
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
झण्डा
छ सम्मानित
चन्द्र सूर्य अङ्कित !
- वसन्त अनुभव
[२]
झण्डा
देशकाे शान
नगर्नू कहिल्यै अपमान ! - केसर बाेहरा ‘सङ्घर्ष’
अछाम, हाल- भारत
[३]
झण्डा
स्वाभिमान देशके
पहिचान नेपाली भेषके ! - सागर कुस्मी, कैलाली
[४]
यो
राष्ट्रिय झण्डा
नेपालको स्वाभिमानको प्रतीक ! - संगमानंद पत्रकार
चूरु-राजस्थान, भारत
[५]
ध्वजा
वीरताकाे चिनाे
चन्द्र सूर्य अङ्कित ! - निरज कोइराला, इटहरी
[६]
झण्डा
गरौँ सम्मान
दिएर देशमा योगदान ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[७]
झण्डा
हाम्रो सान
कहिले नगर्नु अपमान ! - चक्र शाही, लम्की, कैलाली
[८]
झण्डा
नेपालीको सान
नगर्नु कहिले अपमान।
कला ढकाल झापा
[९]
झण्डा
नेपालीको सान
राखौँ यसकाे मान ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[१०]
झण्डा
नेपालीको सान
चन्द्र सुर्य अङ्कित ! - रमा पन्त, न्युजिलैन्ड
[११]
झण्डा
हाम्रो सान
नेपालको विश्वमाझ पहिचान ! - दुर्गा अधिकारी भमरकोटे, हाल- कपन
[१२]
स्वाभिमान
देशको सान
बेचेमा हुन्छ अपमान ! - सविता के.सी.
[१३]
झण्डा
देशको उचाइ
उचालौँ छाती फुलाएर ! - चूडामणि देवकोटा
पुरानोनैकाप, काठमाण्डौ
[१४]
झण्डा
नेपालीको पहिचान
बढाउँछ अझै सान ! - भोज विवश मगर
गैंडाकोट-३, नवलपरासी पूर्व
[१५]
झण्डा
राष्ट्रको सान
गौरव अनि सम्मान ! - ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
[१६]
झण्डा
पहिचान हाम्रो
चन्द्र सुर्य अङ्कित ! - समुन्द्रा शर्मा, सुनसरी
[१७]
राष्ट्रिता
मनकाे भाव
झण्डाकाे उच्च प्रभाव ! - नवराज भट्ट, कञ्चनपुर
[१८]
झण्डा
हाम्रो गौरव
लाउनु हुन्न अंशबन्डा ! - दीपा गुरुङ समभाव
दुबेकोल, खोटाङ
[१९]
झण्डा
देशको पहिचान
जाेगाउँछ हाम्रो स्वाभिमान ! - राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क-३, खाेटाङ, हाल- भक्तपुर
[२०]
अद्वितीय
मेराे झण्डा
विशेष अरूकाे भन्दा ! - ताराप्रसाद चापागाईँ
धुनिबेसी
[२१]
झण्डा
देशको सान
विश्वमा नेपाल स्वाभिमान ! - घनश्याम पौडेल
गौरीगङ्गा न.पा.-९, कैलाली
[२२]
नेपाली
राष्ट्रिय झण्डा
वीर हाम्रो पहिचान ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[२३]
झण्डा
नेपालमा राज्य
चन्द्रबंशी सूर्यबंशी क्रमशः ! - कमला देवकोटा, पाल्पा
[२४]
झण्डा
राष्ट्रियता भन्दा
उच्च नेपालीले जान्दा ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२५]
झण्डा
देशको शान
गर्नु हुन्न अपमान ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[२६]
झण्डा
देशको सान
सबैले गरौँ सम्मान ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[२७]
झण्डा
राष्ट्रियता चिनाउने
प्रतीक मानिन्छ सबैभन्दा ! - विवश पारदर्शी, झापा
[२८]
देश
झण्डाको पहिचान
राष्ट्र राष्टियता परिवेश ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[२९]
अतुलनीय
झण्डा हाम्रो
संसारमा सान राम्राे ! - प्रमाेद नेपाल
वीरगञ्ज, हाल: काठमाडौ -५
[३०]
झण्डा
नेपालीको सान
झुक्न नदिउँ स्वाभिमान ! - प्रेम थापा ‘मन’, बागलुङ
[३१]
झण्डा
निशानी देशको
साईनो हाम्रो आत्माको ! - ध्रुव श्रेष्ठ, खोटाङ
[३३]
झण्डा
सिमानामा गाडेर
नजाउ देश छाडेर ! - हीरामाया श्रेष्ठ
[३४]
झण्डा
नेपालको सान
वीर पुर्खाको बलिदान ! - सुरेश न्यौपाने
[३४]
झण्डा
राष्ट्रको सान
कसैले नगरौँ अपमान ! - टीकाराम पुन टिपु, सल्यान
[३५]
ध्वजा
राष्ट्रियताको प्रतीक
हाम्रो जङ्गी निशान ! - हिमाल अम्मै, घोडाघोडी, कैलाली
[३७]
सान
त्रिकोणात्मक झण्डा
फरक अरुको भन्दा ! - रुना कर्माचार्य दाहाल, चितवन
[३८]
झण्डा
देशको सान
जोगाऔँ सबैले स्वाभिमान ! - मञ्जु बोहरा, बझाङ
[३९]
ध्वजा
एकताको प्रतीक
नेपालिको प्रेम अधिक ! - गोपेन्द्र रिजाल, पाँचथर
[४०]
स्वाभिमान
जङ्गी निशान
नेपाली हाम्रो पहिचान ! - पशपती राई, खोटाङ
[४१]
झण्डा
दिनु सम्मान
चिनारी देशको सान ! - बिबा तामाङ, दार्जिलिङ
[४२]
झण्डा
उडेर गयो
बाँकी रह्यो डंडा ! - डा. देवी पन्थी
[४३]
ध्वजा
शीतल चन्द्र
बस्तीलाई न्यानो सूर्य ! - आर्त अकुलीन
[४४]
स्वाभिमान
आफ्नो देशको
झण्डा भूमि भेषको !
घनश्याम पौडेल, पोखरा
[४५]
फर्फराउँदै
झण्डा हाम्रो
राष्ट्रिय गान गाउँदै ! - देव स्याङ्देन
[४६]
झन्डा
राष्ट्रिय गाैरव
चन्द्र सूर्य अङ्कित ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४७]
ध्वजा
अखण्ड अस्तित्व
चन्द्र सूर्यको विशेषता ! - कण्ठराज गिरी, कैलाली, टीकापुर
[४८]
झण्डा
नेपालको सान
गाउँदै राष्ट्रिय गान ! - वेदु न्यौपाने
[४९]
झण्डा
नेपालको सान
दिन्छ बेग्लै पहिचान ! - ज्ञानबहादुर क्षत्री
सन्धिखर्क -२, अर्घाखाँची
[५०]
झण्डा
देशको पहिचान
यसैमा नेपालीको ज्यान ! - धनमाया चौधरी, कैलाली
[५१]
झण्डा
आफैमा प्रतिबिम्बित
चन्द्र सूर्य अंकित ! - सुरेश विश्वकर्मा, डोटी
[५२]
झण्डा
नेपालीको सान
विश्वमा बेग्लै पहिचान ! - दुर्गा भट्टराई, मोरङ
[५३]
नेपाली
बाँच्छन् स्वाभिमानले
राष्ट्रिय झण्डा उचाली ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[५४]
पहिचान
अङ्कित झण्डा
जिउनुपर्छ नेपाली सानले ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[५५]
प्रतीक
राष्ट्रिय झण्डा
फरक अरूको भन्दा ! - सावित्री प्याकुरेल, धादिङ्ग
[५६]
देश
रातो झण्डा
सुन्दर नेपाली शान ! - कविता आचार्य, कैलाली
[५७]
सान
हाम्रो कर्तव्य
जोगाउँ अंकित चन्द्रसूर्य ! - सोमनाथ लुइटेल
[५८]
सुन्दर
देशको झण्डा
नगरौँ कहिल्यै भागबण्डा ! - भुपेन्द्र राना मगर, धादिङ
[५९]
झण्डा
देशको पहिचान
गरौँ उच्च सम्मान ! - तोया नाथ चापागाईं
दमक, झापा
[६०]
झण्डा
तीन कुने
फर फहराउन दिने ! - भगवती दवाडी
[६१]
झण्डा
राष्ट्रको सान
हाम्रो देशको पहिचान ! - दुर्गा आचार्य, मोरङ
[६२]
झण्डा
देशको सान
शिर उच्च मान ! - मोती योन्जन सुब्बा, दार्जिलिङ
[६३]
झण्डा
विश्वमा पृथक
नेपाल नेपालीका गौरव ! - पृथक प्रकृति, झापा
[६४]
नरनारी
मिल्ने काम
झण्डाले दियो नाम ! - नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
[६५]
झण्डा
नेपालीको सान
विश्व चिनाउने पहिचान ! - सरस्वती वली
[६६]
झण्डा
भिन्नै पहिचान
नेपालीको छ सान ! - राज बहादुर बडुवाल
कनकासुन्दरी-५, जुम्ला

