“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछपन्नौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०३/१८
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५६[एकसयछपन्नौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
[चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
पञ्चाङ्ग:०१
हरियाली जङ्गलमा बस्न मन छ।
प्रेमील संसारलाई कस्न मन छ।
रमाइलो लाग्ने अति सुन्दर ठाउँ,
वातावरणमा घुँडा धस्न मन छ।
रुख माथिबाट तल खस्न मन छ।
सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
आहा कति राम्रो हरियो वन साथी।
आहान नेपालकाे ठुलो धन साथी ।
स्वच्छ र सुन्दर मनमाेहक दृश्य ,
घुम्न जाँदा त! राेमाञ्चित मन साथी।
प्राकृति वैभव प्रफुल्ल जन साथी।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
हरियाली बीच बस्न मन छ ।
काम गर्दै घुँडा धस्न मन छ।
हेर्दै सुन्दर लाग्ने वन कस्तो,
स्वच्छ हावा लिन पस्न मन छ।
जङ्गल बीचमा खस्न मन छ।
ह्यारिस

