प पीडितलाई राहत बाँड्दै गर्दा भाडभैलो नै मचायो,
    तुच्छ नेताहरूले अनुदानलाई राजनीतिकरण बनायो।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    २९)
    परिश्रमी पसिना राहत भनी दिन्छ,
    गिन्ती छैन असलीकाे छट्टु जस लिन्छ ।
    ✍️
    निरज कोइराला
    बेलका १, उदयपुर, हालः इटहरी

    ३०)
    राहत बाड्ने निहुँमा थालेकाछाै कमाउन,
    यस्तै गरेर कहिलेसम्म सक्छौ  रमाउन ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    ३१)
    भूकम्पले बनायो गरिबलाई आहत,
    लुटे है नेताले तिनैको नामको राहत ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ

    ३२)
    स्वास्नी परिवार हेर्नेका झण्डा बोक्नुभन्दा आआफ्ना अधिकारका लागि लड्नू,
    बेकारमा झोले बनेर किन हा मा हा मिलाई जिन्दगीभर यहाँ नै सड्नु !
    ✍️
    पवन कुमार बुढाथेाकी
    काठमाडौँ

    ३३)
    गयाे भुइँचालाे लाैन लाै भयाे बेहाल,
    भूकम्पको नाउँमा मालामाल दलाल ।
    ✍️
    हरिगाेपाल प्राधान
    बनेपा १४ साँगा काभ्रे ।

    ३४)
    दुनियाँमा दुःख हुँदा तिनको भलो हुने,
    पीडित सारा जनताको मन चाहिँ रुने ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका

    ३५)
    अप्ठ्यारोमा परेकालाई गर्नुहुन्न घात,
    काम गरी देखाऔँ बरु छोडी चिल्ला बात ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    ३६)
    दु:खमा साथ नदिने तिमी कस्तो यो चलन,
    आर्तको मन पीडाले औधी भएछ जलन !
    ✍️
    आर्त अकुलीन

    ३७)
    भुइँचालोले घर परिवारका छोराछोरी लग्यो,
    सबैले सकेको राहत दिए चोर नेताले ठग्यो ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौँ हाल सिमरा बारा

    ३८)
    यसपालि पनि उठिहाल्छ सहयोग रकम फालाफाल,
    राहत बाँडफाँडको धन्दा चलाई बनिहाल्छौँ मालामाल l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    ३९)
    राहत दिने नाममा नगर पीडितमा धन्दा,
    होश गरी कदम चाल नत्र परौला नि फन्दा।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ४०)
    मानवीयताकाे छ सर्वत्र खडेरी,
    दुष्टात्माहरूले थाले जाेड्न घडेरी ।
    ✍️
    प्रद्युम्न चालिसे

    ४१)
    भूकम्प पीडितलाई राहत पुगोस्,
    उद्दारमा श्रद्धाले तिम्रो शिर नुहोस् ।
    ✍️
    प्रेम थापा “मन” बागलुङ

    ४२)
    ए नेतृत्व ! राहतको ठाउँमा  आघात  बाँडेर ,
    सक्ने भयाै साेझा जनतालाई तिमीले भाँडेर ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ

    ४३)
    मै खाऊँ र मै लाऊँको लालचले गर्दा,
    राहत नि लुटी खान्छन् यहाँ मौका पर्दा ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ

    ४४)
    आफूलाई फाइदा नभए कसले गर्छ काम ?
    बारम्बार मौका मिल्दैन उठाउनु पर्छ दाम ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    ४५)
    स्वार्थले जित्यो हजुर मानवताको भयो हार,
    देखावटी  दयालुहरूले  भरियो  यो संसार ।
    ✍️
    बि.कुलुङ रंगबूले
    दार्जिलिङ

    ४६)
    महङ्गीले आकाश छुँदा भोको पेटले माग्छ,
    हातको कुरा बाँड्नुअघि मनमा लोभ जाग्छ ।
    ✍️
    कमला पौडेल
    चा न पा भक्तपुर

    ४७)
    खान पाउनेको रजाइँले त अरूको दुःख कहाँ लेख्छन् ?
    सम्पत्ति टाढा भएपनि टाढैबाट साना आँखाले देख्छन् ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    ४८)
    अपेक्षा थियोे रे मलमपट्टिकाे, पीडामा मिल्ला कि भन्ने राहत,
    भाेगेर  विभेदकारी  व्यवहार, सहयोगापेक्षी  झनै आहत।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही

    ४९)
    देखाउने नाटक जस्तो पो बनाइदैछ कथा,
    कुन चराको नाम हाे राहत, के हाे खाँटी व्यथा ?
    ✍️
    रामकृष्ण दवाडी

    ५०)
    पीडितको नाउँ गर्दै उठाएकाे राहत,
    पचाउने अपराधी हुनुपराेस् आहत ।
    ✍️
    शम्भु गजुरेल

    ५१)
    राहतको नाम पारी खाएँ मैले खजुर,
    मौकामा चौका दाउ त हान्नैपर्‍यो  हजुर !
    ✍️
    ईमान सिंह के.सि.
    ब्यास ९ धनुबासे,कलेस्ति,तनहुँ

    ५२)
    भूकम्प पीडितको दुःखमा दया गरिदिएँ,
    राहत नपुगेको सुन्दा मनमा कष्ट लिएँ ।
    ✍️
    भगवती दवाडी ,झापा

    ५३)
    देशको नेता  भएपछि  नखाई  कहाँ हुन्छ ?
    जति खाए पनि कानुनले कहिले पो छुन्छ ?
    ✍️
    राजेशराज गड्तौला
    काँडाघारी, काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १०९

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५४

  • ४ मंसिर २०८०, सोमबार २१:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चौउनौँ हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/३० गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५४[ चौउन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]


    चित्रमा पञ्चाङ्ग
    ~~

    पञ्चाङ्ग:०१
    सुर्य पूर्वबाट उदाउछ लिएर सुनाैलाे किरण।
    मुस्कुराउछ धरती यहीँ पिएर सुनाैलाे किरण।
    हेर्न त कति अनाैठाे नियम रहेकाे छ प्रकृतिको,
    जिन्दगीमा उमंग उत्साह दिएर सुनाैलाे किरण।
    प्रभातमा धरती आकाश सिएर सुनाैलाे किरण।

    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सूर्य जस्तै चम्किन सक्नु पर्छ।
    पोल्दा पानी छम्किन सक्नु पर्छ।
    प्राकृतिको महिमा छ असाध्यै,
    यस्मै हामी लम्किन सक्नु पर्छ।
    परी आए गम्किन सक्नु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:०३
    घामसँग माया प्रेम गाँसेको राम्रो ।
    फुलसरी जिन्दगानी हाँसेको राम्रो।
    आमा जस्तै न्यानो माया घामले दिने,
    मनभित्र कुभावना मासेको राम्रो।
    साहित्यमा आफ्नो नाम टाँसेको राम्रो।
    ✍️मन्दिरा सेढाई
    मलेखु,धादिङ

    पञ्चाङ्ग:०४
    प्रकृतिको रचना यो लोभ लाग्दो खाले।
    मनका वितृष्णाहरू त्यसै भाग्दो खाले।
    अचम्म छ प्राकृतिक लीला पनि साथी,
    सुसुप्त सारा चाहनाहरू जाग्दो खाले ।
    यो मनले पनि यस्तै स्वर्ग माग्दो खाले।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    झुल्केकाे घाम बिहानी पख पहाडी पाखामा मेराे।
    सुसायाे नदी उर्लेर यहाँ झ्याउरे भाखामा मेराे ।
    नेपाली माटाे हिमाली बाटाे छ छाँया गगनकाे ,
    मौसमी फूल फुलेर ढाके आआफ्नाे शाखामा मेराे ।
    हरियाे वन सङ्लाे त्याे मन झल्झली आँखामा मेराे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    बिहानीमा झुल्केको घाम लोभ लाग्ने आहा।
    उच्चतम दृश्य, मनको दुःख भाग्ने आहा।
    सूर्यको तापले यो जगत चम्चमाउँछ,
    सूर्यको रापले सारा जगत जाग्ने आहा।
    फूलले पनि सूर्यसँग ताप माग्ने आहा !
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७

    पञ्चदेव मध्ये सूर्यपनि मानिएका धरामा
    त्यसैले हामी छौँ आज तानिएका धरामा।
    फूलहरू फक्रनपनि चाहिन्छ यसको ताप,
    छठपूजामा आराध्यदेव जानिएका धरामा।
    तापमान वृद्धिले हामी हानिएका धरामा ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग-०८
    पूर्वबाट सूर्य उदाउनु अघि नै जाग्नु पर्छ।
    सारा थकान मेटाएर निद्रा पनि भाग्नु पर्छ
    अज्ञानताले ढाकिएको संसारमा छौ तिमी,
    सूर्यदेव सित थोरै भए नि ज्ञान माग्नु पर्छ।
    तिम्रो दिन सुरु भो अब सत्कर्ममा लाग्नु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग ०९

    सूर्योदयसँगै फूलका गुच्छा स्वागत गरिरहेछन् यहाँ ।
    कुहिरो र पहाडका ढिस्काले लालित्य छरिरहेछन् यहाँ ।
    बिहानी किरणमै हराएर खोजी सिर्जनात्मक दिन ,
    करोडौंको माइलबाट दूरसञ्चार झरिरहेछन् यहाँ ।
    बासमा पुग्न अनेकौँ झरना र खोली तरिरहेछन् यहाँ ।

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५४

    टुक्का माथि टुक्का- ११०

  • २ मंसिर २०८०, शनिबार २१:०४ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    के भयो त ? ए आरिसे ! थोरै अश्लील बोल्दा,
    ह्वारह्वार्ती नै गिफ्ट झर्थ्यो, भित्री वस्त्र खोल्दा ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    १)
    छाडा अश्लील भिडियोमा हुन्छ साह्रै दम,
    तुरुन्तै   भाइरल  बन्छ   हुन्न  भ्यूज  कम ।
    – वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २)
    छोप्ने अङ्ग चट्ट छोप, ढाक्ने ठाउँ ढाक,
    सभ्य बन्दा गाह्रो हुन्न, टार्नलाई छाक।
    – मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ३)
    केस सारा लुकाएर चोखिनु छ सधैँभरि,
    सबै पोल खुले हाम्रो टिक्छ सत्ता कसोगरी?
    – रामशरण न्यौपाने, भक्तपुर

    ४)
    जमाना पनि यस्तै भएछ अश्लील चित्र हेर्ने,
    भ्युज सङ्गै गिफ्ट बढ्दा सबैले उसलाई घेर्ने।
    – तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल

    ५)
    बिचार  गरी  चलाउनु सामाजिक सन्जाल,
    उत्ताउलो बन्न खोजेमा, हुन्छ धेरै जन्जाल।
    – नागेन्द्रप्रसाद यादव , दाङ

    ६)
    अश्लील भिडियो बनाउँछन्, हेर्नेलाई कति मजा,
    बल्ल टिकटक बन्द हुँदा झेल्दैछन् कतिले सजा।
    – कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ७)
    अश्लील भिडियो हालेर बहाना पाइने भ्यूज,
    भाइरल त  भइयो तर राम्रो  होला यो न्युज?
    – अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    ८)
    अश्लील भिडियो बनाइहाल भ्यूज आउँछ धेरै,
    भाइरल  हुने  बाटो  यही  हो  नभए हेर  मेरै ।
    – अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    ९)
    अश्लीलताको त भयो जताततै धेरै कारोबार,
    हमाममा  सबै नाङ्गा  कस्लाई गरौँ  खबरदार ?
    – सुरेशकुमार पाण्डे दाङ घोराही १८

    १०)
    प्रतिभालाई  टिकटकबाट  प्रदर्शन गरी छिटै  भाइरल बन्ने,
    अश्लील अङ्गहरू हेर्न पाए मात्रै यो जमानाकाे मान्छेले आहा भन्ने।
    – राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५संगम काेलाेनी भक्तपुर ।

    ११)
    सभ्य बनौँ शिष्ट बनौँ बनौँ हामी ज्ञानी,
    असभ्य हुँदा बर्बाद हुन्छ जिन्दगानी ।
    – बाबुराम पाण्डे
    अर्घाखाँची

    १२)
    कस्तो विकृति आयो भाइरल हुन शरीर बेच्नु पर्ने,
    उज्यालो छोडी अध्यारोमा अश्लील भिडियोले पैसा झर्ने ।
    – अम्विका अधिकारी
    झापा बिर्तामोड

    १३)
    जमानाले पनि कस्तो कस्तो चलन ल्यायो नि हे शङ्कर  भोला !
    सबैले अश्लील र जङ्गलीपन देखाए समाज कस्तो होला ?
    – सुशीला  शिखा
    काठमाडौं कागेश्वरी

    १४)
    शरीर मेरो, उपहार मलाई; तिम्रो टाउको किन दुखेको?
    मन लागे खोलन तिम्रा कपडा, आरिस गर्दै किन भुकेको?
    – राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    १५)
    नग्न तन देखाई अश्लीलता छर्ने,
    भन्दा धेरै दोषी हेरी लाइक गर्ने।
    – बिके मुखिया
    दार्जिलिङ भारत।

    १६)
    मैले अङ्ग देखाउँदा खै उसलाई गाह्रो पर्‍यो,
    सातो गयो सरकारको, टिकटक बन्द गर्‍यो !
    – विवश पारदर्शी
    झापा

    १७)
    अरूले छोटा लाउँदा संस्कृति बिग्रियो भन्छौ,
    फेरि अघि सरी किन विकृतिको बाटो खन्छौ ?
    – अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    १८)
    अश्लील  टिकटक  बनाउँने  दियाै अधिकार,
    माेजमस्तीमा रमेकाको कसरी पो होला पार ?
    – जी.वि.चिन्तन घाेराही-१४ दाङ

    १९)
    गुम्सिएका कुण्ठा पाेख्न टिकटक लाइभ जाने,
    विकृतिले सिमा नाघ्याे अङ्ग देखाई मागी खाने ।
    – ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    २०)
    छोप्ने अङ्ग  छोप्नुनै पर्छ सभ्य  बन्ने गर,
    सभ्यता हुँदा गाह्रो हुन्न छाक टार्न तर ।
    – बेदु न्यौपाने काठमाडौँ ✍️🇳🇵

    २१)
    मर्यादाको  पालन  गरे, सबैलाई नै राम्रो हुन्छ,
    स्वाभिमान ओझेल पर्दा, देख्नेको मन कति रुन्छ।
    – सञ्जना शर्मा

    २२)
    आउँदै थियोे बुढ्यौँलीमा जवानीको रङ्ग,
    अब कसले हेर्ला नि! चाउरिएका अङ्ग ?
    – होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    २३)
    किन आरिस गर्छौ, अर्काले कमाउदा?
    हाँसखेल   गर्दै   साथीभाइ  रमाउदा ।
    – बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    २४)
    आओ हेर भनी भनी गोप्य अङ्ग देखाएका थिए,
    गोप्य अङ्ग  भङ्ग गरेर नै  जिन्दगीमा मस्ती लिए ।
    – समुद्र
    जल्जला ७ गण्डकी

    २५)
    अश्लीलता बाटो रोज्नेहरू हुन् गतिछाडा र घाँडा
    कुसन्देश  दिनेलाई  भनिनेछ   समाजका  काँडा ।
    – प्रेम थापा “मन”बागलुङ

    २६)
    खुशी भएकी छु  टिकटक मरेकाेमा,
    मागी खाने मान्छेहरू पछि परेकाेमा।
    – सविता पाण्डे

    २७)
    हेर्नेकै चाहनामा देखाउँदै सम्पत्ति आर्जन हुन्छ भने हाँसेर,
    प्रदर्शनबाटै नाम र दाम कमाउने थलाे  हुँदैनथ्यो  मासेर ।
    – रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    २८)
    अश्लील तस्वीर पाेस्ट्याएर लाइक कमेन्ट हेर्ने,
    असभ्यताकाे बिल्ला भिरी कस्ताे कामुक स्वाद फेर्ने ?
    – त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    २९)
    चालीस कटेपछि मेरो, जवानी आउँदै थियो,
    कुन पापीको आँखा लाग्यो, टिकटक खोसी दियो।
    – एवाइ प्रभात

    ३०)
    विकृतिले सीमा नाघ्दा टिकटक पनि बन्द भयो,
    विकृतिको व्यापार गरी कमाउनेको धन्दै गयो ।
    – ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।

    ३१)
    सहिद   घोषणा   टिकटकको   नै हुने  भयो,
    सारा नेपाली दुखी छन् खुसी जति सबै गयो ।
    – कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी

    ३२)
    टिकटक बन्द भयो,  नत खति नत क्षति,
    टिकटकले बिगार्दैथ्यो मान्छेको बरु मति ।
    – चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।

    ३३)
    जवानी  सबैलाई  आउँछ  नाङ्गो तन  नदेखाउनू,
    मौका अवसर आउँछ उच्छृङ्खलता नलेखाउनू ।
    – चुडामणी देवकोटा
    चनपा १३ काठमाडौ
    हाल सिमरा बारा

    ३४)
    गाेप्य  अङ्ग  प्रदर्शन  गरी  नपर दङ्ग,
    कदापि हजुर मान्न सकिन्न सभ्य ढङ्ग ।
    – प्रद्युम्न चालिसे ,
    भक्तपुर कटुञ्जे।

    ३५)
    कति  बेला  के देखाउँछन्  हुदैनथ्यो टुङ्गो,
    देख्नासाथ उफ्रिहाल्थ्यो भए नि पातेबुङ्गो l
    – बाबुराम गौतम, गुल्मी

    ३६)
    अनुशासित  सभ्य भई  बोल्ने गर  नानी,
    इज्जतसँग पैसा साट्ने आजै छोड बानी ।
    – पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    ३७)
    गर्न त गर   मानव   अति   साह्रो नगर,
    अश्लील शब्द व्यवहारले खल्ती नभर।
    – शोभा आचार्य गौतम
    काठमाडौँ

    ३८)
    देखाउँदा  अश्लीलता  गडगडाहट ताली आउँथ्यो,
    देखाउनेको लाजभन्दा नि हेर्नेलाई लाज लाउथ्यो।
    – यामनाथ आचार्य🇳🇵
    पर्वत

    ३९)
    झुठो बाेल्दैन भन्छन् सत्य देखाउँछ ऐेनाले,
    केही दिन पख खुलिहाल्छ भन्नुभा’छ बाले ।
    – दिनेश कोइराला

    ४०)
    कहिले कोही देखिए हेर सबैमा त्यो बाधा,
    आखिरी किन मानिसलाई बनाए लौ आधा ।
    – आर्त अकुलीन

    ४१)
    अर्को आउँछ  हेरिराख  एउटा टिकटक गए,
    सबै पाप नै सफा चट्ट हुन्छ साथमा धन भए !
    – इन्दिरा देवकोटा

    ४२)
    राम्रा कुरा समेट्नु है सामाजिक सञ्जाल भित्र,
    लाज पचाउन थालेपछि यस्तै हुन्छ बिचित्र।
    – पुष्पा राई, खोटाङ।

    ४३)
    जवानीमा लगाम लगाऊ हैन सोझालाई मोस्ने,
    टिकटक हटाई  नागरिकको हक किन खोस्ने ?
    – इन्दु श्रेष्ठ

    ४४)
    दुरूपयोग   गर्नुहुन्न   पाएँ   भनी   ठाउँ,
    मर्यादालाई बुझ्नसके पो चम्किन्छ नाउँ ।
    – पद्मा काश्यप पाण्डे, मोरङ

    ४५)
    विकृति छाडी संस्कृति पनि हेर,
    टिकटके   मनलाई  आजै  फेर ।
    – नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।

    ४६)
    तस्बीरहरू अश्लील राख्दा अति भाइरल हुने ठान्यौ,
    इज्जतको सवाल छैन हराएको पो आज बल्ल जान्यौ ।
    – जमुना आचार्य सिन्धुपाल्चोक

    ४७)
    छोटामोटा कुरा गरी  समय नफालौँ,
    टिकटक बिर्सेँ आगोमा घिउ नहालौँ ।
    – लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी

    ४८)
    गिफ्ट पाए जानीजानी खुस्काउने बस्त्र,
    आजभोलि ङिच्च परे मुस्काउने अस्त्र ।
    – निरज कोइराला, इटहरी

    ४९)
    भुइँकाे टिप्न खोज्दा गाेजीकाे पाेखिन्छ,
    बिचार   नगरेमा     पाइला    राेकिन्छ ।
    – रबि पाैडेल,दक्षिण भारत पाण्डेचरि ।

    ५०)
    लाज नै पचाएर देखायौ गोप्य अङ्ग,
    मजाले चलेको टिकटक भयो भङ्ग ।
    – बिके माकजू ,भक्तपुर ।

    ५१)
    देखाउँछु  खोलेर अङ्ग छैन डराउनु,
    लुकीलुकी हेर्नेहरूले किन कराउनु ?
    – प्रदीप के रिमाल

    ५२)
    आफ्नो नाङ्गो शरीर देखाई पैसा तान्नुपर्ने,
    टिकटक नै बन्द भयो अब कसो पो गर्ने ?
    – सरिता सेढाई, धादिङ

    ५३)
    उम्लिएकाे जवानीको रङ्ग,
    टिकटकमा देखाए अङ्ग ।
    -सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्का- ११०

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६९

  • २ मंसिर २०८०, शनिबार २०:५५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नसत्रीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६९ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/२७ गते
    बुधबार बेलुका ०९ बजेसम्म तिहार विशेष पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ( शुभदिपावली तथा छठ पर्वको पावन अवसरमा देश तथा विदेशमा रहनु हुन सम्पूर्ण हिन्दू धर्मालम्वीहरुमा सु स्वास्थ्य र दीर्घायुको कामना सहित हार्दिक शुभकामना।)
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    दियो झैं गरि भाग्य बलिरहोस् सधैं।
    प्रगतिमा पाइला चलिरहोस् सधैं।
    दीपावलीको शुभकामना दिन्छु म,
    जल्नेहरुको मन जलिरहोस् सधैं।
    जिन्दगीका ती बाधा ढलिरहोस् सधैं।

    पञ्चाङ्ग:०२
    सबैकाे घरमा लक्ष्मीकाे बास हाेस्।
    दुख गरिबीको अन्त्यकाे आस हाेस् ।
    छ है दिपावलीको शुभकामना,
    उज्यालो तिहार बत्तीको रास हाेस्।
    रंगिन टीका निधारमा खास हाेस् ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०३
    यसपालि पनि तिहारमा घर आउन पाइन आमा।
    दिदीको हातको मखमली माला लाउन पाइन आमा।
    दसैँ-तिहार सम्झेरै बित्यो परदेशमै यो साल पनि,
    साथीभाइ सँग रमाउदै भैलो गाउन पाइन आमा।
    तिम्रो मुहारमा नि कहिल्यै खुशी छाउन पाइन आमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    घर आँगनमा दियो बल्ने पर्व तिहार ।
    पाँच दिन सम्म यो चल्ने हो पर्व तिहार ।
    दाजु-भाइ दिदी-बहिनीको मिलन बिन्दु,
    देउसी भैलोमा पैसा फल्ने पर्व तिहार।
    अँध्यारोलाई हो सधै छल्ने पर्व तिहार ।
    ‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग :०५

    दियो झैँ भाग्यरेखा सधैँ चम्किरहोस्।
    प्रगतिपथमा पाइला लम्किरहोस् ।
    यो तिहारको धेरै नै शुभकामना,
    सुख र ऐश्वर्य धरामा गम्किरहोस् ।
    जीवनले अमृतधारा छम्किरहोस् ।
    ०६
    तिम्रै घरभित्र लक्ष्मीको बास रहोस्।
    दुःखीगरिबको तिमीमै आस रहोस् ।
    भसक्कै शुभकामना दीपावलीको,
    यसपालिको तिहार नै खास रहोस्।
    धनमान सुखसंवृद्धि रास रहोस् ।

    ✍श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०७
    घर घरमा लक्ष्मीले बास पाओस् सबैको।
    दु:खी र गरिबीको अन्त्य भै जाओस् सबैको।
    दीपावलीको शुभकामना व्यक्त गर्दछु ,
    उज्यालोको पर्व तिहारले छाओस् सबैको।
    सप्तरंगी टीका निधारमा लाओस् सबैको।
    ह्यारिस

    पञ्चाङ्ग०८

    ननिभोस् तिम्रो मनको दियो सल्कि रहोस्।
    संङ्लो मायाको पानी मनमा छल्कि रहोस्।
    दिपावलीको करोडौँ शुभकामना छ,
    जताततै तिम्रो नै प्रारुप झल्कि रहोस्।
    सौभाग्य श्रृङ्गार निधारमा टल्कि रहोस्।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग०९
    संसार डुलेर समाचार लिइ आयाे काग तिहारमा ।
    रङ्गी र बिरङ्गी फूल फुलेर रमायाे बाग तिहारमा ।
    माला लिइ बसेकी छ चेली परदेशी भाइलाई सम्झी,
    ठुलाे घात भयाे दिलमा लागेकाे घाउ दाग तिहारमा ।
    दिदीकाे हात खाली नहाेस् देवसँग छ माग तिहारमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग१०

    सप्तरङ्गी निधार माला गला भरिएर सदा
    दिर्घायु र सफलताले बसुन् जरिएर सदा
    कहिल्यै दुखपीडा भन्ने नहोस् दाजुभाइमा
    उठोस् सृजनाका मुहान नै छरिएर सदा
    उत्पन्न अटल स्वाभिमानमा दरिएर सदा

    जमुना आचार्य सिन्धुपाल्चोक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६९

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३०

  • २ मंसिर २०८०, शनिबार २०:३९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    टिकटक
    प्रयोगमा रोक
    समर्थन कतै बिरोध !

    • वसन्त अनुभव
      [२]
      टिकटक
      कतै कला
      कतै विकृतिको विकास !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३]
      टिकटक
      कलाको भेल
      विसङ्गतिले भएछ फेल !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [४]
      टिकटक
      भावनाको मेल
      अझ उस्तै जालझेल !
    • नागेन्द्रप्रसाद यादव
      [५]
      समाप्त
      टिकटकको खेल
      जनजीवनमा भयो अनमेल !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [६]
      विकृति
      जन मनमा
      हटेको सरल स्वीकृति !
    • जमुना कायस्थ, पोखरा
      [७]
      टिकटक
      भएको अनमेल
      शरीर नङ्ग्याउने खेल !
    • सरिता सेढाई, धादिङ
      [८]
      कला
      नराम्रो होइन
      सरकारलाई भयो आपत्ति !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [९]
      टिकटक
      स्थगित प्रयोजन
      अध्यादेश थेग्ला जन ?
    • अगस्टीन राई
      पूर्व सिक्किम, भारत
      [१०]
      टिकटक
      प्रतिभाकाे प्रस्तुति
      सुदुपयाेग नहुदा विकृति !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [११]
      टिकटक
      सामाजिक विकृति
      सरकारबाट मिलेन स्वीकृति !
    • घनश्याम पौडेल, पोखरा
      [१२]
      टिकटक
      अनुपम बगैँचा
      फूलहरूको अनेक प्रस्तुति !
    • आर्त अकुलीन
      [१३]
      टिकटक
      कला प्रदर्शन
      लुप्त प्रतिभा प्रस्फुटन !
    • धनमाया चौधरी, कैलाली
      [१४]
      टिकटक
      प्रविधिको निकट
      चलाउन नजान्दा विकट !
    • पशपती राई, खोटाङ
      [१५]
      टिकटक
      प्रविधिको ज्ञान
      बाठो हुँदा तानातान ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१६]
      टिकटक
      विकृति फैलिएर
      जीवनलाई खेलौना सम्झेर !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [१७]
      टिकटक
      फस्टाएको सीप
      विकृतिले निभायो दीप !
    • पृथक प्रकृति, झापा
      [१८]
      टिकटक
      आँखाकाे दाेष
      उड्याे सबैकाे हाेश !
    • खुनराज काेईराला
      सिद्धलेक-३, गैरीगाउँ, धादिङ
      [१९]
      टिकटक
      भएन सदुपयोग
      उपयोगभन्दा धेरै दुरुपयोग !
    • चक्र शाही, लम्की, कैलाली
      [२०]
      टिकटक
      हुँदासम्मकाे विकृति
      सिर्जना दशमलव संस्कृति ।
    • पागल भिक्षुक, कैलाली
      [२१]
      टिकटक
      विकाससंँग विकृति
      दुरुपयोगले बिग्रियो आकृति !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [२२]
      टिकटक
      चस्काउँछ पटकपटक
      मुटु घोच्छ सटकसटक !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२३]
      समाज
      टिकटकका दृश्य
      विकृतिले गर्दै राज !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२४]
      प्रविधि
      टिकटककाे उपयोग
      दुरुपयोगले बिग्रेको समाज !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [२५]
      बन्देज
      सञ्जाल ज्यानमारा
      टिकटक रै’छ भ्रष्टाचार !
    • विवश पारदर्शी, झापा
      [२६]
      टिकटक
      रमाउने थलो
      प्रतिभा पस्किने सञ्जाल !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [२७]
      टिकटक
      समयको बर्बाद
      मानिसकै मस्तिष्कको खेल !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२८]
      टिकटक
      न्यायालयकाे पर्खाइ
      समर्थन कतै विराेध !
    • बलराज गिरी, कैलाली
      [२९]
      सञ्जाल
      दुरुपयोग बढ्दो
      टिकटकमा प्रतिबन्ध राम्रो !
    • रिता खराल, रूपन्देही
      [३०]
      टिकटक
      उच्छृङ्खलले गर्दा
      बन्द धेरैलाई मर्का !
    • मङ्गला उपाध्याय
      [३१]
      टिकटक
      बुझ्नेलाई श्रीखण्ड
      नबुझ्नेलाई खुर्पाको बीँड !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [३२]
      टिकटक
      सामाजिक सञ्जाल
      कमाए सबैले मालामाल !
    • सहयात्री शाेभा अर्याल, रुपन्देही
      [३३]
      टिकटक
      भुल्ने नाममा
      विकृति छायो काममा !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [३४]
      खेल
      दिमागी बेमेल
      बालबच्चा हुँदै हायलकायल !
    • राेशन पराजुली, धरान
      [३५]
      टिकटक
      औँलामा घाउ
      काटिएको ज्यानको हातपाउ !
    • जिज्ञासु पन्त, लमजुङ
      [३६]
      टिकटक
      प्रविधिको दुरुपयोग
      बाध्यताले प्रयोगमा रोक !
    • रेनुका मरासिनी, अर्घाखाँची
      [३७]
      टिकटक
      अप्रत्याशित रोकावट
      बेरोजगार क्षणिक चोट !
    • तोया घिमिरे
      शंखमुल, काठमाडौ
      [३८]
      बबुरो
      नटोक्ने टिकटोक
      उसैमाथि टोक्नेहरूको रोक !
    • युगल त्रिन
      [३९]
      टिकटक
      परिवेश नाङ्गिदै
      सामाजिक विकृती झाङ्गिदै !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [४०]
      टिकटक
      सबै ठीकठाक
      कहिले नगर्नू ठोकठाक !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      [४१]
      प्रविधि
      खुल्ला दुरुपयोग
      समाजमा छताछुल्ल विकृति !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४२]
      टिकटक
      मनोरञ्जन विकृति
      दुवैको खेल समाप्त !
    • सुशीला पाैडेल
      [४३]
      टिकटक
      अभिनय कला
      लतमा हुन्थे लालाबाला !
    • भगवती दवाडी
      [४४]
      टिकटक
      मनोरञ्जनको साधन
      अश्लील दृश्यको विज्ञापन !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३,काभ्रे
      [४५]
      बन्देज
      भावमा विकृति
      सारमा अकर्मण्यताको आकृति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [४६]
      टिकटक
      गाउँ सहर
      कला देखाउने रहर !
    • भवानी घिमिरे, सर्लाही
      [४७]
      टिकटक
      चरम दुरुपयोग
      हुनुपर्छ जीवनकाे सदुपयोग !
    • बाबुराम आचार्य
      धनगढी, कैलाली
      [४८]
      टिकटक
      प्रविधिको दुरुपयोग
      अज्ञानताको रोइलो पसारिँदै !
    • गुणराज पौड्याल गुराभस
      बागलुङ
      [४९]
      लाज
      बिक्री गरेर
      सकिएन टिकटके बनेर !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी
      [५०]
      टिकटक
      नवीन प्रविधि
      ओखती नजाने विषादी !
    • कविता आचार्य, कैलाली
      [५१]
      टिकटक
      बाँदरको पुच्छर
      लौरो न हतियार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [५२]
      टिकटक
      घाँटीको गलगाँड
      बिरालोको घाँटीमा घण्टी !
    • देवी पन्थी
      [५३]
      टिकटक
      सुन्दर बगैंचा
      बाँदरले बनायो नरिवल !
    • दुर्गा अधिकारी भमरकोटे
      [५४]
      टिकटक
      उपयाेग नजानेर
      आफैमा नराम्रो हैन !
    • सुधा बाँस्कोटा ढकाल
      [५५]
      टिकटक
      चारैतिर कटकट
      निन्याउराे सञ्चारकाे संसार !
    • टीकाराम जाेशी, टीकापुर
      [५६]
      टिकटक
      अश्लील सन्जाल
      बन्दै समस्याको जञ्जाल !
    • रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि ।
      [५७]
      टिकटक
      प्रयोगमा विकृति
      ल्याएन सामाजिक जागृति !
    • तेजप्रसाद खनाल दाङ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३०

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२९

  • २६ कार्तिक २०८०, आईतवार १०:३६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १२९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १२९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    धन्वन्तरि
    आयुर्वेदका ज्ञाता
    देवका वैद्य उपचारदाता !

    • वसन्त अनुभव
      [२]
      देवता
      अलौकिक शक्ति
      डाक्टरको गरौँ भक्ति !
    • सविता के.सी.
      [३]
      धन्वन्तरि
      बिरामीको डाक्टर
      जडिबुटीले चल्छ संसार !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा-३,काभ्रे
      [४]
      धन्वन्तरि
      देवताको वैद्य
      जडिबुटीको उपचार विधि !
    • पशपती राई, खोटाङ
      [५]
      उपचार
      धनवन्तरिकाे दिमाग
      आयुर्वेदिक औषधिकाे कमाल !
    • नवराज भट्ट, कञ्चनपुर
      [६]
      धन्वन्तरि
      वैद्य डाक्टर
      उपचार आयुर्वेदिक विधि !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [७]
      धवन्वतरि
      एक विज्ञ
      सधैँ परिवर्तन गर्ने !
    • कविदत्त ढकाल
      [८]
      धन्वन्तरि
      जडिबुटी ज्ञाता
      एक प्राकृतिक जीवनदाता !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [९]
      उपचार
      धन्वन्तरि विधि
      अलौकिक आयुर्वेदिक शक्ति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [१०]
      धन्वन्तरि
      संस्कार मान्ने
      परम्परा देखिको चलन !
    • दुर्गा आचार्य, मोरङ
      [११]
      धन्वन्तरि
      व्यापारीको नीति
      हल्लाको मेरो देश !
    • तिला लेकाली
      [१२]
      कागतिहार
      कागको सन्देश
      घरघरमा धन्वन्तरि बास !
    • आर्त अकुलीन
      [१३]
      धन्वन्तरि
      एकहातमा अमृत
      अर्को हातमा जडीबुटी !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु न पा ३
      [१४]
      धन्वन्तरि
      स्वास्थ्यका देवता
      परिणत भएछन् धनतेरसमा !
    • गोपालप्रसाद पौड्याल
      [१५]
      धन्वन्तरि
      धनका देवता
      उपचारका सर्वोच्च दाता !
    • नागेन्द्रप्रसाद यादव , दाङ
      [१६]
      धन
      मानिसको अन्तर्मन
      लोभ लालचको दिग्दर्शन !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [१७]
      धनवन्तरि
      आयुर्वेद एक
      फाइदा हुन्छन् अनेक !
    • अमृत सुवेदी, रुपा सात, कास्की
      [१८]
      धन्वन्तरि
      आयुर्वेद प्रवर्तक
      जनमानसको जीवन रक्षक !
    • नारायण प्रसाद उपाध्याय, कैलाली
      [१९]
      दिवस
      देववैद्य धन्वन्तरि
      राख्छन् देवता अजम्बरी !
    • निरज कोइराला
      बेलका-१, हालः इटहरी
      [२०]
      धन्वन्तरि
      देऊ आशीर्वाद
      रहन स्वस्थ जीवनदाता !
    • बुद्धिप्रसाद सापकोटा
      गैँडाकोट-७, नवलपुर
      [२१]
      धन्वन्तरि
      वैदिक चिकित्सक
      उपचार पद्धतिका प्रवर्तक !
    • हरिप्रसाद गौतम, गुल्मी, हाल: काठमाडौँ
      [२२]
      धन्वन्तरि
      निरोगी चाहने
      समाजलाई सुन्दर ठाने !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [२३]
      आयुर्वेद
      उपचार पद्धती
      महान प्रवर्तक धन्वन्तरि !
    • बद्री पोखरेल विराटनगर
      [२४]
      धनवन्तरि
      चिकित्सा क्षेत्रका
      बुझिदिनु कुरा मनका !
    • मिलन के. सी. थापा, पोखरा
      [२५]
      धन्वन्तरि
      वैदिक चिकित्सक
      उपचार पद्धतिका प्रवर्तक !
    • हरिप्रसाद गौतम, गुल्मी, हाल : काठमाडौँ
      [२६]
      कागतिहार
      उपदेश कागकाे
      घरघरमा लक्ष्मीकाे बास !
    • सहयात्री शाेभा अर्याल, रुपन्देही
      [२७]
      पन्छी
      गगनचुम्बी उडान
      बिचरो ठुग्ने खुबी !
    • जमुना कायस्थ, पोखरा
      [२८]
      दिवस
      जनस्वास्थ्यको आस
      दैवको पक्षपाती बसोबास !
    • तोया घिमिरे
      शंखमुल, काठमाडौ
      [२९]
      धन्वन्तरि
      डाक्टरकाे काम
      चलेकाे राम्राे नाम !
    • भवानी घिमिरे, सर्लाही
      [३०]
      धन्वन्तरि
      उहिलेका वैद्य
      अहिलेका कुशल डाक्टर !
    • घनश्याम पौडेल, पोखरा
      [३१]
      आयुर्वेद
      धन्वन्तरिका योगदान
      निरोगीको सधैँ सान !
    • गंगा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [३२]
      धन्वन्तरि
      निपूर्ण वैद्य
      तिहारमा घरघरमा मान्य !
    • बिके माकजू, भक्तपुर
      [३३]
      धन्वन्तरि
      घरघरको भित्र
      अचम्म लाग्ने स्वचित्र !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [३४]
      धन्वन्तरि
      परिवर्तित समय
      बेकाम बाेलीमा बेसरी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३५]
      धन्वन्तरि
      जीवनका दाता
      बने रोगीजनका भ्राता !
    • सुधिर थापा, काठमाण्डौ
      [३६]
      धन्वन्तरि
      ईश्वर रूप
      अनेक् शक्ति प्रदर्शन !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [३७]
      देवता
      अदृश्य रुप
      अद्भूत शक्तिको स्वरुप !
    • धनमाया चौधरी, कैलाली
      [३८]
      सर्वज्ञ
      आयुषमानका धन्वन्तरि
      क्षीण आयुलाई गंगुतेली !
    • कण्ठराज गिरी, टीकापुर
      [३९]
      वैद्य
      परापूर्व कालका
      देवादी देव आरद्य !
    • बालकृष्ण खनाल, टीकापुर
      [४०]
      अमृतत्व
      प्राकृतिक जडीबुटी
      उपचारमा धन्वन्तरिको महत्त्व !
    • विवश पारदर्शी, झापा
      [४१]
      धनवन्तरि
      अलौकिक आधार
    • जडिबुटीकाेे वैधिक उपचार !
    • दुर्गा भट्टराई, मोरङ
      [४२]
      धन्वन्तरि
      आयुर्वेदका प्रवर्तक
      देवताहरूका प्रसिद्ध वैद्य !
    • श्रद्धा आचार्य, पोखरा
      [४३]
      धन्वन्तरि
      कागको तिहार
      होस् मन सफा !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४४]
      धन्वन्तरि
      आयुर्वेदका ज्ञाता
      डाक्टरको अर्को रूप !
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
      कनकाई-४, झापा
      [४५]
      धन्वन्तरि
      आयुर्वेदका वैद्य
      जीवनका ज्ञाता प्राणदाता !
    • बेदु न्यौपाने, काठमाडौँ
      [४६]
      धन्वन्तरि
      जयन्ती मनाउँ
      रोग व्याधि हराउँ !
    • पुष्पा शायरा, विराटनगर
      [४७]
      धन्वन्तरि
      आयुर्विज्ञानका दाता
      जीवनदान सर्वाेत्तम सम्मान् !
    • राेशन पराजुदी, धरान
      [४८]
      धन्वन्तरि
      प्रमुख भगवान्
      चोरले गर्छ अभिनय !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [४९]
      जडिबुटी
      आयुर्वेदका ज्ञाता
      देव चिकित्सक धन्वन्तरि !
    • टीकाराम जाेशी, टीकापुर
      [५०]
      धन्वन्तरि
      प्रसिद्ध आचार्य
      आयुर्वेदका प्रमुख विज्ञ !
    • कविता आचार्य, कैलाली

    [५१]
    आयुर्वेद
    वैदिक सदाचार
    धन्वन्तरिको प्राकृतिक उपचार !

    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [५२]
      धन्वन्तरि
      समुन्द्र मन्थन
      उत्पत्ति प्रकृति चिकित्सा !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५३]
      भगवान्
      धन्वन्तरि प्रभू
      रोग हर देव !
    • गुणनिधि घिमिरे, अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १२९

    साउदी अरबमा रास्वपाको भब्य कार्यक्रम सम्पन्न , पुर्वी क्षेत्रीय समितिको गठन !

  • २५ कार्तिक २०८०, शनिबार ०१:०५ मा प्रकाशित
  • समर्पण रम्जान

    दम्माम साउदी अरब !  १० नोभेम्बर २०२३ शुक्रबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ संगठन  “प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले साउदी अरबको प्रतिष्ठित शहर  दमाममा एक भब्य  कार्यक्रमको आयोजना गर्दै दशैं,तिहार एबम् छठ पर्वको  शुभकामना आदानप्रदान  कार्यक्रम सम्पन्न गरेको छ ।

    पुर्वी क्षेत्रका लागी नेपाली दुतावासका प्रतिनिधि  नारायण पासवानको प्रमुख आतिथ्य र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, मिडियाकर्मीहरु, बुद्धिजीवी तथा समाजसेवी नेपाली दाजुभाइ दिदिबहिनीहरु को आतिथ्यमा, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरुको बाक्लो उपस्थितिमा तथा समितीका सभापति जेन लामाको सभापतित्वमा समितिका कोषाध्यक्ष सलिन खड्काद्वारा कार्यक्रम संचालन गरिएको  थियो।


    उक्त कार्यक्रममा दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै उपस्थित अतिथिहरु, घण्टीप्रेमी दाजुभाइ दिदिबहिनीहरु, विभिन्न संघ संगठन का प्रतिनिधिहरु, सबैले रास्वपा पार्टी प्रति नागरीकको आशा भरोसा र अपेक्षा धेरै बढ्दै गएको भनी प्रशंसा गरेका थिए ।  कार्यक्रमलाई रोचक बनाउन बिच बिचमा  विभिन्न स्थानीय कलाकारहरुद्वारा नित्य र गित हरु प्रस्तुत गरिएको थियो ।
    नेपाललाई समृद्ध र अझै विकशित  बनाउनु छ भने घण्टी बजाउन रास्वपा लाई साथ दिन कन्जुस्याइँ नगरौं भन्ने विचार झन् मजबुत हुँदै आएको कुरा समितिका सभापतिले राखेका थिए भने कार्यक्रम सफलताका साथ सम्पन्न गर्न सहयोग गर्नु हुने उपस्थित प्रमुख अतिथि, अतिथिहरु, मिडियाकर्मीहरु, कलाकारहरु, लगायत सबै दाजुभाइ दिदिबहिनीलाई आभार प्रकट गरेका थिए  ।

    सोही अवसर पारेर  प्रवास नेपाल सम्पर्क विभाग साउदी अरब”ले आफ्नो संगठन बिस्तार गर्ने क्रममा नारायण प्रसाद भुसाल ( Saroj Np Bhusal ) को सभापतित्वमा , ९ सदस्यीय पूर्वी क्षेत्रीय  समिति गठन पनि गरेको छ।
    सभापतिमा :नारायण प्रसाद भुसाल,उपसभापतिमा: खुम खत्री, सचिवमा, प्रकाश काप्री, कोषाध्यक्षमा: प्रकाश खड्का र ५ सदस्यहरुमा: दिनेश पुन,रामप्रसाद पन्थ, कुमार केसी, लक्ष्मन दर्जी, प्रकाश कटुवाल, नवीन खड्का निर्वाचित भएका र नव निर्वाचित पदाधिकारीहरुलाइ समितीका सभापति जेन लामाले सपद खुवाउदै बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्  ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी अरबमा रास्वपाको भब्य कार्यक्रम सम्पन्न , पुर्वी क्षेत्रीय समितिको गठन !

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६८

  • २४ कार्तिक २०८०, शुक्रबार ०९:१४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठसठीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-६८ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०७/२०गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
    दुष्टले जति गलाए पनि गलेको छैन मेरो शरीर।
    यस्ता दुष्टको सामु काँडे तार बनेर उभिने छु सधैं,
    कसैले इर्ष्याले जलाउँदा जलेको छैन मेरो शरीर।
    कुनै अहंकारको लेपन दलेकाे छैन मेराे शरिर।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आधुनिक तरिकाले काम गर युवा।
    हलो बाउसो कोदालो राख पर युवा।
    कहाॅबाट कहाॅ पुग्यो बाहिरी संसार,
    जे गर्दछौ सारा तिम्रे लाग्छ भर युवा।
    देशभित्रै केही गर्न अघि सर युवा।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    गरेर खाएको देख्नेले डाहा गरेको छ।
    राम्रो गर्दा आफन्तले त आहा गरेको छ।
    अरुले जे सोचेनी आफैँ ठिक पर्छ हुन,
    आफूभन्दा माथ्लोले चै चाहा गरेको छ।
    कोही कोहीले हेर्दाहेर्दै हाहा गरेको छ।

    -बेदु न्यौपाने, काठमाडौँ ❤️

    पञ्चाङ्ग:०४

    कुन बेला भत्कने हो घरको के भर भयो यहाँ।
    आफैँलाई थिच्ने ढुङ्गामाटो अनि खर भयो यहाँ।
    प्रकृतिलाई जित्दै विजयको माला लगायो मान्छे,
    तर पनि भूकम्पको मात्रै ज्यादा डर भयो यहाँ।
    हुँदाखाँदाको शरीर मार्ने आफ्नै घर भयो यहाँ ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    हेर जे काममा पनि राजनीति नै हुल्ने बानी पर्यो।
    स्वार्थमा त दल पनि एकैठाउँमा घुल्ने बानी पर्यो।
    बेला बेला भुकम्प गइरहन्छ ,कोरोना आइरहन्छ,
    बाड्नु पर्ने राहत आफ्नै गोजीमा पो, भुल्ने बानी पर्यो।
    काम भन्दा नि हल्ला ठुलो मिडियाको डुल्ने बानी पर्यो।

    पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६

    तिमीलाई सम्झिएर पलपल रुन मन लाग्छ
    तिमीलाई पाए आकाशकाे जून छुन मन लाग्छ
    मठ मन्दिरमा फूल चढाई तिमीलाई नै मागि
    जुनी जुनी भरीनै तिम्रै समिप हुन मन लाग्छ
    हातमा हात समाई त्याे शिखर चुम्न मन लाग्छ

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०७

    प्राण रहुन्जेल शरीर अनिश्चित घर हो।
    स्थायित्व नै नभएको चल्ने श्वासको भर हो।
    अनिश्चित चोला चलिरहेछ प्रभुकै भर,
    थाहा छ फुट्छ जीवन बेलुन रुपी चर हो।
    ईश्वर स्वचालित संवेदनशील धर हो।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०८

    कहिले तर्साउँछ मान्छेलाई।
    कहिले बर्षाउँछ मान्छेलाई ।
    भिरै भिरकाे जिन्दगीमा सधैँ,
    राम्ररी दर्शाउँछ मान्छेलाई ।
    उसैले फर्साउँछ मान्छेलाई ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ६८

    ‘भूकम्प पीडितलाई सहयाेग गराैँ’ विषयक विशेष टुक्का कविता लेखन अभियान- १००

  • २३ कार्तिक २०८०, बिहीबार १४:३७ मा प्रकाशित
  • काठमाडाैँ,
    भूकम्प पीडितलाई सहयाेग गराैँ भन्ने आव्हान गर्दै टुक्का साहित्य समाजकाे आयाेजना २०८० कार्तिक १९ गते टुक्का कविता लेखन श्रृङ्खला १०० सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न स्थानबाट ४५ जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । भर्च्युअल माध्यमबाट सञ्चालन भएकाे उक्त कार्यक्रमकाे प्रशिक्षण अध्यक्ष चापागाईँले नै गर्नु भएकाे थियाे भने सहभागीहरूले “भूकम्प पीडितलाई सहयाेग गराैँ” भन्ने विषयमा केन्द्रित भई सुन्दर टुक्का कविताहरू सिर्जना गरेकाे थिए ।

    टुक्का साहित्य समाजले विशेष अवसरहरूमा विशेष टुक्का कविता लेखन कार्यक्रमहरू सञ्चालन गर्नुकाे साथै अन्य विभिन्न किसिमका नियमित अभ्यासका कार्यक्रम तथा नियमित प्रशिक्षणहरू समेत सञ्चालन गर्दै आएकाे छ ।

    कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईँले
    २०८० कार्तिक १७ गते मध्यरातमा आएको विनासकारी भूकम्पले जाजरकाेट र रुकुम जिल्लामा पुर्याएकाे ठुलाे जन धनकाे क्षतिकाे कारण अहिले देश भित्र र परदेशमा रहेका सबै नेपाली मनहरू राेएका छन् । यतिबेला सुरक्षा निकायहरू, सरकार, राजनीतिक पार्टि तथा सहयाेगी मन भएका जनहरू सबै सहयाेग, उद्धार र राहत लागेका छन् । छिमेकी राष्ट्रहरू लगायत संसारका धेरै देशहरूले सहयाेग गर्नुकाे साथै गहिराे दुख प्रकट गरि रहेका छन् । यसमा हामी सबैले सकेकाे सहयाेग गरेर पीडामा मलम लगाउनु पर्छ भन्ने आव्हान गर्दै भूकम्पमा परि निधन हुनु भएका सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली, घाइतेहरूमा सिघ्र स्वास्थ्यलाभकाे कामना साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुकाे साथै कार्यक्रममा सहभागी भएर सुन्दर टुक्का कविताहरू सिर्जना गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएकाे थियाे ।

    उक्त कार्यक्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
    [१]
    १.
    जाजरकाेट र रुकुममा क्षति धनजन
    दुख भर्न जुटाैँ अब लगाएर तनमन ।
    २.
    शाेकमा डुव्याे मध्य पश्चिम मन राेयाे हाम्राे
    दुख पर्दा सहयाेग गर्नु स्वधर्म हाे राम्राे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [२]
    १.
    प्रकृतीले बनायो कालो तिहार
    उजाड्यो याे देश रुवायो संसार।
    २.
    कसोगरि मनाउँ तिहार लाश भित्र
    देश विदेशमा रुवावास भयो मित्र।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [३]
    १.
    साह्रै दु:खद घटना घट्यो त्यो मध्य रातमा
    मृत लासहरू भेटिए खात माथि खातमा ।
    २.
    हात खोलि सकेको सहयोग गरॅौ मिलेर यो दुखमा
    श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई डोर्र्याऔँ सुखमा ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौँ
    [४]
    १.
    भूकम्पको पीडामा छ रुकुम र जाजरकोट
    सहयोगी हात पुगुन् भगाउन अभाव चोट।
    २.
    भाइचारा एकताको लगाऊँ सबले नारा
    पीडितमा राहत होस् पुछियोस् आँसुका धारा।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर
    [५]
    १.
    जनधन भन्दैन केही निष्ठुरी दैव  भयो
    आशा अभिलाषा कति थिए ईश्वर मै गयो ।
    २.
    राहत बाँड्न जानपनी लौ डरमर्दो भयो
    पटकपटक कम्पन त्यो हुँदा सातो गयो ।
    ✍️ बेदु न्यौपाने
    काठमाडौँ
    [६]
    १.
    मानवीय क्षति गरायो ,भुकम्पले गर्दा
    मिल्न सक्छ थोरै राहत हामी अघि सर्दा।
    २.
    जाजरकोट र रुकुमलाई सद्भाव भरौँ
    सबै मिलेर तन मनले सहयोग गरौँ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान, सुनसरी ।
    [७]
    १.
    जाजरकोट र रुकुममा ठुलो क्षती भयो
    कैयौँ घाइते रुवाबासी कैयौँको ज्यान गयो।
    २.
    सहयोगी हातहरू अघि बढ्नु पर्छ
    आलो ति घाउमा मलमको काम गर्छ।
    ✍️ सरिता सेढाई
    धादिङ
    [८]
    १.
    एघार बजे मध्यरातमा कस्तो विपत्ति आयो
    रुकुम र जाजरकोटमा हाहाकारले छायो।
    २.
    जति सकेको सहयोग गरौँ तनले
    धनजनको क्षतिपूर्ति भरौँ मनले।
    ✍️ अम्बिका गिरी
    बिराटनगर
    [९]
    १.
    मिलेर दुःखमा सबैलाई सघाऊ
    यस आपत कालमा हात बढाऊँ।
    २.
    कसले पो बुझ्न सक्छ ईश्वरको काम
    यसैले राख सधैँभरि उसैको नाम।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [१०]
    १.
    निश्चित छ मृत्यु हे! प्रभु किन अकालमा ?
    भुकम्पको प्रकोप किन पर्यो यो सालमा ?
    २.
    सहयोगी हातहरू उठौँ त अब
    बाँचेकालाई राहत मिल्नेछ तब ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [११]
    १.
    अनायास यस्तो कसैले दु:ख नपाओस्
    रुवाबासी देख्न अनि सुन्नमा नआओस् ।
    २.
    दु:खको बेला मलम बनी सहयोग गरौँ
    कसैले गरिदेला भन्दै अब भर नपरौँ ।
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    [१२]
    १.
    विपत्तिले गाज्याे फेरि पश्चिमकाे नगरमा
    स्तब्धछु पीडा सहँदै बसेँ ढुङ्गे बगरमा ।
    २.
    भुइँचालो झै हल्लिदैछ मन हर प्रहर
    पुछाैँ आँसु रुझि रहेछ आज हाम्राे शहर ।
    ✍️ रश्मि रिमाल
    झापा
    [१३]
    १.
    मेरो देश दुखेको छ यति बेला हेर
    जहाँ जस्ताे सक्छौँ सहयोग गराैँ धेर ।
    २.
    कस्तो हो याे दैवको लिला हल्लायो सब घर
    को धनी ? को गरिब ? छोडेन सबलाई तर ।
    ✍️ उमा गाैतम
    काठमाडाैँ
    [१४]
    १.
    भुकम्पको आघातले जनताहरू छन् आहतमा
    सहयोगी  हात  बढाई  टेवा  पुर्याऔँ  राहतमा ।
    २.
    विपत्तिले गाँज्यो बरै रुकुम अनि जाजरकोट
    हात उठाई मलम जुटाऔँ सितल हुन्छ चोट ।
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [१५]
    १.
    कस्तो अकस्मातले आयो भुकम्पको चाल
    दशा कहिल्यै फिँजाएर आउँदैन जाल ।
    २.
    एक ठाउँ मात्र हैन आपत हरेक जिल्लामा नि पर्दछ
    विपतिमा परेकालाई सरकारले सहयोग गर्दछ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१६]
    स्तब्ध बनायो प्रकृतिको विनाशले रोयो रूकुम र जाजरकोट पनि
    सिङ्गो नेपाल दुखेको छ आफन्तलाई अकालमा गुमाउँनु पर्यो अनि ।
    ✍️ पुष्पा राई
    खाेटाङ।
    [१७]
    १.
    तेरो मेरो भन्छौँ सधैँ मेरो के नै छ र?
    मिनेट मै सखाप भो भए जति घर।
    २.
    थोपा थोपा मिलेर नै सागर बनेछ हेर
    सहयोग गरौँ सके जति जाने छैन खेर।
    ✍️ सञ्जना शर्मा
    लमही, दाङ
    [१८]
    १.
    भूकम्पको धक्का बढेर डर छ कति
    पीडितलाई दिऊ राहत सके जति ।
    २.
    नेपालीलाई कति दिन्छौ प्रकृति विपत्ति अनि
    दुःखले बनाएको घर ध्वस्त भो सम्पत्ति पनि ।
    ✍️ भगवती दवाडी
    दमक, झापा
    [१९]
    १.
    मध्यराती कसैले नसाेचेकाे धेरै ठुलै भुकम्प  गयाे
    धेरै मानिसहरू भाग्न पाएनन् ज्यानै माटाे मुनि भयाे।
    २.
    मर्ने त मरिगए बाँच्नेलाई एक आपसमा सहयाेग गराैँ
    आफूले जे सकिन्छ पीडितलाई सहयाेगकाे लागि अघि सराैँ।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक हाल काठमाडौँ
    [२०]
    १.
    प्रकृतिको नियम पनि कस्तो
    मानवीय क्षति बनायो सस्तो ।
    २.
    मनमा पिर परेको आफैलाई झैँ ठान
    मिलिजुली गरौँ सबले जति हुन्छ दान।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२१]
    १.
    किन आउँदैछ आपत् विपत् यही देशमा नै घरीघरी
    जाजरकोट र रुकुमेली जनता रुदैछन् धरधरी ।
    २.
    भुकम्पमा परेका परिवारमा सहने शक्ति प्रदान गरुन्
    प्रार्थना गरौ हामी सबैले पीडितको घाउमा मलम भरुन् ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२२]
    १
    कोही कसैलाई कुनै देशलाई चाहिएको थिएन
    कुनै समय निश्चित छैन हल्लाउँछ सुख दिएन ।
    २
    ज्वालामुखी भन्दा त खतरा भुकम्प होला
    असिना पानी आगजनी हुँदा को नरोला ?
    ✍️ चुडामणी देबकोटा
    हाल: बारा सिमरा
    [२३]
    १.
    हिजोसम्म पूर्ण घर आज भयो सबै रित्ता
    अहिले हेर काल बन्यो आफ्नै घरका भित्ता।
    २.
    बाजा बजाई आउँदैन दुर्भाग्य यो हाम्रो
    सहयोगी हात अघि बढाउनु नै राम्रो ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु, धादिङ
    [२४]
    १.
    भुकम्पले स्तब्ध नै बनायो सबैलाई
    राेएको छ देश आज आफन्त गुमाई ।
    २.
    निन्द्रामा आयो नि भुकम्प काल बनेर
    सोचेको  थिएन बेहाल होला भनेर ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२५]
    १.
    भूकम्पको प्रकोपबाट आज रोएको छ देश हाम्रो
    जाजरकोट र रुकुमलाई सहयोग गरौँ राम्रो ।
    २.
    दैव दशा ठुलो लाग्यो सुदुरका गाउँमा
    भ्रष्टाचार नहोस् यहाँ राहतका नाउँमा।
    ✍️ पद्मा काश्यप पाण्डे
    मोरङ
    [२६]
    १.
    भूकम्पले हल्लियो धरा
    मानिसको बिचल्ली बरा।
    २.
    सयौँ मानिसहरुको ज्यान गयो
    कैयौँको घरबार विहीन भयो ।
    ✍️ सुशीला पाैडेल
    अर्घाखाँची, हाल काठमाडाैँ
    [२७]
    अझै यस्तै रहने हो भने यो भुकम्पको चाल
    अर्को जापान जस्तै लाग्न थाल्यो मलाई नेपाल।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [२८]
    १
    मानो पाथी अन्न दाना, यथासक्दो अर्थ पनि
    विपद् मा सेवा दिए हाम्रो जीवन धन्य छ नि ।
    २
    प्रकोपले कहाँ कहिले कुनलाई पिर्छ पत्ताे छैन
    जीवनको के छ ठेगान, दीर्घकालीन सत्ता हैन।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    [२९]
    १.
    कसरी सुन्नु हामीले यति धेरै रोदन
    सहयोग गर्न हजुर नगरौँ दोमन ।
    २.
    हातेमालो गरेर सबैलाई सघाऊ
    सारा नेपालीमा यही सन्देश जगाऊ ।
    ✍️ शशिश्री आचार्य
    बौद्ध कुमारीगाल ६, काठमाडौँ
    [३०]
    १.
    दुई हजार असी कार्तिक सत्रको मध्यराती
    छ दशमलव चारको भूकम्पले दुखायो छाती ।
    २.
    भूकम्पले प्रलय गर्यो जाजरकोट रामिडाँडा माथि
    ठुलोक्षति भो जुटाउँ राहत स्वास्थ्य सेवा मिलेर साथी ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं
    गोठाटार, काठमाडौं ।
    [३१]
    भूकम्पले बारबार तर्सायाे हल्लाउँदै  धरा 
    गरिब दुखी पर्दैछन् मृत्युको मुखमा हे बरा ।
    ✍️ दीपा शाही  रावत
    कैलाली  ।
    [३२]
    १.
    अहो! भुकम्प यो कस्तो पड्कियो बम झै गरी
    भत्कायो घर ती सारा अस्ताए यसमै परि ।
    २.
    उठ जाग सबै लाग मान्छे मान्छे बनिकन
    एकता हात फैलाउ देशका हे मणिजन ।
    ✍️ रामजी लामिछाने
    पोखरा २७
    [३३]
    विनासकारी भूकम्प फेरि पनि यहाँ नै पिछडिएको हाम्रै ठाउँमा गयो
    हुनेखानी त सुरक्षित थिए नै पक्की घरमा नहुनेकाे बिल्लबाठ भयो ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [३४]
    १.
    कठै! त्यत्रो दुर्दशा आइलाग्यो त्यहाँका मानिसलाई
    सबैले  केही  सहयोगी  हात  बढाऔँ हे दाजुभाइ ।
    २.
    मन्दिरको पूजाले मात्र पाइदैन् नि सच्चा खाले धर्म
    विपत्तिमा सहयोग गर्नु मानिसको असली कर्म ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछाप सुनापति-१, हालः अमेरिका, बोस्टन।
    [३५]
    कहाँबाट अायाे भूकम्प काल बनेर
    धर्तीलाई कम्पन दियाे छल गरेर ।
    ✍️ प्रेमकला सिटाैला
    झापा
    [३६]
    भुँइचालोले जाजरकोट रोएको बेला
    बुझ्न सकिदैन हजुर यो दैवको खेला ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [३७]
    कम्पन बनी आयो कोहीको काल
    कोही कसैको त भयो नि बेहाल ।
    ✍️ कृष्ण घिमिरे उदार
    पाणिनि ७, अर्घाखाँची
    [३८]
    १.
    आकाश छाना भयो धर्ती भयो नी कठै घर
    दु:खमा जस्ले साथ दिन्छ उसैकाे हुन्छ भर ।
    २.
    मुटु चट्टान झै नै चाहिन्छ सहनलाई यस्तो कुरा
    छुटेका परिवार भत्केको घर कसरी हुन्छ पूरा ।
    ✍️ सुशीला  शिखा
    काठमाडौं, कागेश्वरी
    [३९]
    १.
    आयो भूकम्प गर्यो विनास
    दैवको लिला रोकियो सास ।
    २.
    जुट्ने बेला हो यो त जुटी, सबैले सकेको सहयोग गरौँ
    घाइतेको सफल उपचार होस् , तड्पिएर कोही नमरौँ ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    [४०]
    १.
    तिहारकै मुखमा कालो बादल छाएर
    सिङ्गो नेपाल रुँदै छ, भुइँचालो आएर।
    २.
    भुइँचालो पीडितलाई सहयोग गरौँ,
    मानवीय धर्म हो, मिलेर मलम भरौँ ।
    ✍️ अजय दनुवार
    धनगढीमाई न.पा.-४, जयपुर, सिराहा
    [४१]
    १.
    घरवास उठिबास भो मौसम अति सिरेटो
    छिटो उद्वार छानो पिठो खोजौँ नगरौँ रँगेटो।
    २.
    टुक्का कविताबाट नै आऊ हामी आह्वान गरौँ
    पैसा होईन अभाव जिन्सी राहत गर्जो भरौँ ।
    ✍️ इन्दु श्रेष्ठ
    चितवन
    [४२]
    दैबले पनि के देख्यो खै अन्धकार थियो माथि
    भुकम्पले ध्वस्त पार्यो न जोगाउने थियो साथी।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा १० मोरङ
    [४३]
    १.
    फेरि पनि गरिबकै दुख पाउने पालो आयाे
    सरकारले न त टालो न दु:खकाे छानाे छायाे ।
    २.
    जाजरकोट र रुकुमतिर ठुलो क्षति भयो
    धन जन स्वहा भएर घरबार पनि गयो ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरना
    [४४]
    १.
    विध्वंश भएको बेला, असहायको साथ हुनु
    विपनामा बिचल्ली हुनेलाई हात बढाउनु ।
    २.
    विलाप र बिस्मातको घडीमा सहायता गरौँ
    बिसेक बनोस् घाउ त्याे दया मायाको भाव भरौँ।
    ✍️ माेती सुब्बा
    दार्जिलिङ
    [४५]
    १.
    चारैतिर छायाे रुवाबासी भूकम्पले गर्दा
    मिल्न सक्छ दु:खमा राहत हामी अघि सर्दा ।
    २.
    प्रकृतिलाई के नै पाे गर्न सकिन्छ र ?
    पीडितलाई मद्धत अब अघि सर ।
    ✍️ पुनिता चाैधरी
    सुरुन्गा न.पा.११, महेशपुर सप्तरी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘भूकम्प पीडितलाई सहयाेग गराैँ’ विषयक विशेष टुक्का कविता लेखन अभियान- १००

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५२

  • १९ कार्तिक २०८०, आईतवार २२:५६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- पचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०७/१६ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५२[ बाउन्नौं] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~
    पञ्चाङ्ग:०१
    प्रकृतिकाे माझ छाँया आमाकाे ।
    हरित रंगकाे काया आमाकाे।
    हत्केलामा राखेर उठाउँदै,
    न दायाँ छ न त बायाँ आमाकाे।
    त्याे वात्सल्य अनि माया आमाकाे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    कलाको सदुपयोग गरिएको छ।
    फूलका सजावटले भरिएको छ।
    बिरुवामा आमाको माया झल्काएर ,
    सुन्दरता अझ धेरै छरिएको छ।
    हरियालीले सौन्दर्य खरिएको छ।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०३

    नवीन शिल्पले जादु गरेको देखिन्छ।
    फूलैफूलले सौन्दर्य छरेको देखिन्छ।
    त्यसैमा विभिन्न आकृतिहरू बनाई,
    मनमोहक कला भरेको देखिन्छ।
    हेर्नुस् आमाले बालक धरेको देखिन्छ ।

    ✍श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०४
    बगैंँचामा मानव भरेको चित्र ।
    हरियालीले सधैंँ हरेको चित्र ।
    आमाको मायाले प्रफुल्ल पुत्र छन्,
    आमासँग लौ फेला परेको चित्र ।
    मान्छे भित्र हरियो छरेको चित्र।

    • बेदु न्यौपाने, काठमाडौँ ❤️

    पञ्चाङ्ग:०५
    मानिसले जस्तै बच्चालाई माया गरेको देखिन्छ।
    जो कोहिले देख्दा काँडोमा सिपले भरेको देखिन्छ।
    सिपालु भएर देखाइ कला मौलाएको राम्रो हो,
    आमाले मिठो सन्तानमा सुवास छरेको देखिन्छ ।
    बच्चाको प्यारमा कलाकार पनि परेको देखिन्छ।
    -दस्ता कौशिक,पाँचथर।

    पञ्चाङ्ग:०६

    अनेक सजावट बनाउन थालेका छन्।
    प्रकृतिलाई कृतिम रुपमा ढालेका छन्।
    हस्त मस्तिष्क चलायमान गराउँदा मूर्त,
    मौन वचन र कर्म यथार्थ पालेका छन्।
    हरदम सफलता कदम चालेका छन्।
    १
    आमाको माया जस्तोसुकै समयमा खनाउने आमा ।
    जवानीले काट्दा एकदम बालक जनाउने आमा ।
    हर दुख पीडा लुकाएर ममता खन्याउने तिमी
    उत्साह हिम्मत र हौसलाका खानी खनाउने आमा ।
    पहलसँगै उत्कृष्टता छुन सक्ने बनाउने आमा ।
    २
    जमुना आचार्य सिन्धुपाल्चोक

    पञ्चाङ्ग:०७

    आमामा भएकाे माया खनिएकाे छ ।
    मुटु भन्दा प्याराे बच्चा बनिएकाे छ।
    कृतिम झल्काे आवरणमा भएनि,
    चित्रकलामा नै प्रष्ट भनिएकाे छ।
    सफल र याेग्य देह जनिएकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग०८
    आमाको माया अपरम्मपार छ।
    आमा भएर जीवनमा सार छ।
    आमा नै जननी दाता यो सृष्टिको,
    पालनपोषणको ठुलो भार छ।
    तर देखिँदैन उनीमा हार छ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९

    प्रकृति नै आमा हुन् रम्छिन् हाँसेर।
    सन्तानको मायामा दम्छिन् हाँसेर।
    हराभरा वन हेर्दै रमाउने,
    जिन्दगीको खुसी यो गम्छिन् हाँसेर।
    कर्म धर्म ठानेर जम्छिन् हाँसेर।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१०
    मन भित्र वेदना कति हो कति जलाउँछिन् आमाले।
    आफ्नो हाँसोलाई मासेर ममता फलाउछिन् आमाले।
    रोकिदैन वात्सल्य प्रेम त आमाको एकैछिन पनि,
    सन्तानको लागि आफ्ना खुशीहरु ढलाउछिन् आमाले।
    ईश्वरले घुमाए नि पृथ्वी सृष्टि चलाउछिन् आमाले।
    पाशपति राई

    पञ्चाङ्ग:११
    यसरी ममता जगाए आमा।
    मैले जतिपनि मगाए आमा।
    ममतामयी हुन्छन् आमाहरू,
    सुताउन गीत लगाए आमा।
    मेरो रिसलाई भगाए आमा ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:१२
    ममताकी प्रतिमुर्ती यी आमा हुन्।
    बालक बचाउन सधैंँ धामा हुन्।
    आमा बिना संसार हुन्छ अधुरो,
    सदैव सिँगार्ने भोटो र जामा हुन्।
    स्तनपानले पुष्ट पार्ने रामा हुन्।

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:१३

    माया र ममताको खानी आमा हुन्।
    समान व्यवहारको दानी आमा हुन्।
    आमा बिनाको संसार अँध्यारो लाग्छ,
    अत्याचारिको सदैव हानी आमा हुन्।
    सन्तानको यी आँखाको नानी आमा हुन्।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ५२

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P