बाटोको बर पिपलमा, हाम्रो नाम लेखेर आउनू !

  • ६ असार २०७७, शनिबार २३:१९ मा प्रकाशित
  • सुशील शर्मा, मकवानपुर

    घुम्ती अनी मोडहरुमा, पाईला सोचेर चाल्नू !
    उज्यालो आशा बोकी, बिश्वासको दियो बाल्नू !!

    सास्ती खेपेर होइन, फूलमा टेकेर आउनू !
    मायालु दुबै आखाँ, हातले सेकेर आउनू !!
    पीडाले कस्लाई छुन्न, झर्छ त्यो फूल पनी !
    तर तिमी रसाउनु , बालुवामा मूल बनी !!

    काँडा जो छुनु हुन्न, अब फेरि रुनु हुन्न !
    केवल मायाँको केवल, चौबन्दी फेरेर आउनू !!
    बाटोको बर पिपलमा, हाम्रो नाम लेखेर आउनू !
    घुम्तीको मठ मन्दिरमा, मायाँ देखेर आउनू !!

    Leave a Reply