साप्ताहिक पञ्चाङ्ग भाग: १६९

  • १९ मंसिर २०८२, बिहीबार ०९:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउनसतरीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१६९———-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०६/२७
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    प्रगतिको दीपक जलाउन मन छ।
    अंकुरित जीवन चलाउन मन छ
    सजाउन जानेमा जिन्दगी अनमोल,
    दुष्ट आत्म सबै नै ढलाउन मन छ
    खराब नियतलाई गलाउन मन छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग,:०२


    भ्रमर भई आउ तिमी रातमा पनि फुलि दिन्छु
    प्रेमले गोडमेल गरे बागमा सधैं झुली दिन्छु
    प्यारसँग सजाईराख कोठा उज्यालो हन्छ सधैं,
    चट्ट पारी शिरमा सिउर सुन्दर भै’ खुली दिन्छु
    तिम्रो साथमा जताततै सुगन्ध भइ डुली दिन्छु।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा


    पञ्चाङ्ग:०३
    “””””””””””
    सकेसम्म त! ज्ञान दिनु मित्र
    नसके किन मान दिनु मित्र
    प्राणीजगत् अनित्य छ हजुर ,
    पात्र हेरेर दान दिनु मित्र
    व्यर्थै के फाेस्राे सान दिनु मित्र ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०४
    म मरेर केही हुँदैन तर देश बन्नु पर्यो
    मरेपछि पनि लास गाड्न यै माटो खन्नु पर्यो
    देश भनेको नै म माटो र सार्वभौम सत्ता हो,
    यो कुरा म नेपाली हुँ भन्ने सबैले भन्नु पर्यो
    यस्ता कुरा गर्ने कति छन् एकफेर गन्नु पर्यो ।
    पशपती राई खोटाङ ।