
कपिलवस्तु – इलाका प्रहरी कार्यालय पकडीको आयोजनामा आज मायादेवी गाउँपालिकको वडा ७ नम्बरमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि बजरंगी प्रसाद चौधरीले गाउँपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । ईमानदारीपुर्वक हामी सबैले न्याय,कानुनका कुराहरु हाम्रो व्यवहारमा लाने हो भने शान्ति पनि हुन्छ संगै विकास हुनुको साथै सामाजिक सद्भाव कायम रहने चौधरीले बताउनुभयो ।
विशिष्ट अतिथि प्रहरी नयाब उपरीक्षक धर्मराज भण्डारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै समग्र कपिलवस्तु जिल्लाको शान्ति सुरक्षाको कार्यमा सधैं प्रहरी तैनाथ रहेकोेले जनता संग सहकार्य गरि आगाडि बढ्ने बताउनु भएको छ । सार्वजनिक सुनवाइ कार्यक्रममा नागरिक बाट बढी कुरा थाहा हुने र सामुहिकमा कुरा राख्न आट आउने हुँदा काम गर्न प्रभावकारी रहेको बताए । जहाँ सुरक्षा हुन्छ त्यहाँ विकास हुन्छ भन्दै राम्रो काम गर्नको लागि तिता मिठा जस्तो किसिमको प्रश्नले हाम्रो लागि काम गर्न स्वागतयोग्य रहेकोेले बताउदै सार्वजनिक सुनवाइमा उठेका सवाल, गुनासोलाई प्रष्ट पार्नु भएको थियो ।
ईलाका प्रहरी कर्यालय पकडीका प्रहरी निरीक्षक कृष्णा खत्रीले कार्यक्रमको स्वगात गर्दै सार्वजनिक सुनवाइ कार्यक्रम मुख्य उदेश्य नागरिकहरु बाट अहिलेसम्म प्रहरीले गरेको कामकाजको पृष्ठपोषण लिने शान्ति सुरक्षा अमनचयन गर्न भन्दै जन गुनासो तथा जिज्ञासा लाई प्रष्ट गर्दै अगामि दिनमा आएका सुझाव लाई छलफल गरि वर्ष भरि गरेको कार्य प्रगतिको विवरण प्रस्तुत गर्नु भएको थियोे ।

