साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १३८ सम्पन्न

  • २९ फाल्गुन २०८१, बिहीबार १७:२२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयअठतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३८—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/११/२६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    अर्कैले गाली बेइज्जत गरे पछि सम्झेर के हुन्छ?
    दुःख र पीडाको समय टरे पछि सम्झेर के हुन्छ?
    आफ्नो मान्छे जहिले दुःख रआपतको बेला चाहिन्छ,
    दुःखमा वचन बाण नै छरे पछि सम्झेर के हुन्छ?
    धर्तीमा बाँच्न नसकेर मरे पछि सम्झेर के हुन्छ?
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिम्रो लागि फूलको माला बुनेको छु
    रङ्गी बिरङ्गी फूलहरु चुनेको छु
    तिमी बिना दिन पनि रात सरह,
    भोलि पर्सि आउँछौ भन्ने सुनेको छु
    खोर भित्रका मुर्गा पनि थुनेको छु ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    साँचो माया गर्नेहरुले जिन्दगी लुटाएका छन्
    दिनको भोक रातको निद चैन छुटाएका छन्
    सम्झनाले सताउँदा लेखी गजल विरहका
    पन्नामा जसोतसो भरेर पनि जुटाएका छन्,
    पिउँदै मदिरा साथीभाइबाट कुटाएका छन्।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    रातो सेतो कालो निलो गनेर रङ लगायो
    होलीको माहोल भनेर रङ लगायो
    अघिल्ला गल्ती समाप्त गर्दै बिर्सने दिनमा
    इतिहासको कहानी खनेर रङ लगायो
    संस्कृतिको पालक नै बनेर रङ लगायो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग०५
    जति गले पनि अरु कसैलाई डाकिन कहिल्यै
    गह्रौं भारी आफैं बोके अरुलाई ताकिन कहिल्यै
    उभिदा उभिदा नसै चुडिएछ खुट्टाको हजुर
    दुखेकै खुट्टाले उभिरहे अझ थाकिन कहिल्यै
    तैपनि कुनैपनि देवी – देवता भाकिन कहिल्यै ।
    -पशपती राई खोटाङ ।