• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

प्रेम पत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट

  • २१ जेष्ठ २०७८, शुक्रबार २०:३५ मा प्रकाशित
  • img-responsive

    रौतहट, २१ जेठ।  शुक्रवार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लट्ठीले खुट्टामा र शरीरमा पिटिरहेको अरू धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् ।

    कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर-४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरू सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रेम पत्र पठाएको आरोप घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन।

    दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेम पत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए । ‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, व्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’ कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुवै पक्षलाई प्रहरीले बोलाएको छ ।

    ‘म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन’ उनले भने । घटनामा संलग्न फरार जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको बताए । पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरू फरार रहेको एसपी शाहले बताए ।

    ‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साँझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दाबी छ। 

    स्रोत : गोठालो खबर

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on प्रेम पत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट

    निषेधाज्ञा छल्दै सरकारी गाडीमा ‘डेटिङ’

  • २१ जेष्ठ २०७८, शुक्रबार १८:१७ मा प्रकाशित
  • २१ जेठ

    शहरी विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास विभागको नयाँ सहर आयोजनाका प्रमुख उपसचिव रोशन श्रेष्ठको डेटिङ गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।

    प्राप्त जानकारी अनुसार उनी गत आइतबार निषेधाज्ञा उल्लंघन गर्दै प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा स्वयम्भूमा एक युवती सहित डेटिङ गर्न पुगेका थिए ।

    उनीहरु प्रेमालाप गरि रमाइरहेको भिडियो विभिन्न अनलाइन समाचार माध्यम तथा सामाजिक सञ्जालबाट बाहिरिए पछी उक्त कुरा जानकारी भएको थियो ।

    सार्वजनिक भएको भिडियोमा उपसचिव श्रेष्ठ र ति युवतीको अस्वभाविक गतिविधि देखिन्छ भने भिडियो खिच्ने व्यक्तिले सोधेको प्रश्नको जवाफ नदिइ उनीहरु दुवैजना सरकारी गाडी हुँइक्याएर भागेको देखिन्छ । श्रेष्ठसँगै रहेकी सो युवती शहरी विकास विभागमै काम गर्ने इन्जिनियर रहेको बताइएको छ ।

    भिडियो बाहिरिए सँगै कारवाहिको माग भए अनुसार गृह मन्त्रालयले शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै गृहमन्त्रालयले अनुसन्धान गरी श्रेष्ठलाई के कारवाही भयो सो को विवरण समेत पठाउन निर्देशन दिएको छ ।

    गृहमन्त्रालयबाट पत्र प्राप्त भएको र उक्त कुराको सुरुमा अनुसन्धान गरी कारवाही गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on निषेधाज्ञा छल्दै सरकारी गाडीमा ‘डेटिङ’

    डा.योगीद्वारा डेढ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण तथा सामग्री प्रदान

  • २१ जेष्ठ २०७८, शुक्रबार १७:३१ मा प्रकाशित
  • दाङ,२१ जेठ ।
    लुम्बिनी प्रदेश अन्तर्गत रहेको प्युठान जिल्ला, सरुमारानी गाउँपालिकाको बड्डाँडामा सन्चालित कोरोना आइसोलेसन सेन्टरलाई झण्डै डेढ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

    स्वास्थ्य सामग्री तथा उपकरण

    उक्त स्वास्थ्य सामग्री दाङ जिल्ला राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ स्थित ओम मेडिको फार्मेसीका सञ्चालक एवं समाजसेवी डा. शंकरनाथ योगीले प्रदान गरेका हुन् । डा. योगीले विगत देखि नै पटकपटक विभिन्न सामाजिक क्षेत्रमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएका छन् ।

    डा.योगीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको उपकरण तथा स्वास्थ्य सामग्रीमा रुपैया १ लाख २५ हजार मुल्य बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर, १० हजार मूल्य बराबरको ४ थान पल्स अक्सीमिटर, २ हजार ५ सय रुपैयाँ मूल्य बराबरको सर्जिकल पन्जा, ३ हजार रुपैयाँ मुल्य बराबरको ५ लिटर सेनिटाईजर र १ हजार २ सय रुपैयाँ मूल्य बराबरको ४ पोका सर्जिकल मास्क रहेको छ ।

    हस्तान्तरण कार्यक्रममा छोटो प्रतिक्रिया दिदै डा. योगीले कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने चाहना रहेको र सोही चाहना बमोजिम आफुले सानो सहयोग गरेको बताए ।

    साथै उक्त स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख रायमाझीले जबसम्म डा. योगी जस्ता समाजसेवी हाम्रो समाजमा रहन्छन् तबसम्म कुनै पनि विरामी औषधि नपाएर अकालमा ज्यान गुमाउनु पर्दैन भन्दै डा.योगीको उदाहरणीय कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on डा.योगीद्वारा डेढ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण तथा सामग्री प्रदान

    पर्सामा सङ्क्रमण दर घट्दै।

  • २१ जेष्ठ २०७८, शुक्रबार १३:३१ मा प्रकाशित
  • प्रस, वीरगंज, २० जेठ/

    नारायणी अस्पतालमा पिसिआर परीक्ष्Fण रिपोर्टबाट कोरोना सङ्क्रमितहरूको सङ्ख्या घट्दै छ। एक सातायतादेखि अस्पतालको पिसिआर रिपोर्टबाट सङ्क्रमित सङ्ख्या घटेको पुष्टि भएको हो।

    बुधवार साँझ १६० जनाको स्वाब परीक्षण गर्दा १४ जना सङ्क्रमित पुष्टि भएको अस्पतालका कोरोना फोकल पर्सन डा सरोजरोशन दासले बताए। सङ्क्रमित हुनेमा पर्साका ९, बारा/सर्लाहीका २/२ र रौतहटका १ जना छन्। उनीहरूको उमेर २४ देखि ८५ वर्ष रहेको र सिटी भ्यालू १८.२ देखि ३५.४ रहेको डा दासले बताए।

    यसैबीच, नारायणी अस्पतालमा बिहीवार ४ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले बताए। बिहान अढाई बजे रौतहट, गुजरा नगरपालिका–७ निवासी ७० वर्षीया महिलाको मृत्यु भएको हो। उनले कोरोनाको पहिलो खोप लगाएकी थिइन्। महिलालाई जेठ १८ गते भर्ना गरिएको र उनमा जेठ १९ गते सङ्क्रमण पुष्टि भएको थियो।

    यसैगरी, वीरगंज–१७ अलौं निवासी ८० वर्षीय पुरुषको बिहान करीब ८ बजेतिर निधन भएको डा सिंहले बताए। उनले कोभिडविरुद्धको खोप लिएका थिएनन्। १७ गते भर्ना भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

    यसैगरी, वीरगंज–१६ नगवा निवासी ५५ वर्षीय पुरुषको दिउँसो १२ः३० बजे निधन भएको थियो। यिनले पनि कोभिडविरुद्ध खोप लिएका थिएनन्। ११ गते भर्ना भएका यिनमा १९ गते सङ्क्रमण पुष्टि भएको थियो। यसैगरी, रौतहटको धाराहरि नगरपालिका–९ निवासी ४५ वर्षीया महिलाको आज दिउँसो २ः३० बजे निधन भएको छ। वैशाख २७ गते सङ्क्रमण भएपछि भर्ना भएकी उनको आज निधन भएको हो। यी महिलाले पनि कोरोनाविरुद्धको खोप लिएकी थिइनन्।

    Posted in ताजा अपडेट, मुख्य खबर1 Comment on पर्सामा सङ्क्रमण दर घट्दै।

    नेपालगन्ज मुस्लिम समाजको अगुवाईमा प्रहरीलाई मास्क तथा खाजा बितरण ।

  • २१ जेष्ठ २०७८, शुक्रबार ०१:१३ मा प्रकाशित

  • बाँके,जेष्ठ २०! कोरोना भाइरसको महामारीबाट जोगिन नेपालगन्ज मुस्लिम समाजले धम्बोझी लगायत विभिन्न ठाउँमा खटिएका प्रहरी टोलीलाई मास्क, पानी तथा खाजा बिहिवार वितरण गरेको छ ।

    जनताको सेवामा समर्पित प्रहरीको मनोबल उच्च बनाउन नेपालगन्ज मुस्लिम समाजले मास्क ,पानी तथा खाजा बितरण कार्यक्रमको आयोजना गरेको हो । लकडाउनको अवधिमा कामकाज पुर्ण ठप्प भएको भन्दै विपन्न तथा असहाय परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको मुस्लिम समाजका सचिव मेराज अहमद हिमाल बताउँछन् ।

    लकडाउनको अवधिमा भोकमरिको शिकार हुन नदिन विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । सो अवधिमा स्थानीयतहले विपन्न परिवारलाई बेवास्ता गरेको भन्दै केही हदसम्म पुग्ने गरि मुस्लिम समाजले विपन्न परिवारलाई राहत वितरण गरेको स्थानीयवासी शकील राईले बताए।

    यस अघि नेपालगन्ज मुस्लिम समाजले गरीब तथा अति विपन्न परिवारलाई प्रत्येक घरलाई १० किलो चावल , ५ किलो पीठो , १ किलो चिनी, १ किलो दाल ,१ किलो नुन , १ लिटर खानेतेल र १ पकेट सोयाबीन वितरण गरेका छन । उक्त राहत सामाग्री दोस्रो चरणमा वितरण गरेको मुस्लिम समाजका अध्यक्ष अब्दुल हकीम हलवाईले जानकारी दिनु भयो ।

    सो कार्यक्रममा मुस्लिम समाजका अध्यक्ष: अब्दुल हाकिम हलवाई, बरिष्ठउपाध्यक्ष: मुन्ना मन्सुरी, उपाध्यक्ष: फिरोज हलवाई, कोषाअध्यक्ष: मो सलीम हलवाई ( बाबू नेता ), सचिव: मेराज हिमाल, महासचिव: जियाउलहक, वरिष्ठसल्लाहकार : हाजी रज्जाब अन्सारी, सल्लाहकार: सकिल जसगढ र फर्जन हलवाई त्यसतै सदस्यहरु: सारिक सलमानी, वाहिद हलवाई , मो. राहिस हलवाई तथा अन्य समाजसेवी सहभागी रहेको मुस्लिम समाजका कोषअध्यक्ष मो. सलीम हलवाईले बताए ।

    समाचारका लागि साहिल शेष ।।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on नेपालगन्ज मुस्लिम समाजको अगुवाईमा प्रहरीलाई मास्क तथा खाजा बितरण ।

    तीन देशमा अब हरेक साता उडान, अनुमति पाए चार एयरलाइन्सले

  • १८ जेष्ठ २०७८, मंगलवार २०:४७ मा प्रकाशित
  • १८ जेठ, काठमाडौं । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ ।
    यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन् ।
    अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।
    नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन् ।
    दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।
    भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ । थप तीन मुलुकमा भने सरकारले एक साता अगाडी उडान खोल्ने निर्णय गरेको थियो ।
    मलेसिया र खाडीमा नेपाली अलपत्र
    सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको १ महिना नाघेको छ । यो बीचमा अत्यावश्यक कामका लागि आवतजावत गर्ने यात्रु समेत समस्यामा परेका छन् ।
    नेपाल सरकारले खाडी र मलेसियामा प्राथमिकता नदिँदा समस्यामा परेको भन्दै दैनिक ठूलो संख्यामा गुनासो आउने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडान अनुमति खुला गर्ने वा नगर्ने विषय प्राधिकरणको नभएको भन्दै समस्या पर्दा सम्बन्धित मुलुकको दूतावासमा सम्पर्क गर्न समेत प्राधिकरणले जनाएको छ ।
    उता, यात्रुले भने कतार खुला भएसँगै अन्य मुलुकमा समेत सुरक्षा मापदण्ड पुरा गरी उडान खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    Posted in ताजा अपडेटLeave a Comment on तीन देशमा अब हरेक साता उडान, अनुमति पाए चार एयरलाइन्सले

    एनआरएनए साउदी द्वारा राजदूत सिंहको बिदाई

  • १४ जेष्ठ २०७८, शुक्रबार २३:०९ मा प्रकाशित

  • गैर आवासीय नेपाली संघ साउदी अरबले नेपाली दूतावास रियादका राजदूत प्रा.डा. महेन्द्र सिंह राजपूतलाई कार्यकाल पुरा गरी स्वदेश फर्किने क्रममा एक कार्यक्रम गरी विदाई गरेको छ। यही २०७८ जेष्ठ १९    मा राजदूत सिंहले आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फिर्ता हुनुहुँदैछ । 


     कोभिड १९ महामारीको प्रकोपलाई मध्यनजर गरी गैर आवासीय नेपाली संघ साउदी अरबले दूतावास प्रांगण रियादमा बिदाई समारोह कार्यक्रम गरी राजदूत सिंहलाई बिदाई गरेको हो। कार्यक्रममा जेद्धा महावाणिज्य दूतावासका का.बा. महावाणिज्यदूतको विशेष उपस्थिति सहित दूतावास परिवार रियाद, गैर आवासीय नेपाली संघको विभिन्न तह र समितिमा आवद्ध पदाधिकारीहरूको अलावा जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष लगायत अन्य नेपाली जनसमुदायको समुपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न भएको थियो ।


    उक्त बिदाई कार्यक्रममा एनआरएनए आईसीसी सदस्य नारायण पासवान, जनप्रगतिशिल राष्ट्रीय समिति साउदीका अध्यक्ष शिवराज जैशी, जनसंपर्क समिति साउदी अरबका पूर्व अध्यक्ष दिपक रेग्मीले बिदाई शुभकामना मन्तव्य राख्नु भएको थियो भने दूतावास परिवार रियादको तर्फबाट श्रमसहचारी जिवन राई तथा महावाणिज्य दूतावास जेद्धाको तर्फ बाट शत्रुघन पोख्रेलले शुभकामना मन्तव्य राख्नुभएको थियो। त्यसै गरी एनआरएनए आईसीसी  मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल तथा एनसिसी साउदीका संस्थापक सदस्य एवम् संरक्षक राजु सैयदले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो।


    बिदाई कार्यक्रममा बोल्दै आफ्नो ४ वर्षे कार्यकाल पुरा गरी नेपाल फर्कने तयारीमा रहनु भएका महामहिम राजदूतले अवधिमा  आफू राजदूतको रूपमा साउदी अरब आए पश्चात  यहाँ रहेका नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा गरी  संगालेको अनुभवहरू तथा अविस्मरणीय क्षणहरू कोट्याउनु भएको थियो । 


    कार्यक्रमको अन्त्यमा महामहिम राजदूतलाई दोसल्ला ओडाई गैर आवासीय नेपाली संघ साउदीको तर्फ बाट  मायाको चिनो र प्रसंशा पत्र हस्तान्तरण गरिएको थियो भने बिदाई कार्यक्रमका सभाध्यक्ष एवम् गैर आवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका आप्रवासी नेपाली कामदारहरूको तर्फ बाट बिदाई शुभकामना मन्तव्य राख्दै कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रम एनसिसी साउदीका उपाध्यक्ष विशाल श्रेष्ठले संचालन गर्नु भएको थियो । 

    Posted in ताजा अपडेटLeave a Comment on एनआरएनए साउदी द्वारा राजदूत सिंहको बिदाई

    एनआरएनए साउदीद्वारा संचालित “नेपालमा अक्सिजन पठाऔं, आफन्त बचाऔं” अभियानमा ९३,१९८.६१ साउदी रियल संकलित ।

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:२० मा प्रकाशित
  • समर्पण रम्जान

    २८ मे २०२१, साउदी अरब ! एनआरएनए साउदीले “नेपालमा अक्सिजन पठाउँ , आफन्तको ज्यान बचाउँ” अभियानमा ९३,१९८.६१ साउदी रियल करिब साढे २८ लाख नेपाली रुपैयाँ संकलित भएको कुरा आफ्नो आधिकारिक पेजबाट जानकारी गराएको छ ।

    बिस्वब्यापी रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना महामारी जस्तो भयानक संक्रामक रोगका करण हाम्रो देश नेपालमा देखिएको हालको स्वास्थ्य संकटले गर्दा मुलुकले थेग्नै नसक्ने चरम अक्सिजन अभावले गर्दा दिनहुंँ धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको साथै हजारौं बिरामीहरुले अक्सिजनको अभावको बिषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा अक्सिजन सिलिन्डर पठाउने उद्देश्यले एनआरएनए मध्यपुर्बले संयुक्त रूपमा शुरुवात गरेको कदमलाई ग्रहण गर्दै एनसिसी साउदी अरबले छोटो समयमै उक्त सहयोग रकम संकलन गरेको छ । 

    उक्त अभियानमा सहयोगका लागी स्वत:स्फुर्त रुपमा साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा अन्य संघ संस्था द्वारा पनि एनआरएन साउदीको यो अभियानलाई सहयोग गर्नु भएको थियो ।
    आफ्नो पेजबाट सम्पुर्ण सहयोगी मनहरु साउदीमा क्रियासिल सामाजिक संघ संस्थाहरु ,राजनीति पार्टीका प्रवासका संघ संगठनहरु लगायत सामाजिक अभियन्तालाइ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले विज्ञप्ति जारी गर्दै हार्दिक धन्यवाद ज्ञापन सहित कृतज्ञता प्रकट गर्दै सम्पुर्ण नाम सहितको विवरणहरु सेयर गर्दै सबैमा जानकारी गराएको छ ।

    गत २६-मे बुधबार २०२१ का दिन बसेको एनसिसी साउदी अरबको आकस्मिक बैठकको निर्णय अनुसार हाल सम्म संकलित उक्त रकममा एनसिसी साउदीको कोषबाट थप रकम निकासा गरी ३० लाख नेपाली रुपैयाँ आइसिसिको कोरोना सहयोग बैंक खातामा जम्मा गरिदिने निर्णय गरिएको पनि एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले बताएका छन् ।
    जस अन्तर्गत ओमनबाट पठाएको ५६० सिलिन्डरका लागि रकम प्रयोगमा ल्याउन र बाकी रहेको रकम आइसिसिले योजना गर्दै गरेको सात वटा प्रदेशमा अक्सिजन प्लान्ट निर्माण र स्वदेश लाई खोप आयात व्यवस्थापनका सदुपयोग गरिने अध्यक्ष थापाले जानकारी गराउनु हुँदै संकलित रकम सहि र पारदर्शी रुपमा प्रयोगमा आउने सबैमा बिश्वास दिएका छन् ।

    यसरी छोटो समयमै पनि यति धेरै सहयोग संकलन भएको र मध्यपुर्व बाट नेपालमा यस्तो अमुल्य सहयोग गएकोमा सम्पुर्ण बिदेशमा रहेका नेपालीहरुला सहयोगको लागि उत्साहित बन्न प्रेरणा मिलेको छ भने यो अभियानबाट अरु संघ संस्था तथा अन्य नेपाली हरुले पनि सहयोग संकलन गरिरहेका छन ।।


    सम्पुर्ण विवरण हरु तलको फाइलमा हेर्न सक्नुहुनेछ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीद्वारा संचालित “नेपालमा अक्सिजन पठाऔं, आफन्त बचाऔं” अभियानमा ९३,१९८.६१ साउदी रियल संकलित ।

    गोरखा बारपाकमा स्थिति भयावह बन्दै, चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली जाँदै

  • १४ जेष्ठ २०७८, शुक्रबार ०७:५६ मा प्रकाशित
  • गोरखा १४, जेठ ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ बारपाकमा कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढदै थालेपछि आज स्वास्थ्यकर्मी सहितको टोली त्यस क्षेत्रमा पठाइने भएको छ ।

    हिजो १३ गते बसेको जिल्ला स्तरीय कोभिड १० संकट व्यवस्थापन केन्द्रको बैठकले गोरखा अस्पतालका डा. सन्दिप श्रेष्ठको संयोजकत्वमा चिकित्सको टोली बारपाक पठाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    बारपाकमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका केही व्यक्तिको मृत्यु समेत भइसकेको भन्दै केन्द्रको बैठकले तत्काल चिकित्सक सहितको टोली पठाउन लागिएको हो । टोलीमा स्वास्थ्य कार्यालय गोरखाका ल्याव टेक्निसियन नारायणबाबु अर्याल, गोरखा अस्पतालका ल्याव टेक्निसियन चिजकुमार श्रेष्ठ र सहयोगीका रुपमा राजु रोक्कालाई पठाउने निर्णय भएको उहाँको भनाई छ ।

    त्यस्तै गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय, गण्डकी प्रदेश पोखराबाट ३ जना चिकित्सक, र ३ जना ल्याव टेक्निसियनमा टोलीमा सहभागी हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । कोभिड परीक्षणका क्रममा खटिने स्वास्थ्यकर्मीहरुको टोलीको सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्ड सुरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत डिसिसिएमसीको बैठकले गरेको उहाँले बताउनुभयो ।

    डिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको बैठकमा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्ट, स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरी लगायतको पनि सहभागिता रहेको कुरा इच्छाकामनान्युज.कमले छपाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on गोरखा बारपाकमा स्थिति भयावह बन्दै, चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली जाँदै

    वीरगंजमा संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए।

  • १३ जेष्ठ २०७८, बिहीबार २०:५६ मा प्रकाशित
  • वीरगन्ज, १३ जेठ । प्रधानमन्त्रीले चालेको असंवैधानिक कदमको विरुद्धमा पर्साका विद्यार्थी संगठनहरुले आज प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाएका छन् ।

    वीरगन्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल आवासक्षेत्र अगाडि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेपाल कांग्रेस निकट नेपाल विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

    अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज जुवैर आलम र नेविसंघका कार्यवाहक अध्यक्ष विकेस पटेलको नेतृत्वमा रहेका विद्यार्थीहरुले नारावाजी गर्दै पुत्ला जलाएका हुन् ।

    असंवैधानिक कदमको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको जनाएका छन् । उनीहरुले सडकमा नारावाजी सहित जुलुश प्रदर्शन गरेका छन् ।

    जुलुश प्रदर्शनमा अखिल क्रान्तिकारीका पर्सा सदस्य रामबाबु मण्डल, महानगर अध्यक्ष विवेक साह लगायतको सहभागिता रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on वीरगंजमा संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P