
नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च,साउदी अरबको
आगामी २०२२ अगस्ट ५ गते रियादमा हुन गईरहेको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा.राजन भट्टराई मुख्य अतिथिका रूपमा आउने भएका छन्
प्रवासी नेपाली मञ्च,साउदी अरबका प्रचार प्रसार उपसमितिका संयोजक कृष्ण कार्की द्वारा गराइएको जानकारी अनुसार साउदी अरबको रियाद स्थित एक्जिट १८ मा १२:३० मा सुरु हुन गइरहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्न भट्टराई आउने भएका हुन्।

