
झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>—————
[१]
१//
रोपेर गमलामा धान
कृषिप्रधान देश हाम्रो
बढाउँछौँ विश्वसामु सान ।
२//
समय पन्ध्र असार
बाँझै छन् खेतबारी
गमलामा रोप्न हतार ।
✍️ वसन्त अनुभव, घोराही, दाङ
————-==———–
[२]
१//
पानी कहिले पर्ने
खेत छ बाँझो
रोपाइँ कहिले गर्ने ?
२//
दही चिउरा खाएर
महत्व असार पन्ध्रको
बुझाउने रोपाइँ लाएर ।
३//
गमलामा धान रोप्ने
विकृति पनि आयो
लाजसरम केले छोप्ने !
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
————-==———–
[३]
१//
सबै मिली रमाएर
असार पन्ध्र मनाऔँ
दही चिउरा खाएर ।
२//
घन्कियो असारे गीत
रमाए सबै खेतमा
खुसी त्यो मुहारसित ।
✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
————-==———–
[४]
१//
असार पन्ध्रको शुभकामना
केही झिल्का कविताहरू
सकारात्मक रहोस् मनोभावना !
२//
असार पन्ध्र मान्नेहरू
गमलामा धान रोप्छन्
हाम्रा देशका जान्नेहरू ।
३//
अर्थविनाको हुन्न सन्देश
कुरै बुझ्दैनन् नेताहरू
फुलिसकेका उनका केस ।
✍️ गुणनिधि घिमिरे, अमेरिका
————-==———–
[५]
१//
आयो धान दिवस
खाएर दही चिउरा
मुरी फलाउन विवश ।
२//
असार पन्ध्र नेपालमा
ओभानो हुँदैनन् रोपाहार
धानको बीउ कपालमा ।
३//
अठोट सबैको मुरी
असारदेखि मङ्सिरसम्म खेतमा
किसानको परालको धुरी ।
✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
————-==———–
[६]
१//
असारे गीत गाएर
असार पन्ध्र मनाउनु
दही चिउरा खाएर ।
२//
समयमा पानी परेन
किसान पर्यो मर्कामा
धान रोपाइँ गरेन ।
✍️ वेल थोकर तामाङ, बकैया _८// बस्तिपुर// मकवानपुर
————-==———–
[७]
१//
वर्षाको मौका छोपौँ
बाँझो ती खेतबारीमा
धानको बीउ रोपौँ ।
२//
जीउमा हिलो लाएर
पन्ध्र असार मनाऊ
दही चिउरा खाएर ।
३//
रमाइलो असार पन्ध्र
लक्ष्य एउटै राखौँ
उडी छुनु चन्द्र ।
✍️ सविता भट्टराई, जनकपुर।
————-==———–
[८]
१//
दही चिउरा खानू
असारको पन्ध्रमा हजुर
खेत रोप्न जानू |
२//
पुराना बाली थन्काई
छुपुछुपु धान रोपिन्छ
असारे गीत घन्काई |
✍️ सरिता सेढाई, धादिङ
————-==———–
[९]
१//
रुझेर बर्खे झरी
काम गर्नुपर्छ यहाँ
खेतमा बाउसे गरी ।
२//
परिश्रम गराैँ सधैँभरि
अनाज फलाउनु निरन्तर
खटेर सदा यसैगरी ।
✍️ श्रीबहादुर केसी शैलुङ्गे, भक्तपुर
————-==———–
[१०]
१//
दही चिउरा असार
खेती बाँझो राखी
खान किन हतार ।
२//
खेतमा फल्छ धान
गमलामा रोपेर आफैँ
विश्वमा खोज्छौ सान ।
३//
कृषिप्रधान देश हाम्रो
रोप्नेछौँ धान भव्य
हुनेछ विश्वस्त राम्रो ।
✍️ बेदु न्यौपाने
————-==———–
[११]
१//
कस्तो मोहनी मन्त्र
खाएर दही चिउरा
मनाऔँ असार पन्ध्र ।
२//
किसान गोरु जोतेर
फलाऔँ धानको बाला
धानको बिरुवा रोपेर ।
३//
टाउकोमा छत्री खाएर
हो माले भन्दै
असारे गीत गाएर ।
✍️ दीप गोले तामाङ, रौतहट
————-==———–
[११]
१//
असारे गीत गाउनु
दही चिउरा खाएर
आपसमा खुसीले रमाउनु ।
२//
राेप्नु खेतमा धान
फल्दैन गमलामा राेपेकाे
कृषककाे कुरा मान ।
३//
खेतमा राेप्ने धान
नाङ्गो शरीरमा लगाउँदै
नदेखाऊ कसैले सान ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी ,राधे राधे भक्तपुर ।
————-==———–
[१२]
१//
वर्षादको मौका छोपी
असारे गीत गाउँदै
छुपुछुपु धन रोपी ।
२//
दही चिउरा खाएर
असार पन्ध्र मनाऔँ
रोपाइँको गीत गाएर ।
३//
मिलीजुली रोपाइँ गरौँ
एकताको भावना मिलाई
विश्व शान्ति छरौँ ।
✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
————-==———–
[१३]
१//
धान रोपेर छोडौँला
साउने सक्रान्ति मनाएर
पानी कटाई गोडौँला ।
२//
भएन रहर पूरा
भुसुक्कै बिर्सिएछु मैले
खेत नभएको कुरा ।
✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
————-==———–
[१४]
१//
हिलो खेल्दै रमाउँला
सधैँ जस्तै यसपाली
दही चिउरा खाउँला ।
२//
रोपेर हिलोमा धान
पुग्नेछ पक्कै पनि
वर्ष दिनलाई खान ।
✍️ पुरुषोत्तम फुयाल, खोटाङ
————-==———–
[१५]
१//
कतै छैन पानी
दैवको लीला अनौँठो
कतै डुबानले हानी ।
२//
दही चिउरा खाने
साथीसङ्गी जम्मा भएर
रोपाइँको मेलामा जाने ।
३//
प्लटिङ्गले जमिन खायो
गमलामा रोपाइँ गर्दा
नेताको मन रमायो ।
✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
————-==———–
[१६]
१//
मनाऔँ असार पन्ध्र
खाएर दही चिउरा
हेराैँ सुर्य चन्द्र ।
२//
घन्काऔँ असारे गीत
किसान सबै मिली
हुन्छ हाम्राे जीत ।
३//
हलाे जुवा हली
बाउसे खेताला सबै
हिलो तनमा दली ।
✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
————-==———–
[१७]
१//
कृषि पर्व जनाऔँ
रोपेर धान हिलोमा
असार पन्ध्र मनाऔँ ।
२.//
आउ बसौँं एकैछिन
असार पन्ध्रमा दहीसँगै
चिउरा खाने दिन ।
✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
————-==———–
[१८]
१//
मुलुकका महान जान्नेहरू
बिस्तारै भुले रिवाज
असार पन्ध्र मान्नेहरू ।
२//
छानामाथि रोपौँ धान
भनेर रमाउने गर्दछन्
टारी खेतको अपमान ।
✍️ अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
————-==———–
[१९]
१//
राेप्न खेतमा धान
किसान छन् मेलामा
गाउँदै असारे गान ।
२//
कृषिको प्रवर्द्धन गर्न
सरकार तीनै तहकाे
हुँदैन पछाडि सर्न ।
३//
असार पन्ध्रकाे दिन
दिवस मात्र मनाई
हुँदैन जस लिन ।
✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
————-==———–
[२०]
१//
वर्षा हुन छाड्याे
असार पन्ध्र आयाे
किन किला गाड्याे ?
२//
धान राेपाइँको बेला
खडेरीले गर्नु गर्यो
कसरी बाँच्ने हाेला ?
✍️ जी.वि.घाेराही दाङ ।
————-==———–
[२१]
१//
असार पन्ध्र मनाउँ
बाँझिएका खेतहरू सबैले
मिलीजुली हरियाली बनाउँ ।
२//
माछालाई थाप्छन् बल्छी
असारको महिनामा हामीले
नगरौँ यसरी अल्छी ।
३//
असार पन्ध्रको दिन
खाजा दही चिउरा
रमाऔँ है एकैछिन ।
✍️ काजल न्यौपाने, भोजपुर।
————-==———–
[२२]
१//
होस् थोरै कमाउने
पन्ध्र असार मनाएर
परिवारसँगै हो रमाउने।
२//
दही चिउरा खाएर
धान रोप्न जाऔँ
असारे गीत गाएर ।
३//
असार पन्ध्र मान्नेले
धान रोपे गमलामा
हिलोमा पस्न नजान्नेले।
✍️ कला ढकाल, झापा
————-==———–
[२३]
१//
असार पन्ध्र मनाउँदै
दही चिउरा खाएर
किसान हामी रमाउँदै ।
२//
हलो, जुवा, कोदाली
किसानका औजार हेर
मिलाउनु पर्छ आली ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
————-==———–
[२४]
१//
असार पन्ध्रको दिन
आसपासका मिली सबै
रमाऔँ खुसीले एकछिन ।
२//
रोप्नु पर्छ धान
रमाएर असारे हिलोमा
अनि पाइन्छ खान ।
✍️ बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
————-==———–
[२५]
१//
असार पन्ध्रमा आउनू
भन्छन् मलाई सबैले
बरु यतै धाउनू ।
२//
आउनु है एकछिन
भन्छन् पर्व मान्नेले
सबैले त्यो दिन ।
✍️ सञ्जना शर्मा, लमही दाङ
————-==———–
[२६]
१//
खेतमा बसी रमाउँला
सत्यता मिठो शब्दहरूको
दही चिउरा खाउँला ।
२//
दही चिउरा खाएर
जीवनको बाटो गाह्रो
असारे माया लाएर ।
✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
————-==———–
[२७]
१//
रोपाइँमा खेत हुनेहरू
गाउँदै नाँच्दै आलीमा
हिलोमा ती रमाउनेहरू ।
२//
दही चिउरा खाऊ
नबने दही चिउरे
सत्यको गुन गाऊ ।
३
तिम्रो पौरख फलिफाप
धर्तीमा सुन फल्दा
अन्नदाताको लाग्छ छाप ।
✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
————-==———–
[२८]
१//
असार पन्ध्र आयो
नगरौँ सहरमा नौटङ्की
गोठघरमा खुसी छायो !
२//
वास्तविक संस्कार माँसियो
गाई कुकुर चिनिएन
संस्कारमा कुसंस्कार टाँसियो ।
✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
————-==———–
[२९]
१//
खेलेर हिले हाेली
असारे गीत गाउँ
बनाई माटोको रङ्गोली ।
२//
दही चिउरा मुछेर
अमृत मानी खाऔँ
असार पन्ध्र सम्झेर ।
✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा१४ साँगा बजार।
————-==———–
[३०]
धानको दिवस आयो
दही चिउरा खाएर
सबैको मन रमायो ।
✍️ गंगाराम यादव, औरावनी २ सुनसरी
————-==———–
[३१]
१//
असारको हिलोमा रमाउने
दही चिउरा खाएर
हातमा बीउ समाउने ।
२//
बाजाको धुनमा नाँचेर
असारे गित गाउँदा
उफ्रिनु कम्मर भाँचेर ।
३//
दही चिउरा खाएर
रोप्ने धान मज्जाले
बेठी गीत गाएर ।
✍️ दुर्गा आचार्य, मोरङ
————-==———–
[३२]
१//
महिना असार आयो
वर्षा वर्षदै गरेछ
मनमा हर्ष छायो ।
२//
धान सबैले रोपेर
दही चिउरा खाऔँ
रमाऔँ मौका छोपेर ।
✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
————-==———–
[३३]
१//
आषाढ पन्ध्र मनाउँछौँ
कृषिप्रधान देश भनेर
सामाजिक सञ्जालमा जनाउछौँ ।
२//
किसान पर्खँदैछन् झरी
मूल नभएको ठाउँमा
वर्षाकै भर परी ।
३//
आयात गर्नुपर्छ खान
मल समयमा पाएमा
फल्थ्यो धेरै धान ।
✍️ सुस्मिता अधिकारी, काठमाडौँ
————-==———–
[३४]
१//
धान दिवस आयो
पकाउने फुर्सद छैन
दही चिउरा खायो ।
२//
रोपे हुर्कन्छ रोपौँ
खेतबारी बाँझो नराखी
रोपाइँको मौका छोपौँ ।
✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
————-==———–
[३५]
१//
खेतका आलिमा बसौँला
रोपेर धानका बीउ
दहि चिउरा खाऔँला ।
२//
खेतमा बीउ रोपेर
असारे गीत गाउँदै
हिँड्छु भाका छोपेर ।
३//
बाउसेले कोदाली समाए
हलारले खेत जोत्दै
असार पन्ध्र मनाए ।
✍️ सुनगाभा पोखरेल
————-==———–
[३६]
१//
असारे गीत गाएर
छ धान रोप्नु
दही चिउरा खाएर ।
२//
हिलो छ्यापाछ्याप् गर्दै
एकापसमा रमाउँदै किसान
असारे भाका भर्दै ।
३//
असार पन्ध्रको रोपाइँ
सबैजना रमाइलो गर्न
राम्रो बेठी बजाइ ।
✍️ सतीश पण्डित, भानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्थ।
————-==———–
[३७]
१//
दही चिउरा खाएर
धान रोप्दैछु माइला
तिम्रो माया पाएर ।
२//
खेतमा पानी खोलाको
असारे झरीको पर्खाईमा
घरिघरि किन बोलाको ।
३//
दही चिउरा बोकेर
असार पन्ध्र मनाउँदै
इष्ट देवता ढोकेर ।
✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
————-==———–
[३८]
१//
असार पन्ध्रको बाटो
साह्रै सुन्दर देखिने
धान रोपेको माटो !
२//
अनुपम गाउँ हाम्रो
किसानको पसिना हेर
धरतीको पूजा राम्रो !
✍️ आर्त अकुलीन
————-==———–
[३९]
१//
राेपेर धानको दाना
मलिलो असार झरी
उमार्छु एक माना ।
२//
खेतमा जाेत्न जाने
पन्ध्र असार आज
दही चिउरा खाने ।
✍️ दिनेशकुमार शर्मा, हेटौंडा , मकवानपुर ।
————-==———–
[४०]
१//
मनसुन आएन सर्वत्र
ब्याडमा बीउ अग्लियो
किसान भए अलपत्र ।
२//
छिटो छरितो खाजा
दही चिउरा जोड्छन्
किसान दुनियाँका राजा ।
३//
हेप्छन् किसानलाई अशिष्टहरू
सुरक्षा छैन उत्पादनको
बजेट चपाउँछन् वरिष्ठहरू ।
✍️ मनोहरी पौडेल, गैडाकोट १
————-==———–
[४१]
१//
धान रोप्दै रमाऔँ
दही चिउरा खाएर
असार पन्ध्र मनाऔँ ।
२//
असारे गित गाउँदै
रोपौँ धान साथी
हिलो खेल्दै रमाउँदै ।
✍️ अनिता भण्डारी, ताप्लेजुङ
————-==———–
[४२]
१//
असार पन्ध्रको दिन
गमलामा भए पनि
धान रोप्न हिन ।
२//
वर्षदिन खाने बाली
असारमा लगाउनु पर्ने
जमिन छन् खाली ।
३//
युवा विदेश भगाउने
बालक वृद्धले मात्रै
बाली कसरी लगाउने ?
४//
जमिन भए बाँझा
सुख जति नेतालाई
दु:ख भए साझा ।
✍️ देव कृष्ण काफ्ले, पोखरा १कास्की
————-==———–
[४३]
१//
टन्टलापुर घाममा गराहरू
मनसुन हरायो कतातिर
देख्छु फाटेका धराहरू ।
२//
गाेठमा छैन मल
युवा जति विदेशमा
गाेरुको छैन हल ।
✍️ हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
————-==———–
[४४]
१//
हरियाली आएर असार
किसान भए खुसी
पानी भएर बजार ।
२//
दही चिउरा खाने
भन्छन् धान कोही
धान रोप्न जाने ।
३//
असार पन्ध्र मनाउने
खेतीको काममा साथी
हाँसीखुसी छन् सघाउने ।
✍️ पृथक प्रकृति ,झापा
————-==———–
[४५]
१//
मध्य असार लाग्यो
दही चिउरा सरोवर
खाने इच्छा जाग्यो ।
२//
झट्ट हेर्दा पूर्णचन्द्र
बाटुलो भाँडाको दही
आहा असार पन्द्र ।
✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
————-==———–
[४६]
१//
गरामा धान राेपेर
कृषिप्रधान देश हाम्रो
बस्छौँ मल ढुकेर !
२//
असार पन्ध्रको बात
धान राेप्ने चटाराे
फुर्सद छैन दिनरात ।
✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
————-==———–
[४७]
१//
असार महिना अहिले
धानको रोपाइँ हिलोमा
पाकेर खाउँला जहिले ।
२//
असार पन्ध्र मनाउँला
दहीचिउरा थालमा मुछेर
शरीरको दुखाइ भगाउँला ।
✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी।
————-==———–
[४८]
१//
असारमा रोपेर धान
वर्षदिन नै टार्छौँ
कर्मलाई मानेर सान ।
२//
गाँउ शून्य भयो
बाँझियो खेतबारी सबै
भूमि खेर गयो ।
✍️ पुष्पा राई, ऐसेलुखर्क, खाेटाङ ।
————-==———–
[४९]
१//
पहिरोले बाटो भत्काएको
छैन सिँचाइ अब्बलमा
खोइ ! कृषिलाई बढाएको ?
२//
फल्दैन अछेता खेतमा
फलाउँ कसरी अब
चढाउन अन्न देवमा ?
३//
आइसक्यो असार पन्द्र
आउँदैन अझै मनसुन
भेटिएन सरकारको चन्द्र।
✍️ लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत्
————-==———–
[५०]
१//
राेपेर धान खेतमा
दही चिउरा खाउँला
साथी अर्काे भेटमा ।
२//
बाउसे तिमी बन
राेपाहार चेलीहरू भए
प्रफुल्ल सबको मन ।
३//
कुलाे मिलाइदेऊ हाम्राेमा
धानका ब्याड सुक्याे
भए पानी राम्राेमा ।
✍️ मनुहाङ किराँती साेलु, महाकुलुङ ५ चाचालुङ
————-==———–
[५१]
१//
रोपाइँमा दही बाँडेको
चिउरा केरा खुवाउने
खोरिया सबै फाँडेको ।
२//
असारे मास धाएर
खाजा मीठो मान्दै
दही चिउरा खाएर ।
३//
किसान सबै दुखिया
खेतबारीमा रोपाइँ गर्ने
महाजन साहु मुखिया ।
✍️ भगवती दवाडी ,झापा
————-==———–
[५२]
१//
असारको महिनामा रमाउनुपर्छ
बेलैमा वर्षा भएकोले
धानका बिउ समाउनुपर्छ ।
२//
दही चिउरा खाऊँ
गएर मेलामा हामी
असारे गीत गाऊँ ।
३//
मात्र मुठी खाएर
मुरी उब्जाउनुपर्छ है
बेसी खेत धाएर ।
४//
गड्याङगुडुङ् र हावाहुरी
कसरी गर्नु राेपाइँ ?
मानो रोपी मुरी ।
✍️ दुर्गा भट्टराई, मोरङ
————-==———–
[५३]
१//
दही, चिउरा खाने
चलन असार पन्ध्रमा
रोपाइँ गर्न जाने ।
२//
मानो रोपी मुरी
उब्जाउन जाऊँ साथी
नबसौँ भोलि कुरी ।
✍️ साबित्री प्याकुरेल, धादिङ्ग
————-==———–
[५४]
१//
हिलोमा धान रोपेर
किसान नाँच्दै गाउँदै
असारे भाका छोपेर ।
२//
किसान धर्तीको पुजारी
प्रसाद पसिना चढाउँछ
जीवन झुपडीमै गुजारी।
३//
पसिनाले उब्जाएको अन्न
विभिन्न परिकार बनाएपछि
कसैलाई गनाउँदैन धन्न ।
✍️ पशपती राई, खोटाङ ।
————-==———–
[५५]
१//
नेपाल कृषिप्रधान देश
कति छ रमाइलो
आफ्नै बाेली भेष ।
२//
खेतमा काेदाली चलाऔँ
दही, चिउरा खाएर
असार पन्ध्र मनाऔँ ।
३//
खेतमा हलो चलाऔँ
असारमा धान राेप्दैँ
मानाेमा मुरी फलाऔँ ।
✍️ केसर बाेहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
————-==———–
[५६]
१//
महिना यो असार
गाउँदै असारे भाका
धान रोप्नै हतार ।
२//
फुर्सद एकछिन छैन
रोपाइँ नसकेसम्म यो
मनमा हुँदैन चैन ।
३//
राष्ट्रवादीको देखाउने सान
लाजै नमानी रोप्छन्
हेर ! गमलामा धान।
✍️ रुना कर्माचार्य दाहाल ,चितवन
————-==———–
[५७]
१//
दही, चिउरा हातमा
धानको बीउ छुपुछुपु
मनपर्ने खेताली साथमा ।
२//
सिमसिमे हेर पानी
दलदले छ हिलो
कृषकको दिन जानी ।
✍️ मन थापा, पोखरा
————-==———–
[५८]
१//
सिंहदरवार कुराहरू खेलाउन
नाफा नाेक्सानकाे नेताहरू
जनता थाले टाेलाउन ।
२//
रातोदिन खटेर हरी !
दु:खमै छन् कृषकहरू
छाेडेनन् पीडा वरिपरि ।
३//
देख्नेलाई रमिता भयाे
सुन्नेलाई कथा एकादेशकाे
कृषिक्रान्ति पछाडि गयो ।
४//
राेपेर गमलामा धान
नीति राम्रो ल्यायाै
बढाउन पार्टीकाे सान ।
✍️ ईश्वर साउद (भिक्षु ), रामाराेसन गाउपालिका ६ सुदेरपश्चिम अछाम
————-==———–
[५९]
१//
धान दिवस मनाऊँ
कृषिप्रधान यो देशको
मूलभूत विशेषता जनाऊँ l
२//
मनाऊँ असार पन्ध्र
हिलो छ्याप्ने क्रममा
नलागोस् इज्जतमा रन्ध्र l
३//
दही चिउरा खाऊँ
एकछिन आराम गरेर
आआफ्नो काम समाऊँ l
✍️ बाबुराम गौतम, गुल्मी
————-==———–
[६०]
असार पन्ध्र मनाए
हाम्रा माननीय मन्त्रीज्यूले
अश्लिल हर्कतले गनाए !
✍️ सुरेश कार्की
————-==———–
[६१]
१//
आकाशले फोटो खिच्यो
गरिबको पसिना जति
साहुले गलगिद्ध घिच्यो ।
२//
असार पन्ध्र आयो
सांस्कृतिक पर्व मनाउन
भाइले दहीचिउरा खायो ।
✍️ नन्दलाल आचार्य, बेलका- २, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
————-==———–
[६२]
१//
शून्य गाउँ अलपत्र
असार पन्ध्रमा पनि
बाँझो खेत सर्वत्र ।
२//
धमाधम खेतीले चटारो
दहि चिउरा खाएर
रोपाई गर्न हतारो ।
✍️ निर्मल शर्मा, पेदोङ , भारत
————-==———–
[६३]
१//
रौपौँला धान छुपुछुपु
आलीमा बसेर खाउँला
दही चिउरा कुपुकुपु ।
२//
सलल पानी कुलोमा
हिलोमा डुब्नु सबैले
नलुकौँ कसैले दुलोमा।
३//
सबैलाई नमस्कार सेवारो
रमाइलो गरौँ खेतमा
रोपाइँको आज मैझारो ।
✍️
बिके मुखिया, दार्जीलिङ, भारत।
————-==———–
[६४]
१//
मनाउँछौं धान उत्सव
छुपुछुपु रोपेर हिलोमा
दही चिउराको मतलव ।
२//
अन्न हाम्रो प्राण
सन्सार हेर्नुपर्छ बाँची
किसानको बेग्लै वाण ।
३//
उत्साह जगाएर साधना
धान दिवसको महत्त्व
सबैलाई धेरै शुभकामना !
✍️ घनश्याम पन्त, हरिवन सर्लाही
————-==———–
[६५]
असार पन्ध्र मनाऊँ
दही चिउराको साथमा
हाम्रो संस्कृति जनाऊँ ।
✍️ शोभा आचार्य गौतम, काठमाडौँ
————-==———–
[६६]
१//
असार पन्ध्रको आशा
देखावटी संस्कृति कृत्रिम
रहेछ सुन खासा ।
२//
बाँझो रह्यो खेतबारी
राखी बन्धकी स्वाभिमान
किन्न श्रीमतीको सारी ।
३//
छोराछोरीको भोक टार्न
खनजोत छैन खेतबारी
मोबाइलमा ब्याड सार्न ।
✍️ ममता पौडेल, बुढीगङ्गा- २ , मोरङ
————-==———–
[६७]
१//
रोपेर फलाउँला धान
नगरौँ कसैले अल्छी
गर्नुपर्छ मेहनत जान ।
२//
बाँझो खेत जोतौँ
दही चिउरा खाएर
मिलिजुली धान रोपौँ ।
३//
दही चिउरा खाएर
मिलेर रोपार बाउसे
असारे गित गाएर ।
✍️ अनिता कार्की, पाँचथर
————-==———–
[६८]
१//
किसानको महिना असार
परिवार पाल्न खेतीमा
जान्छन् उठेर सखार ।
२//
किसानले पाल्छन् सबैलाई
आफू गरेर परिश्रम
बाँड्छन् आफैँ नखाई ।
३//
प्रशंसा गराैँ परिश्रमकाे
त्यागाैँ ढाँटेर खानेलाई
खेती गर्नेलाई भ्रमकाे ।
✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
————-==———–
[६९]
१//
दही चिउरा खाने
बेला हो यो
रोपाइँ गर्न जाने !
२//
मान्छे सङ्गै प्रकृति
आजभोलि किन होला ?
बदल्न खोज्दैछ आकृति ।
✍️ दीपा गुरुङ्ग(समभाव), खोटाङ्ग
————-==———–
[७०]
१//
छुपुछुपु धान रोपौँ
असार पन्ध्रमा हामी
अल्छीलाई जाँगरले छोपौँ ।
२//
किसानको लागि पर्व
यो असार पन्ध्र
सबैले गरौँ गर्व ।
३//
रोपाहार बाउसे दङ्ग
घुम ओढ्ने भन्दै
नगरौँ ध्यान भङ्ग ।
✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
————-==———–
[७१]
असार पन्ध्र आयो
केही प्रगतिमा पुग्दा
कृषकमा उमङ्ग छायो ।
✍️ प्रेम थापा “मन”बागलुङ
————-==———–
[७२]
१//
पानी पसिना परिश्रम
किन किसानकै भाग्यमा ?
सहुलियत हरदम कम !
२//
जोतिनु किसानले पर्छ
असारमा नेता भनौँदाले
कृषकको नाटक गर्छ !
✍️ बि.कुलुङ, दार्जिलिङ रंगबुल
————-==———–
[७३]
१//
मानो रोप्ने समय
असार श्रावणको महिना
खडेरीको भयो भय ।
२//
किसानलाई भ्याइ नभ्याइ
गमलामा धान रोप्छ्न्
नेता आडम्बर देखाई ।
✍️ बाल कृष्ण श्रेष्ठ सोलुखुम्बु
————-==———–
[७४]
दही चिउरा खाएर
असार पन्द्र मनाउ
नाचेर अनि गाएर ।
✍️ प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
————-==———–
[७५]
१//
हिलो किन टेक्नु
गमलामा धान रोप्दै
कृषिक्रान्तिको कुरा फेक्नु ।
२//
कृषि अनुदान लेऊ
असारमा बाँडिचुँडी चट्ट
जुँगा हेरी देऊ ।
३//
असारको पन्ध्र मनाउँदै
खानु दहीचिउरा हिलोमा
धान रोपाइँ जनाउँदै !
✍️ विवश पारदर्शी, झापा
————-==———–
[७६]
कृषिविना देश सफल
महोदय हुन्छ कसरी
खाद्य समस्याको हल ?
✍️ तारा सुनाखरी, दोलखा
————-==———–
[७७]
१//
दही, चिउरा खाउँला
असार पन्ध्र मानेर
धान रोप्न जाउँला ।
२//
हिलाेमा धान राेपाैँला
वर्षा भए दरर
घुमले जिउ छाेपाैंला ।
✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
————-==———–
[७८]
१//
नेताले गर्छन् नाटक
धान रोपेर गमलामा
नमानी कुनै धक ।
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल।
————-==———–
[७९]
१//
असारको रोपाइँ गरेर
धान लहलह आहा !
साउन महिनामा सरेर ।
२//
सोचेझैँ रहोस् भावना
सम्पूर्ण कृषकहरूमा मेरो
असार पन्ध्रको शुभकामना ।
✍️ ललिता गिरी, सिन्धुली, हाल काठमाडौँ नेपाल ।
————-==———–
[८०]
१//
जाऔँ असारको मेलामा
रमाइलो हुन्छ रोपाइँ
पानी परेको बेलामा ।
२//
दही चिउरा खाएर
असार पन्ध्र रमाइलो
रोपाइँमा गीत गाएर ।
३//
दही चिउरा खाने
असार पन्ध्रमा रमाउन
खेतमा रोप्न जाने ।
✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
————-==———–
[८१]
१//
समय महिना असार
किसानलाई रोप्ने चटारो
जनजीविकाको मूल आधार।
२//
खेतबारी बाँझै राखेर
किसानको पहिचान दिन्छन्
गमलामा धान रोपेर ।
✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
————-==———–
[८२]
१//
गाएर असारे गीत
आऊ मित्र ! नभुली
लगाउँला हिलोसँग मीत ।
२//
खानेकुरा सधैँ खाएको
असार पन्ध्र गते
गौरवमय मन पाएको ।
✍️ लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
————-==———–
[८३]
१//
असार पन्ध्र आयो
दही, चिउरा मज्जाले
मिलेरै खान पायो ।
२//
हिलोले छेपेको दिन
आउँछ याद मनमा
सम्झना बनेर किन ।
✍️ बिकास छेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ।
————-==———–
[८४]
दही, चिउरा खान्छौँ
कृषि नगर्ने अल्छी
विदेश मात्र जान्छौँं ।
✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
————-==———–
[८५]
१//
धान रोप्दै रमाउँला
आऊ खेतमा गएर
असार पन्ध्र मनाउँला !
२//
दही, चिउरा खाएर
धान रोप्न जाउँला
असारे गीत गाएर ।
✍️ नन्दा धामी, नौगड, दार्चुला
————-==———–
[८६]
१//
असारे भाका निकाली
गाउँछन् रोपाहार खुशीले
भाक्दै सिमेभुमे वनकाली ।
२//
किसानको पर्व असार
माटोसँग गाँसेर नाता
रमाइलो गरौँ अपार ।
३//
मानिसलाई कृषि कर्ममा
जगाउन सके आकर्षण
विकास हुन्छ देशमा ।
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
————-==———–
[८७]
दही, चिउरा कुपुकुपु
असार पन्ध्र हिलोमा
धान रोपौँ छुपुछुपु ।
✍️ ध्रुव श्रेष्ठ, खोटाङ हाल काठमाडौँ ।
————-==———–
[८८]
दही, चिउरा थालीमा
मनाउँ असार पन्ध्र
हिलो खेतको आलीमा ।
✍️ चिरञ्जीवी श्रेष्ठ
धनकुटा हाल काठमाडौँ ।
————-==———–
[८९]
१//
दही, चिउरा खाऊँ
खेतको आलीमा बसेर
आषाढको पन्ध्र मनाऊँ ।
२//
असारे गीत गाउँदै
आयो धान दिवस
माटोको टीका लाउँदै।
✍️ पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके।
————-==———–
[९०]
१//
नेताको गलामा धान
धान दिवस मनाउँछ्न्
देखाई झुठो सान !
२//
बीउ, मल बेपत्ता
नेता गर्छन् भाषणमात्र
व्यस्त टिकाउन सत्ता ।
✍️ गोबिन्द काफ्ले, चन्द्रपुर-१,बागमती ,रौतहट
————-==———–
[९१]
पर्छ समयमा जान
असारकाे पन्ध्रमा हामी
दहीमा चिउरा खान ।
✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
————-==———–
[९२]
१//
बाेकेर बिउ धानकाे
राेपेर छुपुछुपु गरामा
फलाउँ फल शानकाे ।
२//
दही चिउरा खाने
असार पन्ध्रमा हजुर
धान राेप्न जाने !
✍️ उर्मिला के.शी. धनकुटा !
————-==———–
[९३]
१//
दही चिउरा खाउँ
परिवार भेला भएर
रमाइलो गरेर मनाउँ ।
२//
जोगाऊ चलेको रित
अजर रहन्छ नाता
अमर बन्छ प्रित ।
३//
हाँस्दै नाँच्दै रमाउँदै
रोप्छौँ धान हामीले
असारे गित गाउँदैँ ।
✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
————-==———–
[९४]
किसान बाउसे गाएर
असार पन्ध्र मान्दै
दही, चिउरा खाएर ।
✍️ शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
————-==———–
[९५]
१//
नेपाली पर्वका धनी
आयो असार पन्ध्र
खेतमा जाउँ भनी ।
२//
दही, चिउरा खाउँ
सबै काम छोडी
धान रोप्न जाउँ ।
✍️ जयनारायण नेपाल, इलाम, हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
————-==———–
[९६]
१//
अघिपछि महलमा बस्छन्
फोटो पोस्ट्याउन फेसबुकमा
जबर्जस्ती हिलोमा पस्छन् ।
२//
पर्वमा दहीच्युरा खानू
किसान भनेर चिनिन
बेलाबेला खेतमा जानू ।
✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
————-==———–
[९७]
१//
खेतमा धान लाएर
असार पन्ध्र मनाऔंँ
दही चिउरा खाएर ।
२//
असार पन्ध्र आयो
धान, कोदो रोप्न
सबैमा व्यस्तता छायो ।
✍️ प्रविना प्रयासी, ओखलढुङ्गा
————-==———–
[९८]
१//
असार पन्ध्र मनाउने
फुर्सद छैन किसानलाई
ठेकामा दही जमाउने ।
२//
महलमा धेरै चहलपहल
असार पन्ध्र मनाउने
सहरमा हुन्छ छलफल ।
✍️ सुन्दरी घिमिरे खतिवडा
सङ्खुवासभा
————-==———–
[९९]
१//
खेततिर पाइला मोड्दैन
रोप्दैछ धान गमलामा
दही, चिउरा छोड्दैन।
२//
आज सहरले सम्झायो
व्यस्त कृषक मेलापातमा
दही, चिउराले भुलायो ।
✍️ भुपेन्द्र राना मगर
धादिङ
————-==———–
[१००]
१//
म सञ्चार गर्दछु
दिवस सफल बनाेस्
याे पुकार गर्दछु ।
✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
————-==———–
[१०१]
१//
असारमा रोपेको धान
मङ्सिरमा थन्क्याए भने
झुटा हैन मान ।
२//
दही, चिउरा खाएर
लिएर खेतमा बीउ
रोपे गीत गाएर ।
३//
पानी असारमा पर्यो
किसानले रोप्न पाएर
हर्षका आँसु झर्यो ।
✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
————-==———–
[१०२]
१//
असार पन्ध्रको दिनमा
दही, चिउरा खानुपर्दछ
धान रोपी खेतमा ।
२//
कृषि हाम्रो आधार
राख्नु हुँदैन बाँझो
बेलैमा पुर्याउँ विचार ।
✍️ समुन्द्रा शर्मा, सुनसरी
—-<••:जय झिल्का! जय साहित्य!:••>—-

