
समर्पण रम्जान
२८ मे २०२१, साउदी अरब ! एनआरएनए साउदीले “नेपालमा अक्सिजन पठाउँ , आफन्तको ज्यान बचाउँ” अभियानमा ९३,१९८.६१ साउदी रियल करिब साढे २८ लाख नेपाली रुपैयाँ संकलित भएको कुरा आफ्नो आधिकारिक पेजबाट जानकारी गराएको छ ।
बिस्वब्यापी रुपमा तीब्र गतिमा फैलिरहेको कोरोना महामारी जस्तो भयानक संक्रामक रोगका करण हाम्रो देश नेपालमा देखिएको हालको स्वास्थ्य संकटले गर्दा मुलुकले थेग्नै नसक्ने चरम अक्सिजन अभावले गर्दा दिनहुंँ धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको साथै हजारौं बिरामीहरुले अक्सिजनको अभावको बिषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा अक्सिजन सिलिन्डर पठाउने उद्देश्यले एनआरएनए मध्यपुर्बले संयुक्त रूपमा शुरुवात गरेको कदमलाई ग्रहण गर्दै एनसिसी साउदी अरबले छोटो समयमै उक्त सहयोग रकम संकलन गरेको छ ।
उक्त अभियानमा सहयोगका लागी स्वत:स्फुर्त रुपमा साउदी अरबमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी तथा अन्य संघ संस्था द्वारा पनि एनआरएन साउदीको यो अभियानलाई सहयोग गर्नु भएको थियो ।
आफ्नो पेजबाट सम्पुर्ण सहयोगी मनहरु साउदीमा क्रियासिल सामाजिक संघ संस्थाहरु ,राजनीति पार्टीका प्रवासका संघ संगठनहरु लगायत सामाजिक अभियन्तालाइ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले विज्ञप्ति जारी गर्दै हार्दिक धन्यवाद ज्ञापन सहित कृतज्ञता प्रकट गर्दै सम्पुर्ण नाम सहितको विवरणहरु सेयर गर्दै सबैमा जानकारी गराएको छ ।
गत २६-मे बुधबार २०२१ का दिन बसेको एनसिसी साउदी अरबको आकस्मिक बैठकको निर्णय अनुसार हाल सम्म संकलित उक्त रकममा एनसिसी साउदीको कोषबाट थप रकम निकासा गरी ३० लाख नेपाली रुपैयाँ आइसिसिको कोरोना सहयोग बैंक खातामा जम्मा गरिदिने निर्णय गरिएको पनि एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले बताएका छन् ।
जस अन्तर्गत ओमनबाट पठाएको ५६० सिलिन्डरका लागि रकम प्रयोगमा ल्याउन र बाकी रहेको रकम आइसिसिले योजना गर्दै गरेको सात वटा प्रदेशमा अक्सिजन प्लान्ट निर्माण र स्वदेश लाई खोप आयात व्यवस्थापनका सदुपयोग गरिने अध्यक्ष थापाले जानकारी गराउनु हुँदै संकलित रकम सहि र पारदर्शी रुपमा प्रयोगमा आउने सबैमा बिश्वास दिएका छन् ।
यसरी छोटो समयमै पनि यति धेरै सहयोग संकलन भएको र मध्यपुर्व बाट नेपालमा यस्तो अमुल्य सहयोग गएकोमा सम्पुर्ण बिदेशमा रहेका नेपालीहरुला सहयोगको लागि उत्साहित बन्न प्रेरणा मिलेको छ भने यो अभियानबाट अरु संघ संस्था तथा अन्य नेपाली हरुले पनि सहयोग संकलन गरिरहेका छन ।।
सम्पुर्ण विवरण हरु तलको फाइलमा हेर्न सक्नुहुनेछ ।












