• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

ठोरीको वृद्ध–वृद्धा आश्रमलाई मासिक सहयोग निरन्तर

  • १९ माघ २०८२, आईतवार ०९:५५ मा प्रकाशित

  • उमेश कुशवाहा
    बिरगंज, १८ माघ

    उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाजस्तै यस महिनामा पनि ठोरी गाउँपालिका वडा नं. १, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि आवश्यक दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।

    आश्रममा आश्रित १७ जना लाभार्थीहरूको उपभोगका लागि चामल ९० किलो (३ बोरा), सोयाबिन १० किलो (१ बोरा), चिउरा १० किलो, खाने तेल ५ लिटर, मसुरो दाल ५ किलो, रिफाइन तेल ४ लिटर, नुन ५ किलो, लेडिज चप्पल, साबुन १० पिस, ट्राउजर, टी–सर्ट, फलफूल तथा मिठाईलगायतका दैनिक आवश्यक सामग्रीहरूको व्यवस्था गरिएको थियो।

    सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई बोलाई संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले उक्त सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।

    कार्यक्रममा बोल्दै संस्थाका पदाधिकारीहरूले समाजका असहाय तथा कमजोर वर्गको सेवा गर्नु नै उपकार सेवा नेपालको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उपकार सेवा नेपालले विगतदेखि नै प्रत्येक महिना नियमित रूपमा आश्रमका लागि आवश्यक सामग्री सहयोग गर्दै आएको छ, जसले आश्रम सञ्चालन तथा आश्रितहरूको दैनिक जीवनयापनमा महत्वपूर्ण सहयोग पुगिरहेको आश्रम पक्षले जनाएको छ।

    Posted in ताजा अपडेट

    एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम, १ सय ३५ जना सेवाग्राही लाभान्वित

  • ५ माघ २०८२, आईतवार ०८:२३ मा प्रकाशित
  • दाङ, माघ ३
    दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङले दिवङ्गत आमा पार्वता पाण्डेको तेस्रो पुण्यस्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
    कार्यक्रममा स्थानीय १ सय ३५ जना सेवाग्राहीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण गरिएको थियोे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुद्धिजीवी शशिधर भण्डारी, मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानका अध्यक्ष देवी पाण्डे, संरक्षक सुरेशकुमार पाण्डे लगायतका साहित्यकार, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

    स्मृतिशेष आमा पार्वता पाण्डेको सम्झनामा स्थापित पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष खडा गरेर वार्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्नु, असी वर्ष पार गरेका वृद्धवृद्धालाई सल ओढाएर सम्मान गर्नु जस्ता कार्य मुख्य रहेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम सम्पन्न

  • २९ पुष २०८२, मंगलवार १५:१५ मा प्रकाशित

  • काठमाडौँ, पौष २६ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य
    लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।

    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो ।
    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो ।
    कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।

    कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो ।
    ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् ।
    प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् ।
    समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्‍याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् ।
    यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।

    ‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो ।
    साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो ।
    सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।

    कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
    अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो ।
    ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.कपिल लामिछाने, प्रा.डा. विदुर चालिसे, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.हरिप्रसाद भण्डारी, डा.पारसमणि दंगाल, त्रिपुरा पोखरेल खरेल, अवधेश सिंह, हेमराज अधिकारी, महेश प्रसाईं, इन्दिरा गौतम, कुमार काफ्ले, चक्रपाणि भट्टराई, गंगादेवी शर्मा, डा. टीकाराम पोखरेल, प्रा.डा.खेमराज खनाल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, सत्यजीत, लोकनाथ पुडासैनी, महेन्द्र न्यौपाने, मीठू कुमारी पाठक, प्रार्थना खनाल, जीविका अश्रु, सुरेशकुमार पाण्डे, तुलसी पण्डित, पुण्य कोइराला, रेवतीरमण सापकोटा, आयुष बडाल, प्रतीक्षा पौडेल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग: १४९

  • २६ पुष २०८२, शनिबार १०:५५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नपचासौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/०९/१७

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४९[एकसय उनन्पचासौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१

    शिरमा टोपी ढल्केको छ

    विश्वले हेर्न पल्केको छ

    शुभकामना छ आजको,

    नेपालीपन झल्केको छ

    आज पोशाक टल्केको छ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग :०२

    शिरमा यो ढाकाटोपी लगाएको छ

    आन्दोलनमा जेनजी भगाएको छ

    अफ्नो संस्कार संस्कृति जगेडा राखौँ,

    हाम्रो नेपाली पोसाक रमाएको छ

    देश चन्द्र सूर्य झण्डा थमाएको छ।

    ✍️ वेदु न्यौपाने

    पञ्चाङ्ग:०३

    नेपालीको शिरकाे पोशाक टाेपी हाम्रो
    सदाकाल धीरकाे पाेशाक टाेपी हाम्रो
    नेपालीत्त्वकाे चिनारी विश्व आँगनीमा,
    स्वाभिमान हाे थिर पाेशाक टाेपी हाम्रो
    लागाए हुन्न पीर पाेशाक टाेपी हाम्रो ।
    प्रद्युम्न चालिसे
    -भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०४
    जताततै बम अनि बारुद पड्किएको सुनिन्छ
    खोइ!शान्ति सुरक्षा जहाँपनि खड्किएको सुनिन्छ
    हेल्मेट भित्रै पनि टाउको फुटिसक्यो दुनियाँको,
    नेपालीको भने ढाकाटोपीमै अड्किएको सुनिन्छ
    मुटु पनि हाम्रो ढाकाटोपीमै धड्किएको सुनिन्छ।
    -पशपती राई खोटाङ।

    चित्रपट पञ्चाङ्ग-०५
    अक्षर-१५

    नेपालको शान ढाकाटोपी भनेर मानौँ
    संस्कृतिको जगेर्नामा सभ्य बनेर मानौँ
    हो नेपालीले बुझ्नु पर्छ हाम्रो पहिचान,
    सिमानामा किल्ला गाड्नलाई खनेर जानौँ
    अैाँलाले भ्याए जति संस्कार गनेर जानौँ।

    -दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४८

  • २६ पुष २०८२, शनिबार १०:५२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयअठचालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/०९/१०

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४८[एकसयअट्चालिसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१

    चरीले शिर घुमाएको छ

    कसैले दृश्य गुमाएकाे छ

    देख्दा आहा मनै लभ्याउने,

    माेहक दृश्य चुमाएकाे छ

    मानिसलाई झुमाएको छ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    जस्तो सुन्दरताको फुलमा फुलेकोछ चरा

    वरिपरि घुमीघुमी सधैं डुलेकोछ चरा

    रमाउने चराचुरुङ्गी प्रकृतिको प्यारो ठाउँ ,

    जङ्गलमा रमाई कराउँदै घुलेकोछ चरा,

    हावा र पानी सहेर पनि चुलेको छ चरा।

    -दुर्गा आचार्य

    मोरङ

    पञ्चाङ्ग :०३
    रङ्गी बिरङ्गी रुपले डुलेको चरी
    चिसो तातो क्यै नभनी भुलेको चरी
    सहेर कति प्रकृति सँग बस्दछ ,
    सारा संसार उड्दा नै खुलेको चरी
    प्रकृतिमै रमाउँदै झुलेको चरी ।
    ✍️ वेदु न्यौपाने
    काठमाडौँ 🙏 🌹🌹

    पञ्चाङ्ग:०४
    “””””””””
    प्रकृतिमा सबैकाे रक्षित सास हुन्छ राजै
    यस धरामा चराचरकाे बास हुन्छ राजै
    तव असंख्य फूल फुलेको कति रमाइलो ,
    रुखकाे डालीमा चिरिबिरी खास हुन्र राजै
    रुखबिरुवा नभए चरा गुँड नाश हुन्छ राजै।
    -प्रधुम्न चालिसे

    पञ्चाङ्ग-०५
    सुखी होला कि दु:खी होला भन यो बनको चरी
    भुर्र उडेर डुल्छ रनबन यो बनको चरी
    जहाँ भेट्छ पाकेको फल खाएर सन्तुष्ट हुन्छ,
    मान्छेको झैँ कहाँ छ लोभी मन यो बनको चरी
    सुन्दर रूप छ प्रकृतिको छैन धन यो बनको चरी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४७

  • २६ पुष २०८२, शनिबार १०:४९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसच्चालीसौंमा हामी पुगेका छौं।
    “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसच्चालीसौंमा हामी पुगेका छौं।।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/०९/०३

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४७[एकसय सच्चालिसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~
    पञ्चाङ्ग:०१
    फूललाई हर ठाउँ फुल्नु पर्ने रहेछ
    यही जीवन जगतमा डुल्नु पर्ने रहेछ
    भित्रभित्र रोएर बाहिर खुसी देखिनु,
    आफ्नो पीडा लुकाएर खुल्नु पर्ने रहेछ
    चारैतिर वास्ना छर्न घुल्नु पर्ने रहेछ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-०२

    फूलको जीवनलाई जहाँपनि फुल्नु पर्दोरहेछ

    यही जीवन मौरी बनी जगत डुल्नु पर्दोरहेछ

    रुन मन लाग्दा पनि हाँसिदिनै पर्ने संसारलाई

    लुकाएर दु:खपिडा जगतमा खुल्नु पर्दोरहेछ

    जताततै सुवास छर्न हावामा घुल्नु पर्दोरहेछ।

    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग०३


    फुल के हो एक पटक त फुलाएर हेर
    फुलबारीमा त्यो मनलाई भुलाएर हेर
    घरको एउटा सौन्दर्य हो फुल भन्ने चिज,
    कौशीको वरिपरि डालीमा झुलाएर हेर
    घरको सुन्दरतामा आँखा डुलाएर हेर।


    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामो झापा
    ॐ
    पञ्चाङ्ग;०४
    “””””””””
    जहाँ फुलेकाे हुन्छ फूल साथी
    त्यहाँ भमराे हुन्छ हुल साथी
    फूल धराकाे सुन्दर गहना
    शान्ति लिन बगैँचा डूल साथी
    रङ्गिचङ्गी बागमा खुल साथी ।
    प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला भाग- १७७

  • २६ पुष २०८२, शनिबार १०:४७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय सतहत्तरऔं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७७———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/२९

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    कर्म गर फलको आश नगर

    प्यास लाग्दा जलको आश नगर।

    हाँसो खुसीमा हजारौं हुन्छन् यहाँ,

    दुःख पर्दा दलको आश नगर

    बलियाको बलको आश नगर।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देश समृद्धिकाे नारा भित्र जलेकाे छ हजुर
    सुशासन प्रतिबद्धताले छलेको छ हजुर
    भनाइ गराइएको तारतम्य नमिलेपछि ,
    कलिमा त! मनुष्यमा पाप फलेको छ हजुर
    विश्वमञ्चमा पू्र्खाको सान ढलेकाे छ हजुर ।
    -प्रद्युम्न चालिसे
    पञ्चाङ्ग-०३
    यो बाटो गलत छ अझै अघि जान्छु नभन
    आफू मात्रै हैन अरूलाई नि लान्छु नभन
    लक्ष्यमा पुग्न सही मार्ग चुन्नुपर्छ पहिला,
    यहीँबाट लक्ष्यलाई झटारो हान्छु नभन
    भुइँमा बसिबसि मिठो फल खान्छु नभन।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १७६

  • २६ पुष २०८२, शनिबार १०:४५ मा प्रकाशित
  • ॐ”पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय छयाहत्तरौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७६———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/२२

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    फाटेको मन सिएर हिँड्नु परेको छ

    मुटुमा आगो दिएर हिँड्नु परेको छ।

    एकदिन मरेर जाने मानव शरीर,

    मान्छे टक्कर लिएर हिँड्नु परेको छ

    कहिले रक्सी पिएर हिँड्नु परेको छ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फाटनु जति फाटी सक्दा उधार्दै पनि टाल्नुपर्छ,
    हारहरू जति खादै यहाँ आशा बनी पाल्नुपर्छ
    किन आँखाहरू रसायनी मन मुटु टुक्रिएनी,
    सधैँ खुसी धेरै देखाएर पीडा भनी पाल्नुपर्छ
    डाँडा र काँडा पन्छाउदै पाइला गनी चाल्नुपर्छ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३

    हिमाल हुन जमेको चिसाे हिउँ हुनुपर्छ
    हात्ती कहलाउन विशाल जीउ हुनुपर्छ
    फल त्यतिकै लाग्दैन माटो खनेर दिनहुँ ,
    राम्रो फसल लिन असल बिउ हुनुपर्छ
    सेलराेटी पकाउन तेल,घिउ हुनुपर्छ ।

    -भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग०४
    “””””””””
    जातपात लेखिएको छैन वेदमा साथी
    ईश सृष्टि पलाएको हैन फेदमा साथी
    कामकाे आधारमा गरेकाे हाे विभाजन,
    जन्मेको आधार जात मान्नु खेदमा साथी
    हाम्रो अक्षम्य ठुलो पाप छ भेदमा साथी।
    -प्रधुम्न चालिसे
    पञ्चाङ्ग-०५
    हिजोआज जोपनि जीउ छाडेर बोलेको देखिन्छ
    आफ्नालाई बचाउन अरुलाई पोलेको देखिन्छ
    सत्यतथ्य के हो सुन्ने फुर्सद कसलाई पो छ र?
    उसै त रूखो बोली त्यसैमा विष घोलेको देखिन्छ
    अन्त्यमा बोल्दाबोल्दै आफ्नै धोती पो खोलेको देखिन्छ ।

    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४६

  • २६ पुष २०८२, शनिबार १०:४२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय पैंतालीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:- २०८२/०८/२५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४६[एकसयछ्यालिसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे

    सुशीला पाैडेल

    चित्र संकलन


    सुशीला पौडेल

    संकलन

    सुशीला पौडेल

    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण


    भवानी घिमिरे

    पशपती राई

    संरचना


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी

    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

    पञ्चाङ्ग:०१

    ठूलो वृक्ष नेपालको धरामाथि देखियो

    घाम,हावापानी झेल्दै जरा माथि देखियो

    प्रकृति देन पनि अजीब हुँदो रहेछ,

    अन्धकारले छोप झैं गरा माथि देखियो

    कतिको भलो गरेको चरा माथि देखियो।

    पञ्चाङ्ग:०२

    यसियामै सबै भन्दा ठुलो वृक्ष मानिएको छ यहाँ।

    रुपन्देही जिल्लामा पर्छ रे भन्ने जानिएको छ यहाँ

    यस वृक्षको अवलोकन गर्न देश विदेशदेखि

    लामेताँत लागेर मानिसहरु तानिएको छ यहाँ

    यस वृक्षमा भगवानको बास ठानिएको छ यहाँ।

    -मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार

    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३

    यति ठूलो वृक्ष नेपालको धरामाथि

    हावापानी थेग्दै उभिएछ जरामाथि

    एशियाको नमूना हो प्रकृतिको देन,

    अन्धकार हुन्छ होला यसै गरामाथि

    धेरै नै भलाई गरेको छ चरामाथि।

    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४

    नेपालमा सबैभन्दा ठुलो रूख मानिन्छ यहाँ

    यहाँ भगवानको प्रतीक पनि ठानिन्छ यहाँ

    रहरलाग्दो प्रकृतिको अनुपम रहरमा

    हेर्न हरेक देश विदेशबाट तानिन्छ यहाँ

    ठुलो वृक्ष वनस्पतिको रुपमा जानिन्छ यहाँ।

    -दुर्गा आचार्य

    मोरङ

    पञ्चाङ्ग:०५

    ठुलो रुख चौतारीमा तपि रहेछ

    सेवा गर्न पाऊँ भन्दै जपी रहेछ

    एकनास देखिन्छ हिउँद,बर्षामा ,

    अनेकन दुःख सुख खपी रहेछ

    लामोआयु उसैको नै थपी रहेछ ।

    -भवानी घिमिरे

    सर्लाही ।

    पञ्चाङ्ग-०६
    यो विशाल वृक्षले कति घाम र कति पानी छेल्यो होला
    यसका हाँगा-हाँगा आएर पशुपन्छी कति खेल्यो होला
    बोल्न सक्ने भए भन्ने थियो कहानी बोल्न नसकेर पो,
    कति आयो हावाहुरी कस्ता समय यसले झेल्यो होला
    यति लामो आयु जिउन जरा यसले कति जेल्यो होला।

    -पशपती राई खोटाङ ।
    ॐ
    पञ्चाङ्ग०७
    “”””””””””
    वस्तु अड्नलाई त! आड धरा चाहिन्छ
    विरुवा फैलन मल जरा चाहिन्छ
    जात र संस्कार हाम्रो पहिचान हाे,
    रुखकाे डालीमा गुँड चरा चाहिन्छ
    उब्जनी सप्रन जल गरा चाहिन्छ ।
    -प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १७५

  • २६ पुष २०८२, शनिबार १०:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपचतरौऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१७५———-

    विधा :- पञ्चाङ्ग

    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

    मिति:- २०८२/०८/१५

    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल

    गुणनिधि घिमिरे

    सुशीला पौडेल

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    भवानी घिमिरे

    पशपती राई

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    =====

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]

    अनुप्रास :- आफुखुसी

    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१

    देखिन र देखाउन जान्नु पर्छ यहाँ

    आफू आफैंलाई ठूलो मान्नु पर्छ यहाँ

    सारथि हुँ बाँचुन्जेल खलियान मेरै,

    खुट्टा तान्ने दुष्ट गुरु तान्नु पर्छ यहाँ।

    नेतृत्व पाए प्रगति ठान्नु पर्छ यहाँ ।

    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    फुलाएर फूल अरू झर्न दिन्न

    लगाएर जल पनि मर्न मर्न दिन्न

    अति राम्रो हुने फूल मुस्कुराए,

    भँमराको हूललाई पर्न दिन्न

    कसैले चुडाल्न खोजे हर्न दिन्न।

    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३

    उतार चढावको खालीपन पालेपछि

    जीवन नै सम्झनाले भरिन थालेपछि

    जितेको संसार फेरि हारेको जस्तै लाग्छ,

    शान्ति र स्थिरता जीवनबाट फालेपछि

    बदलिँदो चाला नै दिलभित्र हालेपछि ।

    ✍️अच्युत घिमिरे,

     सर्पाङ, भुटान🇧🇹

    ॐ

    पञ्चाङ्ग:०४

    “””””””””

    गरियो काराेबार लाखाैैं लाख महाेदय

    तर रहेन आज मेराे साख महाेदय

    विधिवत् पदीय आचरण नगर्दा खेरि

    जीवनको पूर्ण आम्दानी राख महाेदय

    आखिर मेराे जाेगिएन नाख महाेदय ।

    -प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०५

    आँसुको भेलै भेलमा रहेछ यो जिन्दगी

    बुझ्नै कठिन खेलमा रहेछ यो जिन्दगी

    अनेकौं चोट बोकेर यसरी बग्नुपर्ने

    हो जन्जालको मेलमा रहेछ यो जिन्दगी

    कैयौँ नाटकको झेलमा रहेछ जिन्दगी ।

    -दुर्गा आचार्य

    मोरङ

    पञचाङ्ग::०६


    आगोले तन जलायो धुँवासँग किन गुनासो गर्नु

    धनले मन जलायो बुवासँग किन गुनासो गर्नु

    सधैं गुनासो तैपनि समय अनुसार गरे हुन्थ्यो ,

    जरुवाको पानी सुक्यो कुवासँग किन गुनासो गर्नु

    सिरकनै पातलो छ रुवासँग किन गुनासो गर्नु।


    -मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार

    बिर्तामोड झापा

    पञ्चाङ्ग-०७
    केही नबोली बस्दा पनि
    कुँडिन्छ मन कसो गरुँ
    बोलेर सम्झाउँदा पनि खुँडिन्छ मन कसो गरुँ
    लुगा भए सिएर गाँस्न हुन्थ्यो मान्छेको मन पर्यो,
    बल्ल यता गाँस्यो त उता चुँडिन्छ मन कसो गरुँ
    जसो गरे पनि मिल्दैन मुडिन्छ मन कसो गरुँ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P