
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशन २८ जुलाई २०२३ शुक्रवारका दिन साउदीअरबको राजधानी रियादमा २०२३-२०२५ कार्यकालका लागी निर्विरोध कार्यसमितिको चयन गर्दै सम्पन्न भएको छ । उक्त अधिवेशनमा मध्यपूर्व संयोजक राजेन्द्र अर्यालको संयोजकत्व र सदस्य द्वय संरक्षक राजु सैयद र आईसीसी सदस्य तेज बहादुर थापा रहेको निर्वाचन समितिले निर्विरोध कार्यसमितिको घोषणा गरेको थियो ।

नवौँ राष्ट्रीय महाधिवेशनबाट अध्यक्षमा रबिना अर्याल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई निर्वाचित हुनु भएको छ। त्यसै गरी उपाध्यक्षहरूमा हेम सुवेदी, मनिष कोईराला, कृष्ण श्रेष्ठ र राज कुमार गिरी निर्वाचित हुनु भएको छ।

त्यस्तै महासचिवमा शुक्र लामा, सचिवमा ध्रुव कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा दुर्गा काउछा, युवा संयोजकमा विष्णु रावल र महिला संयोजकमा लक्ष्मी थापा मगर निर्वाचित हुनु भएको छ।

त्यसै गरी २०२३-२०२५ कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबको केन्द्रीय सदस्यहरूमा देवी बहादुर कार्की, युवराज पोख्रेल, पदम बहादुर महत, दिपक ढुंगाना, अमृत बहादुर तमाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले निर्वाचित हुनु भएको छ।
अधिवेशन बाटै निर्विरोध रूपमा राम बहादुर क्षेत्री र दिपक रेग्मी एनआरएनए आईसीसी सदस्यमा निर्वाचित हुनु भएको छ भने नव निर्वाचित अध्यक्ष रबिना अर्यालको अध्यक्षतामा बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्य देवी बहादुर कार्कीलाई संघको प्रवक्तामा नियुक्त गर्दै सोही पहिलो बैठकले २०२३-२०२५ कार्यकालका लागी बिशाल श्रेष्ठलाई एनआरएनए आईसीसी सदस्यमा मनोनित गरिएको छ ।

महाधिवेशनमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत नवराज सुवेदी प्रमुख अतिथि र महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेल विशिष्ट अतिथि रहनु भएको उक्त महाधिवेशनमा एनआरएनए आईसीसी उपाध्यक्ष नरेन्द्र भाट, महिला उपाध्यक्ष याश्मिन वेगम, मध्यपूर्व क्षेत्रिय संयोजक राजेन्द्र अर्याल, आईसीसी सदस्य तेज बहादुर थापा, संस्थापक एवम् संरक्षकहरू राजु शैयद, ओम घले, विरेन्द्र चौधरी, जन सम्पर्क समिति साउदीअरबका कार्यवाहक सभापति द्वारिका राज गिरी, प्रवासी नेपाली मंच साउदीअरबका अध्यक्ष अमर श्रेष्ठ प्रवासी नेपाली एकता समाज (पानस) का अध्यक्ष कुबेर हुमागाईँ लगायत साउदीअरबमा क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, व्यवसायी तथा बुद्धिजीवीहरू, विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मिहरू विशिष्ट अतिथि र अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। उक्त अधिवेशनमा साउदीअरबको विभिन्न शहरहरूबाट संघका विभिन्न तह र ओहदामा क्रियाशील पदाधिकारीहरू, पंजिकृत सदस्यहरू, कलाकर्मीहरू र साउदीअरब स्थित कार्यरत नेपाली दाजुभाई दिदी बहिनीहरू सहित हजार भन्दा बढीको सहभागिता रहेको थियो।

एनआरएनए एनसीसी साउदीअरबको नवौँ राष्ट्रीय महाधिवेशनमा संघका उपाध्यक्ष राम बहादुर क्षेत्रीले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो भने उपस्थित अतिथिहरू द्वारा नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्नु भएको थियो । शुभ कामना मन्तव्य राख्ने क्रममा महावाणिज्य दूतावास जेद्धाका कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोख्रले ज्युले ऐतिहासिक रूपमा अधिवेशन गरी नयाँ कार्यसमिति चयन भएकोमा बधाई तथा शुभ कामना दिनु हुँदै श्रमिक संवर्धन तथा प्रवर्धनमा महावाणिज्य दूतावास तथा एनआरएनए बिचको सहकार्य निरन्तर रहने बिचार व्यक्त गर्नु हुँदै यस अघि विशेष गरी कोभिड १९ महामारीका बेला एनआरएनए एनसीसी साउदीअरबले पुर्याएको योगदानका लागी हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
उक्त अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्नु हुँदै नेपाली दूतावास रियादका महामहिम राजदूत नवराज सुवेदी ज्युले एनआरएनएको भूमिका तथा उद्देश्य अत्यन्तै गहन तथा महत्वपूर्ण रहेकाले अन्य विषयहरूको अलावा श्रमिकहरूको पक्षमा विगतमा जस्तै अगामी दिनमा पनि एनआरएनएको सक्रिय एवम् सारभूत रूपमा रहने विश्वास व्यक्त गर्नु हुँदै नेपाली राजदूतावास बाट विगतमा जस्तै निरन्तर सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्नु भयो। साउदीअरबमा रहेका सम्पूर्ण संघ संस्थाहरू एकतावद्ध भई श्रमिकहरूको हितमा भूमिका निर्वाह गर्दा त्यस बाट राजदूतावासको कार्य सम्पादनमा समेत सघाउ पुग्ने विचार व्यक्त गर्नुभएकोथियो।




