सेञ्चुरी कमर्सियल बैंक, गुलरिया शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • २३ असार २०७९, बिहीबार १५:४९ मा प्रकाशित
  • सेञ्चुरी कमर्सियल बैंक गुलरिया शाखाले गुलरिया नगरपालिका वार्ड नं ०४ बबई स्थित बबई बहुमुखी क्याम्पसमा आज वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    उक्त कार्यक्रम सो क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरि सञ्चालन गरिएको थियो ।

    क्याम्पसका व्यवस्थापन विभागका प्रमुख नारायण पौडेलको अध्यक्षता एवम् सेञ्चुरी कमर्सियल बैंक लि. गुलरिया शाखाका शाखा प्रबन्धक माया प्रकाश पन्तको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।

    कार्यक्रमको उद्देश्य पैसा कसरी कमाउन सकिन्छ ? व्यक्तिगत आयआर्जनका स्रोतहरू के के हुनसक्छन् ? त्यसको उपयोगीता कसरी बढाउने सम्बन्धमा जानकारी गराउनुका साथै सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई वित्तीय जानकार गराई पहुँच अभिवृद्धि तथा बैंकिङ क्षेत्र सबलिकरण गरि सर्वाङ्गीण विकासमा योगदान पुर्याउनु रहेको थियो ।

    त्यस्तै किशोर किशोरी र युवा युवतीको वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नुका साथै सुरक्षित बैंकिङ कारोबार गर्नु रहेको थियो ।

    उक्त कार्यक्रममा सेच्युरी कमर्सियल बैंकले विगत देखि नै समय समयमा यस्ता कार्यक्रम गर्दै आएको जानकारी दिएको थियो ।
    विभागीय प्रमुख नारायण पौडेलले कार्यक्रम अत्यन्त फलदायी र प्रभावकारी भएको जानकारी गराउनु हुँदै आगामी दिनमा पनि यस्तै विद्यार्थी लक्षित सीपमुलक कार्यक्रम गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा गुलरिया शाखाका कर्मचारीहरू, विद्यार्थीहरू लगायत प्राध्यापकहरूको उपस्थिति रहेको थियो।

    Leave a Reply