
रम्जान समर्पण
१० -मई -२०२०, साउदी अरब, विगत ६ महिनादेखि बिश्वमा फैलिरहेको कोरोनाको कारण साउदी अरबमा रहेका नेपाली श्रमिकहरुलाई पनि धेरैनै असर पुगेको र केही नेपाली श्रमिकहरु समेत संक्रमित भएको दु:खद खबर प्राप्त भए संगै एनआरएनए साउदीले बिभिन्न कदमहरु चाल्दै साउदीमा रहेका कोरोना पिडितहरुको उद्दार अभियानलाई तिब्रता दिएको छ ।
साउदी अरबको कोरोना तथ्याङ्क अनुसार दिनानुदिन तिब्र रुपले बढिहरेको कोरोना संक्रमितकै कारण नेपालीहरु पनि पिडित बनेका छन् । कोहि कोरोना संक्रमित हुँदा पनि उपचारमा ढिलाई सुस्तिका कारम, कोहि काम काम नभएर खान र बस्न समेत नपाएर रोडमा बस्नुपर्ने बाध्यतानुरुपका बिचल्लिमा परेका नेपालीहरुको ब्यापक गुनासोहरुलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले कोरोना पीडितहरुको सत्य पहिचान गरी तत्काल राहत तथा उद्धारको निम्ती सम्बन्धित निकाय सँग पहल र पैरवी गर्दै अभियानलाई तिब्रता दिनको निम्ती गत ८-मई -२०२० का दिन सातौं पूर्ण बैठक सम्पन्न गरेको प्रबक्ता बिष्णु न्यौपाने द्द्वारा जारी प्रेश बक्तब्यमा जनाइएको छ।
एनआरएनए साउदीले यस उद्दार अभियानमा अहिले सम्म आफ्ना क्षेत्रीय र स्थानीय तहहरुलाई समेटेर बनाईएको समितिद्वारा साउदीभरिनै अधिकांस पिडितहरुलाई राहत बितरण गर्नुको साथै खान र बस्नको समेत ब्यवस्थापन गरेको छ । उद्दार अभियानमा नेपाली दुतावास रियादको समन्वय सहयोगमा ठुलो संख्यामा रहेका कोरोनाको अबस्थाबाट पिडित बनेका नेपाली श्रमिकहरुलाई राहत बाडिएको छ ।
समितिको ८ मे मा बसेको साईबर सातौं पूर्ण बैठकमा पिएनसीसी प्रतिनिधि, आईसीसी प्रतिनिधिहरु, राष्ट्रिय, क्षेत्रीय र स्थानीय समन्वय समितिका पदाधिकारीहरु तथा नेपाली राजादुतावास रियाद साउदी अरबका नियोग प्रमुख श्री दिलिप पौडेल र श्रम सहचारी श्री जिबन राइको सेमत उपस्थिती रहेको थियो । कोरोना उध्दार अभियानमा हाल सम्म संघले गरेका राहत बितरणका कार्यहरु र उपलब्धी सहित तपसिलका बिषयहरुमा छलफल गरी मध्यस्थकर्ताको रूपमा साउदी स्थित कुटनितिक नियोग संग समन्व्यकारी भूमिका निभाउंदै अभियानलाई थप सशक्त बनाउने निर्णय गरिएको छ।
बैठकले आफ्नो क्षेत्रीय, स्थानीय समितिका पदाधिकारी हरुलाई परिचालन गर्दै साउदी अरबको सम्पुर्ण स्थानमा कोरोना बाट प्रभावित नेपालीहरुको सहि तथ्याङ्क संकलन गराउन अनुरोध गर्दै नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती,साउदी अरब र नेपाली राजदुताबास बिच समन्वय गर्दै अगाडि बढ्ने र साउदी अरबमा रहेका अन्य सम्पूर्ण संघ संस्था, समाजसेवी, बुध्दीजिबी,मिडिया लगायत अन्य सरोकारवाला सबै संग हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर सम्म उध्दारको निम्ती सहकार्य गर्दै अगी बढ्ने निर्णय गरेको छ।
उक्त बैठकमा दुताबास रियादका नियोग प्रमुख श्री दिलिप पौडेल र श्रम सहचारी श्री जिबन राइले साउदीमा देखिएका श्रमिक समस्याहरुमा एनआरएनए साउदीले खेलेको भूमिकालाई सम्मान र खुशी ब्यक्त गर्दै धन्यबाद प्रदानका साथै भबिष्यमा पनि यसैगरि सहकार्य गरी श्रमिक उद्दारमा सहयोग गर्न अनुरोध गरेका थिए ।
संघको सातौं बैठकोको निर्णय .



