कोरोना उपचार कोषमा शेष घले र जमुना गुरुङले प्रदान गरे ३ करोड रुपैया सहयोग

  • १४ बैशाख २०७७, आईतवार १८:०७ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नि जमुना गुरुङले नेपालमा कोरोना नियन्त्रण तथा उपचारका लागि ३ करोड रुपैया सहयोग प्रदान गरेका छन ।

    घले दम्पत्तिले स्थापना गरेको एमआईटी ग्रुप फाउण्डेसले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषलाई उक्त रकम प्रदान गरेको हो । आइतबार फाउण्डेशनका प्रतिनिधीले प्रधानमन्त्री कार्यालयका सचिवलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    ‘यात्रामा भइरहेको अवरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गर्नुभएको छ,’ फाउण्डेसनका अध्यक्ष शेष घलेले भन्नुभयो ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रण र निर्मूलका लागि परिक्षण, निगरानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ’ एमआईटी ग्रुपले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    यसअघि नेपालमा आइपरेका ठूला विपतहरु भूकम्प एवं नाकाबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । देश तथा देशवासीहरु हरेक दुःख तथा समस्याका घडीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।


    रोजगारमन्च बाट

    Leave a Reply