नेपाली जनसंपर्क समिती साउदी अरबद्वारा अलपत्रमा परेका १ जना नेपालीको उद्धार ।

  • ९ बैशाख २०७७, मंगलवार २२:४३ मा प्रकाशित
  • २१ अप्रिल २०२०, रियाद सम्बादाता, साउदी अरब

    साउदी अरब स्थित नेपाली जनसंपर्क समिती द्वारा रियादमा अलपत्र परेका १ जना नेपालीको उद्दार गरेको छ ।

    ४ बर्ष अगाडि अब्दुल वाहिज रेस्टुरेन्टमा क्लिनरका लागि आएका बुटवल तामनगर निवासी सचिन थापा लाई २ बर्ष देखी कम्पनिले अकामा नबनाइ काम गराइराखेको र विश्वभरी फैलिएको कोरोना भाईरसले गर्दा १ महिना भन्दा लामो लकडाउनका कारण उक्त होटेल बन्द नै भएपछी कम्पनिले बस्न खान नदिँदा थापा अलपत्रमा परेका थिए ।

    पीडित थापा नेपाली जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मिको संपर्कमा आएपछी दूतावासलाई जानकारी गराई पिडितलाई उद्दार गरी ल्याइएको तर दूताबासले अहिलेको अवस्थामा दूतावासमा पनि राख्ने उचित ब्यबस्था नभएको र नेपाल फर्काउन पहल गर्न पनि सम्भब नभएको हुनाले लकडाउन सकिने बित्तिकै उक्त पीडितलाई नेपाल फर्काउन, कम्पनिसँग कुरा गर्न र आबश्यक प्रकृया अगाडि बढाउन दूतावासबाट द्रुत गतिमा पहल हुने तर अहिले केही समयलाई जनसंपर्क समितिले नै केही ब्यबस्था गरी राख्नको लागि अनुरोध गरेपछी हाललाई जनसंपर्क समितिले नै खाने बस्नेको ब्यबस्था गरेर उक्त पीडितलाई सुरक्षित राखेको छ ।

    रियादको २४ घण्टा लकडाउन साथै कर्फ्युको जोखिममा पनि बिशेष पासको ब्यबस्था गरी जनसंपर्क समिती साउदीअरबका सभापति दिपक रेग्मी र सहकोषाध्यक्ष पदम प्रसाद पाण्डे गएर पीडितको उद्दार गरिएको थियो ।

    कोरोना भाईरसका कारण भएको लामो समयको लकडाउनले गर्दा साउदीअरबका स-साना कम्पनिहरु बन्द हुन थालेका र कम्पनी बन्द हुँदा कम्पनीका कार्यरत कामदारहरु प्रति कम्पनी आफ्नो कामदारको सम्पूर्ण जिम्मेवारिबाट पछी हट्न थालेसंगै धेरै नेपाली पनि अलपत्र परी संपर्कमा आउन थालेका कारण यसतर्फ नेपाली राजदूतावास रियाद लगायत सम्पूर्ण सरोकारवाला निकायहरुले बेलैमा गम्भिर रुपमा नसोचे अवस्था जटिल हुन सक्छ, त्यसैले साउदीअरबमा कोरोनाको बढ्दो प्रभाब, संक्रमण संगै अब आउने जलिट अवस्थाको बारेमा र यसबाट साउदीअरबमा रहेका नेपालीहरुको बिषयमा गम्भिर छलफल गरी आउने समस्याहरुलाई सजिलै समाधान र न्युनिकरण गर्न सकिन्छ त्यसको बारेमा सामुहिक छलफल गरौँ र तयारी अवस्थामा बसौँ भनी नेपाली राजदूतावास रियाद लगायत साउदीअरबमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्था, समुदायहरुमा नेपाली जनसम्पर्क समिती साउदीअरब हार्दिक अनुरोध गरेको कुरा नेपाली जनसंपर्क समिती साउदीअरबका महामन्त्री सुरेश राज त्रिपाठीले जानकारी गराए ।

    Leave a Reply