आज सुर्य ग्रहण लाग्दै

  • ७ असार २०७७, आईतवार १०:३७ मा प्रकाशित
  • बीरगंज
    आज असार ७ गते आइतबार नेपालबाट देखिने गरि खण्डग्रास सुर्यग्रहण दुई नक्षत्रलाई समेट्दै आज बिहान १० : ५० बाट सुरु हुँदैछ भने मध्यान्ह १२:३८ बजे मध्य अवस्थामा रहने आजको ग्रहण अपरान्ह २:२३ मा पुर्ण रुपमा मोक्ष हुनेछ।

    आजको ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले आजको ग्रहणलाई विशेष रुपमा हेरिएको छ।
           ग्रहण सुरु भएको २ घण्टा ३५ मिनेटपछि मृगशिरा नक्षत्रलाई छाडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ। यस्तो खालको ग्रहण महाभारत युद्धको समयमा पनि लागेको भन्ने ज्योतिषका सिद्ध ग्रन्थ तथा पुराणहरुमा उल्लेख गरिएको ज्योतिषीहरुको भनाई रहेको छ।
    
    आइतबार सुर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको र यस्तो ग्रहणलाई चुणामणी ग्रहण भन्ने गरिएको ज्योतिष शास्त्रका विद्वानहरुको भनाई रहेको छ। 

    गत वर्ष पुष महिनामा लागेको खण्डग्रस भन्दा ठीक विपरीत तरिकाबाट लागेकाले पनि यसको प्रभाव विश्वभरि नै सकारात्मक रहने ज्योतिषीहरुले बताउँदै आएका छ्न्।

    वृष,मिथुन ,वृश्चिक र मीन राशी हुनेहरुकालागि ग्रहणको प्रभाव उच्च रहने छ भने कर्कट , तुला ,धनु र कुम्भ राशी हुनेहरुकालागि  मध्यम रहने तथा मेष ,सिंह ,कन्या तथा मकर राशी हुनेहरुकालागि भने आजको ग्रहण शुभ रहनेछ ।
    पंचांग ( पात्रो ) मा उल्लेख गरिए अनुसार आजको ग्रहणको निम्ति निम्न राशी हुनेहरुको तपशील बमोजिमको फल रहेको छ -

    १ . मेष – श्रीप्राप्ती
    २ . वृष – क्षति
    ३ . मिथुन – घात
    ४ . कर्कट – व्यय
    ५ . सिंह – लाभ
    ६ . कन्या – सुख
    ७ . तुला – माननाश
    ८ . वृश्चिक – कष्ट
    ९ . धनु – स्त्रीपीडा
    १० . मकर – सुख
    ११ . कुम्भ – चिन्ता
    १२ . मीन – व्यथा

    Leave a Reply