“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयचौउन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा धान दिवसको अवसरमा धान दिवस पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५४————-

विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/१४
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
असार पन्ध्र पानी परेको छ
मानिस सबै बेँसी झरेको छ
मानो रोपेर मुरी फलाउने,
त्यसैको लागि काम गरेको छ
खान नपाई कति मरेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
किसानलाई आजको दिन असार पन्ध्र लाग्यो हजुर
थकित ज्यानले आँप केरा दही चिउरा माग्यो हजुर
सरकारले बीउ बिजन र मल खाद नदिए पछि,
खेती गर्ने उमंग र हौसला पनि सबै भाग्यो हजुर
विदेश गई युवाहरुले आफ्नो देश नै त्याग्यो हजुर
-मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग:०३
हाम्रो अन्नदाता भनेकै किसान हो
असार पन्ध्र दही चिउरा खाने हो
गाउँको खेतबारी नि बाँझो नराखौँ,
सबै रमाउँदै धान रोप्न जाने हो
रीतिथिति सँस्कृति बचाई लाने हो ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४
आकाशमा हुँदैन अन्न माटोमा राेपिन्छ
डाँडाे पाखा गरा सम्याइ पाटाेमा राेपिन्छ
धान दिवसको धेरै धेरै शुभकामना ,
चर्चित हुने नक्कलमा बाटोमा राेपिन्छ
गाउँघरमा अर्मपर्म साटोमा राेपिन्छ ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०५
हिलोसँग आफ्नो सानको बीउ रोपौँ
विनम्र बनेर मानको बीउ रोपौँ
दही चिउराले सजिने चाडसँगै,
असार मासमा धानको बीउ रोपौँ
हातले पवित्र दानको बिउ रोपौँ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग ०६
रोप्दैछन् धान खेताली लिएर बीउ हातमा
हिलो खेल्छन् हली दाइ धानेर जीउ हातमा
असार मास खाइन्छ अचार चिउरा दही,
थकाई लाउँदा खान्छौॅ थापेर घिउ हातमा
हिलो खेलिन्छ ठानेर खेले झैँ हिउँ हातमा।
✍🏻घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०७
हिलो संग संगै मितेरी लाएर आज
हिलो खेल्दै दही चिउरा खाएर आज
सदियौं देखिको चलन बेठी लाउने,
भेला भइ साथीको साथ पाएर आज
बेठीमा नाच्दै हाँस्दै गीत गाएर आज।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०८
पानी परेकाे छ राेपाइँ गर्ने बेला भयाे
डिल बनाई अब पानी भर्ने बेला भयाे
मानाे छरेर मुरी फलाउने हाे समय
राेपेकाे बीउ अब छिट्टै सर्ने बेला भयाे
धान रापेन भने गाह्राे पर्ने बेला भयाे।
-नवराज भट्ट
कञ्चनपुर
ॐ
पञ्चाङ्ग:०९
खेतमा राेप्नु पर्ने बिउ सजायाे गलाे साथी
यसरी कसरी हुन्छ र देशकाे भलाे साथी
नक्कलीकाे चल्यो जताततै बिगबिगी हरे!
भिजिट भिसामा युवा वृद्धकाे याे थलाे साथी
मङ्सिर महिनामा खै भरिएला खलाे साथी ?
-प्रधुम्न चालिसे
पञ्चाङ्ग-१०
यो असार पन्ध्र भन्दै धान दिवस मनाएको कति भो
किसानका छोरालाई बलिलो बोको बनाएको कति भो
जुन देशमा वास्तविक किसान दिनहुँ भोकले मर्छन् ,
त्यही देशलाई कृषिप्रधान देश भनाएको कति भो
किसानको पसिना चुसी- चुसी नेता गनाएको कति भो?
-पशपती राई खोटाङ ।

