
काठमाडाैं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेका आर्थिक बर्ष २०७७/७८ को बजेटले दुई पाङ्ग्रे सावारी साधनमा कुनै पनि प्रकारको कर वृद्धि गरेको छैन ।
आर्थिक वर्ष २०७७/७८को बजेटले दुई पाङ्ग्रे सवारीसाधनमा कुनै कर वृद्धि नभएले यो क्षेत्रले राहत महशुस गरेको छ । कोरोनाका कारण अहिले सम्पुर्ण क्षेत्रमा संकट आइरहेको अबस्था छ । नेपालमा सबै प्रकारका सवारीसाधनको बिक्री ठप्प रहेको छ । लकडाउन पश्चात दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढ्ने अनुमान गरिएको छ ।
यस्तोमा सरकारले कुनै पनि प्रकारको कर थप नगरे पश्चात अझै दुई पाग्रेको बजार अझै बढ्ने देखिन्छ । अहिले सबै किसिमका इन्जिन भएका मोटरसाइकलमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।
अन्तःशुल्क भने १५५ सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत, १५५ सीसीमाथि २५० सीसीसम्मका बाइकमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ ।
त्यसैगरि, २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएको छ भने ५०० देखि ८०० सीसीसम्मको बाइकमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ । ८०० सीसीभन्दा माथिका सम्पूर्ण बाइकमा १०० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।
सरकारले उक्त बजेटबाटै सडक दस्तुर पनि निकै बढाएको थियो । अहिले १५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नु पर्छ । त्यस्तै १५५ सीसीभन्दा माथि २५० सीसीसम्मका बाइकले १८ हजार र २५० देखि ४०० सीसीसम्मका बाइकले ५० हजार सडक दस्तुर तिर्नु पर्ने व्यवस्था रहेको छ ।
४०१ सीसीभन्दा माथिका बाइकले सडक दस्तुर नै एकमुष्ट २ लाख रुपैयाँ तिर्नु पर्छ । भ्याट रकम वापत सबै किसिमका मोटरसाइकलले १३ प्रतिशत तिर्नु पर्ने हुन्छ । भारतबात एलसी खोलेर मगाईएका मोटरसाइकलको हकमा ३० प्रतिशत भन्सार शुल्कको १.५ प्रतिशत रकम छुट पाउदै आएका छन् ।
Meroauto

