
काठमाडौ, १२ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ८३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
सकियो तीज सकियो दसैँ सकियो तिहार,
खाडल पुर्न पुगेन पैसा पठाऊ पियार ।
वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
नहेरी घाँटी निल्दछौ हाड पछुतो अड्किँदा,
उड्दछ सारा सपनाहरू जीवन पड्किँदा ।
🌑वसन्त अनुभव
घोराही- १४, दाङ
[२]
जानिनँ मैले काम गर्न भन्छ कसरी कमाउ,
हजार झुट चुट्कीमै बोल्छौ नेता भई रमाउ ।
🌑सुदिप कुइकेल
[३]
मन जलेको छ कसरी निभाउँ,
भएँ म खरानी कसरी भिजाउँ ।
🌑सन्जना
शर्मा दाङ लमही।
[४]
गरेर सिको फजूल-खर्ची तिहार मनायौ,
भएन सुको कसरी पुर्ने खाडल बनायौ।
🌑ख्यामराज खतिवडा
सूर्योदय ७ इलाम
[५]
कसरी चल्छ जिन्दगी सानू पैसामा रुँझेर,
रमाउँनू घरको दुःख व्यवहार बुझेर ।
🌑निर्मला खत्री
ओखलढुंगा
[६]
तिहार भनेर नाँच्छन् र गाउछन् दक्षिणा मागेर,
हुनेले देला नहुने गरिब कहाँ जाने भागेर ।
🌑दुर्गा तामाङ
संखुवासभा
[७]
हाैसिई खायाै तम्सिई लायाै अगाडि हेरेनाै,
नहेरी घाँटी हाड त्याे निल्ने बानी नै फेरेनाै ।
🌑त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[८]
धेरैको हाँसेरै मन जित्ने,
दुश्मनहरू सबै नै बित्ने।
🌑सुशीला पौडेल
[९]
जिन्दगीमा कहिले सिकाएनौ हार्न,
आँसु के हो भनेर सिकाएनौ झार्न ।
🌑भगवान श्रेष्ठ
आँबु खैरेनी,३ तनहुँ
[१०]
छैन खुसी छैन आनन्द, नत छ मन स्थिर,
साहुको ऋण, कसरी तिरूँ छ मनमा पिर ।
🌑 हिरा सारू मगर
बौदीकाली-६, नवलपुर!
[११]
घडेरी बेची चुनाव लड्यौ, तैपनि जितेनौं,
ऋणको भार बोकेर हिड्यौ, पिरले बितेनौ ।
🌑अजय कुमार झा
महोत्तरी, जलेश्वर,
[१२]
सम्झिई तिम्रो वचन भक्क हुन्छ छाती,
कोपिला मै झर्ने फूल नफुलेकै जाती ।
🌑टंकबाबु बि.सी.
तुर्माखाँद ३ अछाम
सुदूरपश्चिम प्रदेश
[१३]
दसैँ तिहारमा खाएर मस्ती रमाइलो भयो,
फजुल खर्च गर्नाले खेतबारी सबै नै गयो ।
🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।
[१४]
घाँटी सानो हुनेले भन्छन् किन निल्नु ठूलो हाड,
के गर्नु समाजमा गिरी मान्नु नि भएन चाड ।
🌑शंकर कार्की
थाहा नगरपालिका ३मकवानपुर।
[१५]
तीज, दसैँ, तिहार दुःख सुखमै बित्यो, अब आउँदै छ छठ पर्व,
छठी मैयाले दुःख पीडा व्यथा हरण गरून्, मन मुटुमा होस् गर्व ।
🌑कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[१६]
कमाएकाे पठाएँ सबै खर्च बढ्याे अति,
फुर्मास गर्दै हिड्छे स्वास्नी हुने भाे दुर्गति ।
🌑ताराप्रसाद चापागाईँ
धुनिबेसी
[१७]
दसैँ, तिहार छोडी गए, छोडे अभावको दरार,
सुल्झाउँनै पर्यो साहुको अब, पैसाको व्यवहार ।
🌑अबजस चन्द्र
झापा
[१८]
जिउ ज्यान हेर्दा खुबै रै’छ ज्याङ्गो,
भयो भ्रष्ट त्यो बुद्धि देखेँ नि नाङ्गो ।
🌑अन्जु तिमल्सिना घिमिरे
गोदावरी १० ललितपुर
[१९]
पियारी अब घरमा आउन एक वर्ष ढिलायो,
तलब जम्मै तिहार पर्वमा कहाँ कहाँ बिलायो ।
🌑कर्ण दयाल सोराडी
मेलौली नगरपालिका ७ ,बैतडी
[२०]
खादाको बखतमा देखेनौ आँखा हसुर्यौ त्यसरी,
साथीको फिर्ता गर्नु छ यसपालि पठाऊँ कसरी ?
🌑प्रदीप के रिमाल
इटहरी, सुनसरी।
[२१]
हुनेलाई धनमाथि धनैको छ थाक,
कति छन् गरिब टुटेको छ छाक ।
🌑चक्र सुब्बा
पश्चिम बंगाल पथरझोरा
[२२]
पर्वहरू त सकिएर गए हजुर अब याे वर्ष दिनलाई,
कसरी तिराैँला चाडबाड उतार्न लागेका दुखीको रिनलाई ।
🌑शाेभा आचार्य गाैतम
काठमाण्डौँ
[२३]
कसरी पठाउँ, सकिनँ टिप्न, रुखैको पातैमा,
अर्को सालसम्म आउँला घर, पैसाको साथैमा ।
🌑मनोज खत्री अछामी
[२४]
इज्जत थाम्न मान्नुनै पर्दछ चाडबाड हजार,
पहिचान हाम्रा संस्कृति राम्रा तीज दसैँ तिहार ।
🌑बिबस पारदर्शी
भद्रपुर झापा
[२५]
नगरी देखासिकी चाडपर्व मनाउँदैथेँ धन्न,
सकियो पैसा तिहारमा हेर चाडैँ पठाऊ टन्न ।
🌑भगवती दवाडी
झापा
[२६]
म परदेश छोरा-छोरी घर,
खाऊँ सक मरी लानु के छर ।
🌑यामनाथ आचार्य
पर्वत
[२७]
घाँटी सानो थाहा पाउँदापाउँदै किन पो ठुलो खानु,
पछिको कुरा थाहा नहुनेले बेलैमा टुट्ला नि मानु।
🌑अर्जुन प्रसाद चौलागाई
रामेछाप:सुनापति-१
हाल:बोस्टन,अमेरिका।
[२८]
नसकियोस् जिन्दगी नसकियोस् समय,
सकिनु पर्ने सकिन्न कुरा कतिपय ।
🌑मदनमणी थुलुङ राई
सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला।
[२९]
नेपाली धर्म संस्कार कर्म कसरी मनाऊँ,
पियारालाई खल्तीको पीडा कसरी जनाऊँ !
🌑रचना शर्मा प्रतीक्षा
महालक्ष्मी ४, ललितपुर ।
[३०]
खल्लो भयो, यसपालि नि यो दसैँ तिहार,
अभागी रहेछु, खाली भयो मेरो निधार ।
🌑प्रकृति श्रेष्ठ
हाल बुटवल
[३१]
कमाई भएमा मनाउँला यस्ता पर्व हजार,
घर बेचेर ऋणमा मान्ने छैन दसैँ तिहार ।
🌑शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा
[३२]
भएको पैसा सिद्धियाे प्यारा रमाइलो गर्दै, हाम्रा चाडपर्व मानेर,
व्यवहार चल्न गाह्राे भाे पैसा पठाऊ है, मनको बात आफैँ जानेर ।
🌑मित्र `उराठी´ गाैतम
तिलाेत्तमा-२, रुपन्देही
[३३]
औकात भुलेर पौडेकी थियौ रे सुखको सागरमा,
पैसाले गर्दा बिराम चिन्ह लगाइथ्यौ रे जाँगरमा
🌑बाबुराम गौतम
गुल्मी
[३४]
अरूका अघि देखासिकी गरे त्यस्तै हो हालत,
के गरी पैसा पुगेन त्यहाँ थाहा पाए चाल त ।
🌑छिरिङ डाेमा शेर्पा
गौरीशंकर ,दोलाखा
[३५]
आजसम्मन जेनतेन गरी भगाएँ तिहार,
तुरुन्तै पैसा पठाऊ नत्र बालबच्चा स्याहार ।
🌑भगवती अधिकारी
झापा
[३६]
तिहार पनि दिक्दार नै भो हजुर नआएर,
साह्रै मन चन्चल भो पैसाको बिटो नपाएर ।
🌑प्रेम थापा “मन “
[३७]
विदेशै गएँ, दु:ख नि गरेँ, पठाएँ घर खर्च पियारी,
सकिनँ धान्न अब त खर्च, माफी देऊँ राम्ररी बिचारी ।
🌑इन्दिरा गौतम
इटहरी १
[३८]
देखावटी, देखासिकीमा जो छ सबै खर्च गर्ने,
थाहा छैन भोलिबाट कसरी खाली भुँडी भर्ने ।
🌑लिलाराम दास
[३९]
पसिना बग्छ दिन र रात बग्छ नि रगत,
दाम र पैसा भएन भने के होला जगत ।
🌑डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[४०]
मनाइयो तीज मनाइयो दसैँ मनाइयो तिहार,
दस नङ्ग्रा खियाएर साहुको छिट्टै तिर्नु छ उधार ।
🌑बेदु न्यौपाने
[४१]
तिमीले आज परको देश पसिना बगायौ,
जवानी सबै सकेर कस्तो पिरती लगायौ ?
🌑आर्त अकुलीन
कैलाली
[४२]
काेही छन् साउदी युवाहरू काेही छन् कतारमा,
भविष्य खाेज्दै विदेश जाने थुप्रै छन् हतारमा ।
🌑राेशन खड्का
बाजुरा बडिमालिका ६ काेर्ध
[४३]
सक्नु हुदैन देखावटीमा सम्पत्ति भन्ने कुरा
पसिना बगाएर कमाऊँ सपना हुन्छ पूरा ।
🌑अम्विका अधिकारी
झापा विर्तामोड
[४४]
देखासिकी चाडपर्व परम्परा धान्न मुस्किल,
ऋण लागेपछि भएका छन् यी आँखा टिलपिल ।
🌑भावना मञ्जु
माेरङ
[४५]
चाडपर्व आएर गए टाउको किन भारी ?
बाह्रैँ मास चाड मान्ने भए लागौँ धर्ती पारी ।
🌑नन्दलाल आचार्य
बेलका- २, सिद्धार्थटोल, उदयपुर
अहिले- रुपनगर, सप्तरी
[४६]
खायौँँ रक्सी मासु, अपच भयो, मेला पर्वको नाउँ,
लाग्यो ऋण, जानुपर्यो विदेश, छाडेर आफ्नो गाउँ।
🌑सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[४७]
दु:खले सिएँ नानीको नाना दु:खले दिन कटाएँ,
महान चाडपर्वमा पनि आफ्नैँ रहर हटाएँ ।
🌑पवित्रा पोख्रेल
[४८]
ए प्यारी ! तिमी त घरमा नै बस्छौ गरेर रमाइलो,
के थाहा तिमीलाई यहाँको दु:ख प्रचण्ड घमाइलो ।
🌑मिलन कुलुङ
[४९]
सालकाे पात हाेइन पैसा अप्ठ्यारो छ रुख,
पैसा पैसा भन्दाभन्दै जीवनभरकाे दुख !
🌑निरज कोइराला
बेलका१ उदयपुर, हालः इटहरी
[५०]
रितै त होनि आउने र जाने वर्ष दिनको चाड,
पिर नलेउ सानू काटी धान पकाउँनु है माड ।
🌑अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया
[५१]
नेता आए है मात्तिएको राँगोझैँ, यिनीले जनतालाई मात्र हान्ने,
राष्ट्रिय सम्पत्ति खाएर त मेाटाएका हुन्, यिनलाई कसले मान्ने ।
🌑पवन कुमार बुढाथेाकी
काठमाडौं, हाल सिडनी
[५२]
आउँछन् सधैँ चाडपर्व रमाइलो लिएर,
हुन्छन् विदा गहकिलाे ऋणकाे भारी दिएर ।
🌑कृष्ण अधिकारी
विर्तामोड, झापा
[५३]
दसैँ र तिहार मनाएँ प्यारा ऋणै गरेर,
डलर पठाऊँ पियारा, खनखन गनेर ।
🌑बिके माकजु
भक्तपुर ।
[५४]
पैसाको बोटमा टिप्दैमा रुपियाँ जान्छ कि यो चोला,
खडेरी पर्दा नदी सुक्छ तिमीलाई नि थाहा होला ।
🌑बुद्धराम थिङ
वाग्मती १ ललितपुर
[५५]
राजनीतिमा बेइमानीको लागेको छ लेउ,
राम्रा असल नेतालाई लगाए पाखा छेउ ।
🌑विष्णु पाख्रीन तामाङ
[५६]
पसिना चुहाई चार घण्टा सुती यी आँखा मिचेर,
तिमीलाई पैसा पठाउन भनी बस्दैँछु टिपेर ।
🌑गाेपालकृष्ण डंगाेल
काठमाण्डाैँ ।
[५७]
घाँटी नहेरी हाड निल्नेलाई सकिन्छ केनै भन्न ?
खाली अनुरोध गर्ने न हो बेलैमा सचेत बन्न ।
🌑पेम्बा दोर्जे भोम्जन
बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर ।
हाल श्री जनजागृति माध्यमिक विद्यालय, बकैया – ०८, मकवानपुर।
[५८]
मान्याै हाैँली चाडपर्व खर्च जुटाएर ,
धनी बस केही बर्ष जाेखिम् उठाएर ।
🌑रामकृष्ण दुवाडी
[५९]
पठाएकै छु पैसा तलब आउनासाथ, अझै कति हो चाहिने
म यता छु परिश्रम गर्दै, कसलाई राख्यौ प्यारी तिम्रो दाहिने ?
🌑राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[६०]
सबैले भनौँ उज्यालो रोजौँ, अँध्यारो फालेर,
स्वतन्त्र भई हाँसौँ रमौँ निरङ्कुस ढालेर ।
:🌑कुमार श्रेष्ठ “बुभुत्सु”
महालक्ष्मी न.पा.९ (ल.पु.जी)
[६१]
तन्ना जति नै खुट्टा फैलाए पाे पैसाले पनि पुग्थ्यो पर्वमा,
फजुल खर्च उडाउने भए रमाउँदै झुठो त्यो गर्वमा ।
🌑दीपक ठटाल जलन
खरसाङ
[६२]
बाटो नहेरी गन्तव्यमा लम्किँदा,
पछुतो लाग्छ है विगत सम्झिँदा !
🌑रितु बुढाथोकी
उदयपुर गाईघाट
[६३]
दसैँको रौँनक, तिहारको तुजुक, पैसाले गरायो,
आँगनमा साहु आएको देख्दा जोश जाँगर हरायो।
🌑होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[६४]
के गर्नु प्रिय म घर बसेमा चुलो नै बल्दैन,
सजिलो छैन पैसा कमाउन रुखमा फल्दैन।
🌑घनु भाट क्षेत्री
सिमलपानी, शितगंगा १३ अर्घाखाँची
हाल : परदेशी भुमी दुबई
[६५]
हेर्दाहेर्दै तिमी पनि आखिर उसैको भयौ,
म पर्खेको थिए तिमी उसँग रमाएरै गयौ।
🌑सानु ओम बडैला
सुदुर पश्चिम डोटी
[६६]
साथीसँग सापटी लिएको त्यो रकम अझै कटेन,
पठाउन त बढी नै पठाएँ फजुल खर्च घटेन ।
🌑असिराम डंगौरा
जोशीपुर कैलाली
हाल-भारत
[६७]
विदेशमा प्यारी पैसा नै फल्ने क्या ठुला छन् बाेट,
त्यो पैसा टिप्न नजान्ने मेरा ठुलठुला छन् खाेट ।
🌑रामप्रसाद बेल्बासे’एक्लो यात्री’
शीतगङ्गा-५,अर्घाखाँची
हाल: बुद्धभूमि ३,कपिलवस्तु ।
[६८]
आउँछन् पर्वहरू दु:ख सुख खुसीले मनायो,
सकिएर जाँदा ऋणको भारी टाउको कन्यायो !
🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल !
[६९]
कमाउँने म छँदैछु प्यारी मिठाे मिठाे खाउन,
बरु म भुलिदिउँला स्वदेश फर्केर आउन ।
🌑माया नेपाल
इटहरी
[७०]
दु:ख सुख आउँछ जान्छ, यस्तै हो संसार,
बाँचुन्जेल कमाउन, उठाऊ तरवार ।
🌑बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[७१]
तिहारसँगै सकियो यस वर्षका चाड र पर्व,
पियारासँगै घर बस्न पाउँदा लाग्दछ नि गर्व ।
🌑भेष कुमारी लामिछाने
देवदह ०५ , खैरेनी
[७२]
पठा’कोथे तिज र दसैँमा सोच त बिचारी,
पैसा टिप्न चढ्दैछु रुख यहाँ पख न प्यारी ।
🌑राजकुमार कार्की
[७३]
पठाउन हुन्थ्यो ऋणमा छु पठाऊँ कसरी,
चाडबाडे गर्जो टार्नु उतै जसरी तसरी ।
🌑सुरेखा चाम्लिंग राई
–भक्तपुर
[७४]
चाड र पर्व मानियो प्यारा ऋण है खोजेर,
पठाऊँ खर्च साथी आउने दिन है सोधेर ।
🌑सरिता सेढाई
[७५]
एक्लै बसी परदेशमा किन दु:ख पाउँनु,
पैसा मलाई चाहिँदैन तिमी आफैँ आउँनु ।
🌑मन्दिरा सेढाई
मलेखु,धादिङ
[७६]
चाडबाड गयो दसैँ र तिहारमा आउँन पाइनँ,
आमा र बुबा परिवारसँग एक छाक नै खाइनँ।
🌑दुर्गा आचार्य
मोरङ
[७७]
यो वर्षको दसैँ तिहार, रमझम गरी गयो,
आउने साल कता कोही, सम्झनामै दिने भयो।
🌑एवाइ प्रभात(पारुहाङ राई)
धनकुटा । हाल मोरङ
[७८]
विदेशबाट पठाए पैसा चाडपर्व मनाउन,
कसले भन्यो मोजमस्ती गरी जोगीनै बनाउन ?
🌑नवशिला
बेलाबारी-२, लालभित्ती, मोरङ ।
[७९]
चाडपर्व गए सकिएन हामीले केही नि लाउन,
अलिकति पैसा पठाउनुस् हजुर याे घर छाउन ।
🌑उर्मिला के.शी
धनकुटा
[८०]
पचास डिग्री तापक्रममा झार्नुपर्दछ पसिना ,
बेकार फजुल खर्च गरी बन्न नखाेज हसिना ।
🌑 प्रद्युम्न चालिसे
देवघाट तनहुँ ।
[८१]
नेपालीपन यी हाम्रा धन जोगाऔँ संस्कृति,
घाँटी हेरी हाड निल्ने गरौँ चलाऔँ जागृति ।
🌑हरि गिरी
सुनकोशी-३, सिन्धुली
[८२]
दुखजिलो गरिकन कमाएको धन,
हावामा उडाएको किन तिमीले भन?
🌑गंगा खड्का
बूढानीलकण्ठ , काठमाडौँ
[८३]
दसैँ र तिहार आहा क्या राम्रो रमाइलो गरियो,
पछुतो अहिले लाग्दैछ हजुर ऋणमा परियो ।
🌑ईशहाक हुसैन
जीतपुर सिमरा १४ बारा बाट

