“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचवालीसौमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०१/०४
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४४[एकसयचवालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

आजको चित्रपट मातातीर्थ विशेष रहेको छ।~~~~~
मातातीर्थ औँसी विशेष
पञ्चाङ्ग:०१
सन्तानहरुको आँखाको नानी आमा
प्यासमा तिर्खा मेटाउने पानी आमा
आजको दिनको शुभकामना दिन्छु,
प्रथम शिक्षा सिकाउने ज्ञानी आमा
सन्तान बचाउन सक्ने रानी आमा।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
खास प्रकृतिको मूल शक्ति आमा
उदरमा राख्ने झुल शक्ति आमा
प्रसवव्यथा सहेर जन्मदिने,
पक्का जीवनको पुल शक्ति आमा
घरकाे प्रमुख रुल शक्ति आमा ।
प्रधुम्न चालिसे
पञ्चाङ्ग:०३
आमा जन्म दाता हुन्
ज्ञान दिने ज्ञाता हुन्
छैन आमा समान,
अक्षरको पाता हुन
हृदयको खाता हुन्
ह्यारिस ह्यारिसन
पञ्चाङ्ग:०४
आमा जननी धर्ती खनेर तिमी
प्राण दिने रक्षक बनेर तिमी
अमुल्य शक्ति तिमीले दिँदाआमा
माया दिन्छौँ सन्तान गनेर तिमी
लिदै बढ्छौँ सन्तान भनेर तिमी ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग-०५
छातीभरि आमाको माया पिठ्युँमा भारी बोकेको छु
आसुँ खस्न नदिइ आँखाबाट बिचमै रोकेको छु
आमा तिमीले छाडेर गएपनि ताजै छ सम्झना,
भावमा उर्ली आउँछौ तिमी मैले छाती ठोकेको छु
शब्द भेटिन कवितामा लेख्न कलम टोकेको छु।
-पशपती राई खोटाङ ।

