
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २७ [सत्ताइसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०५ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- आफूखुसी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना
…………………
✍️अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१]
✍️त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
✍️अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३]
…………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४]
✍️अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५]
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी [०१]
त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी [०२]
अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै [०३]
खेल बनाएर आज जिलो हार्ने भयौ तिमी [०४]
अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी [०५]
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
……………………………………………………
पञ्चाङ्गहरू
……………
पञ्चाङ्ग [०१]
अचानोमा राखी थिलो थिलो पार्ने भयौ तिमी ।
त्यही थिलोलाई दिन बिलो सार्ने भयौ तिमी ।
अर्काको जीउ प्रवाह छैन तिमीलाई अझै,
खेल बनाएर आज जिलो हार्ने भयौ तिमी ।
अबेला पुग्नाले अझै ढिलो तार्ने भयौ तिमी ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
…………………………………………………………
पञ्चाङ्ग [०२]
बाँच्ने थाेरै मर्ने धेरै भाग परेपछि ।
निधारमा दुर्भाग्यकाे दाग परेपछि ।
जतिसुकै रोए पनि फर्किन्न कोही ,
हेर्दाहेर्दै जिन्दगी नै आग परेपछि।
अमृतमा विषादीकाे राग परेपछि।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
………………………………………………
पञ्चाङ्ग [०३]
देशको रक्षार्थको लागि जागौँ नेपाली ।
खुकुरी बोकी सीमानामा लागौँ नेपाली ।
वीर पुर्खाका सन्तान हामी झुक्नु हुन्न,
भ्रष्टाचार र घुसखोरी त्यागौँ नेपाली ।
आफ्नो हक अधिकार मागौँ नेपाली ।
💢वीणा रोका, घोराही दाङ ।
……………………………………………
पञ्चाङ्ग [०४]
काग जति कराए नि,पीना सुक्दै जान्छ।
हात्ती अघि बढिरहन्छ,कुत्ता भुक्दै जान्छ।
ठीक्क उल्टो हुन्छ यहाँ, संसारको रिती,
फल राम्रो लागेपछि, हाँगो झुक्दै जान्छ।
बिना उपलब्धी गर्दा, ज्यान फुक्दै जान्छ।
💢घनश्याम पौडेल,पोखरा ।
…………………………………………………
पञ्चाङ्ग [०५]
धारणा किन विश्वास यहाँ बन्दैन निषेध ।
कसैले किन सत्यता यहाँ भन्दैन निषेध ।
जानेर पनि बोल्दैन कोही लुकाइ कपटै,
कसुर किन खाडल यहाँ खन्दैन निषेध ।
मृत्युले किन जीवित यहाँ गन्दैन निषेध।
✍️💢अच्युत घिमिरे-भुटानबाट🇧🇹
…………………………………………………
पञ्चाङ्ग [०६]
[०१]
मुटुको पिर अनौठो ।
झुकेको शिर अनौठो ।
जीवन हुँदा वेदना,
उकालो भिर अनौठो ।
सेतीको तीर अनौठो ।
[०२]
पराइ भूमिमा घर प्यारो लाग्छ ।
बाबा र आमाको भर प्यारो लाग्छ ।
उकाली ओराली ती लेक र बेँसी,
गाउँमा पाकेको झर प्यारो लाग्छ ।
आमाले दिएको तर प्यारो लाग्छ ।
💢आर्त अकुलीन, कैलाली ।
……………………………………………
पञ्चाङ्ग [०७]
देब्रे अाँखा फर्फराएकाे थियाे आज किन गल्लाे भयाे।
रेडियाे टि. भि. जताततै दुर्घटना भन्ने हल्लाे भयाे।
मानाे सकिएकाे भनाैँ कि प्राविधिक कठिनाइ भनाैँ,
यति एयर सेतीकाे काँठमा हेर्दाहेर्दै डल्लाे भयाे।
मकर सङ्क्रान्ति दिन अश्रुधाराले चाड खल्लाे भयाे।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
………………………………………………………………
पञ्चाङ्ग [०८]
हाँडीभित्रको मकैजस्तै भुटेको हो उसले ।
माछी मार्ने ध्ययले जाल बुनेको हो उसले ।
वर्तमानमा घाँस हाली खुसी पार्यो मलाई ,
भ्रमर बन्दै पुष्प– रस चुसेको हो उसले ।
आन्द्राभुँडीसँगै कलेजो थुतेको हो उसले ।
💢श्रीकृष्ण शर्मा, पोखरा ।
………………………………………………
पञ्चाङ्ग [०९]
[०१]
आधार केही नभए बाँच्न गाह्रो हुँदो हो।
समय नि खेर फाले साँच्न गाह्राे हुंदो हो।
जीवनको रफ्तार बढाउन नसके,
मर्का परेर निश्चित हाँस्न गाह्रो हुँदो हो।
खान नपाए जिएर गाँस्न गाह्रो हुँदो हो।
[०१]
मुटुको कुनामा त घाउ लागेन आगोमा जल्दै गर्दा। शरीर बलेर खरानी जागेन आगोमा जल्दै गर्दा। कति चित्कार आवाज आए होला कस्ले सुन्ने र देख्ने, ओखती लगायो दुखाई भागेन आगोले जल्दै गर्दा। दुःखीत जीवनले साथ मागेन आगोमा जल्दै गर्दा।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
……………………………………………………
पञ्चाङ्ग [१०]
जिन्दगी एउटा भुल्नै नसक्ने मेला रहेछ ।
तँछाड मछाड गर्दै जिउने झेला रहेछ ।
कैले के कैले के भएर ग्रह चलिरहने ,
मदहारीको हातको एउटा खेला रहेछ ।
मरणोप्रान्त बन्ने खरानीको ढेला रहेछ।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
……………………………………………………
पञ्चाङ्ग [११]
कुर्सीमा बस्ने बानीले, ताल बनायो।
अोर्लनै नसक्ने यो के, हाल बनायो।
नबसौँ भने नि, देश चल्दै चल्दैन,
जस् नपाउँदा मुहार, लाल बनायो।
मर्नु कि बाँच्नु झैँ कस्तो काल बनायो ।
💢होम प्रसाद नेउपाने, धरान सुनसरी ।
…………………………………………………
पञ्चाङ्ग [१२]
जीवन आँसुले डुबाएको भेल रहेछ।
पिडा लुकाएर बाँच्नु पर्ने खेल रहेछ।
कतिखेर संसारबाट बिलिन भईन्छ,
खुसी त एउटा अनिश्चित झेल रहेछ।
नाटक रुपी रङ्गमञ्चकाे मेल रहेछ।
💢शाेभा आचार्य गाैतम,काठमाडौँ ।
…………………………………………………
पञ्चाङ्ग [१३]
सम्झनामा कल्पित कथाहरूलाई छेक्दिन मैले। मुटुमा याद गाढाछ त्यसैले कहीँ फेक्दिन मैले। फर्केर आउछौ भन्ने झिनो आस अझैँ बाँकी थियो,
बाँच्नु पर्छ तिमी बेगर पनि घुँडा टेक्दिन मैले। बरफ जस्तो चिसो मन तातो पार्न सेक्दिन मैले।
💢दुर्गा रिजाल आचार्य, मोरङ ।
……………………………………………………………
पञ्चाङ्ग [१४]
बहत्तर जना एकैठाउँ रोज भएकोछ । देशलाई ठुलो चोट पर्यो खोज भएकोछ । उडेको त्यो मानव यान जलेर धुवा भयो, त्यहाँ हेर्ने रमितेहरूको मोज भएको छ। सबै आउने जानेहरुको पोज भएकोछ।
💢 बेदु न्यौपाने, काठमाडौ ✍️ ।
……………………………………………………
पञ्चाङ्ग [१५]
[०१]
माया के हो नसोध थाहा छैन मलाई।
कसैले दिएपनी चाहा छैन मलाई।
अरुको ललाई फकाईमा हुन्न पर्नु,
मिठा वाणीमा केही आहा छैन मलाई।
टुक्रिएको दिल हो हाहा छैन मलाई।
[०२]
माघी पर्व मनाउन रमाउँदै थिएँ।
यति एयरको ढोका समाउँदै थिएँ।
कसलाई केथा पापी काल लिन आयो,
आगो बल्यो जब जिउ कमाउँदै थिएँ।
जलेको लास आफ्नाको थमाउँदै थिएँ।
💢सरिता सेढाई, धादिङ ।
…………………………………………………
पञ्चाङ्ग [१६]
कहिल्यै पनि कसैलाई ठग्नु हुँदैन।
आँसु कसैको आँखाबाट बग्नु हुँदैन।
मुखले ठिक्क पार्ने हे मनुष्यहरु हो,
सङ्कट्मा पारेर मृत्युमा लग्नु हुँदैन।
अब आफ्नाे अठाेटबाट डग्नु हुदैन।
💢सुशीला पौडेल ।
………………………………………………
पञ्चाङ्ग [१७]
आफन्तसङ्ग भेट्ने आसमा थिए यात्रुहरू।
कसै न कसैकाे खासमा थिए यात्रुहरू ।
भाग्यको खेल खै कसले पाे बुझ्छ र यहाँ,
अागाेकाे मुस्लाेकाे रासमा थिए यात्रुहरू ।
माघ एक कालाे मासमा थिए यात्रुहरू ।
💢लक्ष्मी महतारा, खजुरा बाँके ।
…………………………………………………
पञ्चाङ्ग [१८]
[०१]
कतै पनि सुन्दर त्यो गाउँ भेटिएन।
एक्लै हुँदा बसी रुने ठाउँ भेटिएन।
यसो सुन्दा नौलो लाग्छ होला सबैलाई,
अघि जान मन थियोे नाउँ भटिएन।
बेचिदिन्थे आँसु लगि भाउ भेटिएन।
[०२]
सधैँ आलोचान गरी थुक्नु किन हो।
नचाहिने ठाउँमा पनि झुक्नु किन हो ।
सधैँ राम्रो काम गर्दागर्दै कैले काहीँ ,
सहिबाटो हिँड्छौ भने लुक्नु किन हो ।
दस औँला खियाउँनेले सुक्नु किन हो
💢सन्जना शर्मा, दाङ लमही ।
………………………………………………
पञ्चाङ्ग [१९]
संसारलाई रुवाएर भटारियो कालो बादल।
कति रहर साँचेका थे झटारियो कालो बादल ।
सेकेन्ड भरको भर छैन दिनको के कुरा भयो?
गन्तव्यलाई छुटाएर बटारियो कालो बादल ।
कैयौं ज्यान ध्वस्त बनाई चटारियो कालो बादल।
💢मन्दिरा सेढाई, मलेखु,धादिङ ।
………………………………………………………………
पञचाङ्ग [२०]
मनले मात्र नहेर व्यबहार निकै गारो हुनेछ।
जुन धारमा म छु नि तिमीलाई व्यर्थ छारो हुनेछ ।
कसरी लिन सक्छु र! यस्तो आघात निर्णय भन त,
दोष मलाई दिई नथुपार आँखाको तारो हुनेछ ।
कनिका नफालेर पंक्षी बटुली दिनु चारो हुनेछ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
……………………………………………………
पञ्चाङ्ग [२१]
बल्ल मात्र कथाले मागे जस्ताे छ ।
अलिअलि चेतना जागे जस्ताे छ ।
परिवर्तन अब जरुरी ठानी,
नयाँ ति अनुहार लागे जस्ताे छ।
शंकास्पद तुवाँलाे भागे जस्ताे छ।
💢त्रिलाेचन भण्डारी
मेचीनगर, झापा ।
……………………………………………………
पञ्चाङ्ग [२२]
दुनियाँमा हाम्रै देशका युवा जतातततै खटिरहन्छ।
हाम्रै देशमा किन होला नि यस्तो घटना घटिरहन्छ।
तेत्तिसकोटी देवीदेवता पनि यही देशमै छन् फेरी,
किन होला यस्तै यस्तै घटना घटाउन डटिरहन्छ।
पत्ता लाउँदैन अनुसन्धान पनि पछि हटिरहन्छ।
💢पशपत राई ,खोटाङ्ग ।
…………………………………………………………………
पञ्चाङ्ग [२३]
आजको समाजमा कसैको भर छैन ।
जीवन कसरी जिउँछन् खबर छैन ।
दुस्मन को हो र मित्रहरू कुन हाम्रो,
भ्रष्ट्रचार बिनाको कतै सहर छैन ।
जहाँ खोला थियो आज बगर छैन।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
……………………………………………………
पञ्चाङ्ग [२४]
यस्तै रहेछ दैवको खेला पनि ।
पर्यौ आकासी घटना फेला पनि ।
के गर्नु धर्तीमा यती नै रहेछ,
पढीयो उठ्ने गरी नै ठेला पनि ।
मानीयो भगवानको चेला पनि ।
💢सुमित्रा पोखरेल, काठमाडौं ।
…………………………………………
पञ्चाङ्ग [२५]
भाग्य घुमेर फेरि आइरहन्छ जात परेपछि ।
सोरसार भाग्य नै चम्किरहन्छ हात परेपछि ।
अनेकौं समस्या समाधान गर्ने भनेर जहिल्यै,
दोहन कार्यक्रमको आयोजना खात परेपछि।
उसकै मात्र मालामाल देखिन्छ रात परेपछि ।
💢भगवती दवाडी, झापा ।
…………………………………………………………
पञ्चाङ्ग [२६]
तोरी फूल्यो बारीमा अझै केलाउन बाँकी छ।
झार अति भयो रे अब जेलाउन बाँकी छ।
मिलीजुली बारीमा काम गर्दा नै रमाईलो ,
पाकि सक्यो तोरी नि तेल पेलाउन बाँकी छ।
एकादशी मेलामा पाति सेलाउन बाँकी छ।
💢सीता शर्मा, बिरगंज ।
………………………………………………

