
प्रवासी नेपाली समन्वय समिति पिएनसीसीले साउदी अरबमा रहेका नेपालीहरुलाई पुनः श्रम स्वीकृतिको लागि सहजीकरण गरिदिने भएको छ।
प्रवासी नेपाली समन्वय समिति साउदी अरवका संयोजक गणेश अर्यालका अनुसार पुनः श्रम स्वीकृति लिन चाहने शर्मिकहरुले सम्पूर्ण कागजात डकुमेन्टेसनको काम पिएनसीसीका साउदी अरबमा अवस्थित प्रतिनिधिले गरिदिने छन् भने यसमा लाग्ने दस्तुर श्रम विभागको बैन्क खातामा श्रमिक स्वयंले नै अनलाइनमार्फत जम्मा गरिदिए पुग्नेछ ।
साउदी अरबकालागि संयोजक गणेश अर्याल,
फोन (ह्वावटसप)०५३३५०३२६२.
श्याम कुमार महतो फोन (ह्वावटसप) ०५५३६०६७३६ तथा
काशिन्द्र पासवानलाई फोन (ह्वावटसप) ०५५४२०७०१३मा सम्पर्क गर्न सकिनेछ । छ भने तल उल्लेख गरिएका कागजात पेश गर्नुपर्ने छ।
नेपाल बाहिरबाट अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।
- * पासपोर्ट को २ नम्बर पेजको फोटो
- * पासपोर्ट को ३१ नम्बर पेजको फोटो
- * बैदेशिक रोजगारमा आउदा खेरि पासपोर्टमा लागेको भिसाको पेजको फोटो
- * अन्तिम श्रम गरेको फोटो
- * आकामको अगाडी पट्टिको फोटो
- * बैंक खाता नाम नम्बर भएको चेकबुकको फोटो
नेपाल बाटै अनलाई श्रम स्वीकृति लिन लाई चाहिने कागजातहरु।
१. पासपोर्टमा रहेको २ नम्बर पेजको फोटो.
२.पासपोर्टमा रहेको ३१ नम्बर पेजको फोटो.
३. वैदेशिक रोजगारीमा आउँदा पासपोर्टमा लागेको भिजाको फोटो.
४. अन्तिमपल्ट श्रम स्वीकृति लिएको पेजको फोटो.
५. अकामाको अगाडी पट्टिको फोटो.
६. नेपालमा रहेको बैंक खाताको नाम र बैंक खाता नम्बर भएको चेकबुकको फोटो.
७. त्रिभुवन विमानस्थलको आगमन विभागले पासपोर्टमा छाप लगाएको मिति सहितको फोटो.
८. पुनः प्रवेश (रि-इन्टिरी एक्जिट) भिसा लागेको पेजको फोटो.

