
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~<•>~
प्रतिनिधि टुक्का- १५६
नरहोस् निधार बाँझो, नरहोस् हात खाली
सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।~<•>~
टुक्कामाथि टुक्काको १५६ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
१)
नरहोस् निधार बाँझो, नरहोस् हात खाली
सबैको इच्छा चाहना, पूरा होस् यसपालि ।
-वसन्त अनुभव
२)
जाेगाउनु छ संस्कृति लाेभ माेह छैन
आशीर्वाद त थापियाे पुग्ने हाे कि हैन ?
-ताराप्रसाद चापागाईँ
३)
दसैँमा टीका जमरा आशिर्वाद मानेर
सांस्कृतिक परम्परा जगाउन जानेर
-अम्बिका अधिकारी
झनपा बिर्तामोड
४)
आफ्नो त निधार रह्यो बाँझो, हात पनि रह्यो खाली
फेरि पनि दशैंँमा घर जान सकिन यसपालि ।
-कबिताहरी
सुन्दरहरैंचा नगरपालिका १ मोरङ
५)
नरहोस् है भन्छन् निधार खाली
प्रकृतिले नदिए भाँजो हाली ।
-मोती योन्जन सुब्बा दार्जिलिङ।
६)
चाडपर्व हाे हाम्रो आफ्नै सान
इष्टमित्र सबैको राखौँ मान।
-राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
७)
प्रकृतिले लगिदियो जनधन नै लुटेर
अभागीको निधार बाँझो टीका फुर्का छुटेर ।
-बिबा तामाङ
लाटपञ्चर सिटोङ खरसाङ
८)
टीका लगाउने समातौँ हेर पाटो
घाँटी हेरी हाड निल्ने निकालौं बाटो ।
-विष्णु पंगेनी (पाण्डे)
वालिङ स्याङ्जा
९)
ठूलाबडाको हातमा
टीका जमरा साथमा ।
-साहित्य प्रेमी सुशील
धनगढी
१०)
बरु महत्वाकांक्षी हुनू, नहुनू बदमास
हामीहरू लाग्नुपर्छ सत्यको पक्षमा खास ।
-मन्दिरा सेढाई
मलेखु, धादिङ
११)
खुसी भएर याे दसैँमा सबै मिठाे र मसिनाे खाउन्
सम्पूर्णका दुःख र पीडाहरू टाढा भैं भागेर जाउन्।
-केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट
१२)
टीका लगाउँदै उकाली ओराली
हात निधार नहोस् कसैको खाली ।
-प्रेम सुनार दैलेख
१३)
जोगाउँ संस्कार संस्कृति मोहमा परेर हैन
ठुलाको आशीर्वाद थाप्नुछ लानु त केही छैन
-बेदु न्यौपाने
१४)
आशीर्वाद दिदै टीका जमरा लगाउॅंछु अरूलाई
आफूले थाप्न नपाए नि खुसीका साथ बस्छु रमाई ।
-अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१५)
टीका, प्रसाद र जमराले सजिएको छ नि पुजाको थाली
जसलाई मिल्छ दुर्गा मताको आशीर्वाद उहीँ भाग्यशाली ।
-सुशीला शिखा
काठमाडौँ कगश्वरी
१६)
मान्यजनको हातबाट टीका लगाउने
एक आपसमा पनि सम्बन्ध बढाउने।
-सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा ६ मातातीर्थ
१७)
धेरैलाई रुवायो बाढिले दसैँको मुखमा
सहारा कोही कतै भेटिँदैन पीडा दुखमा ।
-चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
१८)
धुप दिप नैवेद्यसहित घण्टी बज्यो मन्दिरमा
अब निधारमा टिका र जमरा लगाऊॅ शीरमा।
-पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
१९)
जे जे भन्नू भयाे मेराे लागि त्यही नै भयाे
याे सालकाे चाडपर्व दुखैदुखमा गयाे ।
-भवानी पोखरेल( बाबु बिराज)
बाणगंगा १ कपिलवस्तु
२०)
नव दुर्गा भवानीले सदैव रक्षा गरुन्
शुभ शुभ आशीर्वाद सबै माथमा परुन् ।
-त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
२१)
बेमौसमी झरी पनि दशैँमा आइ दियो
खोला किनारमा घर हुनेको ज्यान लियो ।
-कला ढकाल, झापा
२२)
खाली नहोस् कसैको निधार होस् जमरा टीका
छाओस् सबैमा खुसियाली नहोस् कसैको फिका ।
-अनिता भण्डारी, ताप्लेजुङ
२३)
खेतबारी बाँझै छन्, निधारको के कुरा
दसैँको यही बेला चेलीको फुट्यो चुरा ।
-राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
२४)
सबैमा मिलेर कुरा आनन्दको मनमा भरौँ
झमेला होइन बरु मनको मिठो बात गरौँ ।
-नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
भारत
२५)
टीका र जमराको साथमा आशीर्वाद लिने चलन
मौलिकता हरायो भित्रियो विकृति मनमा जलन ।
-शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
२६)
दुर्भाग्यलाई आशिषले गाल्नू
लगाएर टीका दुर्भाव फाल्नू ।
-विवश पारदर्शी
झापा
२७)
थाप्न चाहिँ थपियो आशीर्वाद पुग्छ कि पुग्दैन
प्रकोपले पनि रुवायो अझै अरू छ कि छैन ।
-अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
२८)
उत्साह अनि उमङ्गको बनोस् विजयादशमी पर्व
टीका र जमरा थापी बनाउनु छ आफूलाई गर्व ।
-तोया नाथ चापागाईं
दमक,झापा,नेपाल
२९)
कसैको निधार खाली
दैव नि भएका जाली !
-आर्त अकुलीन
३०)
विजयाको प्रतीक टीका जमरा नि लगाएर
आशीर्वाद पाउन सकूँ पिरव्यथा भगाएर ।
-नवशिला
बेलबारी-२, नवदेव मार्ग, लालभित्ती,मोरङ।
३१)
दशैँमा पनि भोकले भोजन डाक्नुपर्ने
सचेत भई होसले जीवन हाँक्नुपर्ने ।
-नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
३२)
कसैको मनमा हिनताबोध नहोस्
चाहन्छु यो दशैँ मङ्गलमय रहोस् !
-सरिता सेढाई धादिङ
३३)
सजाएर टीका अनि जमराले पूजाको थाली
आशिष् अनि प्रसाद बाँड्न पाइएन यसपालि l
-बाबुराम गौतम, गुल्मी
३४)
दशैँ नबनोस् कसैकालागि दशा
छाडौँ आजैदेखि मादकको नशा ।
-कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
३५)
निधारमा रातो टीका जमरा सबले लगाई
आफन्तसँग थाप्नु आशीर्वाद नमाग्नु कमाइ ।
-बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
३६)
सबैले पर्व मनाउन् नहोस् कसैको उदर खाली
समानता बनोस् सबैमा शुभकामना यसपालि ।
-सङ्गीता खरेल
काठमाडौं
३७)
दसैँकाे दिन मान्यजनबाट टीका लगाउनू
जमरा पुगेपछि मेराे घरबाट मगाउनू ।
-नवराज भट्ट
कञ्चनपुर
३८)
डाँडाकाँडा ढाकुन् भन्थे उहिले आशिष दिँदाखेरी,
काम्छ जीउ अहिले डाँडाकाँडा सुन्दा विनाश हेरी ।
-कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
३९)
सबका झुपडीमा हर्षोल्लास आओस् नेपालीकाे
यहीँ छ शुभकामना सबैलाई यसपालिको ।
-ईश्वर साउद(भिक्षु)
रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
४०)
मौलिक सम्पत्तिको गरौँ रक्षा
दशैँ बुझाउन नै लिऊँ कक्षा ।
-लक्ष्मी रिजाल
कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
४१)
हाँसो खुसी भित्रियाेस् दशैँ मान्ने हर घरमा
मिलिजुली बाँचाैँ सधैँ एक अर्काकाे भरमा ।
-मित्र उराठी गाैतम
अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
४२)
दशैँभन्दा ठूलो चाड छैन नेपालीको जसले जे भन
नमनाउनेहरूको नि रुन्छ अवश्यै भित्रभित्रै मन ।
-निमा शेर्पा
४३)
यसपालिको दसैँ भेलले लुट्याे
प्रकृतिले पनि चुट्नुसम्म चुट्याे ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
४४)
आउँछ्यौ भन्ने कुरा सुने, अनि पर्खी बसेँ बाटो हेरी
यहीँ थियो मनको चाहना , पूरा हुने भो अब फेरि ।
-अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न.पा ६ द्सन्खुभा।
४५)
विकृति र कुसंस्कारलाई हटाई दशैँ मान्नुपर्छ
आफूभन्दा ठूलाबडालाई देउतैसरि ठान्नुपर्छ ।
-जानुका जानुका
४६)
निधारमा टीका शिरमा जमरा राख्ने पर्व हाम्रो
नेपालीहरूको महान् चाड बडादसैँ लाग्छ राम्रो ।
-कृष्ण बजगाई भक्तपुर
४७)
पाएँ आशीर्वाद मान्यजनबाट चाहेसरी
चुहिएकाे तक्दिर यो टालाैँ खोइ कसाेगरी ?
-हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, साँगाबजार बनेपा १४ ।
४८)
जे छ त्यसैमा बस्नु छ रमाइरमाइ
दु:खमा आफन्त नै जीवनको कमाइ ।
-प्रेम थापा “मन”बागलुङ
४९)
विजयादशमी टीका निधारमा लगाउनू
विपत्तिकाे ठुलाे दशैँ जेनतेन मनाउनू ।
-शालिकराम दाहाल
चा न पा ३ झाैखेल३ भक्तपुर
५०)
गरिबीले डाँडो काटेको पकाउने भाडो खाली
टिनको छानो चुहिने भयो छाउनु पर्ने पाली ।
-दुर्गा आचार्य
मोरङ
५१)
दैवले चुडी लग्यो मेरो सबै घरको सुख
रमाइलो नै छैन केही आज दशैँको मुख ।
-शशी श्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
५२)
महान् पर्व हो दशैँ रमाइलो गर्न पर्छ
समस्या जे जति भए पनि त्यो आफैँ टर्छ।
-अरुण कुमार भुजेल
गोरुबथान, कालेबुङ ,भारत।
५३)
सबैलाई शान्ति हाेस् नहाेस् कसैको नि निधार खाली
आशीर्वाद लागाेस् ठूलाबडाकाे बन्नु देशको माली ।
-रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
५४)
महङ्गीले सेक्नुसेक्यो निम्न जनको ढाड
परै छ दक्षिणा त के राख्ने मुखमा माड ।
-इन्दु श्रेष्ठ, चितवन
५५)
पीडा मनमा लुकाई दसैँ मनाउन हाँसेर
ठूलाको आशिष् लिई निधारमा अछेता टाँसेर ।
-प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

