माेरङमा मलामी पुगेर फर्किएकालाई प्रहरीद्धारा निर्घात कुटपिट

  • ७ बैशाख २०७७, आईतवार २२:५७ मा प्रकाशित
  • पथरी / मलामी पुगेर फर्किएका एक जनालाई मोरङ पथरी शनिश्चरेमा प्रहरीले निर्घात कुटपिट गरेको छ । मलामी गएर फर्किएका युवा मोटरसाइकलमा सवार भएपनि हेल्मेट नलगाएको भन्दै पथरी वेशक्याम्पका प्रहरीले कुटपिट गरेका हुन् । आइतवार साझ पथरीशनिश्चरे १ पञ्चायत मावी नजिकैको सडकमा प्रहरीले ति युवा माथी कुटपिट गरेको हो ।


    पथरीशनिश्चरे ७ किर्तिपुर घर भएका ति युवालाई प्रहरीले केहि सोधपुछ गर्न खोजेको र ति युवाले जवाफ दिनै लाग्दा प्रहरीले कुटेको स्थानियवासीले वताएका छन् । स्थानियवासीका अनुसार प्रहरीले कुटपिट गरेका युवा पथरीशनिश्चरे ७ का प्रेम लिम्वु रहेका छन् ।

    पथरीशनिश्चरे नगर क्षेत्रमा प्रहरीबाट पिडित बनेको यो पहिलो घटना भने हैन । यस भन्दा अघि मोरंगको पथरीशनिश्चरे ५ का रोहन शाहलाई बिना कारण प्रहरीको चरम यातना दिएको थियो । शाहलाई लकडाउनको समयमा प्रहरीले बजार उठाउदै गरेको भिडियो खिचेको भन्दै निर्घात कुटपिट गरि उठ बस गराएको थियो । घर माथि रहेको शाहलाई प्रहरीले माथी नै गएर जवरजस्ती बाटामा ल्याएर ५ सय पटक उठबस गर्न लाएको शाहले बताएका थिए ।

    त्यस्तै प्रहरीको बिरुद्धमा बोलेको भन्दै घरैबाट ल्याएर पथरीका डीएसपी दिलिपकुमार गिरीकै अगाडि कुटपिट गरेको पीडितले बताएको छ । घरायसी झगडाको बिषयमा गत फागुन ११ गते पथरीशनिश्चरे—३, सिर्जना चोकको गोजबहादुर राईलाई प्रहरीले पक्रेको थियो । राई पक्राउ परेको भोली पल्ट छुटेका थिए । छुट्ने क्रममा पाँच हजार रुपैया घुस प्रहरीले लिएको विषयमा विभिन्न अनलाइनहरुमा समाचार आएको थियो । पुर्वेली न्युज

    Leave a Reply