
नमस्ते आधुनिक लघुकथा मञ्चले सदाझैँ यस वर्ष पनि विभिन्न कार्यहरू गर्दै आफ्नो सातौँ वार्षिकोत्सव यही २०८२ साल असार ९ र १० गते मनाउने भएको छ । उक्त कार्यक्रममा विभिन्न लघुकथाकार, साहित्यकार एवम् लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने सर्जकहरूलाई प्रदान गरिने अभिनन्दन, पुरस्कार तथा सम्मानको घोषणा लगायतका कार्यहरू हुने बताइएको छ । जस अन्तर्गत
- 👉️’आख्यान अनुसन्धान एवम् समालोचना शीर्ष पुरुष-२०८२’ द्वारा अभिनन्दित हुनुहुने एकजना अग्रज/वरिष्ठ साहित्यकारको नाम सार्वजनिक । (असार ०९ गते)
- 👉️’वर्ष समालोचक सम्मान-२०८२’ ले सम्मान प्राप्त गर्नुहुने नेपाली आधुनिक लघुकथाका एकजना वरिष्ठ समीक्षक/समालोचकको नाम सार्वजनिक । (असार ०९ गते)
- 👉️’लघुकथालय पुरस्कार-२०८२’ द्वारा पुरस्कृत हुन सफल एक उत्कृष्ट लघुकथाकृतिको नाम घोषणा । (असार ०९ गते)
- 👉️’हेमलता स्मृति लघुकथा सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक नारी र एक पुरुष स्रष्टाको नाम घोषणा । (असार ०९ गते)
- 👉️’वर्ष लघुकथा सर्जक सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक जना सक्रिय लघुकथाकारको नाम घोषणा गरिनेछ । (असार ०९ गते)
- 👉️’लघुकथा विशिष्ट प्रतियोगिता-२०८१’ को नतिजा प्रकाशन । (असार १० गते)
उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको छ । जसको विवरण यसप्रकार रहेको छ ।

तपसिल–
१. श्री घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ (संस्थापक अध्यक्ष) राप्ती न.पा.- ८, चितवन ।
२. कृष्ण पाठक, राप्ती न.पा.- ८, चितवन । (हाल- अमेरिका)
३. श्री मीठू कुमारी पाठक (संस्थापक कोषाध्यक्ष) राप्ती न.पा.- ८, चितवन ।
४. श्री अच्युत प्रधानाङ्ग, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा ।
५. श्री गोविन्द उप्रेती, चिफ अपरेसन अफिसर, ओम शिव स:मिल एण्ड भेनीर उद्योग, राप्ती न.पा.- ६, चितवन
६. श्री माध्यमिक विद्यालय, बजरहट्टी (बहिरा आवासीय मा.वि., राप्ती न.पा.- ८, चितवन ।
७. श्री गोकुलकुमारी उप्रेती, राप्ती न.पा.- ८, चितवन ।
८. श्री मिरा कुमारी (बर्तौला) डल्लाकोटी, राप्ती न.पा.- ८, चितवन ।
९. श्री प्रविन बर्देवा, म्यानेजिङ डाइरेक्टर एण्ड टिचर, ब्राइट भिजन एकेडेमी, राप्ती न.पा.- ८, चितवन ।
१०. श्री मनोज सुवेदी, राप्ती न.पा.- ८, चितवन ।
११. श्री शिवराज बुर्लाकोटी, राप्ती न.पा.- ८, चितवन । (हाल- कैलाली)
१२. श्री नव उद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, राप्ती न.पा.- ८, बडहरा, चितवन
१३. श्री रामहरि घिमिरे, राप्ती न.पा.- ७, चितवन । (हाल- बेल्जियम)
१४. श्री सञ्जय घतानी, राप्ती न.पा.- ८, बडहरा, चितवन । (हाल- अष्ट्रेलिया)
मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।

