काठमाडौं । गायक किरण गजमेरलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सिङ्गिङ रियलिटी शो ‘द भ्वाइस अफ नेपाल’का विजेतासमेत रहेका गायक गजमेर अमेरिकी नागरिक हुन् ।
गायक गजमेरले नेपाल बस्न पाउने अवधि गुजारिसकेकाले गृह मन्त्रालयले उनलाई नेपाल प्रवेशमा रोक लगाएको हो । एक प्रवेशाज्ञा (भीसा) वर्षमा अमेरिकी नागरिकहरुले १ सय ८० दिन मात्र नेपाल बस्न पाउने प्रावधान रहेको छ ।
अध्यागमनले नेपाल प्रवेशमा रोक लगाएसँगै गायक गजमेर सन् २०२१ भर नेपाल आउन पाउने छैन । अध्यागमनका अनुसार उनले सन् २०२१ मा नेपाल बस्न पाउने अवधि गुजारिसकेका छन् । अब उनी सन् २०२२ मा मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।
गत सोमबार कतार एयरको क्यूआर ६५० नम्बरको उडानबाट नेपाल आएका गायक गजमेरलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले त्यहीबाट अमेरिका फिर्ता पठाएको थियो ।
‘द भ्वाइस अफ नेपाल’ को तेस्रो संस्करणमा उनलाई दर्शकहरुले सर्वाधिक रुचाएका थिए ।
दाङको एक मात्रै तुलसीपुरस्थित टरिगाँउ एयरपोर्ट काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलपछिको दोस्रो पुरानो एयरपोर्ट हो । मुलुककै पुरानो एयरपोर्ट र जिल्लाको हकमा एक मात्रै ऐतिहासिक एयरपोर्टको अवस्था भने ‘जस्ता थिए मितज्यू उस्ता उस्तै’ भन्ने उक्ति भन्दा खारै फरक छैन ।
क्षेत्रियता बादी चिन्तन र राजनीतिका कारण इतिहास बोकेको टरिगाँउ एयपोर्टको बिकास हुन नसकेको कुरा सत्य नै हो । त्यसैले यो एयरपोर्ट हरेक निर्वाचनहरुमा धेरैको चुनावी नारा बन्ने गरेको छ । टरिगाँउ एयरपोर्टको विकास गर्ने एजेण्डा प्रस्तुत गरेर धेरै नेताले निर्वाचन जितेका पनि छन् । तर, यो एयरपोर्टको विकासमा ती कसैले मन बचन कर्मले लागि परेको देखिएन । जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको केन्द्रमा पहुँच नपुगेको हो वा उनीहरुको रुचि नभएको हो ? त्यो कुरा ठूलो जन चासाको बिषय बनेको छ ।
बिक्रम संबत २०११ सालदेखि बिमान सेवा सुरु भएको यो एयरपोर्टमा पहिलो पटक तत्कालिन राजालाई आग्रह गरेर तुलसीपुरको भमके निवासी झग्गुप्रशाद सुबेदीले बिमान अवतरण गराएको अग्रजहरु बताउँछन् । टरिगाउँ एयरपोर्टमा घाँसे मैदान छँदै पञ्चायत कालभर नियमित उडान भएको थियो ।
२०४६ सालपछि बहुदल आएपछि पनि त्यसले निरन्तरता पायो । तर, तत्कालिन समयमा सशस्त्र माओबादी युद्ध चरम उत्सकर्षमा पुग्दै गर्दा केही बर्ष बिमानको नियमित उडान अवरुद्ध हुन पुगेको थियो । त्यसपछि पुन ः बिमान सेवा सुचारु हुँदै र त्यो फेरि रोकिदै आएको बिगत छ ।
रुकुमबाट प्रतिनिधित्व गर्ने तत्कालिन माओबादी नेता लोकेन्द्र बिष्ट मगर पर्यटन मन्त्री हुँदा टरिगाँउ एयरपोर्ट र रुकुमको चौरजहारी एयरपोर्ट कालो पत्रे गर्ने कार्य भयो । टरिगाँउ एयरपोर्ट ७५० मिटर लम्बाई र ३० मिटर चौडाइमा मात्रै कालोपत्रे गरिएपछि यहाँ १८÷१९ सिटे सानो बिमान मात्रै अबरतण गर्न सक्ने अवस्था छ ।
त्यसले गर्दा नेपालगञ्ज भन्दा झन्डै डेढ सय किलोमिटर पूर्व उत्तरको टरिगाँउ एयरपोर्टको भाडादर त्यहाँको भन्दा झन्डै दोब्बर बढी छ । अर्कौ तर्फ सानो बिमानको यात्रा ठूला बिमानको जस्तो सरल र सहज नहुने भन्दै धेरै यस क्षेत्रका यात्रुहरु नेपालगञ्ज वा भैरहवा बाट यात्रा गर्दै आएका छन् । दाङका कार्यक्रमहरुमा आउने नेता वा मन्त्रीहरु पनि अधिकाँस नेपालगञ्ज वा भैरहवा भएर गाडी मार्फत दाङ आउने गर्छन । यो रहर भन्दापनि बाध्यता हो ।
यही बाध्यता अन्त्य गर्न माग गर्दै तुलसीपुर क्षेत्रका उद्योगी ब्यापारीहरुले २०६२ सालदेखि हरेक सरकार प्रमुख, मन्त्री र हरेक दलका नेताहरुलाई टरिगाँउ एयरपोर्टको स्तर उन्नति र बिस्तारको माग गर्दै निरन्तर ज्ञापन पत्र बुझाउँदै आएका छन् । तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालले आँफू अध्यक्ष हुँदा टिकटको जिम्मा लिएर समेत टरिगाँउ एयरपोर्टमा बिमल चलाएको बिगत छ ।
तर, यो बीचमा तयारी अवस्थाको हुँदा छँदाको यो एयरपोर्टको बिकास गर्नुभन्दा पनि बरु झन्डै १५ किलोमिटर पूर्वको घोराही १० नारायणपुरमा अन्तराष्ट्रिय स्तरको एयरपोर्ट बनाउने अबधारणा नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले अगाडि सारे ।
त्यसमा माओबादी नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले पनि साथ दिए । शंकर पोखरेल तुलसीपुर १८ हाडीमेका स्थायी बासिन्दा भएपनि पछिल्लो समय उनी दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचन लडेर जितेपछि मुख्यमन्त्री भएका थिए । महरापनि सोही क्षेत्रका संघीय सांसद हुन । महराले आफ्नो क्षेत्रमा एयरपोर्ट लैजान खोज्नु अन्यथा मान्न नसकिएला तर तुलसीपुरका स्थायी बासिन्दा शंकरले तुलसीपुरमा बर्षौंदेखि अस्तित्वमा रहेको टरिगाँउ एयरपोर्टका बिरुद्ध षडेन्त्र गर्नु वा धावा बोल्नु गलत थियो भन्ने बुझाई आजपनि आम तुलसीपुर बासीको छ ।
यद्यपी उनीहरुले प्राबिधिक कारणले टरिगाँउ एयरपोर्टको थप बिस्तार संभव नभएको रेडिमेड र ओठे भाषणहरु गर्दै आएका छन् । तर, यहाँनेर शंकरले राजनीतिक रुपमा इगो पालेर बसेको राजनीतिक बृत्तमा आजपनि उत्तिकै चर्चा हुने गर्छ । खासमा अघिल्लो संविधान सभाको निर्वाचनमा आफ्नै गृहनगर समेत रहेको तत्कालिन निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली काँग्रेसका नेता बुद्धिराम भण्डारी संग पराजय भोगेपछि शंकरले यसक्षेत्रका जनतासंग राजनीतिक इगो साँचेको धेरैको बुझाई छ ।
त्यसअघि पनि एक पटक उनले यही क्षेत्रमा निर्वाचनमा पराजय बेहोरेको पीडा थियो । त्यसकारण पछिल्लो समय शंकर माओबादी संगको बाम गठवन्धन तयार गरि घोराही क्षेत्रबाट प्रदेश सभाको निर्वाचन लडेका थिए । त्यहाँका जनताले उनलाई बिजयी बनाएपछि शंकरले तुलसीपुर क्षेत्रका जनतालाई आफ्नो क्षमता र पावर देखाइ दिने भन्दै राजनीतिक इगो साँचेको हुनसक्छन् । त्यही भएर उनले हुँदा छँदाको तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको विकासमा त्यस्तो कुनै रुचि वा चासो नदिएको हुन सक्छन ।
तर, सत्ता र शक्ति स्थायी हुँदैन । संसदीय र दलिय राजनीतिमा सत्ता उलट पुलट भइरहन्छ । अहिले उनी सत्ताको बागडोर बाट बाहिरएका छन् ।
यतिखेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । रुकुमबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा (प्रभाकर) अर्थमन्त्री छन् । शर्मा अर्थमन्त्री बनेपछि उत्साहित तुलसीपुर क्षेत्रका उद्योगी ब्यबसायी, नेताहरु साउन अन्तिमा फेरि रिजाल लगाएत यहाँका माओबादी नेताहरु समेत काठमाडौं पुगेर अर्थमन्त्रीलाई एयरपोर्टको बिस्तार र स्तरबृद्धिको माग गर्दै ज्ञापन पत्र बुझाए ।
त्यसक्रममा पनि अर्थमन्त्री शर्माले टरिगाँउ एयरपोर्ट राजनीतिका कारण ओझेलमा परेको ज्ञापन पत्र बुझाउन गएकाहरुलाई स्पष्ट शब्दमा भनेको भिडियो फरककोण संग सुरक्षित छ । अर्थमन्त्रीले डेलिगेसन बुझाउन गएको टोलीलाई स्पष्ट भनेका छन् – ‘तपाँईहरु आउनु भन्दा पहिले टरिगाँउ एयरपोर्टको स्तर बृद्धिको लागि मैले सचिव र डिजीलाई काग अगाडि बढाउन भनि सकेको छु ।’
शर्माले आँफूले समेत टरिगाँउ एयरपोर्टको अबलोकन गरेको हुँदा तीनदेखि चारसय मिटर धावन मार्ग बिस्तार गर्न कुनै समस्या नरहेको र बिस्तारका क्रममा समस्या भए सघाउन समेत आग्रह गरेका छन् । सत्य हो । सल्यान,पश्चिम रोल्पा र रुकुम जस्ता पहाडी तथा हिमाली जिल्लाहरुको प्रबेशद्धार नै दाङको तुलसीपुर हो । तुलसीपुरको बिकास नभइ ती जिल्लाको बिकास संभव छैन । यतिखेर अर्थमन्त्री जनार्दन शर्माले (प्रभाकर)को सचिवालयले सरकारको तर्फबाट हालै ल्याएको प्रतिस्थापन बजेट मार्फत एयरपोर्ट बिस्तारको लागि झन्डै आधा अर्ब रुपैंया बजेट बिनियोजन गरिएको जानकारी दिएको छ ।
एयरपोर्टको सुद्रिढीकरण, टावर निर्माण र धावन मार्ग विस्तारका लागि उक्त बजेट बिनियोजन गरिएका कुरा सुन्दा मात्रै त्यसले एउटा आशाको सञ्चार गराएको छ । निराश जिल्लाबासीहरु धेरै उत्साहित बनेको प्रतिक्रियाहरु सामाजिक सञ्जालहरुमा ब्यक्त भइरहेका छन् । यस्ता आश्वासनहरु धेरै पटक धेरै नेता र मन्त्रीहरुबाट ब्यक्त नभएका होइनन् । तर, भने अनुसार फिटिक्कै काम भएको छैन ।
त्यसैले जबसम्म बजेट सुनिश्चितता स्वीकृत हुँदैन अर्थात जब सम्म काम सुरु हुँदैन तब सम्म बिश्वास गर्ने अबस्था रहँदैन । सबैले भोट ब्याङ्कको रुपमा नारा बनाउँदै आएको, क्षत्रियता र राजनीति गर्ने प्रमुख थलो बनेको टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार भए त्यो जिल्लोका बिकासको लागि कोषे ढुँगो साबित हुने धेरैको बुझाई छ ।
तर, के अर्थमन्त्रीले भने अनुरुप, बाँडेको आश्वासन अनुरुप, देखाएको सपना अनुरुप साँच्चि टरिगाँउ एयरपोर्टको धावन मार्ग बिस्तार होला त ? साँच्चि धावन मार्ग बिस्तार भइ यहाँपनि ठूला बिमानहरु अवतरण होलान त ? काठमाडौं जान आउन नेपालगञ्ज भन्दा आकर्षक रुट टरिगाँउ एयरपोर्ट बन्छ त ? भाडा दर सस्तो होला ? यस क्षेत्रका सर्वसाधारण अप्ठेरो पर्दा प्लेन चढ्न बाँके वा भैरहवा जानु पर्ने बाध्यता साँच्चिकै अन्त्य होला ? साँच्चि दैनिक दर्जनौं बिमानहरु दंगाली आँकाशमा ओहोर दोहोर गर्लान ? टरिगाँउ एयरपोर्टबाट बिभिन्न बिमान कम्पनीहरुले उडानहरु भर्न तछाड मछाड गर्लान ?
के साँच्चि शंकर पोखरेलले रोक्न खोजको टरिगाँउ एयरपोर्ट बिकास र बिस्तार जनार्दशन शर्माले अघि बढाउलान ? यो एउटा अत्यन्तै आम चासोको बिषय बनेको छ । साँच्चि अर्थमन्त्री शर्माले भने जस्तै गरि टरिगाँउ एयरपोर्ट बिस्तार गर्न ध्यान केन्द्रित गरे उनलाई यहाँका जनताले कहिलै भूल्ने छैनन् । कहिलै हार्ने छैनन् । त्यस्तै भएमा पक्कैपनि दाङको बिकासले अग्रगामी फड्को मार्ने छ । किाँचुली फेर्ने छ । दाङ मुलुककै प्रमुख पर्यटकीय गनतब्य बन्ने संभावना रहने छ । पाँच तारे होटेलहरु खुल्ने छन् । मेडिकल कलेजहरु खुल्ने छन् । राजधानीबाट मेजर अप्रेशनका दिन बिशेषज्ञ चिकित्सकहरु आएर उपचार गरि फेरि सोही दिन फेरि सहजै काठमाडौं फर्किन सक्ने वातावरणको सृजना हुने छ । त्यसपछि मात्रै दाङको परिचय एक सुबिधा सम्पन्न ठाउँको रुपमा दर्ज हुने छ । ( साभार – फरक कोण सम्वाददाता )
माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीलाई सूची बुझाएनन्
काठमाडौँ– राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्तापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि मंगलबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । बालुवाटार निकट स्रोतका अनुसार सत्ता गठबन्धनका दुई दलहरु नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्रीको सूची प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने भएको हो ।
सरकारले सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ । देउवा प्रधानमन्त्री बनेको अढाई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । सोमबार अध्यादेश खारेज भएपछि मंगलबार मन्त्रिपरिषद् विस्तार हुने विश्वास गरिएको थियो ।
मंगलबार मन्त्रिपरिषद् विस्तार नहुने बालुवाटार स्रोतले पुष्टि गरेको छ । माओवादी केन्द्र र जसपाले मन्त्री बन्ने नेताहरुको सूची नबुझाएकाले मन्त्रिपरिषद् विस्तार नहुने स्रोतले बतायो । सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने बालुवाटार स्रोतको दाबी छ ।
सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा भने सहमति भइसकेको छ । कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने दलहरुबीच सहमति भएको छ ।
तर मन्त्रालयबारे भने सहमति नभइसकेको दलहरुले बताएका छन् । मन्त्रीको संख्यामा टुङ्गो लागेपछि कांग्रेसले आफ्नो बाँकी रहेको कोटाका लागि मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल, दिलेन्द्र बडु र उमाकान्त चौधरी तथा भिमसेनदास प्रधानमध्ये एकजनालाई मन्त्री बनाउने सहमति भएको छ ।
उता नेकपा एसले पनि ५ जनाको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेको छ । थप एकजनाबारे भने निर्णय भइनसकेको नेकपा एसका एक नेताले जानकारी दिए । नेकपा एसबाट विरोध खतिवडा, मेटमणि चौधरी, प्रेम आले, रामकुमार झाँक्री र जीवनराम श्रेष्ठको नाम सिफारिस भएको छ ।
माओवादी केन्द्रले मंगलबार मन्त्रीको टुंगो लगाउने भने पनि सोमबार लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । उता जसपाका अध्यक्ष उपेन्द्र यादव राजधानी काठमाडौँ बाहिर छन् । जसपाले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको छैन ।
कपिलवस्तु – इलाका प्रहरी कार्यालय पकडीको आयोजनामा आज मायादेवी गाउँपालिकको वडा ७ नम्बरमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि बजरंगी प्रसाद चौधरीले गाउँपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । ईमानदारीपुर्वक हामी सबैले न्याय,कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम रहने चौधरीले बताउनुभयो ।
विशिष्ट अतिथि प्रहरी नयाब उपरीक्षक धर्मराज भण्डारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षाको कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रममा नागरिक बाट बढी कुरा थाहा हुने र सामुहिकमा कुरा राख्न आट आउने हुँदा काम गर्न प्रभावकारी रहेको बताए । जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भन्दै राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।
ईलाका प्रहरी कर्यालय पकडीका प्रहरी निरीक्षक कृष्णा खत्रीले कार्यक्रमको स्वगात गर्दै सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि वर्ष भरि गरेको कार्य प्रगतिको विवरण प्रस्तुत गर्नु भएको थियोे ।
व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।
चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । ग्रुप मातहत सञ्चालित विभिन्न कम्पनीले उक्त राजस्व योगदान गरेका हुन् । ‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’
काठमाडौं । पशुपतिनाथको मन्दिर परिसरमा एक बाबामाथि खुकुरी प्रहार भएको छ । सोमबार बिहान परिसरमा रहेको बाबा सन्तोषमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।
उनीमाथि गाँजा माग्दै एक व्यक्तिले खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘बाबालाई पहिला एक व्यक्ति आएर माल गाँजा निकाल भन्दै भनिएछ । त्यसपछि बाबाले छैन भन्दा खुकुरी प्रहार गरि सो व्यक्ति फरार भएछन्।’
प्रहरीका अनुसार बाबा सन्तोष हिन्दी मात्रै बोल्छन् । ३५ वर्षका बाबा सन्तोष बिहान विश्वरुपा मन्दिर नजिकै शौचालयतर्फ जाँदै थिए । सोही समयमा उनीमाथि खुकुरी प्रहार भएको हो । उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ ।
काठमाण्डाै – गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख ५३ हजार ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो।
उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो।
धेरैजसो पसलमा म्याद गुज्रेका सामान बेच्ने र बढी मूल्य लिने गरेको भेटिएको छ । विभागले साउनयता अहिलेसम्म २३ लाख रुपैयाँ जरिबाना असुलेको छ । नियमित अनुगमन गर्दै आएको दाबी गरेको विभागले अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १२ जना कर्मचारी थप गरेर दशैँ तिहार लक्षित अनुगमन सुरु गरेको छ
यो अनुगमनमा पनि व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ तिहारलाई लक्षित गरेर गरेको अनुगमनमा पनि धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको प्रवक्ता सेढाईँले जानकारी दिनुभयो ।
यो महिना सुरु भएपछि विभागले अहिलेसम्म झण्डै ६ सय वटा पसलमा अनुगमन गरिसकेको छ । नियम उल्लङ्घन गर्नेलाई कसुर अनुसार ५ हजार देखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने गरको छ।
तुलसीपुर । तुलसीपुर उपमहानगरद्वारा संचालित मेट्रो अस्पतालमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । मेट्रो अस्पतालले भाेलि देखि ओपिडी सेवा शुभारम्भकाे अवसरमा शिविर सन्चालन गरेको हाे । कोरोनाकाे महामारीमा कोरोना बिरामी हरुलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा पुर्याएकोमा भोलि निशुल्क बृहत स्वास्थय शिविर सञ्चालन हुन थालेको जनश्वास्थ्य निरिक्षक बिमल केसीले बताएका छन ।
भोलि हुने स्वास्थय शिविरमा जनरल सर्जन/इन्डकोपिस्ट डा. प्रकाश शाहू ,फिजिसियन डा. ज्ञानेन्द्र पाण्डे,प्रसूति रोग बिषेशज्ञ डा. श्रृजना हमाल , डा.देवराज केसि (एम डी), सहित चिकित्सक टोली ले निःशुल्क एक्सरे ,भिडियो एक्सरे ,ल्याव सेवा र औषधि सहितको सेवा निःशुल्क हुने भएको छ अस्पतालमा तुलसीपुर बासीलाई सेवा लिन आह्वान गरिएको छ । अस्पताल ले हाल निःशुल्क रूपमा दैनिक कोरोना परिक्षण गर्दै आइरहेको छ । निःशुल्क शिविर पश्चात दैनिक अब ओपिडी सेवा सुरुवात गरिने भएको छ।
काठमाण्डाै – सरकारले अनलाइनबाट टिकट काट्ने यात्रुहरूलाई एक लिटरकाे पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ । आज आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गर्दै यस वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटरकाे पानीकाे बाेत्तलकाे व्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।
विभागका महानिर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएकाहरूबाट मात्रै टिकट काट्न आग्रह गर्नुभयो ।
यसैबीच सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक गाडीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
उहाँले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डाैका विभिन्न ठाउँबाट गाडी छुट्ने बताउनुभयो ।
यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।