दाङ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९३ औँ श्रृङ्खलामा साहित्यकार धनसिंह गिरिको “जुन छुने रहर” गजलसङ्ग्रह समीक्षा तथा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रमदाङको नेपाल पत्रकार महासङ्घ दाको हलमा भव्य रूपमा समीक्षा गरिएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ अधिवक्ता संविधानविद्, गायक तथा संगीतकार डा. भीमार्जुन आचार्यको प्रमुख आतिथ्यता राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो। राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टिकाराम उदासीले गजल संग्रहको समीक्षा गर्नुभएको थियो। गजलहरू सबै गाउन लायक भएको समीक्षक डा. टीकाराम उदासीले बताउनु भयो । उहाँका अनुसार गजल मायामा आधारित छन् । कानुनकै व्यक्तिले नेपाली साहित्यमा महत्वपूर्ण भूमिका खेलेको प्रमुख अतिथि डा. आचार्यले बताउनुभयो । साहित्यकार गिरि पनि कानुनकै कर्मचारी भएको देख्न पाउँदा खुसी लागेको बताउनु भयो ।
सो अवसरमा विशिष्ट अतिथि राप्ती साहित्य परिषदका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले आज जुनसुकै काम गर्दा पनि लगन हेर्नु नपर्ने शुभ दिन भएकाे बताउँदै अर्को सङ्ग्रह छिटै आउने विश्वास व्यक्त गर्नुभयो । पुस्तक प्रकाशन अघि ज्ञातालाई देखाउन समेत आग्रह गर्नुभयो ।
लेखक सङ्घका अध्यक्ष खगराज न्यौपाने , वरिष्ठ साहित्यकार नारायण नेपालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो कार्यक्रममा प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, पत्रकार महाशाखा दाङका अध्यक्ष दुर्गालाल केसी,सिस्नोपानी नेपालका दाङ शाखाका अध्यक्ष लोकराज पराजुली ,राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखक सङ्घ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे, चन्द्रप्रकाश देवकोटा, नगेन्द्र गुरु, देवेन्द्र रिजाल, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार गणेश विषम, साहित्यकारहरूमा एक नारायण चापागाईं ,रमेश पाण्डे, एकराज शर्मा अधिकारी, शरद गौतम, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, दिलिप कार्की, नारायण प्रसाद श्रेष्ठ, भूपेन्द्र थापा, सुवाष न्यौपाने , मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, महेश कुमार न्यौपाने कमला रिजाल, नवराज देवकोटा ,रिशब पाण्डे लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो। कार्यक्रममा “जुन छुने रहर” पुस्तकका लेखक धनसिंह गिरिलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७७ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
उदक अभ्यास १७७ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
[१] दसैँ साँस्कृतिक पर्व समग्र हिन्दुहरूको गर्व !
वसन्त अनुभव [२] दसैँ वर्षको चाडपर्व मान्नुपर्छ सबैले गर्व !
दुर्गा आचार्य, मोरङ [३] दसैँ सांस्कृतिक रीतिरिवाज टीका जमरा आशिर्वाद !
अम्बिका अधिकारी झापा, बिर्तामोड [४] दसैँ हिन्दुकाे पर्व गर्दछन् नेपालीले गर्व !
राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर [५] दसैँ मनाउँ रमाएर दुःख पीडा भगाएर !
कला ढकाल, झापा [६] दसैँ संस्कार संस्कृति टीका जमराकाे रीति !
भवानी घिमिरे, सर्लाही [७] दसैँ महान पर्व सबैको त्यसैमा गर्व !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~<•>~ प्रतिनिधि टुक्का- १५६ नरहोस् निधार बाँझो, नरहोस् हात खाली सबैको इच्छा चाहना, पूरा होस् यसपालि । ~<•>~
टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
१) नरहोस् निधार बाँझो, नरहोस् हात खाली सबैको इच्छा चाहना, पूरा होस् यसपालि । -वसन्त अनुभव २) जाेगाउनु छ संस्कृति लाेभ माेह छैन आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ? -ताराप्रसाद चापागाईँ ३) दसैँमा टीका जमरा आशिर्वाद मानेर सांस्कृतिक परम्परा जगाउन जानेर -अम्बिका अधिकारी झनपा बिर्तामोड ४) आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली फेरि पनि दशैंँमा घर जान सकिन यसपालि । -कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ ५) नरहोस् है भन्छन् निधार खाली प्रकृतिले नदिए भाँजो हाली । -मोती योन्जन सुब्बा दार्जिलिङ। ६) चाडपर्व हाे हाम्रो आफ्नै सान इष्टमित्र सबैको राखौँ मान। -राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । ७) प्रकृतिले लगिदियो जनधन नै लुटेर अभागीको निधार बाँझो टीका फुर्का छुटेर । -बिबा तामाङ लाटपञ्चर सिटोङ खरसाङ ८) टीका लगाउने समातौँ हेर पाटो घाँटी हेरी हाड निल्ने निकालौं बाटो । -विष्णु पंगेनी (पाण्डे) वालिङ स्याङ्जा ९) ठूलाबडाको हातमा टीका जमरा साथमा । -साहित्य प्रेमी सुशील धनगढी १०) बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास । -मन्दिरा सेढाई मलेखु, धादिङ ११) खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन् सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्। -केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट १२) टीका लगाउँदै उकाली ओराली हात निधार नहोस् कसैको खाली । -प्रेम सुनार दैलेख १३) जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन -बेदु न्यौपाने १४) आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई । -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। १५) टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली । -सुशीला शिखा काठमाडौँ कगश्वरी १६) मान्यजनको हातबाट टीका लगाउने एक आपसमा पनि सम्बन्ध बढाउने। -सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ १७) धेरैलाई रुवायो बाढिले दसैँको मुखमा सहारा कोही कतै भेटिँदैन पीडा दुखमा । -चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ १८) धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा। -पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। १९) जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे याे सालकाे चाडपर्व दुखैदुखमा गयाे । -भवानी पोखरेल( बाबु बिराज) बाणगंगा १ कपिलवस्तु २०) नव दुर्गा भवानीले सदैव रक्षा गरुन् शुभ शुभ आशीर्वाद सबै माथमा परुन् । -त्रिलाेचन भण्डारी मेचीनगर, झापा २१) बेमौसमी झरी पनि दशैँमा आइ दियो खोला किनारमा घर हुनेको ज्यान लियो । -कला ढकाल, झापा २२) खाली नहोस् कसैको निधार होस् जमरा टीका छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका । -अनिता भण्डारी, ताप्लेजुङ २३) खेतबारी बाँझै छन्, निधारको के कुरा दसैँको यही बेला चेलीको फुट्यो चुरा । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ २४) सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ झमेला होइन बरु मनको मिठो बात गरौँ । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत २५) टीका र जमराको साथमा आशीर्वाद लिने चलन मौलिकता हरायो भित्रियो विकृति मनमा जलन । -शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ २६) दुर्भाग्यलाई आशिषले गाल्नू लगाएर टीका दुर्भाव फाल्नू । -विवश पारदर्शी झापा २७) थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन । -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 २८) उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व । -तोया नाथ चापागाईं दमक,झापा,नेपाल २९) कसैको निधार खाली दैव नि भएका जाली ! -आर्त अकुलीन ३०) विजयाको प्रतीक टीका जमरा नि लगाएर आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर । -नवशिला बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ। ३१) दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने सचेत भई होसले जीवन हाँक्नुपर्ने । -नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर । ३२) कसैको मनमा हिनताबोध नहोस् चाहन्छु यो दशैँ मङ्गलमय रहोस् ! -सरिता सेढाई धादिङ ३३) सजाएर टीका अनि जमराले पूजाको थाली आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l -बाबुराम गौतम, गुल्मी ३४) दशैँ नबनोस् कसैकालागि दशा छाडौँ आजैदेखि मादकको नशा । -कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ३५) निधारमा रातो टीका जमरा सबले लगाई आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ३६) सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली समानता बनोस् सबैमा शुभकामना यसपालि । -सङ्गीता खरेल काठमाडौं ३७) दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू जमरा पुगेपछि मेराे घरबाट मगाउनू । -नवराज भट्ट कञ्चनपुर ३८) डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी, काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ३९) सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे यहीँ छ शुभकामना सबैलाई यसपालिको । -ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम ४०) मौलिक सम्पत्तिको गरौँ रक्षा दशैँ बुझाउन नै लिऊँ कक्षा । -लक्ष्मी रिजाल कञ्चनरूप १२, रूपनगर, सप्तरी । ४१) हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा । -मित्र उराठी गाैतम अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही ४२) दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन । -निमा शेर्पा ४३) यसपालिको दसैँ भेलले लुट्याे प्रकृतिले पनि चुट्नुसम्म चुट्याे । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ४४) आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न.पा ६ द्सन्खुभा। ४५) विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ । -जानुका जानुका ४६) निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो । -कृष्ण बजगाई भक्तपुर ४७) पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ? -हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ । ४८) जे छ त्यसैमा बस्नु छ रमाइरमाइ दु:खमा आफन्त नै जीवनको कमाइ । -प्रेम थापा “मन”बागलुङ ४९) विजयादशमी टीका निधारमा लगाउनू विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू । -शालिकराम दाहाल चा न पा ३ झाैखेल३ भक्तपुर ५०) गरिबीले डाँडो काटेको पकाउने भाडो खाली टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली । -दुर्गा आचार्य मोरङ ५१) दैवले चुडी लग्यो मेरो सबै घरको सुख रमाइलो नै छैन केही आज दशैँको मुख । -शशी श्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ५२) महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ समस्या जे जति भए पनि त्यो आफैँ टर्छ। -अरुण कुमार भुजेल गोरुबथान, कालेबुङ ,भारत। ५३) सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली । -रामप्रसाद पुरी, बादेल, खाेटाङ । ५४) महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड परै छ दक्षिणा त के राख्ने मुखमा माड । -इन्दु श्रेष्ठ, चितवन ५५) पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर । -प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत
साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~ [१] १) भाषण मिठा राम्रा लाग्छ छेपारा हुन् देशका नेता हाम्रा ! २) बसाले कस्तो थिति स्वार्थबाहेक केही नसोच्ने घिनलाग्दो भो राजनीति ! ३) पिट्छ्न् केही बोले अगाडि पछाडि हुन्छन् चम्चा र झोले ! ✍️ वसन्त अनुभव ~<•>~ [२] १) नराम्रो कसैले नभनोस् फजुल खर्चले दसैँ कसैको दशा नबनोस् ! २) ऋणले सेकिन्छ ढाड दु:ख पाउँछ घाँटीले नहेरी निल्दा हाड । ३) बसेपछि जुवाको खालमा उजाडिन्छ सुन्दर घर डुबिन्छ ऋणको आहालमा । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~<•>~ [३] १) फूलजस्ताे मुस्कान छरी नजिक आउन खाेजिन् उनी मेराे वरिपरि । २) दुबाेले भुइँ छाेपेछ हरियाली वसन्त भन्दै मन भने उजाडिएछ । ३) दैलाेमा दसैँ आयाे बाेकेर आशीर्वाद पुर्खाकाे खुसीले मन रमायाे । ✍️ सन्दीप विश्वकर्मा ~<•>~
– गोपाल अश्क, समीक्षक – अनुग्रह राना मगर ‘पुष्प’, सर्जक
नेपाली लघुकथाको फाँटमा अहिले लभगभ दिनहुँ कुनै न कुनै कथाकारको लघुकथा प्रकाशित भइरहेको घटनालाई नेपाली लघुकथाको विकासको राम्रो सङ्केत मान्न सकिन्छ । २०८१ साल नेपाली लघुकथाका लागि निकै नै उर्वर तथा समृद्ध साल रहेको भान हुन्छ। यस सालमा उल्लेख्य मात्रामा लघुकथासङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् । यिनै लघुकथाहरूको प्रकाशनको दुनियाँमा आफ्नो स्थान सुरक्षित गरेको लघुकथासङ्ग्रह हो- ‘तमासा’ । अनुग्रह राना मगर ‘पुष्प’ द्वारा लिखित ४२ वटा लघुकथाहरूको यस सङ्ग्रहमा अन्तर्वाता, अप्रिल फुल, आमाको माया, आहुति, औकात, कर्तव्य, परिवर्तन, खोई, गुनको मूल्य, छिमेकीको मन, हिम्मत, तमासा, तालमेल, दायित्व, दुलही, धनको लोभ, धाक, पालो, पुतली, बूढो रूख, माया बसेपछि, मुसुक्क, भेदभाव, रोकिने मन्त्र, साथी, सुन्दरता, सोच, स्वभाव, हँसिलो मान्छे, ज्ञानी छोरा, फरक, खोट, हैसियत, आशाको दियो, सङ्गत, देशको माया, डिमाण्ड, बिटुलो, स्वीकार, भाकल र विचार शीर्षकका लघुकथाहरू सङ्गृहीत छन् ।
यस लघुकथाकृतिका लघुकथाहरूको अध्ययनोपरान्त के भन्न सकिन्छ भने प्रत्येक लघुकथाले आफ्नो विषयवस्तुको प्रकटीकरण गर्नमा सफलता प्राप्त गरेको छ र लघुकथाकारले प्रत्येक लघुकथामा उनले समाजमा व्याप्त रहेको यथार्थको जीवन्त चित्रण गरेका छन् । हाम्रो समाजमा अहिले बेरोजगारी बढेको र रोजगारको क्रममा हाम्रा युवायुवतीहरू विदेसिन बाध्य भइरहेको अवस्था रहेको छ । जागिर गर्नका लागि शैक्षिक योग्यताको जति आवश्यकताका साथसाथै एकअर्कालाई सहयोग गर्ने मानवीय गुणको आवश्यकता पनि हुने गरेको यथार्थको चित्रण ‘अन्तर्वार्ता’ शीर्षकमा गरिएको पाइन्छ । ‘अप्रिल फुल’मा अङ्ग्रेजी वर्षको अप्रिल महिनाको पहिलो दिनलाई साथीभाइलाई कुनै न कुनै झुटो कुरो भनेर मूर्ख बनाउने पश्चिमी संस्कृतिलाई आख्यानकृत गरी प्रस्तुत गरिएको छ भने ‘आमाको माया’ नामक लघुकथामा विदेसिएको छोराप्रति उमडेको आमाको मायालाई संवेदनशीलतापूर्वक रेखाङ्कित गरिएको छ । ‘आहुति’ शीर्षकको लघुकथाले देशमा भएको सशस्त्र द्वन्द्वको बेला देशका सपुतहरूले आआफ्नै सोच तथा विचारले द्वन्द्वमा लागेर देशमा आमूल्य परिवर्तनका लागि प्राणको आहुति दिएको कारुणिक यथार्थलाई चित्राङ्कित गरेको छ। त्यसैगरी ‘औकात’ नामक लघुकथाले आजका नव पिँढिमा पलाएको घमण्ड संस्कृति र एउटी घमण्डी केटीले एउटा गरिब केटोलाई आफ्नो धन सम्पत्तिको औकात देखाएर मर्मान्त बनाएकी तर दुर्घटनामा परेर घाइते हुँदा त्यही केटोबाट रगत दान पाएर मर्नबाट जोगिएको घटनाको सजीव प्रकटीकरण भएको पाइन्छ ।
समग्रमा भन्नु पर्दा कथाकार ‘पुष्प’ को प्रस्तुत लघुकथासङ्ग्रहले समाजमा रहेको सङ्गति-विसङ्गित, आशा-निराशा, उच्च-नीच, धनि-गरिब, भेदभाव आदि विषयलाई चित्राङ्कित गरेर एउटा राम्रो तमासा देखाएको छ । आकर्षक आवरण र उचित मूल्य रहेको ‘तमासा’ लघुकथासङ्ग्रह पठनीय रहेको छ, सङ्ग्रहणीय रहेको छ ।
श्रीकृष्ण पौडेलद्वारा लिखित र नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनद्वारा २०८१ मा प्रकाशित, ५१ वटा लघुकथाहरूको सङ्ग्रहको नाउँ हो- ‘लोपाञ्जन’ । यस लघुकथासङ्ग्रहमा ‘देवदूत र म’, ‘दुखेको देश’, मूर्दाको बिहे, शहीद, सपना, लोपाञ्जन, आमा, ज्येष्ठ नागरिक, तमसुक, लङ्गडी, ह्विलचियर, आश्रम, हाम्रा बा, बुबा, लालपुर्जा, अंशबण्डा, कोरोनासुर, असारे पन्ध्र, लेखापरीक्षक, चोर, संविधान र कार्यान्वयन, व्रत, सुनकरे टपरी, मार्सीको भात, आक्रोश, दर खाने, चुङ्गी, दाइजो, तेलको गरियो, मेहन्दी, भुँडी, पेसा, बाको मुख हेर्ने दिन, भेडी गोठालेको बिहे, कुटिल सहयात्री, गुमानेको पाडो, गुन्द्रुक र बेथेको साग, भोकहड्ताल, पण्डितिनी बज्यै, एक घुट्को पानी, एमसीसी, तरबुजाको चिन्ता, मनोरोगी, राहत, नाटक, कुण्डली, फूल, बिरेको जन्मोत्सव, ज्योतिष बा, कराई र आशीर्वाद शीर्षकका लघुकथाहरू सङ्गृहीत रहेका छन् ।
प्रस्तुत लघुकथासङ्ग्रहमा समाविष्ट रहेका लघुकथाहरूमा विषयगत विविधता रहेको पाइन्छ । कुनै लघुकथा (देवदूत र म) मा मानवले मानवको हत्या र प्रकृतिको विनाश गरिरहेको भाव वर्णित रहेको छ भने कुनै लघुकथा (दुखेको देश) मा देशमा व्याप्त रहेका विभिन्न विसङ्गतिबाट आहत आम नेपालीको मनोदशाको भाव वर्णित रहेको छ। कुनै लघुकथा (मूर्दाको बिहे) मा प्रेमलाई स्वीकार नगरी अर्कोसँग बिहे गर्दा प्रेमिका भागेकी र त्यसपछि गाउँको केटीलाई बिहे गरेको र त्यस्तो बिहेलाई मूर्दाको बिहे भन्ने भाव वर्णित रहेको छ भने कुनै लघुकथा(शहीद) मा देशको लागि लड्दालड्दै आफ्नो दाजु शहीद भएको तर शहीदहरूको सूचीमा उनको नाउँ नलेलिएकोले भाइको मनमा उत्पन्न भएको पीडाको भाव वर्णित रहेको छ । ‘लोपाञ्जन’ लघुकथाले सबैले देख्ने ‘लोकाञ्जन’ नै अत्याचार हो भन्ने भाव वर्णित गरेको छ भने ‘आमा’ शीर्षकको लघुकथाले पढेलेखेकी बुहारीले सासु सिकिस्त परेकी बेला हेरचाह नगरेको तर अशिक्षित छोरोले चाहिँ आफ्नी आमाको हेरचार गरेको भाव व्यक्त गर्दै बुहारीहरूले सासुको सेवा हेरचार नगर्ने गरेको भाव चित्राङ्कित गरेको छ।
वर्तमान समयमा सामाजिक मूल्य मान्यतामा ह्रास आएको र छोराछोरीहरूले आफ्ना वृद्ध भइसकेका आमाबुबाको हेरचाह नगरेको यथार्थलाई ‘जेष्ठ नागरिक’ नामक लघुकथाले प्रकट गरेको छ। साँच्चि भन्ने हो भने आजभोलि जेष्ठ नागरिकको जीवन कहालिलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । छोराछोरी हुँदासमेत उनीहरूको जीवनयापन तथा औषधोपचार आदिको व्यवस्था उनीहरूको सन्तानबाट भइरहेको पाइँदैन। आजका जेष्ठ नागरिक कहीँ कुनै वृद्धाश्रममा आफ्नो जीवनको अन्तिम घडी बिताउन बाध्य भइसकेका छन् । यस्तै कारुणिक भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ। ‘तमसुक’ नामक लघुकथाले आज पनि गाउँघरमा धनिहरूले गरिबहरूलाई ऋण दिएर ब्याजको नाममा मनपरी लुट्ने गरेको भाव वर्णित रहेको छ । भर्खरै देशमा मिटरब्याजसम्बन्धी भएको जनआक्रोश र त्यसपछि सरकारले अख्तियार गरेको रवैयाले पनि यस ज्वलन्त मुद्दालाई सम्बोधन गरेको सन्दर्भमा प्रस्तुत लघुकथाको सार्थकता सिद्ध हुन जान्छ । यस प्रकार के भन्न सकिन्छ भने प्रस्तुत लघुकथासङ्ग्रका प्रत्येक लघुकथाले कुनै न कुनै सामाजिक, राजनीतिक, आर्थिक समस्यालाई विषयवस्तुको रूपमा चित्राङ्कित गरेर समाजलाई स्वस्थ र इमानदार बनाउने सन्देश दिएको छ । यस लघुकथासङ्ग्रहको आवरण र आन्तरिक सेटिङ आकर्षक छ र यसको मूल्य ठीक देखिन्छ। यो पुस्तकले आधुनि नेपाली लघुकथाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्नेछ भनी आशा लिन सकिन्छ ।
वि. सं. २०१७ वैशाख २१ गते माता लक्ष्मी देवी नेउपाने र पिता श्रीप्रसाद नेउपानेको सुपुत्रका रूपमा लेखर्क, भोजपुरमा जन्मेर धरान उपमहानगरपालिका-११, सुनसरीमा स्थायी बसोबास गर्दै तर वर्तमानमा बुढानिलकण्ठ-१२, काठमाडौँमा बस्दै आउनुभएका होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ (२०८१) नामक लघुकथासङ्ग्रह प्रकाशनमा आएको छ। नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशित गरेको प्रस्तुत लघुकथासङ्ग्रहमा जम्मा २७ वटा लघुकथाहरू सङ्गृहीत रहेका छन् । लभग प्रत्येक लघुकथाले एउटा नयाँ विषयलाई चित्राङ्कित गरेको छ । भनाइको अर्थ के हो भने ‘नेउपाने’का लघुकथाहरूमा विषयको पुनरावृत्ति देखिँदैन । यस कथाकृतिमा रहेको पहिलो लघुकथा ‘भेट’ले देशमा व्याप्त रहेको दलगत विसङ्गतिलाई उजगर गरेको पाइन्छ । देशमा जे जति राजनीतिक दलहरू छन्, ती सबैले आ-आफ्नो दलको मात्र स्वार्थ सिद्धिमा लागेका हुन्छन् । जति राम्रो विकास योजना भए पनि, आफ्नो दलको स्वार्थ पूरा नहुने छाँट देखेमा त्यो योजना लागु गर्दैनन् । यही भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ । हाम्रा नेताहरूले हाम्रो देशलाई एउटा प्रयोगशाला बनाइदिएका छन् । देश बनाउने नाममा समय-समयमा भएको क्रान्ति र त्यस क्रान्तिका संवाहकहरूमा देखिएको विचलनलाई ‘प्रयोगशाला’ नामक लघुकथामा सजीव ढङ्गले चित्रण गरिएको छ ।
प्रस्तुत लघुकथामा सङ्गृहीत रहेका अन्य लघुकथाहरू यथा ‘अदुभूत गोजी’, ‘चिठी’, ‘आक्रोश’, ‘मयल’, ‘बीउ’, ‘प्रेम’, ‘मलामी’, ‘विषादी’, ‘आभास’, ‘कोट‘, ‘मणि’, ‘निवृत्ति’, ‘प्रतिघात’, ‘रोजगारी’, ‘भैँसीको ढाड’, ‘स्वभाव’, ‘गुनासो’, ‘आँकलन’, ‘आलोक’, ‘जोखिम’, ‘अचानो’, ‘धनको सुगन्ध’, ‘गन्तव्य’, ‘हाँसो’ र ‘स्नेह’ले विभिन्न विषयवस्तुको प्रकटीकरण गरेका छन् । जहाँ ‘चिठी’ मा घर छाडेर गएकाहरूको आफ्नो गाउँ घर फर्किनका लागि मार्मिक सन्देश वर्णति रहेको छ भने ‘आक्रोश’मा इमान्दार व्यक्तिलाई उसको घर परिवार, श्रीमती, छोराछोरी सबैले गिज्याउने गरेको कटु यथार्थ वर्णित रहेको छ । त्यसैगरी जहाँ ‘प्रेम’ नामक लघुकथामा श्रीमान श्रीमतीबाहेक अरू कोही सच्चा साथी नहुने भाव चित्राङ्कित रहेको छ भने ‘मलामी’ नामक लघुकथाले देशमा न्याय मरिसकेको र त्यसको अन्तिम दाह संस्कार गर्न हिँडेको भन्ने भाव वर्णित रहेको पाइन्छ । वर्तमान समयमा देशको कुनै पनि अङ्ग विशुद्ध छैन, हरेक क्षेत्रमा विषादीको प्रयोग भएहरेको अवस्था छ । किसानले बढीभन्दा बढी उत्पादन गर्ने सोचमा विषादी खाद्यको प्रयोग गरिरहेको अवस्थाको चित्रण गर्दै यस्तै रहने हो भने एक दिन विषादी प्रयोग गर्ने किसान पनि आफ्नै विषादयुक्त खाद्यानको प्रयोगले मृत्युवरण गर्ने पुग्नेछ भन्ने भाव वर्णित रहेको छ ‘विषादी’ नामक लघुकथामा । ‘कोट’ शीर्षकको लघुकथामा एउटा बुबाले आफ्नो छोरालाई राम्रो शिक्षा दीक्षा दिननसकेको, चाहे अनुसारको जीवनशैली दिन नसकेको, राम्रो खुवाउन नसकेको, राम्रो लाउन दिन नसकेको भाव चित्राङ्कित रहेको छ । जागिरे मान्छेको जीवनमा ‘निवृत्ति’ भन्ने अध्याय आउँदो रहेछ र त्यो अध्यायले बाँकी रहेको जीवनलाई नराम्री प्रभावित गर्दो रहेछ भन्ने भाव ‘निवृत्ति’ नामक लघुकथामा वर्णित रहेको छ । यसरी के भन्न सकिन्छ भने यस लघुकथासङ्ग्रहका प्रत्येक लघुकथाहरूले कुनै न कुनै सामाजिक यथार्थलाई सजीव ढङ्गले चित्राङ्कित गरेको पाइन्छ । यस कथाकृतिको आवरण आकर्षक तथा मूल्य उचित रहेको छ ।
सन् २०२४ अक्टोबर ०६ तारिख आइतबार, कासाई रिन्काई पार्कमा ‘बगरमा पलेँटी साहित्य’ लेखिएको ब्यानर विश्व नेपाली साहित्य महासंघ(विमेसाम), जापान शाखाको फेसबुक भित्तोमा देखेँ । सम्भवत: कार्यक्रम हुनुभन्दा करिब दुई हप्ताअघिको बिहानीको समय थियो क्यारे त्यो । विनेसाम, जापान शाखाको आयोजनामा उसैको लोगो अङ्कित टिशर्ट सार्वजनिक गर्ने भन्ने पनि लेखिएको थियो । साहित्यिक कार्यक्रम भन्नेबित्तिकै हुरुक्कै हुने म, तुरुन्त मेरो व्यक्तिगत भित्ते पात्रोमा कम्पनीमा बिदा लिने भनेर चिनो लगाएँ । अरू बेलाको छुट्टिमा सूर्यनारायण पृथ्वी लोकमा झरेपछि मात्र ओछ्यान छोड्थेँ र नित्यकर्ममा लाग्थेँ । तर त्यो आइतबार भने पृथक कार्यक्रममा जाने ममा पलाएको उत्साहले होला, छिटै निन्द्रादेवी मेरो आँखाबाट भागिन् । नौ सय मिटरको दूरीमा उत्तरी दिशामा बग्ने मिसावा नदी र पाँच सय मिटरको दूरीमा दक्षिणी दिशामा बग्ने तामा नदी, यी दुवैले सुसेलेको शारदी हावा एकैचोटि मेरो कोठासम्म आइपुगेछ । ‘छिटो उठ् । मन परेको कार्यक्रममा जानुपर्छ । ढिलो गरिस् भने धेरै कुरा छुट्ला ।’ त्यो सुसेलीले यस्तै यस्तै मतिर फलाकेको भान भयो । हतार हतार नित्यकर्मतिर लागेँ । साहित्य लेखन र साहित्यिक जमघटमा सहभागी हुन हमेसा प्रेरित गरिरहने मेरी गृहलक्ष्मी खानाको बन्दोबस्तमा लागिन् । केही दिन पहिले नै विशेष दिनमा वाचन गर्ने भनेर एउटा कविता पक्कापक्की गरिसकेको थिएँ । साहित्यमा अक्षरको खेती गर्न औधी मनपर्छ । शब्दहरूसित लुकामारी गर्न उत्तिकै रहर लाग्छ । कर्मथलो जापानमा हुने साहित्यिक कार्यक्रमहरू प्राय छुट्दैनन् । करिब डेढ घण्टा रेलयात्रामा तोकिएको कार्यक्रम स्थल पुगेँ । यो मानेमा पनि विशेष हुनेवाला थियो कि बगरमा पलेँटी कसेर गरिने कार्यक्रम थियो । हामी सामान्यत: साहित्यिक संस्थाले गर्ने कार्यक्रम भनेपछि एउटा ठुलो हल, हलभित्र एउटा मन्च, मन्चमा सोफा या कुर्सीहरू लहरै राखिएको हुन्छ । दर्शकका लागि क्रमबद्ध कुर्सी या डेक्सबेन्च अनि सिलिङ्मा पङ्खा, झिलिमिली बत्तीहरू आदि दिमागमा खेल्छन् । त्यस्तै, आसन ग्रहण, खादा, माला, भाषणबाजी आदि हुनैपर्यो । उक्त दिन उपर्युक्त शब्दहरूको कुनै बखतमा पनि उच्चारण गर्नु परेन । र, उच्चारण गर्नु नपरेको नै त्यो दिनको कार्यक्रमको सौन्दर्य थियो । कासाई रिन्काई पार्क टोक्यो खाडी(उपसागर)को उत्तरी तटीय क्षेत्रमा पर्छ । अर्थात् आराकावा नदी र क्युएदो नदीको सङ्गम स्थलमा पर्छ । उक्त खाडीमा सन् १९७६ मा मानव निर्मित टापुमा कार्यक्रम स्थल तोकिएको हो । कासाई रिन्काई पार्कभित्र दक्षिण दिशामा पूर्वी नागिसा र पश्चिमी नागिसा यी दुई ससाना टापुहरूलाई मिलाएर कासाई मरिन पार्क भनेर नाम दिइएको रहेछ, जुन ३६६.९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । शरद ऋतुको आगमनसॅंगै बसाइॅं सर्ने विभिन्न चराहरू यही टापु लगायत कासाई रिन्काई पार्कको मानव निर्मित जङ्गलमा आराम गर्ने गरेको भेटिन्छन् । लगभग १२६ प्रजातिका चराहरूको सङ्गम स्थलको रूपमा परिचित छ । त्यस्तै, समुद्री छाल र साना- ठुला माछाहरू खेलेको हेर्ने मान्छेको भीड दैनिक लाग्दछ । अॅं, म बगरमा पलेँटी साहित्यको कुरा गरिरहेको छु । ठ्याक्कै एक दशकको मेरो जापान बसाइको पहिलो पृथक कार्यक्रम हो यो । त्यही भएर पनि कार्यक्रममा सहभागी हुन लोभिइरहेको थिएँ । विनेसाम, जापान शाखाले एउटा नौलो अभ्यास गर्न खोजेको पाएँ । पलेँटी कसेर रचना वाचन गर्नुपर्ने त्यो पनि बगरमा । वाह ! क्या गजब हुनेभो । मेरो मुखबाट अचानक फुत्किएको वाक्य थियो, जतिखेर पहिलोचोटि ब्यानर सन्जालमा देखेँ । सुरु गर्ने भनेर तोकिएको समय दिउॅंसो एक बजे थियो । त्यहाँको नियमानुसार बेलुकी पाँच बजेसम्ममा त्यो टापु छोडिसक्नुपर्थ्यो । झण्डै चार घण्टा हामीसॅंग समय थियो । मासुमा हड्डी पर्नु भन्ने भनाइ जस्तै म चढेको रेलले मलाई थोरै ढिलो गरी पुरायो । मानौँ मेरो भागमा त्यो दिन सानो हड्डी परेछ । म पुग्दा साथीहरूले औपचारिक चिनापर्ची र हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको शुभकामना आदानप्रदान गर्ने क्रमसॅंगै आआफ्नो साहित्यिक कोशेली भकाभक फुकाउन लागेका थिए । म त्यही लहरमा मिसिएँ । कविता, गजल, गीत, मुक्तक आदि आराकावा र क्युएदो नदीलाई सुनाउन आतुर थियौँ । जापानको इतिहास बोक्ने ती नदीहरूलाई साक्षी राखेर कवितामार्फत मैले पारुहाङ सुम्निमाको कहानी सुनाउन पाउनु मेरो अहोभाग्य हो, लाग्यो । एकार्काको नजर देख्ने गरी गोलाकारमा पलेँटी कसेर बस्यौँ । जसले मह काढ्छ, उसले हात चाट्छ भन्ने उखान जस्तै माइक उमेश तिमल्सिनाको हातमा पर्यो । उनैले आफ्नो कवितामार्फत साहित्यिक कोशेली फुकाउन श्रीगणेश गर्ने अवसर पाए । त्यसपछि भने पङ्क्तिबद्ध बसेका रविन्द्र दिखुक्पा, युको ओकामोतो, प्रमोद श्रेष्ठ, उमेश तिमल्सिना, अमरदेव बास्तोला, बिमन किराती, शिवराज राई, शारदा पाण्डे, विजय स्याङ्बो, सयपत्री थुलुङ, गंगा गगन, डेनी राई, राजन घले, रामचन्द्र न्यौपाने, राजन कुलुङ, सम्झना चाम्लिङ, विष्णु आङदेम्बे, प्रदिप शर्मा, सुगम राई, गृष्मा पौडेल र म लगायत दुई दर्जन बढीले पालैपालो साहित्य(गीत, गजल, कविता, मुक्तक)को रसास्वादन गर्यौँ । एकार्कामा गरायौँ । गोलाकारको केन्द्रबिन्दुमा साक्षीको रूपमा केवाफुङ्को गीत (गगन योक्पाङ्देन), गाउॅं फर्किरहेको परदेशी (सयपत्री थुलुङ्), जहाँ आमाहरू कहिल्यै निदाउॅंदैनन् (अनुवादक -चन्द्र गुरुङ्), सिनकानसेनको देशबाट (प्रविण लामा ‘अपरिचित’), मनको मन्दिर (केबी पारखी), अक्षरा -१ र २ (विनेसाम, जापान शाखा), मारुनी (राजन घले) र बुन्छत (म्यामराज राई) लगायत थिए । तिनीहरू हाम्रो लागि राम्रो कार्यक्रमको लवजमा मुसुमुसु मुस्कुराइरहेका थिए भने त्यसको साक्षीमा चाहिॅं हाम्रा नजरहरू काफी छन् । वाको विश्वविद्यालय, जापानका नृत्य प्रशिक्षक तथा नेपाली भाषा, साहित्य र संस्कृतिका अभियन्ता एवम् विनेसाम जापान शाखाका सल्लाहकार युको ओकामोतो कार्यक्रमको आकर्षणमा थिइन् । शान्त बसेकी टोक्यो उपसागरलाई नेपाली साहित्य दिल खोलेर सुनाउन जुट्यौँ । शरद् ऋतुका निम्तालु चराहरूलाई सुनायौँ । सधैँ उफ्रिरहने माछाहरू हाम्रो रचना वाचनसॅंगै नाचिरहे जस्तै देखिन्थे ।
सबैले आफ्नो पालो सकाएपछि पहिलो चरण समाप्त भयो । दोस्रो चरणमा खाजा खाने योजना बन्यो । जतिखेर घडीको सुईले दिउॅंसोको तीन बज्ने तरखर गरिरहेको थियो । खाजा व्यवस्थापनमा सुगम राई, सयपत्री थुलुङ् र सम्झना चाम्लिङ थिए भने शारदा पाण्डे, रेचल गुरुङ्, शिवराज साम्पाङ् लगायत सहयोगीको रूपमा थिए । स्वदेशमा खाएको छरितो वनभोज(ड्राइ पिकनिक)को आभास भयो । पहिला माम त्यसपछि काम भनेझैँ पेट पूजा सकेपछि फोटो सेसन सुरु भयो । कोण, पृष्ठभूमि र उज्यालोपन मिलाउॅंदै खिच्यौँ । सामूहिक, युगल र एकल फोटो खिच्ने क्रम करिब एक घण्टा जति चल्यो ।
अन्तिम तथा रचना वाचनको दोस्रो चरण अमरदेव बास्तोलाको गजलबाट सुरु भयो । माहोल निकै तातिएको थियो । त्यही बेला शारदा पाण्डेले प्रेमिल गजलमार्फत अझ उत्कर्षमा पुराइन् । कार्यक्रमको उत्तरार्द्धमा क्रमश: प्रमोद श्रेष्ठ र उमेश तिमल्सिनाले कविता तथा गृष्मा पौड्यालले गजल वाचन गरेका थिए । साहित्यिक कोशेलीहरू रहलपहल थिए, सजिलै अनुमान गर्न सकिन्थ्यो । यद्यपि, तोकिएको समयसॅंगै गगनको पश्चिमी दिशामा गोधूलि रङ बाक्लिॅंदै गएकोले मरिन पार्कलाई सबैले एकैचोटि बिदाइको हात हल्लाउन बाध्य भयौँ । कासाई रिन्काई पार्क रेल स्टेशनको आँगनमा पुन: एकछिन झुम्मियौँ । सामूहिक रूपमा साहित्यिक भेट चाँडै गर्ने वाचा गर्यौँ र आआफ्नो गन्तव्यतर्फ लाग्यौँ । —++— -हतुवागढी -६, होम्ताङ्, भोजपुर
यमुना प्रधानाङ्ग ‘मुना’ (२०२१) नेपाली लघुकथा क्षेत्रकी प्रतिभासम्पन्न हस्ताक्षार हुन् । यिनको व्यक्तित्व कविता, गीत र कथा सिर्जनमा विस्तारित रहेको छ । ‘आमा’ (कवितासङ्ग्रह, २०६७) प्रकाशन गराएर विधिवत् रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी ‘मुना’ का ‘बुद्धको देश’ (गीतसङ्ग्रह, २०७०), लघुकथाको सुगन्ध, १२ फूल १०८ सुगन्ध (सहलेखन, २०७९) र ‘उपहार’ (लघुकथासङ्ग्रह, २०८१) प्रकाशित रहेका छन् । यस कृतिमा आशा, चुँडियो सपना, मानेको भए ?, कप्लक्कै खायो ! कोरोना महामारी, पूजा, सोच्न बाध्य, नेतृत्व, विद्रोह, आँट, धरातल, छोरा मान्छे, उपहार, घमण्ड चुर, विकृत फागु, वचन, भागबण्डा, सीप प्यारो, परिणाम, अझै पनि !, को ठूलो ?, मेहनतको फल, बृहत् नक्सा, सकारात्मक, डर, व्यवहारिक ज्ञान, व्यवस्था, जिम्मेवारी, पानी, साथ, स्थान, बाध्यता र सन्तान प्राप्ति शीर्षकका ३३ वटा लघुकथाहरू सङ्ग्रहीत छन् ।
अधिकांश लेखकहरू वर्तमान समयलाई नै लेख्नै गरेको पाइन्छ । यसको कारण के हो भने वर्तमान समयलाई रेखाङ्कित गर्ने क्रममा लेखक आफ्नै भोगाइको सेरोफेरोमा घुमिराखेका हुन्छन् । यस प्रकारको घुमाइमा लेखकलाई आफ्ना रचनाहरूलाई साहित्यिक बनाउनका लागि धेरै दिमागी कसरत गर्नु पर्देन किनभने जीवनमा अनुभूत गरिएका कुराहरूको सजीव वर्णनले नै पाठकलाई आफूतिर आकर्षित गर्नमा सफल हुन्छन् । तर वर्तमान समयलाई रेखाङ्कन गर्ने काम जोखिमपूर्ण पनि हुने गर्दछ किनभने आफूले रेखाङ्कन गरेका भावहरू अन्य लेखकहरूसँग ठ्याक्क मिल्न जाने खतरा हुन्छ । यहाँनिर लेखकमा उसको निजी कला कौशल हुनु अति आवश्कय हुन जान्छ ।
यस अर्थमा कथाकार ’मुना’ अलिक पृथक देखिन्छन् । यिनका लघुकथाहरूमा वर्तमान समयमा व्याप्त रहेका सङ्गति-विसङ्गतिको चित्राङ्कन भए पनि अलि अलग्गै किसिमले भएको पाइन्छ । विश्वलाई आफ्नो पाशमा लिएको कोरोना महामारीबाट उत्पन्न भएको सामाजिक, आर्थिक, राजनीतिक तथा मानसिक अवस्थाको प्रतीकात्मक चित्रण गर्नमा यिनी सफल भएको देखिन्छ । यिनका ‘आशा’, ‘चुँडियो सपना’, मानेको भए?’, ‘कप्लक्कै खायो’, ‘कोरोना महामारी’, ‘सकारात्मक’ शीर्षक लघुकथाहरूमा ‘कोरोना महामारी’ विषयवस्तु बनेर आएको देखिन्छ भने ‘पूजा’ शीर्षकको लघुकथामा साहित्य र मानव सेवा नै पूजा हो भन्ने भाव वर्णित रहेको देखिन्छ । ‘सोच्न बाध्य’ नामक लघुकथामा यिनले आफ्नो देशका केही भूभाग नक्सामा रहेपनि वास्तविक रूपमा आफ्नो भोग चलनमा नरहेको कटु यथार्थको भाव वर्णित रहेको छ । नेपाली समाजमा अहिले कहीँ-कहीँ देखा परेको छोराको मृत्युपछि बुहारीको बिहे गरिदिने अनुकरणीय संस्कृतिको रेखाङ्कन यिनको ‘आँट’ भन्ने लघुकथामा वर्णित रहेको पाइन्छ । यिनको ‘उपहार’ नामक लघुकथाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध एकअर्काप्रतिको विश्वास र मायाले मात्र दिगो रहने भाव प्रकट गर्दै श्रीमतीलाई पूर्ण रूपमा बुझेर माया गर्ने श्रीमान् नै यथार्थमा जीवनको अमूल्य उपहार हो भन्ने भाव वर्णित रहेको पाइन्छ । यिनका लघुकथाहरूमा विषयगत विविधता पाइन्छ । यो नै यिनको प्रस्तुत लघुकथासङ्ग्रहको प्राप्ति हो ।
आकर्षक आवरण तथा ७८ पृष्ठको लघुकायामा सजिएको यो ‘उपहार’ नामक लघुकथासङ्ग्रहलाई ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ले प्रकाशमा ल्याएको छ । यसको मूल्य रू. २७५ राखिएको छ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठानब्बेऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०६/१७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९८[ अन्ठानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ बडादसैं घरघरमा आएको छ। बाढी र पहिरोले सारा खाएको छ। दसैं कसैको दशा नबनोस् भन्छु म, महलबासी हर्ष खुसी छाएको छ। गरीब दुःखीले दुःख नै पाएको छ। सुशीला पाैडेल
पञ्चाङ्ग :०२ बालुवा माटो जौ राखी पानी घडा थापेर यहाँ। नव दुर्गा पुजा गर्छन् नि जमरा राखेर यहाँ। दसैँ सुरुवात पहिलो दिनमा यस्तै नै गर्छन् , चण्डी पाठ गर्छन् है दुर्गामा बोका भाकेर यहाँ । दशमीमा टीका लगाउँछन् मासु चाखेर यहाँ। ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०३ जमरा घडा भरेर बालुवा र माटो दिएर राखिन्छ बेस्सरी , मीठा मीठा परिकारहरु चाखिन्छ पिलेटमा लिएर बेस्सरी । हिन्दुहरुको खुसियालीको चाड रमेर आएको छ यसपालि नयाँ नयाँ कपडाहरु सबै परिवारलाई सिएर बेस्सरी , चाडपर्वमा कोही कोही मस्त हुँदै हिड्ने गर्छन् पिएर बेस्सरी ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ हामी गरिब वर्गलाई दशैँ आएर के गर्नु? भोकै प्यासै बस्नेलाई मालश्री गाएर के गर्नु? मीठो खाने राम्रो लाउने हाम्रो तक्दिरमा छैन। गरिबहरु नाङ्गै छन् धनीले लाएर के गर्नु? पेट खाली छ गीतको धुन बजाएर के गर्नु?
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग-०५ नराख्नु आमा जमरा यसपालि त कतै राख्ने ठाउँ छैन शहर चुर्लुम्म डुबेको छ बाढीले बगाएर गाउँ छैन पारी जाने पुल लग्यो बाटोघाटो खानेपानीको मूल लग्यो सारा देश शोकाकुल छ आज कहिँ कतै जाउँ जाउँ छैन यस्तो बेला पो आयो दशैं जहाँ कसैको निसाना नाउँ छैन। -पशपती राई खोटाङ
पञ्चाङ्ग:०६ पूजा आरम्भ गरिन्छ आज बालुवा माटो भरिन्छ आज साइत थाहा नभए पनि, मकै जौँ धान छरिन्छ आज विधि नजान्ने परिन्छ आज। कला ढकाल झापा
ॐ पञ्चाङ्ग:०७ “””””””” ठूला झरीले दसैँकाे खुसी सबै जन हरायाे हजुर एक ठाउँबाट अर्काेतिर जान मन डरायाे हजुर नदिका किनारा खुल्ला राख्नु पर्ने पाठ सिकायाे मज्जाले देशभरि नै धनजनको खति झन गरायाे हजुर तटका घरटहरा क्षति गरिकन भरायाे हजुर । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । पञ्चाङ्ग:०८ टन्न खान पाउने को पो दशैं। आफ्ना कहाँ धाउने को पो दशैं। गरीब जहाँको त्यही हो सधैं, नयाँ लुगा लाउने को पो दशैं। खुशीयाली छाउने को पो दशैं। ह्यारिस