कतारबाट नेपाल फर्किनेको सूची सार्वजनिक, ५ हजार १ सय १२ जना फर्किदै (नामावलीसहित)

  • ३१ जेष्ठ २०७७, शनिबार ०८:१६ मा प्रकाशित
  • विश्वव्यापी कोरोना महामारीका कारण समस्यामा परेर कतारबाट नेपाल फर्किन चाहने नागरिकको पहिलो सूची सार्वजनिक गरिएको छ।

    कतारको दोहास्थित नेपाली राजदूतावासले स्वदेश फर्किने (सूची हेर्न यी हरिया अक्षरमा क्लिक गर्नुहोला) ५ हजार १ सय १२ यनेपालीको सूची सार्वजनिक गरेको हो।

    प्राथमिकतका आधारमा स्वदेश फर्किने नेपालीको सूची सार्वजनिक गरिएको दूतावासले जनाएको खबर नेपालखबर डटकमले प्रकाशित गरेकाे छ ।

    दूतावासका अनुसार आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्ने, सुत्केरी तथा गर्भवती, कोरोना संक्रमणबाहेक अन्य गम्भीर रोग भएका बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका, अध्ययन समाप्त भएका विद्यार्थी (इन्टर्न समेत), पारिवारिक भेटघाटका लागि तथा पर्यटक तथा व्यापारिक भिसामा आएकालाई प्राथमिकतामा राखिएको छ।

    यस्तै श्रम करार अवधि सकिएका वा रोजगारी गुमाएका, कतार आईडी र भिसाको म्याद सकिएका तथा आईडी रद्द भएका, बेतलबी बिदामा रहेकालाई पनि नेपाल फर्काउने सूचीको प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ।

    दूतावासका अनुसार यही जुन १६ र २० मा नेपाल एयरलाइन्सका २ उडान र १७ र २२ तारिखमा हिमालय एयरलाइन्सका २ उडानबाट नेपाली स्वदेश फर्किनेछन्। तर कुनै प्राविधिक कारण उडानको मिति हेरफेर पनि हुन सक्ने दूतावासको सूचनामा उल्लेख छ।

    हवाई भाडा व्यक्ति स्वयंले तिर्नुपर्नेछ। नेपाल आउन हवाई टिकटको मूल्य ४९० अमेरिकी डलर तोकिएको छ। आजको सिभिलखबर.कम ले छापेको छ ।

    Leave a Reply