
२ असार २०२८ । विदेशमा रहेका गोरखाबासीहरुको संस्था ग्लोबल गोरखा समाजले ४० थान अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका छन् ।
गोरखा स्थायी घर भई विश्वका बिभिन्न मुलुकमा पेसा ब्यबसाय गरिरहेका गोरखालीहरुको संस्था ग्लोबल गोरखा समाजले आर्थिक सहयोग संकलन गरि उक्त अक्सिजन कन्सनट्रेटर नेपाल पठाएका हुन ।
“एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान’ अभियान अन्तर्गत ४० थान १० लिटरका अक्सिजन कन्सनट्रेटर बुधबार त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयबाट आबश्यक प्रक्रिया पुरा गरि प्राप्त गरेकोे ग्लोबल गोरखा समाजका अध्यक्ष बिनय अधिकारीले जानकारी दिएका छन् ।
चीनबाट खरिद गरि पठाइएका उक्त अक्सिजन कन्सनट्रेटर गोरखाका बिभिन्न अस्पताल तथा आइसोलेसनलाई उपलब्ध गराउने छन् । ग्लोबल गोरखा समाजका उपाध्यक्ष तथा स्वास्थ्य विभाग प्रमुख गोर्कण ढकालले चीनबाट खदिर गरि पठाइएका उक्त अक्सिजन कन्सनट्रेटर बुधबार ग्लोबल गोरखा समाजका अध्यक्ष विनय अधिकारी र समाजका नेपाल प्रमुख विनोद पोखरेलले संयुक्तरुपमा बुझेका थिए ।
ग्लोबल गोरखा समाजले कम्तिमा १ स्वास्थ्य चौकीमा १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्रमा २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटलमा ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ ‘एक अक्सिजन कन्सनट्रेटर दुई जीवनदान ’अभियान सञ्चालन गरिरहेको उक्त समाजले दोस्रो चरणमा आफ्नो गृह जिल्लामा यो सहयोग पुर्याएको हो ।

नेपालमा कोरोना महामारी भयावह रुपमा बढिरहेको र अक्सिजन नपाएर अकालमा मृत्यवुरमा गरिरहेको घटनाले दुखी बनाएपछि उक्त अभियान सञ्चालन गरि विभिन्न देश बिदेशमा रहेका गोर्खालीहरुसित रकम संकलन गरेर स्वास्थ सामाग्रीहरु तथा अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको गोकर्ण ढकालले बताए ।


