आज १ हजार २ सय ४६ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुग्यो

  • २५ भाद्र २०७७, बिहीबार २३:०७ मा प्रकाशित
  • काठमाडौ, २५ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ८ सय ४४ र महिला ४ सय ०२ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ८ सय ०६ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ५ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष ४ जना रहेका छन । मृत्यु हुनेमा बागमती प्रदेशमा ४ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय १७ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय १८ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३५ हजार ७ सय रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार २ सय १८ जना, प्रदेश नं. २ मा १० हजार १ सय ५२ जना, बागमती प्रदेशमा ६ हजार ०७ जना, गण्डकी प्रदेशमा २ हजार ७७ जना, प्रदेश नं. ५ मा ६ हजार १ सय ३३ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ४ सय ४८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ४ सय ३८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ७४ जना, प्रदेश नं. २ मा २ हजार १ सय ४५ जना, बागमती प्रदेशमा २ हजार ४ सय ५७ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ६ सय ०३ जना, कर्णाली प्रदेशमा ९० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ६९ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार १० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय ७२ जना, प्रदेश नं. २ मा ४ सय २५ जना, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ जना, गण्डकी प्रदेशमा ७ सय ५३ जना, प्रदेश नं. ५ मा १ हजार ४५ जना, कर्णाली प्रदेशमा २ सय ७२ जना, र सुदुरपश्चिम प्रदेशमा ५ सय ०४ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ८ सय ०६ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ८६ जना, प्रदेश नं. २ मा ५ सय १५ जना, बागमती प्रदेशमा ४ सय ५० जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ४४ जना, कर्णाली प्रदेशमा ६ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ४ सय ७३ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ६५ रहेको छ । जसमा प्रदेश न.१ मा ४ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय ५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २१ जना रहेका छन । जसमा वागमती प्रदेशमा २० जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ५ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ८० लाख २९ हजार ६ सय ०८ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख १५ हजार १ सय ६२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख ८ हजार ५० पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड १ लाख ६ हजार ३ सय ९६ जना रहेको छ ।

    Leave a Reply