
काठमाडौ, २६ चैत । साप्ताहिक उदक लेखन शृङ्खलाको ४६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१]
माया
आफ्ना सन्तान
मान्छे जातिका पिता !
सविता के.सी.
काठमाडौँ ।
[२]
पिता
सन्तानको छत्रछाया
सन्ततिकाे सङ्कट निवारक !
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[३]
बाबा
खम्बा परिवारको
आड भरोसा जीवनको !
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे
[४]
सन्तान
रगतको नाता
पिताको माया मुल्यवान !
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[५]
पिता
सन्तानकाे सुख
सङ्घर्ष जीवनभरको दु:ख !
नवराज भट्ट
[६]
सुरक्षा
ह्यकुला चित्र
पितृ स्नेह अपार !
रामराजा के. सी.
फर्पिङ, काठमाडौं
[७]
बा
पूर्वको दिवाकर
खुसीको आधार स्तम्भ !
आर्त अकुलीन
कैलाली
[८]
बाबा
रगतको नाता
सन्तानको लागि पसिना !
रमा पन्त
[९]
पिता
सन्तानको लागि
भाग्य खोल्ने चाबी !
मंगला उपाध्याय
[१०]
पिता
जीवनको आधार
सन्तानको साक्षात् भगवान् !
सीता पाण्डेय मरासिनी
रेसुङ्गा नगरपालिका -९,गुल्मी ।
[११]
परिभाषा
कर्म कर्तब्य
जीवनकाे निर्णायक पिता!
राेशन पराजुली
धरान।
[१२]
बा
कर्मका रेखा
नाङ्गिएर सन्तानलाई सिकाउने !
टिकाराम पुन (टिपु)
छत्रेश्वरि गाँउपालिका २ सल्यान
[१३]
ममता
सृष्टि विचित्रको
एकको अभावमा अर्को !
भवनी घिमिरे
सर्लाही ।
[१४]
आज
बच्चाको सुरक्षा
भोलिको भविष्य निर्माण !
तिला लेकाली
[१५]
सन्तान
बाको सृष्टि
भगवान हेर्दा दृष्टि !
हिमाल अम्मै
घोडाघोडी कैलाली
[१६]
पिता
जीवन्त धरोहर
त्याग समर्पण विश्वास !
कमला देवकोटा,
पाल्पा
[१७]
पिता
मायाको खानी
बञ्चित नहुन बालबालिका !
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१८]
युद्ध
मनमा त्रास
सन्तान प्रतिको मोह !
बालकृष्ण खनाल
[१९]
आदर्शका
स्रोत प्रेरणाका
जति विघ्न बाधामा !
प्रेम थापा “मन”
बागलुङ
[२०]
पिता
मैनबत्तिझैँ जलेर
सन्तानलाई उज्यालो दीप !
श्रद्धा आचार्य,
पोखरा
[२१]
बाबा
घरको मुली
एक दर्बिलो छत्रछायाँ !
सरस्वती श्रेष्ठ
इटहरी
[२२]
बा
हामी सबैका
एक भरपर्दो खम्बा !
घनश्याम पौडेल,
पोखरा
[२३]
बा
सगरमाथाको चुचुरो
अडिग, अमर, लुप्त !
अबोध निर्मल
कैलाली
[२४]
पिता
घरको छानो
सन्तानको पेटको मानो !
वसन्त अनुभव
घोराही, दाङ
[२६]
कर्तव्य
चिसो संसार
आत्मपीडन र वलिदानी !
कण्ठराज गिरी
[२७]
बाबा
मेरो जीवन
प्रेरणा र सल्लाहकार !
संझना कुबँर
[२८]
पिता
घरको छहारी
सन्तान बगैँचा बारी !
बिबस पारदर्शी
भद्रपुर – २, झापा
[२९]
बा
सिङ्गाे आकाश
सन्तानकाे जीवनकाे ओत !
चन्द्रावती अधिकारी
काेहलपुर, वाँके
[३०]
मुकदर्शक
मानव अधिकार
सुनेन विपन्नकाे गुहार !
टीकाराम जाेशी
टीकापुर
[३१]
पिता
सन्तान आफ्ना
लुकाई राख्ने छातीमा !
पुष्पशायरा
विराटनगर
[३२]
पिता
कर्तव्य उनको
माया सधैँ सन्तानको !
सुमित्रा पोखरेल
काठमाडौं
[३३]
पिताजी
थेग्नुपर्ने भार
सबैको खुसीको आधार !
इश्वरी अधिकारी,
लमजुङ
[३४]
बुवा
कर्तव्य पालन
सन्तान प्रतिको जिम्मेवारी !
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
[३५]
आफ्नोपन
अङ्गालोको भारी
कर्तब्य पूरा गर्नुपर्छ !
होम प्रसाद
धरान, सुनसरी
[३६]
आशीर्वाद
न्यानो स्नेह
बाबाको सुखद छहारी !
समुन्द्रा शर्मा
इटहरी सुनसरी
[३७]
बाबा
जीवनको आधार
सन्तानको बलियो खम्बा !
धर्मी शाक्य
बुटवल ,रुपन्देही
[३८]
जाडो
कठिन संघर्ष
पिताको त्याग तपस्या !
खेमराज पुरी
कैलाली
[३९]
पिता
जिउँदो देवता
सन्तानलाई आशिर्वाद दाता !
बिके माकजु,
भक्तपुर ।
[४०]
सृष्टिकर्ता
जीवनदाता अनि
पालनकर्ता हुन् पिता !
ताेयानाथ सुवेदी
काडाघारी
[४१]
बाबा
उत्तम छहारी
सन्तानको सुरक्षा विचारी !
सरस्वती श्रेष्ठ
रुपन्देही बुट्वल।
[४२]
बाबा
अगाध स्नेह
छोराछोरीको बलियो खम्बा !
दुर्गा भट्टराई
मोरङ
[४३]
पिता
आकाशको भार
भुल्दैन कर्तव्यको आधार !
पशपती राई
खोटाङ
[४४]
पिता
सन्तानको आधार
मुटुमा अव्यक्त प्यार !
दिवाकर भट्टराई
दमौली, तनहुँ
[४५]
बलिदान
पारस्परिक उत्सर्ग
सुन्दर नेपाली पहिचान !
केशवप्रसाद ढकाल `प्रीतबीज´
[४६]
अभिभावक
सन्तानको चिन्ता
खतरा हटाउने जीवन्त!
जमुना कायस्थ
पोखरा
[४७]
पिता
घरको छ्हारी
कर्तव्य बोधमा ममता !
मिलन के. सी.(थापा)
पोखरा
[४८]
सन्तान
प्राणभन्दा प्याराे
युद्धमा बचाउन गाह्राे !
प्रद्युम्न चालिसे
[४९]
बाबा
भराेसाकाे केन्द्र
अपार माया सन्ततिकाे !
ओम प्रकाश मदुवा
जानकी-६,कैलाली
[५०]
बाबा
एक सृष्टिकर्ता
सन्तानको लागि छत्रछायाँ !
धनमाया चौधरी
कैलाली
[५१]
बाबाको
ओतिलो माया
जस्तो हुन्छ खाँबाको !
राजेश भट्टराई
सैनामैना ११,रुपन्देही हाल सुर्खेत
[५२]
सन्तान
बाबा आमाको
प्राणभन्दा हुन्छ प्यारो !
चक्र शाही
[५३]
पिता
पुरुष तत्व
ब्रह्माण्ड प्रमुख अखिलेश्वर !
रुपा गौतम
[५४]
पिता
मायाको सागर
सम्पूर्ण जीवन समर्पित !
शारदा आचार्य
ललितपुर
[५५]
पिता
रोएर खुसी
सन्तानलाई दिन्छन् सदा !
बादल गुरुङ’वियोगी’
[५६]
अभिभावक
सहारा जिन्दगीको
जीवनभरको कुशल रक्षक !
जमुना आचार्य
सिन्धुपाल्चोक
[५७]
बुबा
आकाश हुन्
छहारी बाला जीवनको !
रामप्रसाद पुरी
खाेटाङ,ऐसेलुखर्क २ बादेल
[५८]
हेरचाह
बाबाको कर्तव्य
अर्कोतिर आमाको अभाव !
कविता आचार्य
कैलाली
[५९]
बा
बच्चाको सहारा
युवाको आँखामा कचरा !
मानन्धर रमेश , येँ
[६०]
ममतामा
पिताको आँच
सन्तान रक्षार्थ विवशतामा !
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर , काठमाण्डौँ
[६१]
जन्मदाता
अपार माया
सन्तानको सुरक्षाको पहरेदार !
इन्दिरा देवकोटा
कपिलवस्तु
[६२]
बाबा
कर्तव्यमा निष्ठा
सन्तान प्रतिको माया !
अनुपमा भुजेल
खोटाङ
[६३]
माया
परिवारको कर्तव्य
सन्तान पाल्ने आधार !
अम्विका अधिकारी
झापा विर्तामोड
[६४]
सन्तान
मायाका खानी
बाआमाका आँखाका नानी !
इन्दिरा ज्ञवाली
तानसेन ,पाल्पा
जय उदक ! जय साहित्य !!

