मुग्लिङ हाइवे हस्पिटल, ईच्छाकामना गाउँपालिका, र इलाका प्रहरी कार्यलय मुग्लिङ्को सहयोगमा घर फर्किदै गरेका पैदलयात्री मजदुरहरुको उद्धार ।

  • ९ बैशाख २०७७, मंगलवार २२:१३ मा प्रकाशित
  • समर्पण रम्जान

    ९ बैशाख २०७७, मुग्लिङ, चितवन
    गोर्खाको आरुघाटमा दैनिक मजदुरि गरिरहेका सल्यान र धरानका २२ जना मजजूरहरुलाई ईच्छाकामना गाउँपालिकाको उपाध्यक्ष कीर्ति कुमार श्रेष्ठ र ईलाका प्रहरी कार्यालय मुग्लिङको र मुग्लिङ हाईवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाको संयुक्त सहयोगमा उद्धार गरिएको छ ।

    लकडाउनको चपेटामा परि गोर्खाबाट हिजो ८ बैशाखका बेलुकीपख मुग्लिङ आइपुगेका २२ जना मजदुरहरुको हिजो रातीदेखीनै खानपिन र बास बसाई को ब्यबस्थापन गरि बिहानै उनिहरुको गन्तब्यमा पुर्यान सहयोग गरेका थिए ।

    मुग्लिङ हाईववे हस्पिटलको ज्वरो क्लिनिकमा सबै २२ जनाको ज्वरो मापन गर्दा सबैको स्वास्थ्य स्थिति सामान्य पाए पछि एउटा बोलेरो गाडीको ब्यबस्था गरी गनतब्यसम्म पुरयाउने ब्यबस्था गरेका थिए । साथै कोरोना बाट साबधानी अपनाउदै प्रत्येक मजदूरहरुलाई १/१ वटा सर्जिकल मास्क पनि बितरण गरेका थिए।

    उहाँहरुको उद्धारका लागी स्थानीय समाजसेवी युवाहरु सोजन शेरचन, मनोज त्रिपाठी, संजिब सिलवाल, प्रदिप त्रिपाठी, प्रेम गुरुङ पूर्णरुपमा दिलोज्यानले खटेर सहयोग गरेका थिए ।।

    Leave a Reply