उदक यात्री इन्दिरा देवकोटाका उत्कृष्ट उदकहरू

  • २८ असार २०७९, मंगलवार २३:४६ मा प्रकाशित

  • दिन
    ढिलो चाँडो
    अवस्य आउने सबैको !


    माया
    द्वेष हटाइ
    मित्रतामा शुद्धता छर्ने !


    स्वार्थ
    चाहिँदा भाँडो
    नचाहिँदा त्यही घाँडो !


    इमान
    कहिल्यै नझुक्ने
    हिमाल जस्तै अटल !


    अहमता
    खहरे खोला
    क्षणमै हुने विलिन !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    Leave a Reply