
१
वसन्त
हरियो पालुवा
चिरबिर गुँडमा बचेरा !
२
गुराँस
सुन्दर सूदुरपश्चिम
ढकमक्क राता जङ्गल !
३
प्रकृति
यौवनमा युवती
रङ्गिन फूलको वासना !
४
फूल
सुकोमल भाग
जरा काण्ड पात !
५
जोवन
सौन्दर्य सौगात
वसन्तको अनुपम वातावरण !
६
मानिस
घाती व्यवहार
देखाउने जाति अपार !
७
खोला
पानीको वहाव
सुन्दर झरनाको दृश्य !
८
समय
रूपमा अलमल
हरिया पालुवा फूलहरू !
९
दृश्य
आँखाको रमझम
मन लोभ्याउने प्रकृति !
१०
सुगन्ध
भमरालाई पासो
नयाँ बीजको उत्पत्ति !
११
छहारी
पीपलको चौतारी
हामी दुईको दौँतरी !
१२
घात
झुक्याउने बात
लाज पचेकाको साथ !
१३
जवानी
फूलको कहानी
ठेकीमा ढलिमलि मदानी !
१४
सोच
आफ्नो बुद्धि
कुमार्ग हराएर सुद्धि !
१५
अभाव
असन्तुष्ट मन
लुकाएर आफ्नो धन !
- सविता केसी, काठमाडौँ

