नेपाली नयाँ वर्ष २०७ ९ नेपाली श्रमिकहरू सचेत बनेको वर्ष बनोस् भनी शुभकामना दिदैं साउदी अरबमा रहेर काम गर्दै गर्दा गर्न हुने तथा गर्न नहुने कार्यहरू सम्बन्धी बुँदागत रुपमा नेपाली दूतावास रियाद साउदी अरबले सबैलाई जानकारी गराएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा आई विभिन्न पेशा / व्यवसायमा संलग्न रहेका नेपाली नागरिकहरूले गर्न हुने नहुने कामहरु एवं सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सजगता र सचेतनाका सम्बन्धमा नेपाली राजदूतावास रियादले समय समयमा विभिन्न कार्यक्रम , फेसबुक एवं वेभसाइट मार्फत जानकारी गराउदै आए पनि अहिले श्रमिक सचेतनामा मद्दत पुऱ्याउने विभिन्न बुंदाहरु समेटेर साउदी अरबमा गर्न हुने / नहुने कार्यहरू सम्बन्धी जानकारी विस्तृतरूपमा संप्रेषण गरेको छ ।
साउदी अरबको साइबर अपराध विरूद्दको कानून २००७ को कोही कसैले उल्लङ्घन गरेमा ५ वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिवाना हुने भएकोले सो कानूनको प्रतिकूल हुने कुनै पनि गतिविधिहरू नगर्नु / नगराउनु हुन अनुरोध छ । यसकालागि कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्नुहोस । फेसबूक , IMO , WhatsApp , Messenger वा अन्य माध्यमबाट साउदी कानूनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड , शेयर , लाइक , कमेण्ट आदि नगर्नुहोस । १. आफ्नो फोनबाट अरूलाई कुरा गर्न नदिनुहोस । आफैँले पनि आफ्नो फोनबाट साउदीमा अपरिचित पुरुष वा महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्नुहोस । २. हुण्डी , हवाला वा अन्य कुनै पनि गैर – कानूनी माध्यमबाट रकमको कारोवार नगर्नुहोस स्वदेशमा रकम पठाउँदा बैंकिङ माध्यमबाट मात्र पठाउनुहोस । ३. आफू रहेको मुलुकको धर्म , संस्कृति , परम्परा , रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्नु तपाइ हाम्रो दायित्व हो । साउदी अरबमा रहदा आफ्नो यो दायित्व पूरा गर्नुहोस् । आफ्ना धार्मिक तथा सांस्कृतिक क्रियाकलाप आफ्नो कोठाभित्र मात्र सीमित राख्नुहोस् । ४. साउदी अरबमा मदिराजन्य पदार्थको उत्पादन , वेचविखन , ओसारपसार , सेवन तथा लागूपदार्थको सेवन वा कारोबार पूर्ण गैरकानूनी कार्य हो । यस्ता काममा संलग्न नहुनुहोस । ५. अरूको उक्साहटमा लागेर वा स्वयं पनि कम्पनीको काममा वाधा पुऱ्याउने , उत्तेजना वा द्वेष फैलाउने , बन्द , हडताल , धर्ना , जुलुस तथा राजनैतिक सभा , सम्मेलन , गोष्ठी गर्ने कार्य पूर्ण गैरकानूनी हुनुका साथै ठूलो सजायँ समेत हुने भएकाले यी कुनैपनि कार्यहरू नगर्नुहोस् । ६. छुट्टीमा वा करार सम्झौता समाप्त गरी नेपाल जाँदा अथवा नेपालबाट फर्केर आउँदा नेपाल एवं साउदी अरबको कानूनले निषेध गरेका कुनै पनि आफ्नो वा अन्य कुनै व्यक्तिको ) मालसामान वा सून लगायत बहुमूल्य धातु लैजाने वा ल्याउने नगर्नुहोस । कुनै अन्य व्यक्तिका कानूनतः वर्जित मालसामान तपाईंले बोक्नुभएको छ भने त्यसको सम्पूर्ण जिम्मेवार तपाईं आफैँ हुनुहुन्छ । विगतमा अन्य व्यक्तिको कानूनले प्रतिबन्ध लगाएका सामान ल्याउने / लैजाने गरेका धेरै नेपालीहरु सम्बन्धित निकायको कार्यवाहीमा परेका छन् । तसर्थ , त्यस्ता कार्यमा संलग्न नहुनुहोस । ७. स्थानीय कानून , ट्राफिक नियम र अनुशासनको पालना गर्नुहोस् र कानूनी कारवाही हुनबाट बच्नुहोस् । ट्राफिक नियमको उल्लंघन गरी बाटो काट्दा नेपालीको निधन हुनुका साथै गम्भीर घाइते हुने गरेका छन् । तसर्थ बाटो काट्न तोकिएको स्थानबाट मात्र बाटो काट्ने गर्नुहोस् । ट्राफिक नियमको उल्लघन गरी बाटो काटेर निधन भएकाहरुको परिवारले समेत क्षति पाउदैनन् ८. गर्मी तथा सुख्खा हावापानी भएकोले प्रशस्त पानी पिउनुहोस । AC कुन हदसम्म चलाउने भन्नेबारे जानकारी राख्नुहोस । दिनभरी घाममा रहेर एकै चोटी धेरै चिसो AC , चिसो पानी वा चिसो पेय पदार्थ उपयोग नगर्नुहोस ९ . पारिश्रमिक बढी पाउने लोभमा रोजगार करार सम्झौताभन्दा फरक काम र कम्पनी नखोज्नुहोस । विधिवत कफला हस्तान्तरण नभएसम्म कम्पनी छोडेर भाग्ने वा काम छोड्ने नगर्नुहोस । हुरूब लागेका व्यक्ति स्वदेश फर्कन तथा विरामी भए उपचार गर्न समस्या पर्छ । त्यस्तै , हुरूव लागेर बसेका कामदारको मृत्यु भएमा शव नेपाल पठाउन समेत कठिन हुन्छ । कसैले पनि उहांहरूको जिम्मा लिंदैन । १०. करार अवधि सकिने मिति यकिन गर्नुहोस करार अवधिभन्दा बढी बस्न कानूनतः मिल्दैन । करार अवधि सकिनु अघि नैं एक्जिट भिषा लगाउने वा करार सम्झौता नवीकरण गर्ने यकिन गर्नुहोस् । सो अनुसार कम्पनीमा लिखित आवेदन दिनुहोस । करार सम्झौता नवीकरण गर्नुपर्ने भए पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्नुहोस । एउटा कम्पनीसंगको करार समाप्त भइ अर्को कम्पनीसंग करार गर्ने भएमा साउदी सरकारले उपलब्ध गराएका Absher एप तथा QIWA पोर्टल प्रयोग गर्नुहोस् । ११. आफ्नो Iqama ( फोटोकपि समेत ) अरूलाई नदिनुहोस । तपाइँको अकमाको पूर्ण जिम्मेवारी तपाइँमा हुन्छ । तपाइँको अकमा प्रयोग गरी कसैले बदमासी गर्यो भने त्यसको दोष तपाइँमा आउंदछ र तपाइँ सजायको भागी हुनुहुन्छ माथि भने झैं आफ्नो टेलिफोन पनि अरूलाई नदिनुहोस । त्यसरी दिएर गलत कल गरेमा कानून अनुसार तपाइँ पनि कारवाहीमा पर्नुहुनेछ । १२. कम्पनीमा आफुले गर्नुपर्ने दैनिक कामको तालिका ( Worksheet ) प्राप्त गर्नुहोस । यसबाट तपाईको अधिकार स्थापित गर्न सहज हुनेछ । १३. आफुसंगै काम गर्ने अरू देशका कामदारसंग सभ्य व्यवहार गर्नुहोस , झगडा नगर्नुहोस । आफ्नो म्यानेजर वा सुपरभाइजरसंग सम्मानजनक व्यवहार गर्नुहोस । स्वयं एवं विदेशी कामदारको लहैलहैमा लागेर धेरै नेपालीहरुले समान चोरी गरेका आरोपका मुद्दाहरु वर्षों देखि विभिन्न अदालतहरुमा रहेका छन् । तसर्थ , चोरी जस्तो जघन्य अपराध नगर्नुहोस् । १४. विरामी भएमा समयमा नैं अस्पताल जानुहोस् र यसमा कम्पनीको सहयोग आवश्यक पर्नेमा आधिकारिक व्यक्तिलाई भन्नुहोस । १५. काम गर्दा कामको प्रकृति अनुसार व्यवसायजन्य सुरक्षाका उपायहरू अपनाउनुहोस र सुरक्षाका सामाग्री प्रयोग गर्नुहोस । विशेष ध्यान दिनुपर्ने कुराहरूः १. विभिन्न कानूनी झण्झट तथा मुद्दा मामिलामा परेका कामदारले राजदूतावास वा सम्बन्धित कम्पनी वा निकायमा समयमै जानकारी गराउनुहोस सम्बन्धित प्रहरी बा अदालतमा गई मुद्दाको अद्यावधिक अवस्था बुझ्नुहोस । अदालतमा भाषा अनुवादक हुन्छन् । उनीहरूको सेवा लिई आफ्नो पक्षका सवाललाई प्रभावकारी रूपमा अदालतसमक्ष राख्नुहोस । मुद्दाको प्रतिरक्षा र सुरक्षामा आफु सदैव सचेत रहनुहोस । गम्भीर प्रकृतिको मुद्दामा अदालतमा हुने सुनवाइमा नेपाली राजदूतावासको आवश्यकता परेमा समयमै आफ्नो सुनवाइको मिति राजदूतावासलाई जानकारी गराउनुहोस् । २. सवारी चालको रूपमा साउदी अरब आएका कामदारहरूले सवारी चालक अनुमति पत्र बेगर सवारी चलाएर दुर्घटना भई धेरै नेपालीहरुको निधन भएको छ । सवारी चालक कामदारले कम्तीमा सवारीको तेस्रो पक्ष वीमाको कागजात , सवारी चालक अनुमती पत्र तथा नभइ नहुने अन्य कागजात नभएका सवारी नचलाउनुहोस । सवारी चलाउन वाध्य पार्ने अवस्था भएमा सो कम्पनीको विवरण सहित राजदूतावासमा सूचना दिनुहोस् र राजदूतावासको सुझाव अनुसार गर्नुहोस् ।
३. आफूले नचिनेको व्यक्तिलाई आफ्नो सवारी साधनमा नचढाउनुहोस । कुनै गैरकानूनी काम गरी भागेको मानिसले समेत तपाइको सवारीमा लिफ्ट मागेको हुनसक्दछ । तसर्थ , चनाखो हुनुहोस् । ४. मुद्दा / मामिला भई नेपाल फर्केका कामदारले पुनः साउदी अरब आउनु परेमा पुरानो ईकामामा कुनै मुद्दा बांकी भए / नभएको यकिन गरेर मात्र आउनुहोस् । अन्यथा तपाइ विमानस्थलमै पक्राउ पर्न सक्नुहुनेछ । ५. कुनै पनि कागजातहरुमा सही गर्नुभन्दा अगाडि के कागजात हो भन्ने प्रष्ट हुनुहोला । कतिपय कम्पनीहरुले कामदारहरुले पैसा सापट लिएको । रोजगारी नवीकरण गर्न मन्जुर गरेको वा कम्पनीबाट पाउने फाइदाहरु लिइसकेको लगायतका कागजातमा सही गराउने गरेको पाइएको छ । कम्पनीको प्रतिनिधि वा साथी कसैले कुनै कागजातमा सहि / छाप लिन प्रलोभन देखाएको भरमा वा केही फरक पर्दैन भनेको भरमा कागजातहरुमा सही नगर्नुहोस । कुनै पनि कागजातमा भएको सहीलाई अदालतले बलीयो प्रमाणका लिनेगरेका छन् । पछि मलाइ थाहा थिएन आदि भनेर कुनै अर्थ नरहने तर्फ सचेत हुनुहोस् । नेपाली दूतावास रियादले माथिका सम्पुर्ण बुँदाहरु राम्रोसंग र पटक पटक बढी आफूलाई सजग र सचेत राख्नु हुन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
नेपाली दूतावास रियादको सम्पर्क नमबर हरु तलको लिन्क मा हेर्नु होला
काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा नयाँ वर्षकाे पूर्वसन्ध्यामा २०७८ चैत ३० गते शुुभ कामना आदान प्रदान तथा नयाँ वर्ष २०७९ “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३५” सम्पन्न भएकाे छ । टुसास का अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०० टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम टुक्का पाठशालामा सञ्चालन भएकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले नयाँ वर्षकाे शुभकामना तथा नयाँ वर्ष सम्बन्धी उत्कृष्ट टुक्का कविताहरू सिर्जना गरेका थिए । विश्वभरमा विक्रम सम्वत् लाई आधिकारिकता दिएकाे देश नेपाल मात्र हाे । कार्यक्रमकाे समापन गर्दै अध्यक्ष/ प्रशिक्षक चापागाईंले नयाँ वर्ष २०७९ काे पावन अवसरमा देश विदेशमा रहनु हुने टुक्काकार, टुक्का प्रेमी, साहित्यकार लगायत सम्पूर्णमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष सम्बन्धी सुन्दर टुक्काहरू सिर्जना गर्ने सम्पूर्ण टुक्काकारहरू प्रति हार्दिक आभार व्यक्त गर्नु भएकाे थियाे ।
अभ्यासका क्रममा सङ्कलन गरिएका केही टुक्का कविताहरू
[१] दिन महिना वर्ष बित्याे नयाँ साल लाग्याे केही गर्ने उत्साह साथ अझै जाेस जाग्याे । ✍️ ताराप्रसाद चापागाई
[२] नव वर्ष यहाँ आयाे उनासी साल रूपमा श्रष्टा स्वागत गर्दैछौं हर्षाेल्लास उमङ्गमा । ✍️ डा. देवी पन्थी बिराटनगर
[३] प्रत्येक पल्ट नयाँ वर्ष नयाँ उत्साह दिने खुशी शुभकामना साटी नयाँ उमङ्ग लिने । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर ।
[४] आउँछन् जान्छन् वर्ष सम्झनाको छापहरू, लेखा जोखा हुन्छ दुःख सुखका रापहरू। ✍️ सुरेशकुमार पान्डे दाङ घोराही-१८
[५] दिन त्यहीँ, रात त्यहीँ, साल नयाँ आऊँछ न भेटिएको मायालुले झन् माया लाउँछ। ✍️ पदमा शर्मा आँचल कालचिनी, प.बंगाल ।
[६] दु:ख सुख गरेर यो साल यसै बित्यो अब आउने सालले हामीलाई जित्यो। ✍️ अम्विका अधिकारी झापा विर्तामोड।
[७] आऊ नयाँ वर्ष कोकिल जस्तै बनि साराको मन हर्दै सुरिलो धुनमा बाजा नित्य बजाई गानाको लय छर्दै। ✍️ शारदा दहाल संखुवासभा ।
[८] हरेक वर्ष आइरहने नयाँ वर्ष फेरि आयो गाउँ शहर सबैतिर हर्षोल्लास उमंग छायो । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[९] हाम्रो खुसीको चाड यहाँ आयो नेपाली मनमा आनन्द छायो । ✍️ नीमा भोटिया भोटिया जलढक्का /कालेबुङ
[१०] बिगतका दिनहरू महामारी , डर भएन कहिल्यै राम्रो , अब आउने नयाँ सालमा सुख शान्ति बनोस् है जीवन हाम्रो । ✍️ बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा ।
{११] नयाँ वर्षको हार्दिक हार्दिक शुभकामना विकृति नफैलियोस् पूरा बनुन् मनोकामना । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक।
[१२] नयाँ वर्षले बालोस् सुख, शान्ति, समृद्धि र वैभवको उज्ज्वल दीप । यो देश उठाउन जन जनले लगाउन् ज्ञान, बुद्धि, विवेक सीप। ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा।
[१३] आऊ आऊ नयाँ वर्ष खुसी बाेकी आऊ दुख ,कस्ट ,संकट सब का दुर लाऊ। ✍️ प्रेम कला चापागाईं ( सिटौला ) मेचीनगर १२ धाइजन झापा ।
[१४] खपेर सास्ती अनेकौं बित्यो वर्ष आज ल्याओस् उमंग नयाँ बर्ष ले हामी माझ । ✍️ सुर्यमणि रेग्मी चितवन ।
[१५] पुरानो वर्षमा भए गरेको गल्ती छोडेर नया वर्षमा जुटौं लागौं आफु आफै मोडेर । ✍️ बिके माकजु , भक्तपुर ।
[१६] नयाँ उत्साह नयाँ उमंग भरियोस् नयाँ वर्षले सबैमा नयाँ जागर छरियोस् । ✍️ श्रीशा खडगी ललितपुर ।
[१७] नव वर्ष बाँसुरीको मीठो धुन जस्तै होस सबैको जिन्दगीमा भरियोस उमङ्ग जोस। ✍️ दीपक ठटाल जलन खरसाङ ।
[१८] वसन्त ऋतुसँगै फूलहरूले बास्ना छर्दै, आयो फेरि नयाँ वर्ष मनमा उमङ्ग भर्दै। ✍️ कोकिला चौधरी बाँके ।
[१९] भोकालाई भोजन र नाङ्गोलाई बस्त्र बनोस् नयॉ वर्ष दिनदुखीको मन यसले हर्न सकोस् उमंग र हर्ष । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु ।
[२०] आजभन्दै भोलीभन्दै फेरि नयाँसाल आयो, बितेका ती क्षण बिर्सी नयाँ उमङ्गले छायो। ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड झापा ।
[२१] आयो नयाँ वर्ष फुलोस् फलोस् सबै मनको चाहाना हर्ष उमङ्गले छाइ रहोस् सदा गर्दछु कामना । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया।
[२२] बितेका ती बाधा अर्चना हरूलाई भुल्दै, नयाँ वर्ष मनाउने गरौं एक आपसमा मिलिजुली हामी,उल्लास हौसला पूर्ण चाहना भरौं । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ।
[२३] नव वर्ष मगमगाइ सुगन्धले अमृत छर्दै झुपडीमा आऊ दीन दुःखीका ती घाउहररूमा शीतल अनि जडी मल्हम लाऊ। ✍️ मनोहरी पौडेल गैडाकोट १ नवलपरासी वर्दघाट सुस्तापुर्व।
[२४] नयाँ उर्जा लिएर आओस् याे नयाँ वर्षले, सारा जगत गद्गद हाेस् उमङ्ग हर्षले । ✍️ मित्र उराठी गाैतम,अमरपुर- गुल्मी हालः तिलाेत्तमा न पा -२, रुपन्देही
[२५] नयाँ वर्षमा सबैले खुसीयाली छाउनु देश भक्ति गीत सबै मिलेर सधैँ गाउनु। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
[२६] दुख पीडा भुलेर, नयाँ वर्ष, घर घरमा आअाेस् खुसियाली बोकेर सधैँभरि,मन मनमा, छाओस्। ✍️ राम रावल सागर अत्तरिया-कैलाली
[२७] नयाँ वर्ष आएछ, भँवरा डुल्दैछन् फुल्दैछन् कोपिलाहरू, अल्छी पनि मेहनती बनोस् जस्तो छन्, मौरी र कमिलाहरू। ✍️ अनिल खग्रास
[२८] आहा! साथी हो नयाँ साल फेरि घुमेर आयो, गाउँ सहर दुनियाँ खुसीको महोल छायो। ✍️ कमला हरिमाया पाण्डे पराजुली झापा ।
[२९] नयाँ सालमा धर्ति अाकाश मानिस उहीँ छन् पात्राे मात्र फेरिने हाे थपिन्छ दुख पीडा झन् । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी कालेबुङ ,दार्जिलिङ भारत
[३०] दिन महिना बर्षको सबै अमन चैन भाग्यो टुक्का लेखी नाम राख्ने याे मनमा उत्साह जाग्यो । ✍️ बेदु न्यौपाने काठमाडौ ।
[३१] टिकटिक गर्दै घडीको आवाजले दिनौंदिन काट्यो भित्तेपात्रो पल्टाउँदा पल्टाउँदै नयाँ साल पो साट्यो। ✍️ रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[३२] नयाँ जोस जाँगर बोकेर आओस् नवीन वर्ष , नहोस् आलस्य कहिल्यै जन जनमा बढोस् हर्ष। ✍️ भगवती दवाडी दमक. झापा ।
[३३] नयाँ सालको वर्ष चक्र घुमीफिरी आइ, खुसी लाग्यो शुभकामना व्यक्त गर्न पाइ। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[३४] रङ्गीबिरङ्गी फूलको बिचमा वसन्तको ॠतु लिई आयो नयाँ वर्ष खुशी सँगै रङ्गीन बनेर व्यस्त मस्तको कामना ,सधैँ छाओस हर्ष । ✍️ टिकाराम पुन टिपु सल्यान छत्रेस्वरी -२
[३६] मेराे आँपको डालीमा बस्छे कोइली चरी घरी माथि घरी तल गर्दै खान्छे मञ्जरी। ✍️ गणेश तिमल्सिना गति धनुषा
[३७] नव वर्षसँगै हर्ष आयो खुसीले केही राहत पायो। ✍️ श्रेस्ठ परिक्रमा धरान-१५, सुनसरी ।
[३८] नयाँ वर्षले सबको मनमा खुसी ल्यायो हामीले केही गराैँ भन्ने हिम्मत पलायो। ✍️ रत्ना पुन मगर रुकुम पश्चिम्
[३९] आएछ रे, नयाँ वर्ष किन मान्नु हर्ष आयु पनि छोटिदैछ भन्ने हो निष्कर्ष । ✍️ दस्ता कौशिक पाँचथर।
[४०] खुसीको सन्देश बोकेर आओस, यो वर्ष सबै तिर शान्ति छाओस। ✍️ राजेन्द्र बस्नेत रप्तार जुनिचाँदे-५, जाजरकोट।
[४१] सहज रहोस् जीवनयात्रा उमंगको बहार आओस् सुख शान्ति समृद्धिले वजनदार त्याे टावर पाओस्। ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा।
[४२] छर्दै ओठमा खुसी मनमा हर्ष फेरि आएको छ आज नयाँ वर्ष । ✍️ बादल गुरुङ’वियोगी’
[४३] अठहतर सालसँगै भागाेस् कुविचार कुबुद्धि नयाँ वर्षले सबैमा छाओस् पूरा जाँगर र सुद्धी । ✍️ निरज काेइराला बेलका १ उदयपुर
[४४] उर्जा हिम्मत प्रेरणा जे छ सबै बोकेर आओस् सबैको भलो सङ्कट मुक्त नववर्षले छाओस् । ✍️ प्रकाश बुढाथोकी असम भारत।
[४५] जाने वर्षकाे तितामिठा ती धेरै यादहरूलाई संगाल्दै, स्वागत गराैँ नयाँ वर्षलाई नयाँ सपनाहरू अंगाल्दै । ✍️ शान्ति याक्साे काठमाडौं ।
[४६] पुरानोलाई बिदा गरिए सँगै, नयाँ वर्षलाई स्वागत गरिन्छ कुनै परिवर्तन ल्याउन सकेन भने, असमञ्जसमा परिन्छ। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर ।
[४७] छातीमा रोपिएका अनगिन्ती पीडा नयाँ वर्षले हटाओस् , फूलको मालामा सिउरिएर सबै नेपालीलाई जगाओस् ! ✍️ शरद प्रधानाङ्ग, विराटनगर’-७
[४८] नयावर्षमा हरेक जन जनमा सुख शान्ति छाओस् देश हाक्ने ड्राईभरहरु माझमा सद्बुद्धि पलाओस् । ✍️ रुपा गौतम बारा ।
[४९] सबैको मुहारमा खुसी छाओस् हर्षको शुभकामना सम्पूर्णमा नयाँ वर्षको। ✍️ आर्मित्मा थापा मगर स्याङ्जा ।
[५०] हृदय देखि नयाँ वर्षको सम्पूर्णमा शुभकामना, सुख समृद्धि हरेक घर छाइरहोस् यहि चाहना। ✍️ शर्मिला श्रेष्ठ भैंसेपाटी,ललितपुर।
[५१] यति न छ नवीन वर्षको शुभकामना जन-जनमा मान्छे त पुरानै हो तर शुद्घ विचार आओस मनमा। ✍️ बि.कुलुङ ( दार्जिलिङ )
[५१] दुई हजार उनासी साल नयाँ वर्ष आयो हर्षोल्लास उमङ्गको सुन्दर दिन उदायो ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका ।
[५३] सबैको मन मनमा बोकेर खुसी अनि हर्ष, छुट्टै जोस र उमङ्ग लिएर आयो नयाँ वर्ष। ✍️ गणेश तामाङ वाइबा ताल्ती, धादिङ नेपाल।
[५४] वासन्ती पल्लवले मीठो स्वागत गर्यो, हरियाली नयाँ साल उमङ्गको पर्यो। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[५५] दुई हजार उनासी सालकाे नयाँ यस वर्षमा सबैले जीवन बिताउन सकुन् खुशी र हर्षमा । ✍️ तिला लेकाली बेलबारी, माेरङ्ग
[५६] नयाँ वर्ष उन्नतिको प्रतिक बनेर आइदेऊ चराहरूको चिरबिरमा शान्ति धुन गाईदेऊ। ✍️ रश्मि रिमाल झापा ।
[५७] घुमीफिरी फेरि पनि नयाँ वर्ष आयो वसन्तको उल्लास यो हराभरा छायो । ✍️ कमला देवकोटा पाल्पा ।
[५८] नयाँ वर्ष उनासी घरआँगनमा आयो बसन्तको बहार सँगै खुसियाली छायो । ✍️ तारा घिमिरे संखुवासभा।
[५९] आज देख्छु जताततै मानिसमा हर्ष, भाेली कतै हुने हाे कि फुस्सा नयाँ वर्ष । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[६०] फर्कि आउछ नयाँ वर्ष लिएर हर्ष त्यसै जान्छ जीवन गर्दा गर्दै सङ्घर्ष। ✍️ जित बुढाथोकी छन्त्याल म्याग्दी, हाल- बेलायत।
[६१] नयाँ वर्षमा राम्राे हाेस् कसैकाे भाग्य नभागाेस् । ✍️ अरुण नदी खत्री काठमाडाैँ ।
[६२] पुराना वर्षलाई बिर्सदै नयाँ वर्षमा सरौ, गर्न नसकेका अपुरा काम अब पूरा गरौ। ✍️ होम प्रसाद नेउपाने धरान ।
[६३] नयाँ साल नयाँ भएर आओस् कोरोना सोरोना यी सबै जाओस् । ✍️ रुद्र राज श्लोक दार्जिलिङ
[६४] सुख,शान्ति,समृद्धिले साथ नछोडोस् गरिबी र अशान्तिले नाता नजोडोस। ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ ।
[६५] कतिपय हारजित बेहोर्दै सुख दुःख पाए वर्षको अन्तिम दिन भने खुसीयाली मनाए। ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथिविनगर झापा
[६६] स्वागत छ तिमीलाई नयाँ वर्ष, लिएर आउ उमंग अनि हर्ष । ✍️ अम्बिका गिरी विराटनगर
[६७] मनमा छाएको धेरै हर्ष, आयो फेरि पनि नयाँ वर्ष। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[६८] दु:ख कष्ट जति भएपनि यी ओठ सदा हाँसोस् यो सृष्टिको अन्तिम पलसम्म मेरो देश बाँचोस् । ✍️ रिजाल विनोद बेलबारी ०२ मोरङ
[६९] नयाँवर्ष नूतन हुन्छ भन्ने सोच घाती भयो चुनाव हुँदा सधैँभरी भ्रष्ट नेता माथि गयो। ✍️ रामशरण न्यौपाने भक्तपुर
[७०] नयाँ वर्षको हार्दिक शुभकामना हजुरलाई समृद्ध हाेस् जीवन सदा सर्वदा सुखीयाली छाई । ✍️ ओमकुमारी बन्जारा काठमाडाैँ ।
[७१] मेरा नराम्रा बानीहरू सबै छाेड्छु नयाँ सालमा पाइला अगाडि माेड्छु। ✍️ साधना पाैडेल रगनी-१, ओखलढुङ्गा ।
[७२] नौलो उमङ्ग लिएर नयाँ वर्ष अायो चारैतिर हर्षअनि खुसियाली छायो। ✍️ अम्बिका कोइराला धुनिवेशी ६ धादिङ
२९ चैत, १० बुदे कार्ययोजना तय गर्दै टुक्का अभियन्ता समूहको २ दिने कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का अभियन्ता ताराप्रसाद चापागाईकाे संयाेजकत्वमा उक्त गोष्ठी २०७८ चैत २८ र २९ गते भर्चुअल माध्यमबाट सम्पन्न भएकाे हो । टुसासका संस्थापक सल्लाहकार तथा टुक्का अभियन्ता अरुण नदी खत्रीकाे प्रमुख आतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा ताराप्रसाद चापागाईं, अरुण नदी खत्री, म्यामराज राई, हाेमप्रसाद न्याैपाने, रामशरण न्याैपाने, राजेशराज गड्तौला, बेदु न्याैपाने, रामकृष्ण दुवाडी, जमुना आचार्य, वसन्त अनुभव, अनिल खग्रास, रचना शर्मा प्रतीक्षा, पुष्पा सायरा, लक्ष्मी श्रेष्ठ, भगवती दवाडी, सुरेशकुमार पान्डे, चिरञ्जीवी ढकाल, अच्युत घिमिरे, केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सहयात्री शाेभा अर्याल, रिजाल विनोद, दुर्गा भट्टराई समेत २२ टुक्का अभियन्ताहरूकाे सक्रिय सहभागीता रहेकाे थियाे ।
२०७८ भदाै १७ गते गठन भएकाे टुक्का अभियन्ता समूह लघुत्तम नव काव्यिक विधा टुक्का कविताकाे उन्नयनमा विशेष सक्रिय टुक्काकारहरूकाे एउटा समूह हाे ।
कार्यक्रमकाे उदघाटनकाे क्रममा प्रमुख अतिथि अरुण नदी खत्रीले छाेटाे समयमा लाेकप्रिय बन्न सफल भएकाे नयाँ काव्यिक विधा टुक्का काे संरक्षण र सम्बर्धनमा सबै एकजुट भएर लाग्नु पर्ने भन्दै कार्यक्रम भव्य रुपमा सफल हाेस भन्ने कामना गर्नु भएकाे थियाे।
कार्यक्रमकाे पहिलाे दिन टुक्का अभियन्ता बिच टुक्का लेखन तथा विभिन्न बिषयहरूमा छलफल भएकाे थियाे भने दाेस्राे दिन हालसम्मकाे कार्यमुल्याँकन तथा आगामी कार्ययाेजना बारे छलफल हुनुकाे साथै १० बुदे कार्ययाेजनाहरू तयार गरीएकाे थियाे।
कार्यक्रमकाे समापन गर्दै टुक्का अभियन्ता हाेम प्रसाद न्याैपानेले बढी सक्रिय रुपमा टुक्का लेखन अभियानमा भाग लिने सर्जकहरूकाे पहिचान गरेर प्राेत्साहन गर्नु पर्ने भन्दै २ दिने कार्यक्रममा उत्साहपुर्वक सहभागी भई कार्यक्रम सफल भव्य रुपमा सफल बनाउनु हुने सम्पूर्ण टुक्का अभियन्ताहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
साताका तीन लघुकथाको बाह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (चुनावी मेल, धुलौटे मानसिकता र भाषण) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : चुनावी मेल
✍️अवधेश सिंह रानीवनका नव पल्लवित तथा पुष्पित बोटविरुवा, लता लतिकाले त्यहाँको वसन्ती वातावरणलाई साह्रै नै मनोहारी बनाएका थिए । तिनीहरूले फैलाएको सुवास बोकेको शीतल मन्द पवनको नरम मादक स्पर्श र अन्य चराहरूको चिरबिरसँगै कोइलीको कुहुकुहुले मर्निङ वाक गर्नेहरूलाई आह्लादित बनाएको थियो भने नवोदित आदित्यको नरम किरणको उष्माले सबैमा उर्जा भरेको थियो । हिँड्दै जाँदा मैले नजिकैको झाडीमा खस्र्याक खुस्रुक सुनेँ। मेरो ध्यान त्यतै तानियो । म रोकिएँ । नियालेर हेरेँ। चक्राशनमा बसेको गोमन र भद्रासनमा बसेको न्याउरी मुसोले साउती गरेको देखेँ ।
अचम्मको यो घटना कसलाई सुनाउँ भन्ने खुल्दुलीले मलाई चिया पसलतिर डोर्यायो । मैले त्यहाँ घटनाको वर्णन गरेँ । बडो गम्भीरतापूर्वक मेरो कुरो सुनेर विवेक माड्साबले गल्लीतिर सङ्केत गर्दै भने, “ऊ त्यता हेर्नु त।”
मेरा आँखा त्यतै तेर्सिए । त्यहाँ एउटा कुकुर र एउटा बिरालो बडो शान्ति र शालिनता साथ सँगसँगै हिँडिरहेको देखेँ । एक अर्कोको कट्टर दुश्मन कुकुर र बिरालो त्यसरी मिलेर हिँडेको देखेर म हैरान भएँ र भनेँ, “यो मेल कलियुग समाप्त भई सत्ययुग आएर भएको हो कि वसन्त वहार आएर भएको हो, माड्साब ?!”
“त्यस्तो केही पनि होइन हौ ! यो मेल चुनाव आएर भएको हो ।” विवेक माड्साबले भने । लक्ष्मीपुर – ४ ब्रह्मपुरी, सिराहा
[२] लघुकथा : धुलौटे मानसिकता
✍️ हेमराज अधिकारी बाटोमा दुईवटा माटाको हाँडी भेट भए । एकअर्कालाई देख्नेबितिक्कै दुवै घमण्डले चूर भए। एउटाले भन्यो- ” तँ पाजी रित्तो भाँडो ! चुबुर्को पनि नअट्ने मुला !” ” तँ चैँ के होस् नि लुते पाखण्डी ?! अनिकालको तिते फापर !?” दुवै लड्न थाले। गल्ली, गोरेटो, सडक पार गर्दै बजार पुगे। झगडा गर्न छोडेनन्। कुमाले पनि थिएन ।
बाटोमा हिड्ने मान्छेहरूले बौलाहा भएका हाँडीलाई हेर्दै भने – “एक लोटा पानी हाले चुहिन थाल्छ । अझ ठूलो बन्छ, फोक्से माटो !” अर्कोले भन्यो – “अलिक कमेरे, चिम्टे, राते माटो भएपनि एउटा कुरा !? पाखाबारीको धुलो !”
हाँडीहरूले तमासा देखाउन छोडेनन् । लडाइँ गरिरहे । अन्तमा दुवै हाँडी ध्वस्त भएर धुलोपिठो भए । दुवै भित्र रित्तै थिए । हाँडीको घमण्ड चूर भयो।
बेलुका कुमालेका छोराछोरी बाझ्न थाले। छिमेकीले भन्यो- “बाबुले रित्तो हाँडी बनाउँछ अनि छोराछोरी के गतिलो हुन्थे? धुलौटे मानसिकता ! “ सिक्किम
[३] लघुकथा : भाषण
✍️ अनु विज्ञाति “यदि कसैले महिलाहिंसा विरुद्धका विषयमा सहयोग माग्दा वेवास्ता गर्छ भने त्यसलाई चड्कन लगाइदिनुस् । तपाईँको सुरक्षा गर्ने जिम्मा मेरो भयो। त्यस्ता गद्दारहरूको स्थान जेल हो । उनीहरूलाई बाहिर बस्ने कुनै अधिकार छैन ।” महिला तथा बालबालिका मन्त्री क.कमरेड ज्वाला स्टेजमा महिलामैत्री भाषण दिँदै थिइन्।
उनको भाषण सकिनसाथ जीर्ण शरीर भएकी एक वृद्धाले उनलाई भेट्ने इच्छा गरिन्। नजिकिँदै गरेको चुनावी माहोल सम्झिन् क्यारे मन्त्री ज्वालाले पनि उनलाई भेट्न सहमति जनाइन्। वृद्धा सकी नसकी स्टेज चढिन् । सबैका नजर उनीमाथी खनिए।
ज्वालाले उनीप्रति सहानुभूति देखाउँदै श्रद्धापूर्वक सोधिन् – “आमा तपाईंलाई केही भन्नु छ भने निर्धक्क भन्नुहोस्।”
“मन्त्री भएर पनि सर्वसाधारण मान्छेलाइ सहज भेट दिने अझ स-सम्मान आफ्नो कुरा राख्न अवसर दिने; आहा ! सहृदयी नेतृ रहिछन् ।” भाषण सुन्न भेला भएकाहरू बिच खासखुस कुरा चल्यो।
“मेरी कलिलो मुना जस्ती नातिनीलाई बलात्कार गरेर मार्ने विरुद्ध सजाय दिलाउनुको सट्टा आफ्नो पार्टीको भन्दै कारवाहीसम्म अगाडि बढाउन नदिने गद्दारलाई मैले चड्कन हाने भने हजुरले मेरो सुरक्षा गर्नुहुन्छ नी होइन् ? वृद्धा पुनः एकिन हुन खोजिन्। “अवश्य ! यी सुरक्षाकर्मी हजुरहरूकै शान्ती सुरक्षाका लागि त हुन् नी ।” उनले आफ्ना अङ्गरक्षक र उनका सुरक्षाका लागि वरिपरी खटिएका सुरक्षाकर्मी तिर सङ्केत गर्दै उँचो स्वरमा आश्वस्त पारिन्। “अहो ! नेता होस् त यस्तो ।” भीडबाट पुन: पनि प्रशंसाका आवाज निस्किए।
वृद्धा ज्वालाको अझै नजिक गईन् र जोडले चड्कन हानिन् । अङ्गरक्षक र अन्य सुरक्षाकर्मीहरू वृद्धालाई नियन्त्रणमा लिन दौडिएर आए र घेरा हाले। वृद्धाले निडर भएर आफूलाई घेरा हाल्ने सुरक्षाकर्मीका आँखामा आँखा जुधाएर भनिन् “उहाँलाई जेल हाल्नुहोस् ।” बेलबारी मोरङ
काठमाडौ, २६ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] माया आफ्ना सन्तान मान्छे जातिका पिता !
सविता के.सी. काठमाडौँ ।
[२] पिता सन्तानको छत्रछाया सन्ततिकाे सङ्कट निवारक !
नारायण प्रसाद उपाध्याय कैलाली ।
[३] बाबा खम्बा परिवारको आड भरोसा जीवनको !
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
[४] सन्तान रगतको नाता पिताको माया मुल्यवान !
अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[५] पिता सन्तानकाे सुख सङ्घर्ष जीवनभरको दु:ख !
नवराज भट्ट
[६] सुरक्षा ह्यकुला चित्र पितृ स्नेह अपार !
रामराजा के. सी. फर्पिङ, काठमाडौं
[७] बा पूर्वको दिवाकर खुसीको आधार स्तम्भ !
आर्त अकुलीन कैलाली
[८] बाबा रगतको नाता सन्तानको लागि पसिना !
रमा पन्त
[९] पिता सन्तानको लागि भाग्य खोल्ने चाबी !
मंगला उपाध्याय
[१०] पिता जीवनको आधार सन्तानको साक्षात् भगवान् !
सीता पाण्डेय मरासिनी रेसुङ्गा नगरपालिका -९,गुल्मी ।
[११] परिभाषा कर्म कर्तब्य जीवनकाे निर्णायक पिता!
राेशन पराजुली धरान।
[१२] बा कर्मका रेखा नाङ्गिएर सन्तानलाई सिकाउने !
टिकाराम पुन (टिपु) छत्रेश्वरि गाँउपालिका २ सल्यान
[१३] ममता सृष्टि विचित्रको एकको अभावमा अर्को !
भवनी घिमिरे सर्लाही ।
[१४] आज बच्चाको सुरक्षा भोलिको भविष्य निर्माण !
तिला लेकाली
[१५] सन्तान बाको सृष्टि भगवान हेर्दा दृष्टि !
हिमाल अम्मै घोडाघोडी कैलाली
[१६] पिता जीवन्त धरोहर त्याग समर्पण विश्वास !
कमला देवकोटा, पाल्पा
[१७] पिता मायाको खानी बञ्चित नहुन बालबालिका !
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१८] युद्ध मनमा त्रास सन्तान प्रतिको मोह !
बालकृष्ण खनाल
[१९] आदर्शका स्रोत प्रेरणाका जति विघ्न बाधामा !
प्रेम थापा “मन” बागलुङ
[२०] पिता मैनबत्तिझैँ जलेर सन्तानलाई उज्यालो दीप !
श्रद्धा आचार्य, पोखरा
[२१] बाबा घरको मुली एक दर्बिलो छत्रछायाँ !
सरस्वती श्रेष्ठ इटहरी
[२२] बा हामी सबैका एक भरपर्दो खम्बा !
घनश्याम पौडेल, पोखरा
[२३] बा सगरमाथाको चुचुरो अडिग, अमर, लुप्त !
अबोध निर्मल कैलाली
[२४] पिता घरको छानो सन्तानको पेटको मानो !
वसन्त अनुभव घोराही, दाङ
[२६] कर्तव्य चिसो संसार आत्मपीडन र वलिदानी !
कण्ठराज गिरी
[२७] बाबा मेरो जीवन प्रेरणा र सल्लाहकार !
संझना कुबँर
[२८] पिता घरको छहारी सन्तान बगैँचा बारी !
बिबस पारदर्शी भद्रपुर – २, झापा
[२९] बा सिङ्गाे आकाश सन्तानकाे जीवनकाे ओत !
चन्द्रावती अधिकारी काेहलपुर, वाँके
[३०] मुकदर्शक मानव अधिकार सुनेन विपन्नकाे गुहार !
टीकाराम जाेशी टीकापुर
[३१] पिता सन्तान आफ्ना लुकाई राख्ने छातीमा !
पुष्पशायरा विराटनगर
[३२] पिता कर्तव्य उनको माया सधैँ सन्तानको !
सुमित्रा पोखरेल काठमाडौं
[३३] पिताजी थेग्नुपर्ने भार सबैको खुसीको आधार !
इश्वरी अधिकारी, लमजुङ
[३४] बुवा कर्तव्य पालन सन्तान प्रतिको जिम्मेवारी !
बुद्धिमान चौधरी कनकाई नगरपालिका ४ झापा
[३५] आफ्नोपन अङ्गालोको भारी कर्तब्य पूरा गर्नुपर्छ !
होम प्रसाद धरान, सुनसरी
[३६] आशीर्वाद न्यानो स्नेह बाबाको सुखद छहारी !
समुन्द्रा शर्मा इटहरी सुनसरी
[३७] बाबा जीवनको आधार सन्तानको बलियो खम्बा !
धर्मी शाक्य बुटवल ,रुपन्देही
[३८] जाडो कठिन संघर्ष पिताको त्याग तपस्या !
खेमराज पुरी कैलाली
[३९] पिता जिउँदो देवता सन्तानलाई आशिर्वाद दाता !
बिके माकजु, भक्तपुर ।
[४०] सृष्टिकर्ता जीवनदाता अनि पालनकर्ता हुन् पिता !
ताेयानाथ सुवेदी काडाघारी
[४१] बाबा उत्तम छहारी सन्तानको सुरक्षा विचारी !
सरस्वती श्रेष्ठ रुपन्देही बुट्वल।
[४२] बाबा अगाध स्नेह छोराछोरीको बलियो खम्बा !
दुर्गा भट्टराई मोरङ
[४३] पिता आकाशको भार भुल्दैन कर्तव्यको आधार !
पशपती राई खोटाङ
[४४] पिता सन्तानको आधार मुटुमा अव्यक्त प्यार !
दिवाकर भट्टराई दमौली, तनहुँ
[४५] बलिदान पारस्परिक उत्सर्ग सुन्दर नेपाली पहिचान !
केशवप्रसाद ढकाल `प्रीतबीज´
[४६] अभिभावक सन्तानको चिन्ता खतरा हटाउने जीवन्त!
जमुना कायस्थ पोखरा
[४७] पिता घरको छ्हारी कर्तव्य बोधमा ममता !
मिलन के. सी.(थापा) पोखरा
[४८] सन्तान प्राणभन्दा प्याराे युद्धमा बचाउन गाह्राे !
प्रद्युम्न चालिसे
[४९] बाबा भराेसाकाे केन्द्र अपार माया सन्ततिकाे !
ओम प्रकाश मदुवा जानकी-६,कैलाली
[५०] बाबा एक सृष्टिकर्ता सन्तानको लागि छत्रछायाँ !
धनमाया चौधरी कैलाली
[५१] बाबाको ओतिलो माया जस्तो हुन्छ खाँबाको !
राजेश भट्टराई सैनामैना ११,रुपन्देही हाल सुर्खेत
[५२] सन्तान बाबा आमाको प्राणभन्दा हुन्छ प्यारो !
चक्र शाही
[५३] पिता पुरुष तत्व ब्रह्माण्ड प्रमुख अखिलेश्वर !