झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न

  • २५ श्रावण २०८२, शनिबार २३:२६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    ————–
    क)
    नबनुन् कोही महीपुत्र
    रोकिउन् हत्या, हिंसा
    हातमा बाँधी रक्षासूत्र !
    ख)
    आँखामा खुसी भरोस्
    पावन यस रक्षाबन्धनले
    निरन्तर  सुरक्षा गरोस् !
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    २)
    ————–
    राख्नू गरेर जतन
    दिदीबहिनीको हातबाट बाँधिएको
    पवित्र त्यो रक्षाबन्धन !
    ✍️श्रीकृष्ण धामी
    ३)
    ————–
    पुगोस् सबैको चाहना
    चिन्ता पिर हटुन्
    रक्षाबन्धनको यही शुभकामना !
    ✍️जनक बिसी
    दक्षिणभारत कोचिनबाट
    ४)
    ————–
    दिलले राखी पायो
    अतीतको मीठो सम्झना
    फेरि याद आयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ५)
    ————–
    रक्षाबन्धन एउटा पर्व
    दाज्युभाइलाई  लगाउन पाउँदा
    सदा गर्छौ गर्व !
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    ६)
    ————–
    क)
    सुरक्षित रहने सत्यता
    हिन्दुहरूको महान संस्कृति
    रक्षाबन्धन हुन्छ जतातता !
    ख)
    पवित्र कर्ममा निष्टता
    हृदयदेखिको पुण्य कर्म
    रक्षाबन्धन हाम्रो विशिष्टता !
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    ७)
    ————–
    आयाे पर्व रक्षाबन्धन
    बाहुनले बाँध्छन् धागाे
    जनैकाे गरौँ जतन !
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    ८)
    ————–
    क)
    बाँधियोस् सम्बन्धको बन्धन
    कहिल्यै नटुट्ने गरी
    गर्दै भातृत्वको गन्थन !
    ख)
    बन्धनले रक्षा गरोस्
    आशीर्वाद सबै मिलेपछि
    वैरी सारा मरोस् ।
    ग)
    राक्षसी प्रवृत्ति हटोस्
    चेलीको रक्षामा माइती
    दिनरात नभनी खटोस् ।ल!
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ९)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो पर्व
    हामी सबैकाे चाहाना
    बढाेस्  सबैमा गर्व !
    ख)
    जनै परोस् काँधमा
    नारीमा बाँधेको रक्षाबन्धनले
    कसैलाई नराखोस् दोसाँधमा !
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    १०)
    ————–
    क)
    धर्मकाे प्रतीक जनाउँछ
    भाइबहिनीमा यसले सदा
    सम्बन्ध कसिलो बनाउँछ ।
    ख)
    हिन्दुहरूकाे संस्कृति राम्रो
    चल्दै आएको पहिलेबाट
    रक्षाबन्धन आहा हाम्रो !
    ग)
    रक्षाबन्धन हाम्रो पर्व
    बहिनीकाे हातबाट लगाउँदा
    भाइकाे मनमा गर्व !
    ✍️केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    ११)
    ————–
    क)
    सद्भावकाे डाेराे गाँसेर
    रक्षाबन्धन पर्व मनाउने
    चेलीको साथमा हाँसेर !
    ग)
    क्वाँटी खाई रमाउला
    ममता पाउदै अवश्य
    मायाकाे पाेकाे थमाउला !
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    १२)
    ————–
    क)
    रक्षाबन्धन नेपालीको पर्व
    हातमा राखी बाँधेर
    नेपालीले गर्छन् गर्व !
    ख)
    विकृति कुसंस्कार मासेर
    साथ लिएर चेलीबेटी
    रक्षाबन्धन मनाओैँ हाँसेर !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    १३)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    सबैले मनाउँदै मनमा
    यसको गरौँ गर्व !
    ख)
    मिल्दछ ईश्वरको प्रसाद
    सदैव सुखशान्ति ल्याउने
    थापौँ चेलीको आशीर्वाद !
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    १४)
    ————–
    क)
    रातोसेतो लिएर चन्दन
    आयो सबैका आँगनमा
    पवित्र पर्व रक्षाबन्धन !
    ख)
    गोसाइँकुण्डमा हुन्छ लर्को
    रक्षाबन्धन मनाउन यात्रु
    मोलेर जोखिम चर्को !
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी
    हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १५)
    ————–
    रक्षाबन्धन चाड मानेर
    बाँधिदिए रक्षासूत्र हातमा
    दाजुभाइ माइती जानेर !
    ✍️ भाेलामान बर्देवा बैरागिमाईलाे
    बु,नि,,क,५ काठमाण्डाै
    १६)
    ————–
    लगाउँछ जोगीले चन्दन
    प्रेम दाजु बहिनीको
    हो यो रक्षाबन्धन !
    ✍️ दीप गोले तामाङ
    रौतहट
    १७)
    ————–
    रक्षाबन्धन हिन्दुत्वको शान
    प्रभुको आशिष मिल्ने
    गरौँ सबैको सम्मान !
    कार्की डिबी माकुम
    सुनवल-४
    १८)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    रक्षाबन्धनले बलियो बनोस्
    कहिले नहोस् मन्द !
    ख)
    राखेर सद्भाव माइतीको
    अहिले बाँध्नू रक्षाबन्धन
    तिहारमा चाहिँ भाइटीको !
    ✍️ कोपिला समीक्षा
    खार्पा खोटाङ
    १९)
    ————–
    क)
    छन् किम्बदन्ती अनेक
    जनैपूर्णिमा पर्वको महिमा
    सत्कर्ममा लाग्नु भरथेग !
    ख)
    रक्षा प्रेमको अवसर
    मेलमिलाप होस् आपसी
    रहुन् सद्भाव परस्पर !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २०)
    ————–
    क)
    सनातनीलाई हाे चन्दन
    नास्तिकलाई ज्ञान कहाँ
    रक्षासूत्र हाे रक्षाबन्धन !
    ख)
    हिन्दुत्वकाे एक आधार
    यज्ञाेपवित ओै रक्षासूत्र
    बन्दैछ राखी व्यापार !
    ✍️ प्रमोद नेपाल
    काठमाडौँ -५
    २१)
    ————–
    क)
    रक्षाबन्धन दिदीभाइको पर्व
    प्रेम बढाउँछ आपसमा
    गरौँ सबैले गर्व !
    ख)
    रक्षा गरोस् रक्षाडोरीले
    आशीर्वाद लागोस् दिदीको
    माइत आउन छोरीले !
    ✍️ धनमाया चौधरी
    कैलाली
    २२)
    ————–
    दान ईन्द्राे महाबल
    रक्षाबन्धन हातमा बाँधी
    रक्षामा सदा चल !
    ✍️ शलिकराम दाहाल
    चा न पा ३ झाैखेल
    भक्तपुर
    २३)
    ————–
    स्वच्छ राखौँ तनमन
    जनैपूर्णिमा सँगसँगै सबैको
    खुसीमय बनोस् रक्षाबन्धन !
    ✍️ बेल थोकर तामाङ
    बकैया_८/ बस्तिपुर / मकवानपुर
    २४)
    ————–
    क)
    रक्षाबन्धन बाँधौँ दिदीबहिनी
    दाजुभाइको दीर्घजीवन बनोस्
    टीका रक्तचन्दन किनी !
    ✍️ एवाइ प्रभात
    धनकुटा
    २५)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो चाड
    आउँछ वर्षमा एकैचोटी
    सबैलाई प्रेम बाँड !
    ख)
    भातृत्वको प्रतीक रक्षाबन्धन
    माया कसिलो कसौँ
    नटुटोस् सम्बन्ध विस्फोटन !
    ✍️ देबिका सुब्बा खवास
    कदमतला, सिलगढी
    २६)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    पुरोहित बाँध्छन् धागो
    गरौँ सबैले गर्व !
    ख)
    राखेर मनमा गर्व
    आउँछन् टाढाका माइती
    चेलीसँग मनाउन पर्व !
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    २७)
    ————–
    क)
    गर्नु हुँदैन अबेर
    जागाैँ लागाैँ सबै
    भई सत्कर्ममा लागेर !
    ख)
    सुरक्षाकवच यो रक्षाबन्धन
    बाँधौँ सबैले मिली
    नगराैँ असभ्य प्रपञ्चन !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    २८)
    ————–
    क)
    सुरक्षा खोज्छौ धागोमा
    सम्बन्धको हात समाई
    नडढोस् प्रेम आगोमा !
    ख)
    अपेक्षा रक्षाको गरिन्छ
    विश्वासको नटुटोस् डोरो
    नत्र सङ्कटमा परिन्छ ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २९)
    ————–
    क)
    माया मनमा साँधेर
    दाजु बहिनीको प्रेम
    जोगाऔँ राखी बाँधेर !
    ख)
    हलुका हुन्छ मन
    दाजु बहिनीको लागि
    आउँदा यो रक्षाबन्धन !
    ग)
    मायाले जित्नुछ संसार
    पवित्र हाम्रो नातामा
    केही चाहिँदैन उपहार !
    ✍️ खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ३०)
    ————–
    सनातन हिन्दु धर्म
    मान्नु पर्छ हामीले
    नछोडौँ आफ्नो कर्म !
    ✍️ सरिता सेढाई
    धादिङ
    ३१)
    ————–
    क)
    छन् संस्कार अनेक
    जनैपूर्णिमा पर्व आयो
    मनाउनू खाई हरेक !
    ख)
    हुन्छ सुरक्षा  तन्त्रले
    रोग ब्याधी हटाउदै
    डाेरी बाँध्नु मन्त्रले ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ३२)
    ————–
    क)
    शिरमा राम्रो चन्दन
    खुसी साट्ने हामीले
    फेरि आयो रक्षाबन्धन !
    ख)
    होओस् सुखशान्ति सबैमा
    पवित्र पर्व दिदीभाइको
    दुःख नहोस् कसैमा !
    ✍️ चन्द्रिका रिमाल न्यौपाने
    ३३)
    ————–
    क)
    हिमाल पहाड तराई
    आफ्नो आफ्नो तरिकाले
    मनाउछौँ हामी जनैपूर्णिमालाई !
    ख)
    मनाऔँ जनैपूर्णिमा रमाई
    हातमा रक्षाबन्धन बाँधेर
    खिर, क्वाँटी खाई !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ३४)
    ————–
    क)
    आयो राखी चाड
    सम्बन्ध चेली माइतीमा
    नहोस् कदापि खेलवाड !
    ख)
    रक्षाबन्धन हरेक वर्षमा
    आउँछ धागो बोकेर
    बित्दछन् दिनहरू हर्षमा !
    ✍️ सरोजा बान्तवा पीयूष
    गीत खोला, भारत
    ३५)
    ————–
    क)
    थालमा राखी सजाई 
    चन्दन लगाउँदै रक्षाबन्धनमा
    खुवाउने गर्छन् मिठाई !
    ख)
    सुस्वास्थ्य दीर्घायुको कामना
    गर्दछ्न् बाँध्दै रक्षाबन्धन
    अटुट प्रेमको चाहना !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ३६)
    ————–
    के रक्षाबन्धन परदेशमा ?
    आमा रुँदै होलिन्
    कुना बसेर घरदेशमा !
    ✍️ सुजाता डि सी
    हाल दोहा कतार
    ३७)
    ————–
    क)
    बैनीलाई खुवाउनु प्रसाद
    रक्षाबन्धनको सबै सबैलाई
    मेरो तर्फबाट आशीर्वाद !
    ख)
    नहोस् निधार खाली
    हातमा रक्षासूत्र लगाउनू
    परिवारमा छाउँछ खुसियाली !
    ✍️ सुरेश बि सी
    शिखर ११ डोटी
    ३८)
    ————–
    क)
    मनको सुन्दर भावना
    चाड यो दिदीभाइको
    सबैमा छ शुभकामना !
    ख)
    चेली माइतीको बन्धन
    जन्म जन्मको साइनो
    छरियोस् सुवासित चन्दन !
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ३९)
    ————–
    क)
    दाजुभाइ दिदीबहिनीको प्यार
    प्रगाढ भएमा आपसमा
    जित्न सकिन्छ संसार !
    ख)
    चाड दाजुभाइ दिदीबहिनीको
    रक्षा गर्ने रक्षाबन्धनले
    याद दिलाउँछ जीवनभरिको !
    ✍️ साहित्य प्रेमी सुशील
    धनगढी
    ४०)
    ————–
    भाइबहिनीको अटुट बन्धन
    मनाउने सबै मिलिजुली
    लगाएर टीका, चन्दन  !
    ✍️ नागेन्द्रप्रसाद यादव
    ४१)
    ————–
    क)
    फुकाई वेदना मनभरिको
    प्रगाढ बनाउँछ रक्षाबन्धनले
    सम्बन्ध दाजुभाइ, दिदीबहिनीको !
    ख)
    यही गर्छु कामना
    सम्पूर्ण दाजुभाई, दिदीबहिनीको
    पूरा होऊन् चाहना !
    ✍️ साबित्री प्याकुरेल
    धादिङ्ग
    ४२)
    ————–
    क)
    बहिनीले बाँधिन् राखी
    दाजु मुस्कुराउँदै हाँसे
    देवता राखेर साखी !
    ख)
    शुभबिहानी शुभदिन आयो
    रक्षासूत्र बाँध्दै थिइन्
    पवित्र बन्धनले सजायो !
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ।
    ४३)
    ————–
    क)
    क्वाँटी पर्वको कामना
    मनाउँ हामी रम्दै
    बनाई शुद्ध मनोभावना !
    ख)
    रक्षाबन्धन पर्व मनाउन
    जनै लगाउँ काँधमा
    संस्कार हाम्रो जोगाउन ।
    ✍️ सुनिता निरौला पौडेल
    राधे  राधे, भक्तपुर । हाल-अष्ट्रेलिया
    ४४)
    ————–
    क)
    पवित्र बाँधियोस् जनै
    जनैपूर्णिमालाई हेला नगरौँ
    स्वच्छ बनोस् मनै !
    ख)
    श्रीकृष्णले चलाएको रित
    बाधौँ रक्षाबन्धन दाजुभाइमा
    संस्कार रहोस् जीवित !
    ग)
    दिदीबहिनीलाई दाजुभाइको चाहना
    रक्षाबन्धनले सम्बन्ध सुधारोस्
    सबैमा हार्दिक शुभकामना !
    ✍️ वेदु न्यौपाने
    ४५)
    ————–
    क)
    रक्षाबन्धन चाड हाम्रो
    संस्कारले महान् छौँ
    चाडपर्व सबै राम्रो !
    ख)
    भाइको जीवन उज्यालो
    रक्षाबन्धनले बोध गराउँछ
    बहिनीको माया प्यारो !
    ग)
    रक्षाबन्धनको धागो बलियो
    आपसी समझदारी बढाउने
    संवेदनाले चेतना भरियो ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल
    ४६)
    ————-
    क)
    खुसी भयो मन
    जब आयो जनैपूर्णिमा
    नयाँ नाम रक्षाबन्धन !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ४७)
    ————–
    क)
    पहेलो डोरी चन्दन
    महान पर्व जनैपूर्णिमा
    हाम्रो यो रक्षाबन्धन !
    ख)
    उत्कृष्ट हाम्रो संस्कृति
    रक्षाबन्धन पावन पर्व
    मनपर्ने गर्दछ अति !
    ✍️ जानुका बाँस्कोटा
    काठमाण्डौ
    ४८)
    ————–
    क)
    पुरुषहरूको पर्व रक्षाबन्धन
    मनाऔँ रमाइलो गरी
    हटोस् जिन्दगीको क्रन्दन !
    ख)
    रक्षाबन्धनको पवित्र डोरो
    एकदिन लगाएर फ्याँक्छ
    आजको आधुनिक छोरो !
    ✍️ बिपी लामिछाने
    दमक, झापा
    ४९)
    ————–
    क)
    सप्तर्षिकाे पूजा गरिन्छ
    श्रावण शुक्ल पूर्णिमामा
    रक्षाबन्धन नाडीमा धरिन्छ ।
    ख)
    नूतन याेज्ञाेपवीत धारण
    सनातन धर्मकाे माैलिकता
    प्रभुले गराउने तारण !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५०)
    ————–
    आयो रक्षाबन्धन पर्व
    मनाउँछौँ बाँधेर धागो
    नेपाली हुनुमा गर्व !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ५१)
    ————–
    क)
    हातमा बाँधौँ रक्षासूत्र
    धार्मिक महत्व बुझी
    काँधमा लगाउँ ब्रह्मसूत्र !
    ख)
    आस्था घट्दैछ नेपालमा
    हाम्रा धार्मिक पर्वहरूको
    बढ्दैछ महत्व विदेशमा !
    ✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी- १ हलगडा सुनसरी
    ५२)
    ————–
    क)
    यज्ञोपवीत धारण गरी
    ऋषितर्पणी पर्व मनाऔँ
    हात डोरीले भरी !
    ख)
    यज्ञसूत्र डोरो लगाई
    रमौँ जनैपूर्णिमा पर्वमा
    बजारबाट क्वाँटी मगाई !
    ✍️ हरिप्रसाद तिमल्सिना
    त्रिपुरा सुन्दरी- ४ धादिङ
    ५३)
    ————–
    क)
    तागाधारीहरूको महान् पर्व
    जनैपूर्णिमाको पावन अवसरमा
    रक्षाबन्धन गरिन्छ सगर्व !
    ख)
    आत्मियता बनाउनलाई कन्चन
    दिदीबहिनीको हातबाट बर्सेनी
    गरिन्छ दाजुभाइलाई रक्षाबन्धन !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ५४)
    ————–
    वैदिक विधि रक्षाबन्धन
    उपज हिन्दु संस्कारको
    शान्ति दिलाऔँ स्पन्दन !
    ✍️ हितमान छन्त्याल (सहोदर )
    पोखरा, कास्की
    ५५)
    ————–
    क)
    आयाे हाम्रो चाडपर्व
    क्वाँटी खाएर मनाऔँ
    गर्नुपर्छ संस्कृतिमा गर्व !
    ख)
    स्वच्छ राखाैँ मनै
    कम्तीमा एक वर्षमा
    फेर्नु हाेला जनै !
    ✍️ कल्पना भण्डारी
    ५६)
    ————–
    रक्षाबन्धन वार्षिक पर्व
    सबै मिलेर मनाऔँ
    गरौँ नेपालीले गर्व !
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ५७)
    ————–
    क)
    यो रक्षाबन्धनको आस
    सम्बन्ध दाजु बहिनीको
    रमाइलो बन्दछ खास !
    ख)
    रक्षाबन्धन धार्मिक पर्व
    परम्परा अनुसार मनाउँदा
    सारै लाग्छ गर्व !
    ✍️ सतीश सिकारु
    तनहुँ चुँदी
    ५८)
    ————–
    क)
    सहभागीता पूरा जनाई
    संस्कार संस्कृति जोगाऔँ
    रक्षाबन्धन पर्व मनाई !
    ख)
    आफ्नो संस्कार पर्व
    माइतीलाई राखी बाँधी
    चेलीले गर्छन् गर्व !
    ✍️ अम्बिका गिरी
    विराटनगर
    ५९)
    ————–
    क)
    मन्त्रणा गरेको रक्षाबन्धन
    पर्व मनाउँदै सबैले
    गरौँ विज्ञानमा मन्थन !
    ख)
    सम्बन्धको सूत्र धागो
    रक्षा कवच बनेर
    निभाउँछ अहङ्कारको आगो !
    ✍️ विवश पारदर्शी
    झापा
    ६०)
    ————–
    क)
    यम यमुनाले मनाएका
    रक्षाबन्धनको पावन पर्व
    त्यही रीति जनाएका !
    ख)
    हातमा डोरी बाँधिने
    भाइबहिनीको यो चाडले
    सम्बन्ध दह्रो साँधिने !
    ग)
    जनैपूर्णिमा पर्व जानिने
    पवित्र पर्व हामीहरूको
    हरेक घरमा मानिने !
    ✍️ ज्योतिका क्षेत्री सुकुना सिलगढी भारत
    ६१)
    ————–
    क)
    हातमा बाँधेर रक्षाबन्धन
    सांस्कृतिक पर्व मनाऔँ
    प्रसन्न रहन्छ मन !
    ख)
    सधैँ माया बाँडेर
    जिउनु पर्छ खुसीले
    अमर नाता ठानेर !
    ✍️ कृष्ण बहादुर बजगाई
    भक्तपुर
    ६२)
    ————–
    क)
    मानौँ चाड रक्षाबन्धन
    दिदीबहिनीबाट धागो बाँध्दा
    प्रसन्न रहन्छ मन !
    ख)
    दिदीबहिनीमा रहोस् आत्मियता
    चाडपर्वले हामी सबैलाई
    बनाओस् बलियो एकता !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हाल: अमेरिका, बोस्टन
    ६३)
    ————–
    क)
    हटोस् मनका क्रन्दन
    संस्कृति थाती राख्दै
    मनाऔँ चाड रक्षाबन्धन !
    ख)
    एउटा सच्चा कर्म
    रीति परम्परा थाम्नु
    सबैको अमूल्य धर्म !
    ✍️ विष्णु पंगेनी (पाण्डे )
    वालिङ् -स्याङ्जा
    ६४)
    ————–
    नपरोस् कालो छाया
    पवित्र बन्धनले बाँधिँदै
    भाइबहिनीको अनन्त माया !
    ✍️ देव स्याङ्देन
    कालेबुङ
    ६५)
    ————–
    क)
    उठाउँ सनातन संस्कार
    देशलाई रक्षासूत्रले बाँधी
    हटाउँ विकृत व्यवहार !
    २)
    ब्रम्हा, विष्णु, महेश्वर
    ज्ञान, कर्म, याेगकाे
    रक्षा विधानको भर !
    ✍️ ईश्वर लामिछाने
    धरान, सुनसरी
    ६६)
    ————–
    क)
    बाँधेर धागो जताइन्
    प्यार बहिनीले सधैँ
    मीठो व्यवहारले बताइन् !
    ख)
    भाइ बहिनीको बन्धन
    अथाह विश्वासको हो
    जोडिएको हुन्छ मन !
    ग)
    दिनुहोस् अबको पालो
    बहिनीलाई समान अवसर
    चिरेर समाजको जालो !
    ✍️ सुरेशकुमार पाण्डे
    ६७)
    ————–
    क)
    रक्षाबन्धन फेरि आयो
    दाजु, बहिनीको सम्बन्ध
    प्रगाढ यसले बनायो ।
    ख)
    गरेर प्रेमको साटासाट
    सुखदु:ख गरी मनाऔँ
    चाडपर्व निकाली आँट !
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ६८)
    ————–
    क)
    हातमा राखी बाँधेर
    चेली माइतीको सम्बन्ध
    गाढा मनभित्र राखेर !
    ख)
    नेपाली परम्परा बचाऔँ
    हामी सबैले मिलेर
    विदेशी संस्कार भगाऔँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ६९)
    ————–
    क)
    हिन्दुको धेरै पहिचान
    जोगाउन कठिन भयो
    प्रहार हुँदैछ जानाजान !
    ख)
    विश्वासमा टिकेको पर्व
    विज्ञानसम्मत भएकै कारणले
    हामीमा लाग्दछ गर्व !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    २०८२/४/२२
    ७०)
    ————–
    क)
    आत्मशुद्धि शुद्धताको पर्व
    रक्षाबन्धनले बढाउँछ भाइचारा
    सप्तऋषि पुजनमा गर्व !
    ख)
    उपाकर्म रक्षाबन्धन लगाउने
    सनातन हाम्रो हिन्दुत्वको
    पवित्र आत्मा जगाउने !
    ✍️ हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    ७१)
    ————–
    आइरहोस् रक्षाबन्धन पर्व
    भेट हुँदा भाइबहिनीको
    लाग्छ मनमा गर्व !
    ✍️ गंगाराम यादव
    औराबनि, सुनसरी
    ७२)
    ————–
    क)
    नाडीमा बाँधेर सूत्र
    गरौँ धर्मको रक्षा
    सबै व्यवहारमा उत्र !
    ख)
    दिदिबहिनी सबैलाई शुभकामना
    रक्षा गरुन् कुलदेवताले
    सबैको पुगोस् चाहना !
    ग)
    रक्षा गरुन् रविले
    दाहिना परुन् कुलदेव
    लेख्नु दुनियाँ कविले !
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम  अछाम
    ७३)
    ————–
    सम्बन्ध कहिल्यै नटुटोस्
    उठोस् रिस जतिसुकै
    हात कसैमाथि नउठोस् !
    ✍️ पशुपति राई
    ७४)
    ————–
    क)
    फेरेर वर्षेनी रक्षासूत्र
    बचाऔँ आफ्नो संस्कृति
    भएर ब्राह्मणको पुत्र !
    ख)
    दिदीबहिनीको असीम अनुराग
    रक्षाबन्धनको पवित्र फेरो
    रहोस् जहाँतहीँ पुष्पपराग !
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ७५)
    ————–
    क)
    प्रगाढ नाता बनोस्
    हातमा बाँधेर राखी
    सम्बन्ध फराकिलो खनोस् !
    ख)
    तागाधारीले जनै फेर्ने
    दिदिबहिनी बाँधेर राखी
    ममताले दाजुभाइ हेर्ने ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ७६)
    ————–
    क)
    रङ्गीचङ्गी धागो तानिन्छ
    सम्बन्धको साँचो जस्तो
    मनको आँगन बानिन्छ ।
    ख)
    जनै काँधमा सर्छ
    गुरु अघिल्तिर झुकी
    श्रद्धाले मन भर्छ ।
    ख)
    सपनाको ज्योति हाल्छु
    मनभित्रका सबै कुठाराघात
    यसै दिनमा फाल्छु ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ७७)
    ————–
    क)
    संस्कृति जाेगाउने कर्म
    निरन्तर लागि परेपछि
    हाेला मानवीय धर्म !
    ख)
    आयो रक्षाबन्धन पर्व
    सम्बन्ध गाढा बनाेस्
    जगाई मनमा गर्व !
    ✍️ काेपिला अधिकारी
    गाेरखा
    ७८)
    ————–
    क)
    ठूलो दाजुभाइको गोल
    दिदीबहिनीद्वारा बाँधिने राखीको
    नगरौँ कुनै मोलतोल !
    ख)
    हटाउन बाधा अड्चन
    निश्वार्थ भावनाले दाजुभाइलाई
    चेलीबेटीद्वारा लगाइदिने रक्षाबन्धन !
    ✍️ हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    ७९)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    सुमधुर रहोस् सदा
    नआओस् फाटोको दुर्गन्ध !
    ख)
    क्वाँटी खाएर मनाऔँ
    सद्भाव राखौँ सबैमा
    संस्कार संस्कृति जोगाऔँ !
    ✍️ राधा चाम्लिङ
    खोटाङ
    ८०)
    ————–
    क)
    रक्षाबन्धन पर्व आयो
    दिदीबहिनी नहुँदा हेर
    दाजुभाइको आँखा रसायो ।
    ख)
    प्रेम, विश्वासको पर्व
    हातमा डोरी बाँधेर
    रक्षाबन्धनको गरौँ गर्व ।
    ✍️ कला झापाली
    ८१)
    ————–
    क)
    बहिनीको हातले बाँधेर
    रक्षाको बलियो डोरी
    बाँच्नेछु सँगै हाँसेर !
    ख)
    सुस्वास्थ्यको गर्दै कामना
    लम्बियोस् आयु दाजुभाइको
    नहोस् कठिनाइको सामना !
    ✍️ शब्दको खेलाडी (बिसु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ८२)
    ————–
    पीर मनमा भए
    कसरी बाँध्नु राखी
    दाजु परदेश गए ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ८३)
    ————–
    क)
    मौलिक पर्व रक्षाबन्धन
    बाँधेर हातमा डोरो
    गरौँ संस्कृतिको संरक्षण !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ।
    ८४)
    ————–
    क)
    तनमनको विकार हटाई
    स्वस्थ जीवन बिताएर
    जनैपूर्णिमाको डोरो लगाई !
    ख)
    संस्कृति नेपाली राम्रो
    हिमाल पहाड तराई
    जीवन नेपाली हाम्रो !
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ८५)
    ————–
    रक्षाबन्धन फेरि आयो
    त्रिवेणीमा जनैको मेला
    हिन्दुको मन रमायो ।
    ✍️ चिरञ्जीवी ढकाल
    ८६)
    ————–
    जनैपूर्णिमा भव्य मनाऔँ
    रक्षासूत्र हातमा लगाएर
    सनातन भनी जनाऔँ ।
    ✍️ सविता भट्टराई जनकपुरधाम
    ८७)
    ————–
    क)
    विघ्नबाधासँग गर्दै सामना
    मधुरम् सम्बन्ध होओस्
    रक्षाबन्धनको छ शुभकामना !
    ख)
    बनुन् सम्बन्ध सघन
    आपसमा जाेडोस् आत्मीयताले
    मधुर प्रेमको रक्षाबन्धन !
    ग)
    चाहना हाेउन् पूरा
    अधुरो नहाेस् रक्षाबन्धन
    बिर्सनू पुराना कुरा !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ८८)
    ————–
    क)
    दिदीभाइको सम्बन्ध राम्रो
    रक्षाबन्धनको यो डोरोले
    कसियोस् सम्बन्ध हाम्रो !
    ख)
    चाडपर्व मौलिक संस्कृति
    ठानेर समाजको ऐना
    हटाऔँ गलत प्रवृति !
    ✍️ जयनारायण नेपाल
    बालकोट ,भक्तपुर
    ८९)
    ————–
    मन पवित्रताको पर्व
    सौम्य भाइबहिनीको माया
    अनुपम हर्षले गर्व !
    ✍️ आर्त अकुलीन
    ९०)
    ————–
    संस्कार संस्कृति हाम्रो
    रक्षाबन्धन हातमा बाँधी
    जनै फेर्नु राम्रो !
    ✍️ ममता पौडेल
    बुढीगङ्गा- २  मोरङ
    ९१)
    ————–
    रक्षाबन्धनको हार्दिक शुभकामना
    आज दिनभर तड्पिरहेँ
    आउँदा दिदीबहिनीको सम्झना !
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ९२)
    ————–
    संस्कृतिको सान हाम्रो
    जगेर्नाको नाम लिँदैमा
    विकृतिको लेउ नराम्रो !
    ✍️ कमला देवकोटा
    ९३)
    ————–
    क)
    रक्षाबन्धनको यो दिन
    हुन्छ मिलन भाइबहिनीको
    दु:खपिर बिर्सिई एकछिन !
    ख)
    अटुट रहने बन्धन
    दुबोझैँ सदा मौलाइरहोस्
    हटेर मनका क्रन्दन !
    ✍️ यशोदा रेग्मी चम्लागांई
    तुमीन नमराङ पुर्व सिक्किम।
    ९४)
    ————–
    हातमा बाँधी डाेरी
    रक्षाबन्धन भन्दै यहाँ
    गर्छन् कर्म चाेरी !
    ✍️ जी.वि. चिन्तन
    घाेराही, दाङ
    ९५)
    ————–
    क)
    विश्वास हो रक्षाबन्धन
    फलुन् फुलुन् माइती
    लगाई निधारमा चन्दन !
    ख)
    रक्षाबन्धनको महिमा अपार
    हार्दिकताको भावना हृदयदेखि
    स्वीकार्छु, मान्दिनँ हार !
    ग)
    डोरीजस्तै रङ्गीन बनोस्
    रक्षाबन्धनको छ शुभकामना
    सम्बन्ध मिठो रहोस् !
    ✍️ मीना खड्का
    हेटौडा -१९ बस्तीपुर
    ९६)
    ————–
    क)
    भाइबहिनीको यो माया
    अटुट बनिरहोस् सधैँ
    नपरोस् कहिल्यै छाया।
    ख)
    सम्बन्ध मनले मानौँ 
    आफ्नो र पराई
    सधैँ भावनाले जानौँ ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ————–