साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४३

  • ७ जेष्ठ २०८३, बिहीबार ०५:२३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबयालीसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/१२/२६
    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४३[एकसयत्रिचालीसौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल
    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी
    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१

    आत्तिएर मन गलिरहेकाे छ

    स्वप्नाकाे महल ढलिरहेकाे छ

    निराश भएर अँधेराे न राेज्नु ,

    पानसमा दीप जलिरहेको छ

    अँध्याराेलाई नै छलिरहेको छ।

    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    चुडेर मुटु ढलेको बेला
    शरीर सबै गलेको बेला
    कुल्चेर छाती थुकेर जान्छ,
    धड्कन मात्र चलेको बेला
    छातीमा दियो बलेको बेला।
    -मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०३
    पूजा गरिन्छ दियो बालेर
    मन भरिन्छ दियो बालेर
    सफा मनले गरेर नित्य,
    गति परिन्छ दियो बालेर
    पार तरिन्छ दियो बालेर।

    • कला ढकाल झापा

    पञ्चाङ्ग:०४
    पानसमा बत्ती बालिन्छ पूजामा
    नराम्रो चिज फालिन्छ पूजामा
    बत्तीले जस्तै उज्ज्यालो छर्नु छ,
    नयाँ कार्यको थालिन्छ पूजामा
    मनमा आनन्द पालिन्छ पूजामा।
    -ह्यारिस ह्यारिस

    पञ्चाङ्ग :०५
    अन्धकार अज्ञानताकाे घर हुन्छ मित्र
    प्रकाशनमा सबैलाई भर हुन्छ मित्र
    पानसमा बलेको ज्याेतिले दिग्व्याप्त हुन्छ,
    अँध्यारो सुन्सानमा हिँड्न डर हुन्छ मित्र
    राम्ररी तातेकाे दुधमा तर हुन्छ मित्र।

    प्रधुम्न चालिसे

    पञ्चाङ्ग:०६
    सुनको पालामा झलल बलेकी छौ
    तेलको भरले तिमी आफैं चलेकी छौ
    गर्दैछौ उपकार बत्ती थाक्दिनौ कत्ति ,
    अरूलाई खुसी पार्न आफू जलेकी छौ
    छरेर प्रकाश अँध्यारो छलेकी छौ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०७
    अँध्यारोमा आफ्नै साथीसित पनि डराउनु पर्छ
    लौ भूत आयो मलाई खायो भन्दै कराउनु पर्छ
    पालामा नै भएपनि सानो दियो त जलाई हेर,
    झट्ट उज्यालो पर्नसाथ त्यो भूत हराउनु पर्छ
    भ्रमलाई चिर्दै सत्यको आभास गराउनु पर्छ।

    -पशपती राई खोटाङ ।