
१.✍️
म ता कविता हुनाले कविता मै बोल्छु सधैँ
सकेसम्म सबैसँग नम्रता नै घोल्छु सधैँ
लागे लाग मोहनी नत्र घरै छ बुढी भन्थे
कविताले नै सारा संसार बिथोल्छु सधैँ
बेकारमा दुनियाँका खुट्टा मोल्छु सधै ?
२✍️
कसले कस्तो बोली गर्छ मान्छे चिन्नु पर्छ
बोले टर्छ हाने मर्छ मान्छे चिन्नु पर्छ
मेरा बाले सिकाएको यस्तै मेरो बुद्धि
नम्रताले राम्रै पर्छ मान्छे चिन्नु पर्छ
यौटा फूल रोपें सर्छ मान्छे चिन्नु पर्छ
३✍️
मासिएर जान खोजे जान देऊ
भोकाएर खान खोजे खान देऊ
राम राम भन्नु सके काँध हाल्नु
छुट्याएर लान खोजे लान देऊ
सुर्तीको तलतल छ पान देऊ
४✍️
साहित्य हुँ साहित्य हिंड्छु सन्देश बोकी बोकी म
सरस्वति हुँ बयान फेर्दिन त जिभ्रो टोकी म
बित्थामा मात्तिनेलाई तितो मिठो सन्देश छर्दै
पटक पिच्छे गिराउँछु अदृष्य शक्ति रोकी म
अरू जस्तो होईन जन्म जन्मातरको झोंकी म
५✍️
म ता साहित्य हुँ हिंड्छु सधै मिठा मिठा रस बोकी म।
त्यसैले नता कतै हिड्छु कहिल्यै कसैलाई ठोकी म,
स्वतन्त्रहरूलाई त्यतिकै छाडीदिनु अरे भन्छन् नी,
अनि कसैका ईच्छा मार्दै हिंड्दिन कसैलाई रोकी म,
सरस्वति हुँ पिल्सिएकी छु सबैका जिभ्राले टोकी म ।
गुणनिधि घिमिरे अमेरिका

