त्रिवेणीको कार्यसमिति पुनर्गठन, अध्यक्षमा नारद आचार्य

  • १८ श्रावण २०८३, सोमबार ०८:५२ मा प्रकाशित
  • अमेरिकाको ह्यारिसबर्ग, पेन्सिल्भेनियामा अवस्थित त्रिवेणी साहित्य मञ्चको कार्यसमिति पुनर्गठन गरिएको छ। पेन्सिल्भेनियाको ह्यारिस्वर्गमा आइतवार आयोजित भेलाले तेस्रो कार्यकालका लागि नयाँ समिति चयन गरेको हो ।

    अमेरिकामा रहेका नेपाली भाषीहरूलाई गोलवद्ध (संगठित) गर्दै सन २०१९ मा स्थापना भएर नेपाली भाषा, कला र साहित्यको प्रवर्द्धन र संरक्षणमा निरन्तर लागिपरेको संस्था त्रिवेणी साहित्य मञ्चले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।

    मञ्चको नवगठित कार्यसमितिको अध्यक्षमा अध्यक्षमा नारद आचार्य ‘सुदामा’ चयन हुनुभएको छ। सक्रिय साहित्यकार सुदामा निवर्तमान समितिको महासचिव हुनुहुन्थ्यो ।

    त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा प्रेम घिमिरे, उपाध्यक्षमा अभि नारायण काश्यव र सचिवमा परमा अधिकारी ‘कान्छो’, सहसचिवमा देविका बराल र ज्ञानु शर्मा चयन हुनुभएको छ भने संस्थाको कोषाध्यक्षमा हाल रिक्त राखिएको छ । त्यस्तै मञ्चको सहकोषाध्यक्षमा पुनम दुलालको चयन गरिएको छ भने सदस्यहरूमा रानी चिमोरिया, डि पी दुलाल, केशब धिमाल, ओम विष्ट, गण्डकीपुत्र, नारद अधिकारी र मिरा अधिकारी चयन हुनुभएको छ ।

    भेलाले संस्थाका निवर्तमान अध्यक्ष केशब बैरागी माइलोलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।
    त्यस्तै मञ्चको प्रविधिक प्रमुखमा दिपेश चापागाइँ, सांस्कृतिक संयोजकमा गोविन्द हुमगाइँ, सांस्कृतिक सहसंयोजकमा अमृता शर्मा, साहित्यिक संयोजकमा बाल कृष्ण न्यौपाने र सहसाहित्यिक सहसंयोजकमा तिर्थ वास्तोलालाई चयन गरेको छ।

    त्यस्तै महेन्द्र अधिकारीलाई प्रमुख सल्लाहकार, महेन्द्र अधिकारी, देवि दागाने, टि वी गुरूङ, देवि खनाल, ओम घिमिरे र खगेन्द्र घिमिरेलाई सल्लाहकारमा चयन गरिएको मञ्चले जनाएको छ।

    निकै सक्रिय रूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको मञ्चले मेसेन्जर ग्रुप खोली दैनिक रूपमा साहित्यका विविध विधाहरूको अभ्यास सञ्चालन गर्दै आएको छ।