
कपिलवस्तु / सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट चाकरचौडा कपिलवस्तुले सिमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
विश्व भरि महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड-१९)नियन्त्रणको लागी सिमा तथा सोही बमोजिम आवश्यक क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी निरीक्षक चाकरचौडा प्रमुख सन्तोष प्रसाद देबकोटाले बताउनु भयो । सिमा क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानिय तहसँग समन्वय गरी निगरानी हुँदै आएको छ ।
सिमा सँग जोडिएको भारतीय सानो गोरेटो बाटोदेखी सबै नाकामा थप जनशक्ति बाट लकडाउनको सुरुवाती देखी जनशक्ति परिचालन गरेको हो । नियमित जनशक्ति भन्दा दोब्बर संख्यामा सिमा नाकामा सशस्त्र प्रहरीको जनशक्ति परिचालन गरी कार्य गरिएको निरीक्षक देबकोटाले बताए ।

हाल नाकामा करिब ४०० मिटरमा सुरक्षाकर्मी खटाईएको छन् । आवत जावत रोक्नु नै सशस्त्र प्रहरीको दायित्व हो । बिओपी चाकरचौडा जम्मा १ वटा बिओपी मार्फत कार्य गर्दै आएको सशस्त्र प्रहरी बल बिओपीले थप ६ वटा अस्थाई पोष्ट निर्माण गरी सुरक्षाकर्मीको परिचालन तिब्र बनाएको छ । देबकोटाको अनुसार करिब २० किलो मिटर सिमा रहेको सो क्षेत्रमा निगरानी गर्दे आएको छ ।
यसको अलावा सशस्त्र प्रहरी , नेपाल प्रहरी र भारतीय प्रहरीको समान्वयमा गाडी मोबाइल गस्ती , पैदल गस्ती , मोटरसाईकल गस्ती लगाएतको माध्यमबाट सीमाको निगरानी गर्दे आएको छन् । स्थानिय तहले पनि बिभिन्न किसिमको जनचेतनामुलक कार्यक्रमहरुबाट अहिले सिमा क्षेत्रमा आफ्नो उपस्थिति जनाएको छन् ।
सशस्त्र प्रहरी बलले सो क्षेत्र एकै पटक दुई वटा हेल्पडेस्कको स्थापन गरेको थियो । कोरोना सन्क्रमण रोक्न सशस्त्र प्रहरिले गरेको यस्तो पहल सरहनिय रहेको र जनतामा सुरक्षाको अनुभुती भएको रहेको बताए । यस्तै गरी सशस्त्र प्रहरीको यो उपस्थिती दिर्घकालिन र सधैंको लागि हुनुपर्ने माग बढदै गएको स्थानियहरु बताउछन् ।

