
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९३ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
उडान
जिन्दगीको उचाइ
हुन्छ समस्या समाधान !
- वसन्त अनुभव
[२]
उडान
शिखर चुम्ने
लक्ष्य चाहिन्छ महान ! - भोज विवश मगर
गैंडाकोट-३, नवलपरासी पूर्व
[३]
उडान
जीवनकाे परीक्षा
भर्न सक्ने महान ! - प्रमाेद नेपाल
[४]
उडान
लक्ष्य पाइन्छ
आँट हिम्मत चाहिन्छ ! - रमा पन्त, न्युजिलैन्ड
[५]
उडान
शिखर चुम्ने
गर्नुपर्छ ठुलो आँट ! - बिबा तामाङ, दार्जिलिङ
[६]
उडान
उचाई चुम्ने!
हिम्मत साहसको भरोसा ! - वेदु न्यौपाने
[७]
यात्रा
समय चक्र
आखिर पृथ्वी गोलो ! - आर्त अकुलीन
[८]
उडान
सफलताको प्रतिक
लक्ष्यको चरम उत्कर्ष ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[९]
स्वतन्त्र
पक्षी जस्तै
खुला आकाशमा खुसीहरू ! - ताराप्रसाद चापागाईँ, धुनिबेसी
[१०]
तस्बिर
को ठुलो
बुद्धि कि बल ? - ध्रुव श्रेष्ठ, खोटाङ
[११]
निडर
अमोघ ओखती
दूर भाग्दछ कहर ! - म्यामराज राई, भोजपुर
[१२]
लक्ष्य
गन्तव्यकाे खाेजी
सन्तुष्टि आफ्नै परिवेशमा ! - नवराज भट्ट, कञ्चनपुर
[१३]
जीवन
एक उडान
गन्तव्यसम्म हुन्छ जडान ! - सविता के.सी.
[१४]
चिल
माथि पुगेपछि
कागलाई अक्सिजन नपुग्ने ! - चूडामणि देवकोटा
पुरानोनैकाप, काठमाण्डौ
[१५]
विशाल
आयो आँट
देखियो राम्रो छाँटकाँट ! - अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ
[१६]
उडान
स्वतन्त्र पंक्षी
गगनमा छ दमन ! - धनमाया चौधरी कैलाली
[१७]
उडान
कठिन यात्रा
गन्तव्यमा पुग्ने महान ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
[१८]
उडान
एकले अर्कोलाई
सहयोग गर्नु महान ! - सरस्वती वली
[१९]
उडान
लक्ष्यमा पुग्ने
हाम्रो उद्देश्य चाहिन्छ ! - दीप गोले तामाङ, रौतहट
[२०]
शत्रु
आङ चढ्दा
सफलताको उचाई लिनु ! - भुपेन्द्र राना मगर, धादिङ
[२१]
जीवन
पंक्षी जस्तै
स्वतन्त्र बन्छ सुन्दर ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
[२२]
गगन
उचाल्छ अरुलाई
सहयोगी विशाल मन ! - दीपा गुरुङ समभाव
दुबेकोल, खोटाङ
[२३]
लक्ष्य
गगन छुने
मन सधैं हुने ! - कला ढकाल झापा
[२४]
सहयोग
विपत्तिको बेला
गरुड रामका चेला ! - बुद्धिप्रसाद लामिछाने, घोनपा-८, कैलाली
[२५]
चनाखो
ताक्छन् धर्नासाे
उड्नु नगरी गुनासो ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२६]
उडान
वेगको गति
सुधारौँ सबैमा मति ! - टीकाराम पुन टिपु, सल्यान
[२७]
पंक्षी
मनको तरङ्ग
आफ्नै रहरको उमङ्ग ! - प्रेम थापा ‘मन’, बागलुङ
[२८]
उडान
आपसी सहयोग
गन्तव्यमा अवश्य पुगिन्छ ! - सुरेशचन्द्र घिमिरे
[२९]
लक्ष्य
पाउने अठोट
संघर्ष सफलताको कहानी ! - रुना कर्माचार्य दाहाल, चितवन
[३०]
सत्कर्म
शत्रुको साथ
रित्तो हुदैन हात ! - ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३१]
ब्रह्माण्ड
मित्रताले भरौँ
बलको घमण्ड नगरौँ ! - पशपती राई खोटाङ
[३३]
पंक्षीको
अनन्त यात्रा
जीवनमा सुख भोग ! - सरिता काफ्ले
कोहलपुर-८, पिपिरी, बाँके
[३४]
उडान
जिन्दगीको यात्रा
शिखर चुम्न गाह्रो ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम हाल- भारत
[३४]
साधना
लक्ष्य साथमा
गरी प्रभुको आराधना ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३५]
उडान
गन्तव्यमा पुग्नलाई
पवित्र हुनुपर्छ मुहान ! - खुनराज काेईराला
सिद्धलेक-३, धादिङ
[३७]
उडान
जीवन यात्रामा
सबैकाे हुन्छ रुझान ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३८]
उडान
इच्छाशक्ति बलियो
त्यहीँ हुन्छ महान ! - दुर्गा आचार्य, मोरङ
[३९]
उडान
जीन्दगीको लक्ष्य
हुन्छ गन्तव्यको जडान ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल।
[४०]
उचाई
गर्नलाई स्पर्श
सहयोगको हुनुपर्छ सोचाइ ! - देव स्याङ्देन, कालेबुङ
[४१]
उडान
सहयोगी भावना
दुबैको एउटै गन्तव्य ! - समुन्द्रा शर्मा, सुनसरी
[४२]
उडान
धेरै लामो
निरन्तर छ मेरो ! - निमा छिरिङ भोटिया
जलढका, कालेबुङ
[४३]
समस्या
समय आएपछि
हटेर जान्छ अवश्य ! - घनश्याम पौडेल, पोखरा
[४४]
टकराव
लडन्त भिडन्त
उचाइ प्राप्तिको निमित्त ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४५]
उडान
हरेक क्षेत्रमा
संघर्ष सदैव आवश्यक । - सुस्मिता अधिकारी, काठमाण्डौ
[४६]
मैमत्ता
सफलताको कहानी
शिखर चढ्ने बानी ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[४७]
उभयचर
दृष्यावलोकन संसारको
गराउँदै अभ्यास उडानको ! - कण्ठराज गिरी, टीकापुर, कैलाली
[४८]
लक्ष्य
मन्जिल छुने
सपना हुन्छ साकार ! - सुरेश विश्वकर्मा, डोटी
[४९]
लक्ष्य
निरन्तर यात्रा
क्रमश: सफलताको बाटो ! - कविता आचार्य, कैलाली
[५०]
गन्तव्य
तय भयो
लक्ष भेदन गर्न ! - गोपेन्द्र रिजाल, पाँचथर
[५१]
उडान
विचारको महानता
शिखर चुम्ने कर्मठता ! - त्रिलोक रामदाम
सिननपा-८, भैरहवा
[५२]
उडनु
किनकि चराहरू
हड्डीहरू खाली गर्दै ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[५३]
वास्तविकता
स्वतन्त्रताका पारखी
प्राणीहरूको जीवनमा आवश्यकता ! - घनश्याम पन्त, हरिवन, सर्लाही

