“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: चौहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७४ ——————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८०/०९/०२गते
बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
………………………
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
हरिको चरण पर्नु छ।
भजन किर्तन गर्नु छ।
जीवनमा खुसी ल्याउन,
ज्ञानको प्रकाश छर्नु छ।
भक्तिको मार्गमा सर्नु छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
नीति सिद्धान्त मानेर अघि बढ्नु छ।
भक्ति मार्गमा जानेर अघि बढ्नु छ।
सबल,सक्षम बन्नको लागि सधैँ,
जगत आफ्नो ठानेर अघि बढ्नु छ।
शक्तिमा ध्यान तानेर अघि बढ्नु छ।
ह्यारिस
पञ्चाङ्ग :०३
नीति_सिद्धान्तहरू सधैँ मानेर चल्नुपर्छ।
सुख दुःख एकै हो सधैं जानेर चल्नुपर्छ।
मौसम बदलिए रहने निरन्तरतामा पल,
भागदौड जिन्दगी सधैं तानेर चल्नुपर्छ ।
मन तरङ्गित पाइला धानेर चल्नुपर्छ ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०४
छोटो छोटो सास तानेर हिँड्नुपर्छ यहाँ।
असल खराब छानेर हिँड्नुपर्छ यहाँ।
बढ्नुपर्नेे विश्वास दिनदिनै घट्नेे गर्छ,
ढुंगा भगवान मानेर हिँड्नुपर्छ यहाँ।
आफ्नै मनलाई जानेर हिँड्नुपर्छ यहाँ ।
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
पञ्चाङ्ग:०५
गुनासो गर्नु भन्दा चुप लागेर बस्नै बेस।
पछुतो पर्नु भन्दा दुर भागेर बस्नै बेस।
स्वतन्त्र भएर जिउनु पनि आलम्बना हो,
जिउँदै मर्नु भन्दा खुब जागेर बस्नै बेस।
पौन नै हर्नु भन्दा आड मागेर बस्नै बेस।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०६
याद तिम्रै छायाँ बनेर मेरो साथ धाउँछ ममा।
छुँदाखेरी रुप तिम्राे फेरि कता हराउँछ ममा।
खै किनकिन मनमा अनेक कुरा खेलिरहँदा,
बिर्सुँ भन्छु पलपल तिम्रै कल्पना आउँछ ममा।
गर्न खाेज्छु केही काम तिम्रै झल्काे छाउँछ ममा।
उर्मिला के.शी.
धनकुटा
पन्चाङ्ग:०७
नीति र सिद्धान्त सानाले मान्नै पर्छ यहाँ।
ठुलाले सकेजती साना हान्नै पर्छ यहाँ।
जीवन जिउनुको मजा यहि त रहेछ,
आफन्त पैसावाललाई छान्नै पर्छ यहाँ ।
आफ्ना सोरेर मिलाउन जान्नै पर्छ यहाँ ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग :०८
यहाँ जानीजानी ठूलाले सानालाई चैँ मिच्ने रहेछन्।
दुनियाँ आँखा छल्दै डोनेसन उठाई घिच्ने रहेछन्।
बोली धर्म न चलनको आफैँ ठूलो बनेर रहेका,
नबुझेको छ भने अत्याचार मात्रामा थिच्ने रहेछन् ।
आँखा चिम्लेर आफू अघि सर्दै सबैले किच्ने रहेछन्।
बेदु न्यौपाने ✍️🇳🇵
पञ्चाङ्ग :०९
शान्तिका दुत मान्दछौ तिमीलाई ।
धर्म पालक छान्दछौ तिमीलाई ।
अशान्तिकाे छिमाेलेर सारा हाँगा ,
ज्ञानी बुद्ध याे जान्दछौँ तिमीलाई ।
भगवान् रुप ठान्दछौ तिमीलाई ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:१०
आँसु बनेर दुःख बग्दछ टुटे पछि तन मेरो।
इमान्दारिता अङ्गाल्नेको दुःखेको छ नि मन मेरो।
संघर्षको संसारमा कर्म हराउन थाल्यो सधैं
जाने मृत्यु पश्चात खाली ठूलो नठानौ धन मेरो।
मातृभूमी छोडेर बसाईँ सर्न थाले जन मेरो।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:११
मान्छेले तँछाडमछाड गरेर हुल गरे बाबै।
आफुले आफैंलाई श्रेष्ठ ठानेर भुल गरे बाबै।
नत्र त ढुङ्गालाई देउता मानी किन पुज्नुपर्थ्यो,
ज्ञानओझेल पारी घमण्डलाई मुल गरे बाबै।
विश्वासलाई पनि छिद्र पारेर झुल गरे बाबै।
-पशपती राई खोटाङ ।

