साउदी अरब ! गैर आवासीय नेपाली संघ(एनआरएनए एनसिसि) राष्ट्रिय समन्वय परिषद कतारका बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले २०२१-२३ कार्यकालका लागी पुनः अध्यक्षमा उम्मेद्धारी दिएका छन ।
एनआरएनए एनसिसि कतारको आठौ महाधिबेशनबाट अध्यक्षमा निर्बाचित भएर २०१९-२१ को कार्यकालमा कोभिड १९ को भयावह परिस्थितिमा पनि थुप्रै सामाजिक कार्यहरू गरि संस्थालाई ठुलो योगदान दिदै आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका मुसलमानले एनसीसी कतारको नबौं महाधिबेशन मार्फत पुनः २०२१–२०२३ कार्यकालको लागी अध्यक्षमा उम्मेद्धारी दिएका छन् । गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको २०१९/२०२१ कार्यकाल सफल बनाउन साथ सहयोग गर्नु हुने सबैलाई धन्यवाद र आभार प्रकट गर्दै बिगतमा घोषित कार्यक्रमहरु कोभिड महामारीका कारण सम्पन्न गर्न असमर्थ भएकोले यी अधुरा कामहरु सम्पन्न गर्न सबैको साथ, सहयोग र समर्थनका लागि अनुरोध गरेका छन् ।
२०२१–२०२३ कार्यकालका लागि पुनः अध्यक्षको उम्मेदवारी घोषणा अध्यक्षमा पुनःनिर्बाचित भएमा तपसिलका १० बुँदे कामहरु सम्पन्न गर्ने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।
१. एनसीसी कतारको हरेक गतिबिधीहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरेको र अझ सशक्त बनाईने छ । २. विगतका वर्षहरुदेखि नै घोषित नेपाली सांस्कृतिक केन्द्र ,स्थापना गर्ने कार्यका लागि पहल भैरहेको र उक्त कार्य सम्पन्न गर्नका लागि यथासम्भब प्रयास गरिनेछ । ३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरीरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणममुखी वनाउनका लागि पहल गरिनेछ । ४. विगतमा नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरीरहेको र आगामि दिनहरुमा थप रचानात्मक ढङ्गवाट कार्य सम्पादन गरिनेछ । ५. कतार सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा विगतमा नेपाली श्रमिकहरुका लागि वेलावेलामा चेतनामुलक कार्यहरु गरीएको र आगामि दिनहरुमा समेत यसको निरन्तरता र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिनेछ । ६, प्राय नेपालीहरु कतार आउदा कतारको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनमुलक कार्यक्रमको आयोजना गरिनेछ । ७, २०२२ विश्वकप आयोजक राष्ट्र कतारसंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ । ८, नेपालमा वेदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा कतारवाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भुमिका निर्वाह गरीनेछ । ९, नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ । १०, पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।
कतार स्थित विभिन्न संघ संस्थाहरुको पनि साथ सपोर्ट अध्यक्षका उम्मेदवारी मुसलमानलाई नै रहेकोले उहाँको २०२१-२३ कार्यकालका अध्यक्ष का लागि पनि जित सुनिस्चित जस्तै रहेको उहाँको दाबी छ ।
१८ जुन २०२१ ! कोभिड १९ का कारण केही समय देखी स्थगित रहेको गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ कार्यक्रमको नयाँ तालिका सार्वजनिक भएको छ।
एनआरएनए मध्यपूर्व युवा विभागले भर्चुअल पत्रकार सम्मेलनको आयोजना गरी नयाँ कार्यतालिका सार्वजनिक गर्दै एनआरएन आइडलको ग्राण्ड फिनाले सन् २०२१ को सेप्टेम्बर १७ मा हुने घोषणा गरेको हो।
गैरआवासीय नेपाली संघ मध्यपूर्व क्षेत्रीय युवा विभागका संयोजक राज रेग्मीले कोभिड–१९ का कारण विविध कठिनाई भएकाले ग्लोबल एनआरएन सिंगिङ आइडलको मिति हेरफेर भएको बताए।
यस्तो छ परिमार्जित कार्यक्रमको कार्य तालिका
एनआरएन आइडलको ओपनिङ राउण्ड ३ चरणमा विभाजन गरिएको छ। जसअन्तरगत अन्तरा राउण्ड सन् २०२१ को जुन २५ मा हुने छ। ‘यस राउण्डमा डिजिटल राउण्डबाट छनौट भएर आएका ५८ जना प्रतियोगीहरूले प्रवेश पाउने छन्, यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात अन्तरा राउण्डबाट १८ जना प्रतियोगीहरू बाहिरिनेछन्,’ रेग्मीले भने, ‘बाँकी ४० जना प्रतियोगिहरूले ओपनिङको सारेगम राउण्डमा प्रवेश पाउनेछन्’
सारेगम राउण्ड जुलाई २ मा हुने छ। यस राउण्डमा अन्तरा राउण्डबाट छनौट भएर आएका ४० जना प्रतियोगीहरूले प्रवेश पाउने छन्। रेग्मीका अनुसार यस राउण्डमा थप एक–एक गीतको प्रस्तुति दिएपश्चात सारेगम राउण्डबाट १० जना प्रतियोगीहरू बाहिरिने छन्। बाँकी ३० जना प्रतियोगीहरूले पियानो राउण्डमा प्रवेश पाउने उनले बताए। पियानो राउण्ड जुलाई ९ मा हुनेछ। यस राउण्डमा प्रवेश पाएका ३० जनाले स्वतः गाला राउण्डमा प्रवेश पाउनेछन्। पियानो राउण्डमा कुनै पनि प्रतियोगीहरूले प्रस्तुति दिनुपर्ने छैन। ‘प्रतियोगीहरूको भोटिङ निरन्तर खुल्ला नै रहने छ,’ उनले भने।
गाला राउण्डलाई ३ चरणमा बाँडिने एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङले बताए। प्रथम गाला राउण्ड अगस्ट ६ मा हुने छ।
‘यस राउण्डमा प्रवेश गरेका ३० जना प्रतियोगीमध्ये प्रथम गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्, बाँकी २५ जना प्रतियोगी दोस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।
दोस्रो गाला राउण्ड १३ अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २५ जना प्रतियोगीमध्ये दोस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने गुरुङले बताए। ‘बाँकी २० जना प्रतियोगी तेस्रो गाला राउण्डमा प्रवेश पाउनेछन्,’ उनले भने।
तेस्रो गाला राउण्ड २० अगस्टमा हुने छ। यस राउण्डमा प्रवेश गरेका २० जना प्रतियोगीमध्ये तेस्रो गाला राउण्डबाट ५ जना प्रतियोगीहरू बाहिरिने आयोजकले बताए। ‘बाँकी १५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउनेछन्,’ गुरुङले भने।
सेमी फिनाले राउण्ड
सेमी फिनाले राउण्ड ३ सेप्टेम्बरमा हुनेछ। ‘अन्तिम चरणबाट प्रवेश पाएका १५ जनामध्ये पहिलो चरणबाट ५ जना प्रतियोगीहरू बाहिरिने छन्,१० जना प्रतियोगीहरूले फिनालेमा प्रवेश पाउनेछन्,’ संयोजक गुरुङले भने।
ग्राण्ड फिनाले राउण्ड १७ सेप्टेम्बर, २०२१ मा ११ बजेदेखि १ बजेसम्म हुने एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीले बताए। ‘फिनालेमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना प्रतियोहरु बाहिरिने छन्।
‘ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने छ,’ रेग्मीले भने।
ग्राण्ड फिनाले १७ सेप्टेम्बर, २ बजेदेखि ५ बजेसम्म हुने रेग्मीले बताए। ग्राण्डमा प्रवेश पाएका १० जनामध्ये थप ५ जना पहिलो राउण्डबाट बाहिरिने छन्। ग्राण्ड फिनालेको अन्तिम चरणमा प्रवेश गरेका ५ जना प्रतियोगीहरूलाई क्रमशः पाँचौ, चौथो, तेस्रो, दोस्रो र पहिलो गरी सार्वजनिक मतका आधारमा निर्णायक मत उद्घोष गरी विजेता घोषणा गरिने रेग्मीले बताए।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ आयोजना गरिएको एनआरएन आइडलमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल निर्णायक रहेका छन्।
प्रतियोगिताका विजेताले सात लाख रुपैयाँ प्राप्त गर्ने छन्। द्वितीय पुरस्कार चार लाख रुपैयाँ, तेस्रो दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार पचास हजार रुपैयाँ तय गरिएको छ।
पत्रकार सम्मेलनमा कसले के भने?
ग्लोबल एनआरएन सिंगिङ आइडलको नयाँ तालिका सार्वजनिक गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका सचिव आरके शर्माले नेपाली कला, संस्कृति र संगीतलाई विश्वभरि परिचित गराउनका लागि नै एनआरएनएले यस किसिमका कार्यक्रमलाई प्राथमिकता दिएको बताए।
सचिव शर्माले नेपालबाट विभिन्न देशमा पुगेका नेपालीहरूले सांगीतिक यात्रालाई जोगाइराखेकाले अब एनआरए आइडलमार्फत् विश्वलाई देखाउन सक्ने बताए।
त्यसैगरी, गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्री, संघका सल्लाहकारद्वय टिबी कार्की र सोम सापकोटा तथा एनआरएनएकी मानार्थ अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य याश्मिन बेगम लगायतले ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजनाले गैरआवासीय नेपालीहरूको कला र सांगीतिक जीवन अघि बढाउन सहयोग पुर्याउने बताए ।
२ असार २०२८ । विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाजले ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् । गोरखा स्थायी घर भई विश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाजले आर्थिक सहयोग संकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन । “एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटर बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयबाट आबश्यक प्रक्रिया पुरा गरि प्राप्त गरेकोे ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिएका छन् ।
चीनबाट खरिद गरि पठाइएका उक्त अक्सिजन कन्सनट्रेटर गोरखाका बिभिन्न अस्पताल तथा आइसोलेसनलाई उपलब्ध गराउने छन् । ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले चीनबाट खदिर गरि पठाइएका उक्त अक्सिजन कन्सनट्रेटर बुधबार ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र समाजका नेपाल प्रमुख विनोद पोखरेलले संयुक्तरुपमा बुझेका थिए । ग्लोबल गोरखा समाजले कम्तिमा १ स्वास्थ्य चौकीमा १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्रमा २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटलमा ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान ’अभियान सञ्चालन गरिरहेको उक्त समाजले दोस्रो चरणमा आफ्नो गृह जिल्लामा यो सहयोग पुर्याएको हो ।
नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएपछि उक्त अभियान सञ्चालन गरि विभिन्न देश बिदेशमा रहेका गोर्खालीहरुसित रकम संकलन गरेर स्वास्थ सामाग्रीहरु तथा अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको गोकर्ण ढकालले बताए ।
साउदी अरब | गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रीय महाधिवेशन नजिकिदै गर्दा संघको अन्तर्राष्ट्रीय समन्वय परिषद मातहतका राष्ट्रीय समन्वय परिषदहरूको कामकार्बाहीहरु राष्ट्रीय महाधिवेशन तर्फ केन्द्रित भएको छ। ओमन लगायत केही राष्ट्रीय महाधिवेशनहरू सम्पन्न भईसकेको छ भने अन्य राष्ट्रीय समन्वय परिषदहरू सोही कार्यमा होमिएको देखिन्छ। अन्तर्राष्ट्रीय महाधिवेशनमा यसको ठूलो प्रभाव रहने भएकोले पनि राष्ट्रीय महाधिवेशनहरूलाई महत्त्वका साथ हेरिने गरिन्छ। यसै सन्दर्भमा संघका राष्ट्रीय समन्वय परिषद साउदीको अन्तिम तथा १२ औँ पूर्ण बैठकले निर्वाचन आचार संहिता जारी गर्दै अगामी जुलाई महिनाको ३० तारिकमा आफ्नो राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ। राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२१-२३ का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अन्तर्राष्ट्रीय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२१ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ । उक्त महाधिवेशन बारे जानकारी दिँदै संघका महासचिव उमेश भट्टराईले संघका उपाध्यक्षहरूको संयोजकत्वमा विभिन्न समितिहरू गठन गरिएको र सम्बन्धीत समितिहरूले महाधिवेशनको लागी छुट्टा छुट्टै आ-आफ्नो जिम्मेवारी बहन गरिने जनाएको छ।
महासचिव भट्टराईका अनुसार संघले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमतिले पारित गर्दै आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न मध्यपूर्व क्षेत्रीय सह संयोजक राजेन्द्र अर्यालको संयोजकत्वमा ३ सदस्यिय राष्ट्रिय महाधिवेशन निर्वाचन समिति गठन गरेको छ भने उक्त निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाई आधार मानी आफ्नो कार्यभार पूरा गर्ने छन् ।
तसैगरी आइसिसि सदस्य यास्मिन बेगम संयोजक रहने गरि ५ सदस्यीय महाधिवेशन अनुगमन समिति र उनै बेगमकै संयोजकत्वमा समितीले एक जना सदस्य थप्ने गरी ४ सदस्यीय विधान संशोधन समिति गठन गरिएको छ। संघले उक्त १२ औँ नियमित बैठक बाटै संघको बरिष्ठ उपाध्यक्ष ध्रुव जिजालको संयोजकत्वमा ७ सदस्यीय आन्तरिक कोष अडिट तथा लेखा समिति, उपाध्यक्ष विशाल श्रेष्ठको संयोजकत्वमा क्षेत्रिय अध्यक्षहरू सहितको ९ सदस्यीय कार्यप्रगती प्रतिवेदन समिति र अर्का उपाध्यक्ष रोशन श्रेष्ठको संयोजकत्वमा १० सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको छ।
यो राष्ट्रीय महाधिवेशन संगै २०१९/२०२१ कागी निर्वाचित गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषदको कार्यकाल यही आउँदो जुलाई मसान्तमा सकिने छ।
बिरगंज १ असार । २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको सयुक्त प्रहरी टोलिले ६५ के.जि. अवैध लागू औषध गाजा सहित एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने वर्ष ५१ को रामकुमार मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो । प्रहरीले जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका, वडा नम्बर १८, भवानीपुरमा सडकछेउ रोकिराखेको बागमती प्रदेश-०१-००६ ख १८२८ नम्बरको ट्रकको तलासी लिँदा ४ वटा ठूलो प्याकेट बनाईएको ट्रकको क्याबिनभित्र सीटपछाडि लुकाइछिपाई राखिएको अवस्थामा ६५(पैँसट्ठी) किलो लागुऔषध गाँजा फेला परेपछि ट्रक चालक राम कुमार मोक्तानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो । उक्त गाँजा तथा ट्रक बरामद गरी चालक राम कुमार मोक्तानलाइ लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीका प्रवक्ता ओम प्रकाश खनालले बताए ।
चौधरी ग्रुपद्वारा स्थापना गरेको सिजि फाउन्डेसनले बारा र रौतहट जिल्लामा रहेका दुई सरकारी अस्पताललाई चार थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
फाउन्डेसनले आज एक कार्यक्रमको आयोजना गरि बारा जिल्लाको कलैयामा रहेको कलैया अस्पताल र रौतहट जिल्लामा रहेको गौर अस्पताललाई १० लिटरको २-२ थान गरि जम्मा ४ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको प्रदेश न.२ का प्रमुख सत्येन्द्र झाले जानकारी दिनु भयो।
सोमबार बिरगंज महानगरपालिका वडा न.११ श्रीपुरमा चौधरी ग्रुपको सिजि फाउन्डेसनको प्रदेश न.२ को प्रादेशिक कार्यालयको उदघाटन गर्नु हुँदै बिरगंज महानगरपालिकाका मेयर बिजय कुमार सरावगीले फाउन्डेसनको तर्फबाट सो अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गर्नु भएको थियो ।
सो फाउन्डेसनले यश अघि १० करोड रुपैया लगाएर १५ दिनमा १५ वटा आईस्यु बेड बिरअस्पताललाई हस्तान्तरण गरेको र बिरगंज स्थित नारायणी अस्पताललाई पनि एक पिस भेन्टिलेटर सहयोग गरेको बताए।
फाउन्डेसनले केन्द्रबाट सामाजिक उतरदायित्वका काम गर्दै आईरहेको छ , तर अब त्यतीले पुगेन फाउन्डेसनले सातै प्रदेशमा कार्यालय खोलेको र त्यहि प्रादेशिक कार्यालय मार्फत बार्षिक क्यालेन्डर अनुसार कार्यक्रम गर्दै जाने बताए।
त्यसैगरि केही दिन मै जनकपुर अस्पताललाई बच्चाहरुको लागि आईस्यु बेड दिने कार्यक्रम रहेको रहेको समेत बताए ।
काठमाडौ, २९ जेठ विश्व बालश्रम विरुद्ध दिवशको अवसर पारेर टुक्का साहित्य समाज काठमाडौले आयोजना गरेको विशेष खुल्ला टुक्का प्रतियोगिता कार्यक्रमको नतिजा घोषणा गरिएको छ । भर्चुअल माध्यमबाट गरिएको उक्त कार्यक्रम समाजका अध्यक्ष एवं टुक्काका प्रणेता ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न गरिएको थियो ।
उक्त खुला टुक्का प्रतियोगितामा खोटाङका टुक्काकार मुकुन्द कृष्ण थापा प्रथम, काठमाडौंका टुक्काकार शम्भु लाल श्रेष्ठ द्वितीय र काभ्रेपलान्चोककी टुक्काकार रचना मोक्तान तामाङले तृतीय स्थान हासिल गरेका थिए । प्रतियोगितामा नेपाल लगायत विश्वका विभिन्न स्थानमा रहेका नेपाली भाषी टुक्काकारहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा समावेश भएका टुक्काहरु मध्ये सुचनामा उल्लेखित सम्पूर्ण नियमहरू पूरा भई उत्कृष्ठ १५ मा परेका टुक्काकारहरुको टुक्का मुल्यांकनकर्ता समक्ष मुल्यांकनका लागि पठाइएको जानकारी प्रतियोगिताकी संयोजक एवं समाजकी सचिव पौडेल बिमुन्सले गराएकी थिइन ।
कविताको उपविधाको रुपमा रहेको टुक्काका प्रतियोगी टुक्काहरुको मुल्यांकनकर्तामा तिलक लुइँटेल गुरु, बिनोद दाहाल गुरु र समाजकी सल्लाहकार शर्मिला श्रेष्ठ रहनुभएको थियोे । शनिबार आयोजित उक्त भर्चुअल कार्यक्रममा बोल्दै मुल्यांकनकर्ताद्वय तिलक लुइँटेल र बिनोद दाहालले मुल्यांकनका क्रममा देखिएका सबल र दुर्बल पक्षको चर्चा गर्नुका साथै राम्रो टुक्का लेखनका लागि अमुल्य सुझाव प्रदान गरेका थिए ।
समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले प्रतियोगितामा सहभागी सम्पूर्ण टुक्काकारहरू तथा कार्यक्रम सफल बनाउन महत्वपूर्ण याेगदान दिने टुक्का साहित्य समाजका पदाधिकारी सदस्यहरू, निर्णायकहरू लगायत सम्पूर्णमा हार्दिक आभार प्रकट गरेका थिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरुलाई क्रमशः नगद रु ५००, ३०० र २०० कासाथै प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई दिइने पुरस्कारको प्रायोजन समाजका सदस्य सचिव जगत थापाले गरेका थिए भने कार्यक्रमको संचालन समाजकी सचिव पौडेल बिमुन्सले गरेकी थिइन ।
“विश्व बालश्रम विरुद्ध दिवश” विशेष खुल्ला टुक्का प्रतियोगितामा सहभागी मध्ये सुचनामा उल्लेखित सम्पूर्ण नियमहरू पूरा भई उत्कृष्ठ १५ मा पर्न सफल टुक्काकारका टुक्काहरू
/१/ भोलीको राष्ट्रशक्ति बालबालिका अन्यायमा नथिचियोस्, बाँच्न पाउने उसको अधिकार कतै बाट नमिचियोस् ! /२/ आज आँसु पिएर भोलीको भविष्य जुठ्यानमा खोज्छु, चाहना पुरा गर्न रातको अध्यारोमा सपना रोज्छु! /३/ आँतमा बल्छ भोकको आगो त्यसैले नसके पनि गर्छु श्रम, चोर्नु र ढाँट्नु आउँदैन आँसु पिउँछु कसैले नसोचे भ्रम!
शरद प्रधानाङ्ग विराटनगर-७
/१/ ती सबै साथीभाइ मिलेर खेल्दैछन् गट्टामा बालबालिकाले काम नगरुन् इँट्टा भट्टामा । /२/ दु:ख पाएका बालकलाई खानाका लागि डाकिदे बालश्रम गराउँनेलाई चिसो खोरमा जाकिदे । /३/ ज्ञानको शिक्षा दिएर चेतनाको ज्योति छर आफ्नै घरबाट त्यो बालश्रमको अन्त्य गर ।
विनोद रिजाल बेलबारी २मोरङ
/१/ बालअधिकार सुनिश्चित गर्नअघि सरौ, कुटपिट हिंसा र हत्या नगर्ने प्रण गरौं। /२/ स्वस्थ-शिक्षा र आहार हो आधारभूत कुरा, बालकको यिनै अधिकार गर्न पर्छ पूरा। /३/ बालश्रम र शोषण जघन्य अपराध हो जानौँ, बालमैत्री भावनाको संरक्षण सर्वोपरि ठानौँ।
अरूण कुमार भुजेल, गाेरुवथान, भारत
/१/ गरिवीको कारण हो विश्व बाल श्रम बढेको, कठै बालबालिका माथि कति शोषण भएको। /२/ सबैको रहर हुन्छ सानामा खेल्ने रमाउने, आउनुस् सबै मिलिजु लि बालश्रम हटाउने। /३/ पढ्ने लेख्ने उमेरमा काम गर्छन् बालबालिका, मिलेर नै रोक्नुपर्छ बालश्रम विश्वभरिक।
रिता खराल, गैड्डहवा ९ रुपन्देही
/१/ न चूल्हो बल्यो, न घर व्यवहार नै चल्यो ! भट्टीमा बालबालिकाको भविष्य नि जल्यो । /२/ बालबालिका कोपिला हुन फूल्न दिनुपर्छ, फूलहरुमा भमरा आइ भुनभुन गर्छ । /३/ नथोपरौं बालश्रम वाधा व्यवधान सारा अरु, बालबालिका हुन भविष्यका चम्किला ताराहरु
रचना मोक्तान तामाङ नमोबुद्द नगरपालिका वडा न ५ काभ्रेपलान्चोक
/१/ सडक खाते बालक भनि, किन छिंछिं दुर दुर? भोको पेटको सवाल छ, त्यसको के नैछ कसुर । /२/ किताब बोकि पढ्ने बेला, कवाडी खोज्दै हिड्छ नुर, गाडी होटल कारखानाको, बन्छ बाल मजदुर । /३/ बालश्रमको अन्त्य गरौं, पढुन बनाई तालिका, देशका कर्णधार हुन आजका यी बालबालिका ।
वसन्त अनुभव घोराही उपमहानगरपालिका – १४, दाङ
/१/ बाल बालिकालाइ न हेपाैँ, धेरै न बोलौँ धेरै न खेपौँ। /२/ बच्चा हरुबाट पनि ज्ञान लिउँ, आफुमा भएको ज्ञान पनि दिउँ। /३/ आजका बालक भोलिमा कर्णधार बदल्ने छन् पुरै एक दिन संसार
पारस भट्ट प्यासी, मेलौली बैतडी
/१/ श्रम नलगाउ बालकलाई दर्द पिडाले रुन्छ, भविष्य भोली बिग्रियो भने सम्झेर पछुतो हुन्छ। /२/ हँसाउ खेलाऊ पढाऊ बालकसँग खुसी मनाउ, विश्व भरि देशलाई चिनाउने दह्रो मुठ्ठी बनाउ। /३/ गल्ली,गाउँ,शहर,देश सबैतिर सन्देश छर्नुपर्छ, बालश्रम गराउनु हुँदैन भन्ने विवाद गर्नुपर्छ।
प्रकाश बुढाथोकी। ठेगाना- असम(भारत)
/१/ बालश्रम शोषण विरुद्धमा हामी लागि परौँ , सडक पेटि छाड्ने होईन ब्यबस्थापन गरौँ । /२/ बालश्रम बिरुद्धको अभियानमा लागि, खोस्नु पर्छ है अधिकार पाईंदैन मागि । /३/ सस्तोमा नै ठुलाहरुले गर्छन् तानातान , बाल शोषण गर्नु हुन्न यति कुरा जान ।
ललिता अभागी सुनकोशी ५ सिन्धुली हाल काठमाडौं
/१/ कामदार बालबालिका पनि हुन सक्तछन् नेपालको सुन्दर भविष्य! शिक्षा र स्वास्थ्यको अवसर दिई सक्षम बनाउने देखियोस् परिदृष्य! /२/ बालश्रम उन्मूलन गर्नलाई, गोष्ठी सम्पन्न हुन्छ तारे होटलमा! भोलिपल्ट तिनै बालकलाई अवसर, पैसा साट्ने खाली बोतलमा! /३/ एउटा बाल श्रमिक तन्देरी नभए सम्म धैर्य गरेर पर्खियो ! युवा हुन्छ खाडी तिर जान्छ, यसरी बाल श्रम निवारण गरियो !
प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर (हाल बिराटनगर)
/१/ कहीँ कतै दिल भित्र नपालाैँ है भ्रम , कानूनकाे बिपरित हुन्छ बालश्रम । /२/ बालश्रम बिरुद्धमा उठाउँछाैँ नारा, यूवा उठे सँगसँगै उठ्छ देश सारा । /३/ लालाबाला याे देशका भाेलि खम्बा बन्छन् , बालश्रम बिरुद्धमा जानकार भन्छन् । नाम: केशव प्रसाद ढकाल `प्रीतबीज´ ठेगाना : सिरान्चाेक ७, उपल्लो गाेहाेरे, गाेरखा
/१/ खोइ कहॅा छ सरकार बाल श्रम हॅुदा आशु कोही पुछ्दैन यहॅा टुहुरो त्यो रॅुदा । /२/ भविष्यका कर्णधार ति नगरॅौ बाल शोषण देशका खम्बा बन्नेछन् है गरे पालन पोषण । /३/ पल्ला घरमा बिहानै काम गर्ने सानो भाइ देखें पुलिसलाई तुरुन्तै एउटा उजुरी पत्र लेखें । -राजेशराज गड्तौला रतुवामाई-१०, मोरंग बसाइ- कॅाडाघारी, काठमाण्डौ हाल- आबुधाबी, युएई
/१/ श्रम गराएर त्यसै रिस नभर, बालबालिका माथि शोषण नगर। /२/ दुःख भए मनका सबै कथा व्यथा लिनुपर्छ, बालबालिकालाई पढ्ने अवसर दिनुपर्छ। /३/ बाल दिवस छ भनी कसरी मैले मनमा भर्नु, श्रम नगरी चुलो बल्दैन भन्नुहोस् अब के गर्नु। रविन भण्डारी कानेपोखरी २ दलेली मोरङ
/१/ आजका साना कोपिला, भोलिका सुन्दर फूल नगरौँ स्कुल छोडी, श्रममा पठाउने भुल /२/ बालश्रम बिरुद्ध बोल्नेहरुको प्यास, जुन पानीले मेटिन्छन् त्यहि पानी बेचिरहेकाहरु भने, बालबालिका नै भेटिन्छन् /३/ सधैँको लागि समाप्त गर्ने भए, बालश्रम शोषण राज्यले नि:शुल्क गर्नुपर्छ, शिक्षा र पालन-पोषण
मुकुन्द कृष्ण थापा खोटाङ
/१/ पढ्ने,खेल्ने उमेरमा नै ज्याला-मजदुरी कति गर्नु? सहन नसकि पीडा अनेक झर्छन् आँसु जति झर्नु। /२/ प्रभावकारीरुपमा लागू होस् कानुन बालश्रम अन्त्य गर्न, अवसर पाए तिनैले सक्छन् विश्वभर खुशीको रंग भर्न। /३/ विश्व बालश्रम विरुद्ध दिवस मनाइन्छ हरेक वर्ष, शिक्षाको उज्ज्वल ज्योति पाए तिनले सबमा छाउँथ्यो हर्ष।
शम्भु लाल श्रेष्ठ नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाण्डौ ।
२७ जेठ । कर्णाली प्रदेशको प्रदेश आयुर्वेद औषधालय सुर्खेतका दुईजना डाक्टर र एकजना स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ । निजहरु बिहीबार साँझ ६ बजेतिर कार्यालयबाट घर फर्किने क्रममा अपरिचित युवाहरुको समूहले आक्रमण गरेका थिए ।
आक्रमण परि घाइते हुनेमा डाक्टरहरु शंकरप्रसाद रिजाल, यादव उपाध्याय र स्वास्थ्यकर्मी लोकप्रसाद रेग्मी रहेको बुझिएको छ । निजहरुलाई सामान्य चोट लागेको सुर्खेत प्रहरीले जनाएको छ । डाक्टरमाथी हातपात गर्ने तीन जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार निजहरूले मादक पदार्थ सेवन गरेका थिए । मादक पदार्थ सेवन गरि मात्तिएर त्यस्तो हर्कत गरेको प्रहरीको अनुमान रहेको छ ।
९ जुन २०२१, साउदी अरब ! वैदेशिक रोजगारको सिलसिलामा २४ बर्ष अगाडि साउदी अरब आएका ७० बर्षिय नर बहादुर थापालाई खोजी गरिदिनका लागि साउदी स्थित नेपाली दूतावास तथा एनआरएनए आरसिसि अल कासिमलाइ उहाँको आफन्तले अनुरोध गरेका छन् ।
तनहुँ खैरेनीटार ६ घर भएका नर बहादुर थापा बिगत १९९७ मा साउदी अरब आएका र अहिलेसम्म पनि घर नफर्किएका तथा सम्पर्कमा न आएकाले उहाँका आफन्त साडु दाइ कर्न थापा तथा एक समाजसेवी ब्यक्ति दिपेश चापागाँइले खोजी गरिदिनका लागि अनुरोध गरेका छन् ।
७७०९३४ नम्बर पासपोर्ट नम्बर रहेका सन् १९५१ मा जन्मेका थापा सन् १९९७ मा साउदी अरब एक पटक पहिले पनि आएर इक्सिट गै फेरि अर्को कम्पनीमा आए देखि सम्पर्क बिहिन भएको कुरा चापागाँइले अबगत गराएका छन् । आफ्नो घरमा भोलि-भोलि आउने भन्दै दिन गन्दै आसै आशामा बसेका, अझैपनी आउने आस गरिरहेका परिवारले उहाँको खोजिका लागि एनआरएनए आरसिसि अल कासिमलाई अनुरोध गरेको कुरा दिपेश चापागाईंले जानकारी गराएका छन् ।
एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँ लाई गरिएको अनुरोध संगै उहाँको खोजी कार्यका लागि समाजिक संजालमा सेयर गर्नुका साथै नेपाली दूतावास रियादमा समन्वय गर्दै उहाँको खोजी कार्य गर्न सकेको सहयोग गर्ने कुरा अध्यक्ष मियाँले अबगत गराएको कुरा दिपेश चापागाईंले हिमालयन दृस्टीलाई जानकारी गराएका छन् ।
तपाईं हामी सबै मिलेर उहाँको खोजि कार्य गर्न सहयोग गर्नु हुम हामी सबैमा विनम्र अनुरोध गर्दछौ ।
बारा, २६ जेठ कलैया सिटि जेसिसको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि मिति २०७८/०२/१९ गते देखि शुरु भएको आज आठौं दिन राहत वितरण भएको छ । विश्वमा कोरोनाको दोस्रो भेरियन्टका कारण निषेधाज्ञा जारी भएको करिब १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान /बेलुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा परेका छन् । यता सरकार भने कोरोना नियन्त्रणको नाममा निषेधाज्ञा बढाउने मात्र ध्याउन्नमा छ । बन्दाबन्दीका कारण गरिब तथा विपन्न परिवारको अवस्था र उनीहरुको समस्यामा मलम लगाउने तीर नभई सत्ता र कुर्सीमै केन्द्रित हुँदा श्रमिक वर्ग पीडामा परेका छन् । सरकार प्रधानमन्त्री कुर्चीको खेलमा दौडिरहेका छन् । मजदुर, गरिब वर्गको चुल्हो कसरी बल्यो होला भन्ने ध्यान यतिबेला सरकार, प्रधानमन्त्रीलाई छैन/छ त केवल प्रधानमन्त्री पद जान्छ की भन्ने चिन्ता मात्र । जनतालाई घरभित्र थुनेर सरकार राजनीति खिचातानीमै व्यस्त रहेपनि कलैया सिटि जेसिस कलैयाले भने गरिब तथा विपन्न परिवारको चुल्हो बाल्ने अभियानमा जुटेको छ । कोभिड-१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि हातमुख जोर्न समस्यामा परेका परिवारको पहिचान गरी कलैया सिटि जेसिस कलैयाले राहत वितरणको कामलाई तिव्रता दिएको हो । कलैया सिटि जेसिस सन २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षतमा भएको उक्त कार्यक्रममा आज कलैया उपमहानगरपालिकाको वडा नं. ६, लाहेरवा गाउँ मा १३ जना अति विपन्न, गरीब, असहाय घरपरिवारलाई चामल १० केजी, दाल १ केजी, नुन १ प्याकेट, आलु २ केजी, सोयाबिन ५०० ग्राम, खाने तेल १ प्याकेट, नुहाउने साबुन १ पिसको पाकेट वितरण गरिएको थियो। उक्त कार्यक्रममा शाखाका अध्यक्ष जेसी शभ्भु गुप्ता, महासचिव जेसी पवन कुश्वाहा, पुर्व अधयक्ष जेसी धनीलाल सर्राफ त्यसैगरी मिडिया संयोजक जेसी मानिकचन साह, कोषाध्यक्ष जेसी सुबास जैसवाल, उपाध्यक्ष जेसी सन्दिप साह, आजीवन सदस्य जेसी बैजु दास, पुर्व उपाध्यक्ष जेसी राजेश महतो, सदस्यहरू जेसी सुरेन्द्र साह, जेसी रोशन श्रीवास्तव, जेसी अंकुश बायाहुत, जेसी अर्जुन गुप्ता, गणेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।