• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

एक घर – एक धाराले सिपापोखरे मिजारटोलमा ल्यायो खुशियाली

  • २६ भाद्र २०७७, शुक्रबार १३:१३ मा प्रकाशित
  • सुशील सुबेदी, २६ भदौ २०७७

    सिन्धुपाल्चोक जिल्ला ईन्द्रावती गाउँपालिका वडा नं.७ मिजारटोलका १९ घरधुरीमा अहिले निकै खुशियाली छाएको छ । विगतका दिनहरुमा खानेपानीको समस्या झेल्दै आएका मिजार टोल वासि हिजो आजखानेपानीको पहुँच र सुविधाले हर्षित भएकाछन्् । सेवक नेपाल द्धारा सिन्धुपाल्चोक जिल्लामा संचालित आशा कार्यक्रमले १९ घर धुरी लाई समेटी एक घर एक धारा निर्माण गरेपछि मिजार टोल वासि लाई अहिले खानेपानीको समस्या वाट मुक्ति मिलेको ईन्द्रावती गाउँपालिका वडा नं. ७ का अध्यक्ष विर वहादुर तामाङले बताउनु भयो ।

    विगतका दिनहरुमा खुल्ला मुहान बाट सिधै पाईप जोडेर सार्वजनिक रुपमा असुरक्षित खानेपानीको प्रयोग गरिरहेको र केहि घर धुरीले आफ्नो व्यक्तिगत पाईप मुहानमा जाडेर खानेपानी प्रयोग गर्दै आई रहेका थिए । जसका कारण वेलावेला पाईप जोड्न जानुपर्ने, पाइप काटीने अनि पानी सार्वजनिक भएकोले पानी लिन जान समय लाग्ने र मुहान खुल्ला भएका कारण पानी प्रदुशित हुने गरेको हे मिजारटोल खानेृेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव गोकुल तामाङले बताउनुभयो ।अव्यवस्थित र असुरक्षित पानी को प्रयोगले वेलावेला पखाला ,रुघा खोकि,पेट दुख्ने र ज्वरो जस्ता पानी जन्य रोगदेखिने गरेको र पानी प्रयाप्त मात्रामा नभएका कारण चर्पि र घरको सरसफाईमा पनि निकै कम पानीको प्रयोग हुन्थ्यो । हामीले खानेपानीको समस्या समाधानकालागी वेला वेला विभिन्न संघ संस्था र स्थानिय निकायलाई गुहारे पनि कहि कतै केहि शिप नलागे पछि वडा अध्यक्ष श्री बिर बहादुर तामाङको सकृय समन्वयमा सेवक नेपाल आशा कार्यक्रमको सहयोगमा एक घर एक धारा निर्माण भए पश्चात अहिले खानेपानीको पहुँच घरघरमा पुगेका कारण व्यक्तिगत सरसफाई देखि घरायसि सरसफाई सम्म निकै परिवर्तन भएको छ, । खास गरि पहिला भाँडा माझ्ने स्थान फोहर हुन्थ्यो अहिले भाँडा माझेर सुकाउने स्थान सम्मको व्यवस्था गरिएको छ । खासमा भन्नु पर्दा पहिला पानीको कारण पाएको दुःख सम्झदा अहिलेनै हो जस्तो लाग्छ तर अहिले सेवक नेपाल द्धारा संचालित आशा कार्यक्रमले पानीको दुख भुलाई दिएको छ अहिले निकै सुविधा छ पानी हेर्ने हेरालो राखेका छौ मर्मत संभार कोषको स्थापना गरेका छौ भन्नुहुन्छ समितिका अध्यक्ष श्री प्रज्वल तामाङ।

    अहिले खानेपानीको सुविधा भएपछि मिजार टोल वासिको समयमा पनि वचत भएको छ पानी लिन जानको लागी लाग्ने समय अन्य घरायसी काममा उपयोग हुन थालेको छ धारा छेउमा भाडा सुकाउने स्थान पनि भएकोले प्रत्येक घरले भाडा सफा गरेर सुकाउने बानीमा विकास भएको छ । अहिले प्रत्येकले आफ्नो धारामा सावुन राख्ने गरेका छन् जस्ले घरका सवैघर परिवारको सावुन पानीले हातधुने वानीमा निकै परिवर्तन आएको कार्यक्रम सम्योजक कुमार भट्टराइले जानकारी दिनुभयो । ।
    समग्रमा भन्नु पर्दा अहिले मिजार टोल वासि खानेपानीको सुविधाले निकै खुशि देखिन्छन् सामान्य पानीको कारण हुने आपसि विवाद पनि अहिले साम्य भएर गएका छन् । सवैको चर्पिमा पानीको व्यवस्था हुने गरेको छ भने,विभिन्न सामाजिक कार्यमा पानीको निकै अभाव खड्किन्थ्यो र पानी नै नपुग जस्तो हुन्थ्यो तर अहिले आएर त्यो समस्या समाधान भएको छ ।एक घर एक धाराले यस टोलमा एक खालको नयाँ विकास संगै परिर्वननै ल्याई दिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एक घर – एक धाराले सिपापोखरे मिजारटोलमा ल्यायो खुशियाली

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २५ भाद्र २०७७, बिहीबार २३:५९ मा प्रकाशित
  • काठमाडौं, २५ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । आज मात्र १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    ईलामका २ जना
    उदयपुरका २ जना
    खोटाङका १ जना
    झापाका ११ जना
    पाँचथरका ४ जना
    संखुुवासभाका २२ जना
    भोजपुरका ३ जना
    मोरङका १६ जना
    सुनसरीका २३ जना

    प्रदेश २ मा
    धनुषाका २७ जना
    पर्साका ११ जना
    बाराका १७ जना
    रौतहटका २ जना
    सप्तरीका ३५ जना
    सर्लाहीका ४२ जना
    सिराहाका १ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ४९५ जना
    चितवनका १८ जना
    काभ्रेपलान्चोकका ३६ जना
    दोलखाका ३ जना
    धादिङका ३ जना
    नुवाकोटका १ जना
    भक्तपुरका ३४ जना
    मकवानपुरका ३५ जना
    रामेछापका २ जना
    ललितपुरका ४३ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २१ जना
    गोरखाका १ जना
    तनहुँका ५ जना
    नवलपरासी पूर्वका ८ जना
    पर्वतका २ जना
    लमजुङका १ जना
    बागलुङका ९ जना
    स्याङजाका १२ जना

    प्रदेश ५ मा
    अर्घघाखाँचीका २ जना
    कपिलवस्तुका ४४ जना
    गुल्मीका ७ जना
    दाङका ४ जना
    नवलपरासी पश्चिमका ३७ जना
    पाल्पाका २९ जना
    बर्दियाका १० जना
    बाँकेका ७० जना
    रुपन्देहीका ५१ जना
    रोल्पाका १ जना

    कर्णाली प्रदेशमा
    रुुुुकुम पश्चिमका ६ जना
    सल्यानका ६ जना
    सुर्खेतका ५ जना

    सुदूरपश्चिम प्रदेशमा
    कैलालीका २१ जना
    डोटीका १ जना
    बाजुराका १ जना
    बैतडीका १ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    आज १ हजार २ सय ४६ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुग्यो

  • २५ भाद्र २०७७, बिहीबार २३:०७ मा प्रकाशित
  • काठमाडौ, २५ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ४४ र महिला ४ सय ०२ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८ सय ०६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ५ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष ४ जना रहेका छन । मृत्यु हुनेमा बागमती प्रदेशमा ४ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय १७ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार २ सय १८ जना, प्रदेश नं. २ मा १० हजार १ सय ५२ जना, बागमती प्रदेशमा ६ हजार ०७ जना, गण्डकी प्रदेशमा २ हजार ७७ जना, प्रदेश नं. ५ मा ६ हजार १ सय ३३ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ४ सय ४८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४ सय ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ७४ जना, प्रदेश नं. २ मा २ हजार १ सय ४५ जना, बागमती प्रदेशमा २ हजार ४ सय ५७ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ६ सय ०३ जना, कर्णाली प्रदेशमा ९० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ६९ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार १० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय ७२ जना, प्रदेश नं. २ मा ४ सय २५ जना, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ जना, गण्डकी प्रदेशमा ७ सय ५३ जना, प्रदेश नं. ५ मा १ हजार ४५ जना, कर्णाली प्रदेशमा २ सय ७२ जना, र सुदुरपश्चिम प्रदेशमा ५ सय ०४ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ८ सय ०६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ८६ जना, प्रदेश नं. २ मा ५ सय १५ जना, बागमती प्रदेशमा ४ सय ५० जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ७३ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६५ रहेको छ । जसमा प्रदेश न.१ मा ४ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय ५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २१ जना रहेका छन । जसमा वागमती प्रदेशमा २० जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ५ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ८० लाख २९ हजार ६ सय ०८ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख १५ हजार १ सय ६२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख ८ हजार ५० पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड १ लाख ६ हजार ३ सय ९६ जना रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज १ हजार २ सय ४६ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुग्यो

    सुरक्षामा खटिएका सप्तरीका एसपी र डिएसपीमा पनि कोरोना पुष्टि

  • २५ भाद्र २०७७, बिहीबार १९:३४ मा प्रकाशित
  • बिहीबार आएको पिसिआर रिपोर्टअनुसार जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रहरी उपरीक्षक(एसपी) र प्रहरी नायब उपरीक्षक(डिएसपी) कोरोना पोजेटिभ पाइएको छ। 

    गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल प्रयोगशालामा गरिएको पिसिआर परीक्षण रिपोर्टमा एसपी राजेन्द्रप्रसाद धमला र डीएसपी तिलक भारतीमा कोरोना पोजिटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्याल्य सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

    एसपी धमला दुईसाता अघि मात्र सरुवा भएर सप्तरी हाजिर भएका हुन। डीएसपी भारती सरुवा भएर काठमाडौं जाने तयारीमा थिए। एसपी धमला जिल्ला संकट व्यवस्थापन केन्द्र, जिल्ला सुरक्षा समिति लगायतको बैठकमा सहभागी हुँदै आएका थिए।

    जिल्लाका पत्रकारसँग परिचयात्मक कार्यक्रममा उनले कुराकानी गरेका थिए। संक्रमण पुष्टि भएपछि उनीहरु कार्यालय भित्रै होम आइसोलेसनमा बसेको स्वास्थ कर्यालयले जनाएको छ। नागरिक

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सुरक्षामा खटिएका सप्तरीका एसपी र डिएसपीमा पनि कोरोना पुष्टि

    प्रदेश न. ५ का यातायात सङ्गठन द्वारा असाेज १ गते देखि सार्वजनिक यातायात सञ्चालन गर्ने

  • २५ भाद्र २०७७, बिहीबार १८:५२ मा प्रकाशित

    सुरेन्द्र बुढाथाेकि
    तुलसिपुर २४ भाद्र
    नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश न.५ ले सम्पुर्ण मजदुर तथा यातायात व्यवसायिहरुलाइ तयार भइ बस्न एक प्रेस विज्ञप्ति मार्फत अाग्रह गरेकाे छ ।

    विश्वमा महामारी रुपमा रहिरहेकाे काेराेना भाइरस काेभिड १९ का कारण हाल यातायात व्यवसाहिहरु ठुलाे मारमा परिरहेका छन् । लामाे समयकाे लकडाउनका कारण यातायात व्यवसायीहरुले अाफ्नाे गाडिकाे किस्ता समेत तिर्न , घर खर्च तथा अन्य खर्च चलाउन कठिनाइ भइरहेकाे छ ।

    अझ नेपाल सरकारबाट उनिहरुकाे समस्या समाधान गर्न केहि राहतकाे प्याकेज उपलब्ध नहुदा उनिहरुकाे अवस्था विकराल बन्देे गएकाे छ । यस विषम परिस्थितिमा यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर सङ्घ सङ्गठनका केन्द्रिय कमिटिकाे सम्युक्त बेेठकले यहि असाेज १ गते विश्वकर्मा पुजाकाे दिन देखि अाफ्ना सार्वजनिक सवारी साधनहरु सञ्चालनमा ल्याउने सुचना जारि गरि सरकार समक्ष सवारि साधनहरुलाइ सहज तरिकाले सञ्चालन गर्ने वातारण मिलाइदिन अाग्रह गरेकाे छ ।

    अन्यथा अान्दाेलन गर्ने वाध्यता बाहेक अन्य विकल्प नरहेकाे सङ्गठन काे भनाइरहेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


    Posted in ताजा अपडेटLeave a Comment on प्रदेश न. ५ का यातायात सङ्गठन द्वारा असाेज १ गते देखि सार्वजनिक यातायात सञ्चालन गर्ने

    अमेरिकामा पुरै सहर दिउँसै अन्धकार

  • २५ भाद्र २०७७, बिहीबार १०:३८ मा प्रकाशित
  • क्यालिफोर्निया, अमेरिका ९ सेप्टेम्बर । संयुक्त राज्य अमेरिकाको विभिन्न सहरमा बुधबार एक्कासी अन्धकार छाएको छ । क्यालिफोर्निया राज्यको मुख्य सहर सानफ्रान्सिस्कोमा यतिवेला रातझैं अध्यॉरोले ढाकेको छ ।

    दिउँसोको २ बजिसक्दा समेत दिनरात छुट्याउन करीव-करीव कठिन देखिएको छ । सूर्य उदायको हो या होइन भन्ने कुरा विहानीको त कुरै छोडौं मध्यान्हलेसमेत कुनै संकेत गर्न सकिरहेको अवस्था छैन । सहरमा जताततै दिनपनि रात भाकोछ यतिवेला । मध्यदिउँसोमा नै सारा सडकवत्ति बलिरहेका छन् । सवारी साधनहरू आफ्ना हेडलाइट अन गरेर गन्तव्यतर्फ हुइँकिरहेका छन् । जनजिवन निकै कौतुहल छ । तैपनि मानिसहरू निःशब्द प्राय: छन्, किनकी यो एउटा मानवसिर्जित विपद् भएकोले यसको सामना पनि मानिसले नै गर्नुपरिरहेको छ ।

    कोरोना भाइरसको महामारीबाट झण्डै २ लाख व्यक्तिको ज्यान गइसकेको अमेरिकामा रगंभेदी आन्दोलनको चोटपछि हाल क्यालिफोर्निया, वासिगंटन, ओरेगन लगायतका राज्यहरूमा बिशाल रूपमा फैलिरहेको डडेलोको कारण यसखालको विपद् आइलागेको हो । आकाश तुवॉलो र धुवॉले ढपक्कै ढाकेका कारण यस किसिमको समस्या आएको सम्बन्धित क्षेत्रका विज्ञहरूले उल्लेख गरेका छन् । अमेरिकन मौसमविद्ले केहीदिन यस्तै अवस्था रहने र वायुमंडलमा शुद्ध अक्सिजनको मात्रा कमी रहेकोले सचेतता अपनाउन सर्वसाधारणमा आग्रह समेत गरेका छन् ।मध्याह्न डेलि बाट।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on अमेरिकामा पुरै सहर दिउँसै अन्धकार

    एनआरएनए साउदीले स्वदेश फर्कने नेपालीहरूका लागि सहज व्यवस्थापन गर्न अनुरोध गर्दै नेपाली राजदूतावास रियादलाई बुझायो ज्ञापन पत्र

  • २४ भाद्र २०७७, बुधबार २२:०८ मा प्रकाशित
  • ९ सेप्टेम्बर २०१०, साउदी अरब ! वैदेशिक रोजगारिका शिलसिलमा साउदी अरब आएका नेपाली श्रमिकहरु विश्वब्यापि रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) महामारीको चपेटामा परि रोजगारि गुमाएका तथा विभिन्न कारणले नेपाल फर्कन बाध्य हजारौ नेपालीहरूले धेरै सास्ती बेहोरिरहेको अवस्थालाई मध्यनजर गर्दै समस्या समाधानका लागि एनआरएनए साउदीले दूतावास रियादमा ज्ञापन पत्र बुझाएको छ ।
    ज्ञापन पत्रमा उल्लेख गरिएको छ नेेेपालको कुल ग्रहयस्त उत्पादनमा ठुलो योगदान पुर्याएको वैदेशिक रोजगारी र त्यसमा आवद्ध नेपाली श्रमिकहरु प्रति नेपाल सरकारको पछिल्लो निर्णयले समस्त नेपाली श्रमिकहरुलाइ उपेक्षा गरेको अनुभुति भएको छ । अधिकांश नेपाली श्रमिकहरु अति न्युन तलव-सुविधामा खाडि मुलकको ५० डिग्री भन्दा बढी तापक्रममा श्रम गरिरहेका छन्, आफ्नो रोजगारी गुमाएको प्रतिकूल अवस्थामा स्वयम् जीम्मेवार हुने गरि तोकिएको चर्को हवाइ भाडा दर र होटेल क्वारेन्टाइनको शुल्क समेत श्रमिकको थाप्लोमा थोपरिनु नेपाल सरकारले नेपाली श्रमिकहरु उपर अन्याय गरेको महसुस भएको छ । यद्यपि जेनतेन रकमको होजो गर्दै लामो प्रकृया पुरा गरि स्वदेश फिर्ताका लागी पर्खाईमा रहेका श्रमिकहरु अन्तत: सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दा थप पिडामा परि भोकभोकै बस्न बाध्य भएका छन् ।त्यसर्थ साउदी अरब स्थित विभिन्न कठिनाइ र समस्यामा रहेका नेपाली श्रमिकहरुलाइ यथाशिघ्र स्वदेश फर्काउन सहज व्यवस्थापन सहित प्रयाप्त हवाई उडानको ब्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालहरूलाइ ध्यानकार्षणका लागि नेपाली राजदूतावास समक्ष यसै ज्ञापन पत्र मार्फत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब हार्दिक अनुरोध गर्दछौ ।”

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीले स्वदेश फर्कने नेपालीहरूका लागि सहज व्यवस्थापन गर्न अनुरोध गर्दै नेपाली राजदूतावास रियादलाई बुझायो ज्ञापन पत्र

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २४ भाद्र २०७७, बुधबार २१:१६ मा प्रकाशित
  • काठमाडौं, २४ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । आज मात्र १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    ओखलढुंगाका ३ जना
    खोटाङका २ जना
    झापाका ६ जना
    ताप्लेजुङका १ जना
    धनकुटाका ९ जना
    भोजपुरकस ५ जना
    मोरङका ७७ जना
    सुनसरीका ५६ जना

    प्रदेश २ मा
    धनुषाका ३ जना
    पर्साका ६ जना
    बाराका १७ जना
    महोत्तरीका २ जना
    रौतहटका ७० जना
    सप्तरीका २६ जना
    सर्लाहीका ६ जना
    सिराहाका ८१ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३९४ जना
    काभ्रेका ८ जना
    चितवनका २१ जना
    दोलखाका ३ जना
    धादिङका २ जना
    नुवाकोटका ४ जना
    भक्तपुरका ३६ जना
    मकवानपुरका ४२ जना
    रामेछापका ३ जना
    ललितपुरका ३४ जना
    सिन्धुपाल्चोकका ३ जना
    सिन्धुलीका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका १० जना
    गोरखाका १ जना
    तनहुँका ४ जना
    नवलपरासी पूर्वका १ जना
    पर्वतका १ जना
    लमजुङका १ जना
    बागलुङका २ जना
    स्याङजाका १ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका ११ जना
    गुल्मीका २ जना
    दाङका १ जना
    नवलपरासी पश्चिमका १२ जना
    पाल्पाका २ जना
    बर्दियाका १३ जना
    बाँकेका २२ जना
    रुपन्देहीका ४२ जना

    कर्णाली प्रदेशमा
    जाजरकोटका १ जना
    दैलेखका २ जना
    सुर्खेतका २२ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका १ जना
    दार्चुलाका ३ जना
    बझाङका २ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    आज १ हजार ८१ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४९ हजार २ सय १९ पुग्यो

  • २४ भाद्र २०७७, बुधबार २०:४२ मा प्रकाशित
  • काठमाडौ, २४ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार ८१ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ७ सय ४३ र महिला ३ सय ३८ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय ८० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना र होम आइसोलेसनमा ७ हजार ३७ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ३ जना र पुरुष ३ जना रहेका छन । मृत्यु हुनेमा बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा ३ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय १२ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय १८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार १ सय १३ जना, प्रदेश नं. २ मा ९ हजार ७ सय १३ जना, बागमती प्रदेशमा ५ हजार ९७ जना, गण्डकी प्रदेशमा २ हजार ३८ जना, प्रदेश नं. ५ मा ५ हजार ९ सय १९ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय १० जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५ सय ९२ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १५ हजार २५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार ३७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ६२ जना, प्रदेश नं. २ मा २ हजार ५ सय जना, बागमती प्रदेशमा २ हजार ४ सय ६६ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ८ सय ९५ जना, कर्णाली प्रदेशमा ८४ जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ३० जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ७ हजार ९ सय ८८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ५ सय ०५ जना, प्रदेश नं. २ मा ३ सय ७४ जना, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ जना, गण्डकी प्रदेशमा ७ सय ३३ जना, प्रदेश नं. ५ मा ७ सय १३ जना, कर्णाली प्रदेशमा २ सय ७५ जना, र सुदुरपश्चिम प्रदेशमा ६ सय १६ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ४ सय ८० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ८४ जना, प्रदेश नं. २ मा ५ सय ७४ जना, बागमती प्रदेशमा ४ सय ८६ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार ९३ जना, कर्णाली प्रदेशमा ५ सय ५९ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार १ सय ९० जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६२ रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २२ जना रहेका छन । जसमा वागमती प्रदेशमा २१ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ७ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, भक्तपुर, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७७ लाख ५३ हजार १ सय ६८ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख ०९ हजार ८ सय ६४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख ०२ हजार १ सय ०८ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९८ लाख ४१ हजार १ सय ९६ जना रहेको छ ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज १ हजार ८१ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४९ हजार २ सय १९ पुग्यो

    विवादित वनाएको भन्दै जि.स.स सिन्धुपाल्चोकको आपत्ति

  • २४ भाद्र २०७७, बुधबार १५:१० मा प्रकाशित
  • सुशील सुवेदी

    सिन्धुपाल्चोक ! नदीजन्य सामाग्री उत्खनन् र वित्रीसँग जोडिएर जिल्ला समन्वयलाई जोडिएको प्रति आपत्ती जनाएको छ । समन्वय समितिले आज एक विज्ञप्ति जारी गर्दै नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्ण भएको जनाएको छ ।
    विज्ञप्तिमा भनिएको छ, ‘पछिल्ला केही दिन यता नदीजन्य बस्तु तथा सामाग्री उत्खनन् तथा बिक्रीसँग जोडिएर केही बिद्युतीय संचारले जिल्ला समन्वयसँग जोडिएर गरेको प्रचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नियम बिपरीत नदीजन्य पदार्थ उत्खनन् तथा बिक्रीमा भएका अनियमित गतिविधि रोक्न निर्माण गरेको नीति अनुरुप नियमनकारी भूमिकामा समन्वय समितिले नियमन गरिरहेको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक तिक्तताको आशय झल्कने गरी निती बिपरीत काम गरेको भनी समन्वयात्मक भूमिकामा रहेको संस्थामा लगाईएको आरोप खेदपूर्णछ ।’ विज्ञप्तिमा भदौ १४ गते सशस्त्र प्रहरी बल नेपाल १६ नं. गण हे.क्वा. सिन्धुपाल्चोकले चेकजाँचको क्रममा नियमानुसारको जिल्ला समन्वय समितिले तोकेको कर बापत्को शुल्क नतिरी बालुवा लिएर आएको बा.४ ख. ५८६४ नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि लेखी पठाईएको शस्त्र प्रहरी बल नेपाल १६ नं. गणको च.नं. १५, मिति २०७७।०४।१४ को पत्र यस समितिमा मिति २०७७।०४।१५ गते दर्ता नं. ३० मा दर्ता भएको र सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा उक्त ट्रिपरले हालको ब्यबस्था अनुसार स्थानीय तहले लगाईने घाटगद्धी एवं बिक्री कर नबुझाएको देखिएकोले सो कर तिर्न कार्वाही गरेबमोजिम सो ट्रिपरलाई चौतारा साँगाचोकगढी न.पा.ले ठेक्का आवहान गरि गरि ठेक्का संझौता गरेको अधिकार प्राप्त काली ÷साँगा निर्माण ÷जे.भी को ठेक्का नं. २, मिति २०७७।०४।१६ को बिजक नं. ३९७ बाट नियमानुसारको कर तिरेको प्रमाण पेश गरेपछि मात्र उक्त ट्रिपरलाई छाडिदिन पत्राचार गरिएको उल्लेख छ । यस अघि नै ।
    सिन्धु स्टोन तथा कन्ट्रक्सन प्रा.लि.ले जिल्ला समन्वय समितिमा पेश गरेको मौज्दात बिबरणमा स्पष्ट रुपमा आफूसँग बाह्रसय घनमिटर गिट्टी र दशहजार घनमिटर ग्राभेल अर्थात कच्चा माल मौज्दात रहेको, सोही मौज्दात रहेको दश हजार घनमिटर ग्राभेल अर्थात कच्चा माललाई प्रशोधन गर्ने र बिक्री गर्ने अधिकार प्रा.लि.लाई रहेको, सोही बमोजिम यस प्रा.लि.ले मिति २०७७।०४।१४ गते मौज्दातमा रहेको कच्चा मालबाट प्रशोधन गरिएको बालुवा एफ एण्ड टीको बा.४ ख. ५८६४ नम्बरको ट्रिपरलाई बिक्री गरि बिजक नं. १७८ जारी गरिएको स्पष्ट पारेको थियो ।
    पछिल्लो समय कोरोना संक्रमण रोक्न र बाढी पहिरोबाट आक्रान्त जिल्लालाई सुरक्षित बसोबास मिलाउन सिङगो स्थानीय सरकार, राजनैतिक नेतृत्व र कर्मचारी संयन्त्र परिचालित भएको अवस्थामा ब्यक्तिगत तथा राजनीतिक आशय प्रष्ट झल्कने गरी नकारात्मक मानसिकतामा केन्द्रित केही संचारकर्मी र संचार संस्था प्रयोग हुनुले सिङगो जिल्लाका आम नागरिकमा निराशा पैदा भएको सहज अनुमान गर्न सकिने र यस प्रकारको गलत समाचार सम्प्रेषण गरि आमजनतामाझ भ्रम सिर्जना गर्ने र ब्यक्तिको मानहानी गर्ने कार्य नगर्न सचेत गर्दै सत्यतथ्य सामाचार सम्प्रेषण गरि स्वच्छ र निष्पक्ष पत्रकारिताको मर्म,भावना र बिश्वासलाई कायम राख्न समेत अनुरोध विज्ञप्ति मार्फत गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on विवादित वनाएको भन्दै जि.स.स सिन्धुपाल्चोकको आपत्ति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P