
काठमाडौ, २८ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
हरदिन छ गाईजात्रा, हरदिन छ उत्सव,
किन चाहियो बेकार हेर विशेष दिन अब ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
हरदिन चल्छ गाईजात्रा, एकदिन व्यर्थ किन ?
छक्क पर्छु हेरी चर्तिकला लागेर आउँछ घिन ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
गाईजात्रा मनाउँदै देश चल्दैन, कलाकार महाशय,
नेताहरूले देश बेच्न लाग्यो मर्दैछन् गरिब कतिपय ।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३]
गाईजात्रा हुने गर्छ अहिलेको गीतमा
यो चाडपर्व रसिलो मान्नुपर्छ तीजमा ।
✍️
भगवती दवाडी
झापा
[४]
संस्कृति मास्न लागे बाह्रै मास गाईजात्रा पार्ने नेता जालीले,
यस्ता झार उखेली उत्तम फूल जाेगाउनु छ हामी मालीले ।
✍️
निरज काेइराला
बेलका १ उदयपुर
[५]
एघार महिना सुतेर पनि महिना दिन त खट्छन् विकासमा,
एक महिने समयावधिमा पहिलो नजर आफ्नो निकासमा ।
✍️
म्यामराज राई
हतुवागढी -६,होम्ताङ्, भोजपुर
हाल; प्रवास
[६]
सधैँ सदन अनि सडकमा गाईजात्रा हुँदा,
कसैको पसिना बग्यो कसैको आँसु मन छुँदा ।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[७]
हरेक दिन गाईजात्रा यस्तै मात्रै हुने गर्छ,
हटाउन गरिएको प्रयास त्यसै त्यसै टर्छ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठामाडौँ
[८]
रीतिरिवाज संस्कृतिले, भरिएको हाम्रो देश,
दिनानुदिन देखिन थाल्यो छद्य नेताको भेश ।
✍️
एवाइ प्रभात
धजकुटा
हाल मोरङ
[९]
खै कसलाई के भन्नु र आजकल रमाउँछन् त्यसैमा धेरै,
मनाउँदै चाडपर्व समाउँदै हात हिड्छन् भन्दै सबै मेरै ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[१०]
जात्रै जात्रा देखाए बुढाखाडा नेताले,
अब आउने मार्गमा यिनलाई फाले ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा –४ झापा
[११]
टुक्का
सत्तामा हुनेलाई यहाँ सदैव जात्रै जात्रा,
निमुखामा थपिरहन्छ पिरै पिरकाे मात्रा ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१२]
संसददेखि अदालतसम्म गाईजात्राको मात्रै खेल,
बाहिर कुकुर झै जुध्नेहरूको भित्र कति राम्रो मेल ।
✍️
शंकर कार्की
थाहा ३ मकवानपुर।
[१३]
यो देशमा सधैँभरि चल्छ गाईजात्रा,
दलालले भुँडी भरे मिलाएर मात्रा !
✍️
बिबस पारदर्शी
भद्रपुर झापा
[१४]
जति गर्दै गइन्छ गाईजात्रा,
उति बढ्छ भ्रष्टाचारको मात्रा ।
✍️
दीपक ठटाल जलन
[१५]
देशघाती खुरापाती नेताहरू बुझ्दैनन् किन ?
त्यो एकदिने गाईजात्रा हुनथाल्यो वर्षै दिन ।
✍️
बिके माकजु , भक्तपुर ।
[१६]
हेर जनतालाई झुट्टा आश्वासन छर्दैछन्,
राष्ट्रको सम्पति दोहन गरी पेट भर्दैछन् !
✍️
रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[१७]
आत्मा शान्तिकाे लागि मनाइने चलन चल्यो गाईजात्रा,
जात्रामा माैका छाेपी सत्तामा पुग्न किन गर्छौ नेता यात्रा।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी ५ सङ्गमकाेलनी भक्तपुर ।
[१८]
ईन्द्रजात्रा घोडेजात्रा गाईजात्राहरू,
संस्कृति र चाडपर्व थप्नुपर्छ बरू ।
✍️
गुणनिधि घिमिरे
दमक
[१९]
उल्लु ठान्ने व्यङ्ग्य हान्ने गाईजात्रा पर्व,
घाेचपेचकाे लेखाई पढ्दा लाग्छ गर्व ।
✍️
रामकृष्ण दवाडी
[२०]
गाईजात्रा दिनकै छ सत्ता माथि तल,
कामकाज थातिरहे सधैँ खलबल !
✍️
कमला देवकोटा
पाल्पा
[२१]
बोली अनुसार छैन व्यवहारमा उल्टो कस्तो गाईजात्रा,
अब विश्व चकित भयो घटाऔँ भो पैरवी निकृष्ट मात्रा ।
✍️
प्रेम थापा
[२२]
संस्कृति अनि संस्कारलाई भुल्दै,
मनपरि स्वार्थ तन्त्र हेर हुल्दै ।
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[२३]
राज्यको तीनै अङ्गले देखाएको छ गाईजात्रा,
हेर्नुस् न मजाले तल बस्नेले अझै बढ्छ मात्रा ।
✍️
रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[२४]
नेपालको व्यवस्था पनि अनौँठो गाईजात्रा झैँ भयो
अत्याचारीको मात्रै चर्चा इमानदारिता कता गयो।
✍️
दस्ता कौशिक
पाँचथर।
[२५]
हुनेलाई सधैँ जात्रैजात्राको लाग्छ मेला,
नहुनेलाई दुःख पीडा गरीबीको भेला ।
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[२६]
ढुक्क हुनुस् सबैतिर मिलाएको छु मात्रा,
नेपाली हौँ बाह्रैँ महिना हुन्छ गाईजात्रा ।
✍
नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[२७]
तिम्रै दुःख भगाउन गरेको गाईजात्रा,
असन्तुष्ट भए आऊ गरौँ मिलेर यात्रा ।
✍️
नन्दलाल आचार्य
[२८]
हाम्रा ठाँउमा मौका पाउनेले देखाउँछन् त गाईजात्रा,
खाली हैसियत अनुसार भिन्नै हुन्छ तलमाथि मात्रा !
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[२९]
हानाहान एक अर्कामा उत्सव गाईजात्रा,
जति हान्यो कम हुँदै जाने किन होला मात्रा ।
✍️
प्रदीप के रिमाल
इटहरी आठ सुनसरी।
[३०]
जात्रैजात्राको यो घमासान तमाशा,
वर्षैभरको खेल बनायो निराशा।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३१]
नेताहरूको भाँडभैलो गाईजात्रा भयो,
दिनभरी कुर्सीमा बस्दै राती भट्टी गयो ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[३२]
कहीँ नभएको जात्रा गर्छन् हाम्रो यो देशमा,
केही छैन आफ्नो नक्कल छ अरुको भेषमा ।
✍️
दुर्गा भट्टराई
मोरङ
[३३]
उनै गर्छन् गाईजात्रा उनै गर्छन् नाटक,
नेतालाई माेजमस्ती हामीलाई घातक ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३४]
मानिसको जीवनसँग च्याप्प टाँसिएको छ हरजात्रा पर्व,
दिनका दिन महोत्सव देख्दा देख्दा दिक्क लागेन कुनै गर्व।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[३५]
सधैँभरि जात्रैजात्रा दङ्ग पर्नु कति,
पेच हानेर दुख्दैन खाली आत्मरति ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपरासी वसुपू
[३६]
नेताले सत्तामा सधैँ गाईजात्रा देखाए,
आफ्नो धुमिल चरित्र इतिहास लेखाए ।
✍️
बेदु न्यौपाने
काठमाण्डौँ
[३७]
रक्षाबन्धन सङ्गै गाईजात्रा नि आयो,
नेपालीको अनुहारमा मुस्कान छायो ।
✍️
रुपेश कु. सदाय
[३८]
रोकिएन कहिल्यै पनि भ्रष्टाचारको मात्रा
जहिल्यै पनि देशमा हुन्छ यस्तै गाईजात्रा ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[३९]
कहाँ हट्छ हाम्रो उत्सव अनि गाईजात्रा,
विकृति र विसङ्गतिको बढेसम्म मात्रा ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[४०]
सधैँभरि गाईजात्रा लाैन अति भयाे,
नेपालकाे अस्तित्व लाै भुँडी भित्र गयाे ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[४१]
वर्ष दिन नै देखाएर खाली गाईजात्रा,
यसैगरि बित्ने भाे हाम्रो जिन्दगीको यात्रा।
✍️
आर्मित्मा थापा मगर
स्याङ्जा
[४२]
कता छ हाम्रो देशको पुच्छर कता छ शिर,
पैसा गन्ने र कुम्याउने नेता यहीँ छ पिर ।
✍️
रिजाल बिनोद
[४३]
गाईजात्रा नेपालीकाे सांस्कृतिक पर्व वर्षमा आठ दिन चल्छ,
सत्ताकाे नेता जात्रा दैनिक देख्दा नेपालीकाे मन असाध्यै जल्छ ।
✍️
प्रद्युम्न चालिसे
देबघाट तनहुँ ।
[४४]
धुन्धुकारी गाईजात्रेहरूको देशमा,
कहिले आउँलान् कृष्ण सारथि भेशमा ।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
[४५]
जन्मदिन मनाएजस्ताे राखेकाे एक दिन,
नत्र सधैँ त कहाँबाट ल्याउनु खाेजी रिन ?
✍️
गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १
[४६]
जो ठुलो उसैले जात्रा देखाउने गरेको,
निमुखा हामी सबैले नित्य हेर्न परेको ।
✍️
दुर्गा आचार्य
मोरङ

