
काठमाडौँ – भक्तपुरमा थपिएका नयाँ संक्रमित सबै महिलाहरु कुवेतबाट फर्किएका समूह रहेका छन्। नयाँ संक्रमितहरु जेठ ३० कुवेतबाट नेपाल फर्किएका टोलीमध्ये ८ जना रहेको जिल्ला जनस्वास्थ कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए। उनका अनुसार संक्रमित सबै महिलाहरु चागुँनायरण नगरपालिका–७, खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रको क्वारेनटाइनमा बसेका थिए।
संक्रमित महिलाहरुमध्ये ७ जनालाई पाटन अस्पताल र एकलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु लगिएको छ।
यही क्वारेनटाइनमा राखिएकी एक महिलामा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि गरिएको परिक्षणमा ८ जनालाई कोरोना भाइरस देखिएको हो।
जेठ ३० गते कतारबाट नेपाल फर्केको १०३ जनामा ९ जना बालबालिका रहेका थिए। क्वारेनटाइमा रहेका अन्यको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काउन लागिएको छ। समचार देश सञ्चारमा छापिएको छ ।

